विश्वास र जीवन

पारिवारिक प्रेम र सञ्चार

एक-अर्कालाई बुझिदिँदै विचारशील हुँदा पारिवारिक प्रेम अझ प्रबल बन्दछ । परिवारमा खुशी बढाउनका निम्ति आपसमा वार्तालाप गर्ने तरिका सिक्नुहोस् ।

प्रेमलाई व्यक्त गरेमा त्यसलाई प्रेम भन्न सकिन्छ

प्रेमचाहिँ हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो । प्रेम नै जीवनको सार हो भन्दा अतिशयोक्ति हुँदैन । तर प्रेमलाई देख्न, सुँघ्न वा छुन सकिँदैन । त्यसैले आफ्नो मनभित्रको प्रेमलाई भौतिक रूपमा बाहिर निकालेर देखाउन वा सुन्दर उपहारको बट्टामा प्याक गरेर दिन सकिँदैन । त्यसो भए हामीले कहिले प्रेम महसुस गर्छौं, र त्यसलाई कसरी व्यक्त गर्न सक्छौं होला ? वास्तवमा, प्रेमको सूत्र नै ‘मन × अभिव्यक्ति’ हो । जब प्रेम व्यक्त गरिन्छ, तब मात्र त्यो बाहिर प्रकट हुन्छ र संसार बदल्ने एउटा अद्भुत औषधी बन्छ । मनमा प्रेम सत प्रतिशत नै किन नहोस्, तर यदि त्यसको अभिव्यक्ति शून्य छ भने, त्यसको कुनै अर्थ हुँदैन । तपाईं, कसैको जतिसुकै नजिक भए पनि, उनीहरू तपाईं नभएकाले तपाईंको मनमा के छ भनेर उनीहरूले पूर्ण…

व्यक्तित्व फरक छ ? कुनै समस्या छैन !

“यसले कसको स्वभाव पाएकी हो ?” “म आफ्नो सहकर्मीलाई बुझ्नै सक्दिनँ ।” “ऊ त अर्कै ग्रहबाट आएको मानिस हो ।” “हाम्रो व्यक्तित्व अत्यन्त फरक भएकाले हामीले छुट्टिने निर्णय गऱ्यौं ।” … मानिसहरूबीचको सम्बन्ध बिगार्ने सबैभन्दा सामान्य र प्रमुख कारण व्यक्तित्वको भिन्नता हो । केही विद्यार्थीहरूलाई विद्यालयमा अरू विद्यार्थीहरूसँग सम्बन्ध गाँस्न गाह्रो हुन्छ । केही मानिसहरू आफ्नो कामका कारण होइन, सँगै काम गर्ने मानिसहरूका कारण जागिर छोड्ने विचार गर्छन् । केही मानिसहरू पारिवारिक कलहबाट पीडित हुन्छन् । यस्ता धेरै मानिसहरूले यसको दोष आफ्नै वा अरूको व्यक्तित्वलाई दिने गर्छन् । मानिसले अरूसँगको सम्बन्धबाटै सुख-दुःख, हाँसो रोदन जस्ता भावहरूको अनुभव गर्छ । यहाँसम्म कि आफू आबद्ध रहेको समूह कत्तिको राम्रो छ भन्ने कुरा पनि त्यहाँका मानिसहरूको बानीव्यहोरा हेरेरै थाहा हुन्छ । हामी कोही…

स-साना र सामान्य कुराहरूले जीवनमा पुतली प्रभाव ल्याउन सक्छन् !

“एउटा सानो किलाको कमीले नाल गुम्यो, नाल नहुँदा घोडा गुम्यो, घोडा नहुँदा योद्धा गुम्यो, योद्धा नहुँदा युद्ध हाऱ्यो । अनि युद्ध हारेकै कारण सिङ्गो राज्य गुम्यो, र यो सबै विनाश त्यो एउटै साङ्गो किलाको अभावले भयो ।” माथिको अङ्ग्रेजी लोकगीतले एउटा सानो किलाका कारण पूरै राज्य कसरी गुम्यो भन्ने कुरा देखाएको छ । सामान्यजस्तो देखिने एउटा किलाले कसरी एउटा विशाल राज्यलाई बर्बाद पार्न सक्छ र ? यो उदाहरण केही हदसम्म अतिरञ्जित लागे पनि, यसले स-साना र मामुली कुराहरूले कसरी शृङ्खलाबद्ध रूपमा पछि गएर विशाल रूप लिन सक्छ भन्ने कुरा प्रष्ट पारेको छ । मानिसहरू सामान्यतया स-साना र सामान्य कुराहरूलाई हलुका रूपमा लिने गर्छन् । ठूलो नाफा वा नोक्सान हुने कुरा वा जीवनमा ठूलो परिवर्तन ल्याउने विषयलाई मानिसहरूले गम्भीरतापूर्वक लिन्छन्, तर…

उचित दूरीले राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ

चिसो हावा चलिरहेको हिउँदको दिनमा, दुम्सीहरूको एउटा समूह न्यानो हुनका लागि एकसाथ गुटमुटियो । तर जब तिनीहरू नजिक आए, तब तिनीहरूका तीखा काँडाहरूले एक-अर्कालाई घोच्दै पीडा दिन थाले । त्यो पीडा सहन नसकेपछि तिनीहरू एक कदम पछाडि हट्न बाध्य भए । यो कथाबाट आएको ‘दुम्सीको दुविधा’ले अरूसँग घनिष्ठ हुन चाहने, तर सँगसँगै निश्चित दूरी पनि खोज्ने मानवीय मनोविज्ञानलाई बुझाउँछ । मानिस घरमा बुबा-आमाको हेरचाहमा हुर्किन्छ, विद्यालयमा साथीहरू बनाउँछ र कार्यक्षेत्रमा सहकर्मीहरूसँग काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा, हामी जीवनभर बुबा-आमा, जीवनसाथी, आफन्त, साथी, सहकर्मी र छिमेकीहरूसँग निरन्तर सम्बन्धहरू निर्माण गर्दै जिउँछौं । यसरी कुराकानी गर्ने, भावना साटासाट गर्ने र अनुभवहरू बाँड्ने क्रममा हामी कहिले खुसी हुन्छौं, त कहिले दुःखी हुन्छौं । अमेरिकाको हार्वर्ड मेडिकल स्कुलद्वारा गरिएको एउटा व्यापक सर्वेक्षणअनुसार, खुसी…

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै बुबा-आमाका लागि सर्वोकृष्ट सन्तानोचित कर्तव्य हो

इ सङ ग्येले कोरियामा जोसन राजवंश स्थापना गरे र राजा थेजोको रूपमा त्यहाँको पहिलो राजा बने । तिनका पाँचौँ छोरा, इ बाङ वन अत्यन्त महत्त्वाकाङ्क्षी थिए । जब तिनका एक सौतेनी भाइलाई युवराज घोषणा गरियो, तब इ बाङ वन अत्यन्तै क्रोधित भए र तिनले ती युवराज र अर्को एक जना सौतेनी भाइको पनि हत्या गरे । त्यसपछि राजा थेजोका दोस्रो छोरा सिंहासनमा बसे । तर यस पटक एउटै आमाबाट जन्मेका दाजुभाइ, इ बाङ वन र चौथो छोरा इ बाङ गानबीच विवाद भयो । पहिलो घटनालाई ‘राजकुमारहरूको पहिलो कलह’ र दोस्रो घटनालाई ‘राजकुमारहरूको दोस्रो कलह’ भन्ने गरिन्छ । जोसन राजवंशको सुरुवातमा भएको पारिवारिक कलहको त्यो दुःखद इतिहास आजको आधुनिक युगमा पनि उत्तिकै दोहोरिने गरेको देखिन्छ । सम्पत्तिको आधारमा शीर्ष ४० वटा…

छोरा-छोरीहरू किशोरावस्थामा छन् भने

बच्चाहरू आमाबाट एकछिन मात्र छुट्टिनुपऱ्यो भने आकाशै खसेझैँ गरेर डाँको छोडेर रुने गर्छन् भने आमालाई देख्यो भने तुरुन्त मुस्काउँछन् । आमाले जे भने पनि उनीहरू सजिलै विश्वास गर्छन् । तर बच्चा हुर्किएर विद्यालय जान थालेपछि उसलाई आफ्नी आमासँग भन्दा साथीहरूसँग बढी समय बिताउन मन पर्छ, अनि उसले आमासँग कुराहरू लुकाउन थाल्छ । अझ उसमा झट्टै रिसाउने स्वभाव देखा पर्छ । अनि उसले बाहिरी स्वरूपमा बढी ध्यान दिने र आफ्नो कोठाको ढोका बन्द राख्ने गर्छ । यी सबै किशोरावस्थामा पुगेपछि देखा पर्ने स्वभावहरू हुन् । किशोरावस्था भनेको कुनै पनि बच्चाले वयस्क बन्ने क्रममा भोग्ने पीडाजस्तै हो । बुबा-आमाले पनि त्यो पीडा सँगै सहनुपर्ने हुन्छ । बच्चाहरूले आफ्नो शारीरिक र मानसिक परिवर्तनप्रति अनौठो महसुस गर्छन् भने बुबा-आमाचाहिँ आफ्ना बच्चाहरूको अनियन्त्रित व्यवहारप्रति चिन्तित…

के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?

बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो । पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो ।’ तर हिजोआज यो एउटा पुरानो भनाइमा मात्र सीमित छ जस्तो लाग्छ । अहिले सम्बन्धविच्छेद दर वर्षैपिच्छे वृद्धि भइरहेको छ, अनि पति-पत्नीबीच झगडा भएर रिसको झोँकमा पूरै घरै आगो लगाइदिने जस्ता विभिन्न दुर्घटना तथा अपराधहरू भइरहेको छ । भनिन्छ, हुरी चलेपछि बल्ल शान्ति छाउँछ, तर यदि हुरीले सीमा नाघ्यो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो पर्नेछ । माटोको भाँडा थोरै मात्र चर्केको छ भने त्यो आखिरमा फुटेरै छाड्छ । त्योजस्तै पति-पत्नीबीचको झगडा पनि जतिसुकै सानै भए पनि यदि लगातार…

उग्र बतासमा पनि नढल्ने बलियो घर बनाउने

प्रेम र भरोसाद्वारा एकताबद्ध भएको परिवार, एउटै डोरीमा बाँधिएर निर्माण भएको घर । यस्तो घर जस्तोसुकै उग्र बतास चले पनि नडगमगिने बलियो घर हो । मनग्गे धन र सम्मानका साथ जिए तापनि यदि मायालु परिवार नै छैन भने त्यो धनको के अर्थ ? समाजमा जतिसुकै सफलता हासिल गरेको मानिस नै भए पनि यदि उसले आफ्नो परिवारको राम्रो हेरचाह गर्दैन अथवा परिवारमा मान्यता प्राप्त गरेको छैन भने उसले साँचो खुशी महसुस गर्न सक्नेछैन । तर ठीक विपरीत, संसारका मानिसहरू सबैबाट आलोचना पाए तापनि यदि उसलाई विश्वास गर्ने र प्रोत्साहन दिने उसको परिवार छ भने ऊ एक दिन निश्चित आफ्नो खुट्टामा उभिन सक्नेछ, किनभने उसको परिवारले उसलाई अति महत्त्वपूर्ण व्यक्तिको रूपमा समर्थन गर्छ । “परिवार खुशी भएमा सबै कुरा राम्रो हुन्छ” भन्ने…

​खुशी परिवारको अत्यावश्यक सद्गुण, ‘धन्यवाद’

नेल्सन मन्डेला, जातिवादको विरुद्धमा लडेकाले सजायस्वरूप २७ वर्षको कारावास जीवन बिताएर सन् १९९०मा मुक्त भए । मानिसहरूले ७० वर्षका मन्डेला कुप्रो बूढोको स्वरूपमा बाहिर निस्कन्छन् भन्ठानेका थिए, तर तिनी एकदम स्वस्थ र तन्दुरुस्त स्वरूपमा बाहिर निस्केका देखेर मानिसहरू छक्क परे । एक जना पत्रकारले त्यसको राज सोध्दाखेरि नेल्सन मन्डेलाले यस्तो जवाफ दिए : “मैले जेलमा सधैँ परमेश्वरलाई धन्यवाद चढाएँ । आकाशतिर हेर्दा पनि धन्यवाद चढाएँ, जमिनमा हेर्दा पनि धन्यवाद चढाएँ, पानी पिउँदा पनि, खाना खाँदा पनि, श्रम शिविरमा काम गर्दा पनि धन्यवाद चढाएँ । मैले सधैँ धन्यवाद चढाएकोले यसरी स्वस्थ रहन सकेको हुँ ।” क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीको गाडी दुर्घटनामा परेर पूरै शरीर तेस्रो डिग्रीसम्म जल्यो । सुन्दर र फुर्तिला तिनको स्वरूप अब भने रहेन । पूरै शरीरमा पट्टी…

रिसाहा संसार, घरदेखि नै यसलाई सच्च्याऔं !

हिजोआज संसार ‘रिसलाई नियन्त्रण गर्न नसक्ने’ बन्दैगएको छ । राजमार्गमा एक जना सवारी चालकले लेन मिच्दा अर्का सवारी चालकले रिसाउँदै बीच सडकमै झ्याप्प ब्रेक लगाएर एक्कासि आफ्नो गाडी रोकेछन् । उनीपछिका चालकले त जसोतसो ब्रेक हान्न भ्याए, तर त्यसपछिका ५ वटा गाडीहरू एक-अर्कासँग नराम्ररी बजारिएर ठूलो दुर्घटना हुन पुग्यो । यसले गर्दा १ जना निर्दोष चालकको घटनास्थलमै मृत्यु भयो भने बाँकी ४ जना चालकहरू गम्भीर घाइते भए । यता आफ्नो अपार्टमेन्टको भुइँ तलामा भएको होहल्लाका कारण एक जना मानिसले ज्यादै क्रोधित भएर भुइँ तलामा आगो सल्काइदिए, जसले गर्दा २ जनाको ज्यान गयो । एक जना छोराले आफूलाई अनुशासन सिकाइरहनुभएका बुबा-आमाको हत्या गऱ्यो । अनि एक जना कर्मचारीले भनाभन परेको निहुँमा आफ्नै सहकर्मीको हत्या गऱ्यो । यसरी रिसलाई नियन्त्रण गर्न नसक्दा…

सकारात्मक बोली

उस्तै उमेरका ७ जना बच्चाहरूलाई उनीहरूका आमासँग राखेर टोली-टोली बनाएर एउटा खेल खेलाइयो । बच्चाले आँखामा पट्टी बाँधिएको अवस्थामा बलहरू फ्याँक्ने र कुनै एक ठाउँमा उभिएकी उनकी आमाले ती बलहरूलाई ठूलो टोकरीमा बटुल्ने गर्नुपर्थ्यो । उही समय र उही शर्तमा खेल खेल्दाखेरि ५ वटा टोलीको चाहिँ टोकरीमा १२ वटाभन्दा बढी बलहरू थिए भने अरू २ वटा टोलीको चाहिँ टोकरीमा ७ वटा मात्र बल थिए । योचाहिँ कुनै प्रसारण केन्द्रमा गरिएको परीक्षण थियो । खेल समाप्त भएपछि उनीहरूले आमा र बच्चाहरूले बल साटासाट गरेका भिडियो हेरे । टोकरीमा थोरै बल बटुलेको टोली र धेरै बल बटुलेको टोलीबीचको भिन्नता नै बच्चाका आमाहरूको बोली थियो । थोरै बल बटुलेको टोलीका आमाहरूले “होइन, होइन,” “त्यसो नगर,” “तिमीले ती सबै गर्न सक्दैनौं” भन्नेजस्ता नकारात्मक बोली…

तपाईं के हस्तान्तरण गर्नुहुन्छ ?

“स्याउ रुखभन्दा टाढा खस्दैन” भन्ने भनाइजस्तै छोरा-छोरीको स्वरूप, बुद्धि र शारीरको बनावट सबै बुबा-आमाजस्तो हुनुको कारणचाहिँ, उनीहरूले आफ्नो बुबा-आमाको जैविक जीन, DNA विरासतको रूपमा पाएकोले गर्दा हो । बुबा-आमाजस्तै देखिने बच्चालाई मानिसहरूले बुबा-आमाको सानो स्वरूप वा प्रतिलिपि भन्ने गर्छन् । सबै बुबा-आमाले आफ्नो बच्चाहरूलाई राम्रो कुरा हस्तान्तरण गर्न चाहन्छन् । एउटी गर्भवती स्त्रीले शान्त सङ्गीतहरू सुन्छिन्, भावनात्मक स्थिरता दिने आदतहरूमा रमाउन सिक्छिन्, अनि मातृ शिक्षाद्वारा आफ्नो सन्तानलाई राम्रो कुरा दिनको लागि स्वस्थकर खाना खान्छिन् । तर सन्तानमा हस्तान्तरण हुने DNA भन्दा अझ बढी प्रभाव पार्ने पक्षहरू पनि छन् । जानमा होस् या अजानमा, बच्चाहरूले आफ्ना बुबा-आमाको मूल्यमान्यता, आत्मसम्मान, भाषा, खानपान, सन्तानोचित कर्तव्य र खुसीलाई समेत अनुशरण गरिरहेका हुन्छन् । असल आदत मात्र होइनकि, खराब आदत पनि हस्तान्तरण हुन्छ । छोरा-छोरीले…

परिवारसँग बोल्न कञ्जुस्याइँ गर्न नहुने बोली

अरूको मुहारमा मुस्कान ल्याउने बोली, “धन्यवाद ।” सुन्दा मात्र पनि शक्ति मिल्ने बोली, “केही सहयोग गरिदिऊँ कि ?” काँधमा पखेटा हालिदिने बोली, “साँच्चै राम्ररी गर्नुभयो ।” एक दिनलाई ऊर्जाशील बनाउने बोली, “शुभ प्रभात ।” अनुराग र वास्ता समाविष्ट बोली, “खाना खानुभयो ?” शक्ति र साहस दिलाउने बोली, “अहिले पनि राम्ररी गर्दैहुनुहुन्छ ।” मनलाई एक गराउने बोली, “धन्न तपाईं(तिमी) भएर ।” आरामपूर्वक सुत्न सक्ने गराउने बोली, “शुभ रात्री ।” दुःख कम गराउने बोली, “तपाईंको गल्ती होइन ।” बगेको पसीनालाई व्यर्थमा जान नदिने बोली, “धेरै परिश्रम गर्नुभयो ।” रिसलाई शान्त पारिदिने बोली, “माफ गर्नुहोस् ।” दूध खाएको बलसमेत निकाल्ने बोली, “मलाई तपाईं(तिमी)प्रति विश्वास छ ।” मनको भारी बिसाइदिने बोली, “चिन्ता नगर्नुहोस् । राम्रो हुनेछ ।” आत्मगौरव बढाइदिने बोली, “तपाईं(तिमी) सबैभन्दा उत्कृष्ट हुनुहुन्छ(छौ)…

घर खुशी हुँदा सबै ठीक हुन्छ ! खुशीको सुरुवात घरबाटै

मानिसहरूलाई तिनीहरूको परिवारको आदर्श वाक्य के हो भनेर सोध्दा प्रायःले “घर खुशी हुँदा सबै ठीक हुन्छ” भने । परिवार मिलापमा रह्यो भने सबै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवारचाहिँ समाज र देशको आधार हो, जीवनको सुरुवाती बिन्दु हो । त्यसकारण परिवार मिलापमा रहेमा समाज बलियो र देश स्थिर हुन्छ भनिएको हो । मिलापी परिवारको रहस्य वीरको परिवारमा सधैँ झगडा हुन्छ, झगडा नगरेको त एक दिन पनि छैन । एकदिन वीरले गाईलाई पहाडमा चराउन कतै बाँधेछन्, तर दाम्लो खुकुलो भएकोले गाईले पूरै खेत दौडेर बालीनाली नाश गरेछ । तिनले गाईलाई समातेर गोठमा बाँधेपछि पत्नीलाई हकार्छन्, “हैन तिमीले बिहान गाईलाई राम्ररी घाँस दिइनौ ? किन त्यसलाई भोकै राखेर यसलाई बौलाउने गरायौ ?” पतिबाट गाली पाएकी पत्नीले त्यो रिस बुहारीमाथि पोख्छिन्,“तिमी…

परिवारलाई खुशी दिलाउने प्रशंसा, ‘राम्रो गर्नुभयो !’

“प्रिय / अँ भन । / घर पछाडि राखेको चल्ला देख्नुभयो कि ? / अँ देखें । / कहाँ गएछ ? / ए, मेरो शरीर कमजोर र बूढो भएकोले मैले त खाइदिएँ । / ए राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, मलाई तपाईंप्रति गर्व छ !” योचाहिँ ‘राम्रो गर्नुभयो’ भन्ने प्राचीन कोरियाली गीतको एउटा अंश हो । निष्पक्ष रूपले हेर्दाखेरि ती पतिले गरेको काम कदापि राम्रोचाहिँ होइन । त्यो चल्लालाई हुर्काएर ठूलो भएपछि बेचेको भए गतिलो रकम आर्जन गर्न सकिन्थ्यो । तर पत्नीसँग सल्लाह पनि नगरी तिनले त्यो खाइदिए । यदि पत्नी रिसाएकी भए पनि पतिले बोल्ने ठाउँ हुनेथिएन, तैपनि तिनकी पत्नीले राम्रो गर्नुभयो भन्दै उल्टै प्रशंसा गरिन् । यो गीत लोकप्रिय बन्नुको कारणचाहिँ पतिको अपरिपक्व व्यवहारको बाबजुद…

मनदेखि मनसँग सम्बन्ध गाँसिदिने, आँखा

“एउटी नारीको सुन्दरता उसको आँखामा झल्किन्छ, किनभने त्यो उसको मनको ढोका हो, जहाँ प्रेमले वास गर्छ ।” अड्रे हेपबर्न “मानिसको आँखाले जिब्रोले जस्तै कुरा गर्छ, यसको राम्रो पक्ष भनेको, आँखाको भाषा बुझ्न कुनै शब्दकोशको आवश्यकता पर्दैन तर यसलाई सबैले बुझ्न सक्छन् ।” राल्फ वाल्डो एमर्सन झ्यालले बाहिरबाट भित्रको दृश्य, अनि भित्रबाट बाहिरको दृश्य हेर्न मद्दत गर्दछ । वरिपरि जतिसुकै भित्ता भए पनि, यदि झ्याल छ भने त्यसले घामको प्रकाश र हावालाई भित्र छिर्न दिन्छ र घरलाई आनन्दमय बनाइदिन्छ । हाम्रो शरीरमा पनि झ्यालजस्तै एउटा अङ्ग छ । त्यो नै आँखा हो । आँखाले हाम्रो शरीरमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ । ज्ञानेन्द्रियहरूमध्ये, मस्तिष्कलाई सबैभन्दा धेरै काम गराउने अङ्ग नै आँखा हो, किनभने मस्तिष्कले लिने ८०% जानकारी दृष्टिमार्फत प्राप्त हुन्छ । आँखाले…

कसैको चित्त नदुखाउने र आफ्नो पनि दुख्न नदिने

घाउ भनेको चोटपटक लागेको वा क्षति भएको शरीरको भाग हो । शरीर मात्र नभएर मनमा पनि चोट लाग्छ । शरीरका चोटहरू देखिन्छन्, तर मनका चोटहरू अदृश्य हुन्छन् । त्यसैले तिनीहरूलाई प्रायः बेवास्ता गरिन्छ । देखिने चोटलाई उपचार गरी निको पार्न सकिन्छ तर मनमा लागेको चोटलाई निको पार्न गाह्रो हुन्छ । “चोट नपाएको कुनै आत्मा हुन्छ र ?” भन्ने एउटा कविको भनाइझैँ, सबैले आफ्नो जीवनमा कम्तीमा एक चोटि चोट पाएकै हुन्छन् । अनि, हरेक मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा अरूलाई चोट पुऱ्याएकै हुन्छन् । त्यसैले जीवन भनेकै निरन्तर चोट पुऱ्याउने, पाउने र अरूसँगको सम्बन्ध सुधार्ने प्रक्रिया हो भन्दा अतिशयोक्ति हुँदैन । चोट पुर्‍याउन सजिलो छ, तर त्यसबाट निको हुन समय र प्रयास दुवै चाहिन्छ । चोटको गहिराइअनुसार त्यो चोट…

घरबाट सुरु हुने भाषा शिष्टाचार

एउटा भनाइ छ, यदि कसैले कठोर स्वरूप र रुखो बोलीद्वारा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म खराब केटा हुँ’ हुन जान्छ । अनि कसैले मुस्कुराउँदै नम्र स्वरमा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म असल केटा हुँ’ हुन जान्छ । उही शब्द भए पनि, त्यो पूर्ण रूपमा फरक सुनिनुको कारणचाहिँ शब्दहरू भएको भाँडा फरक भएकोले हो । पाहुनाको लागि खाना बनाउँदा त्यसको स्वाद एकदमै महत्त्वपूर्ण हुन्छ, तर खाना राखिने प्लेट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्लेटको आकार, बनावट र रङ्ग खानेकुरासँग मिल्दोजुल्दो देखिएमा, बल्ल त्यो खानेकुरा अझ स्वादिष्ट देखिन्छ । तर प्लेटहरू फोहोर, फुटेको वा अनुपयुक्त छ भने खाना जतिसुकै स्वादिष्ट भए पनि पाहुनाहरूले त्यो खान चाहँदैनन् । भनिन्छ, शब्दहरूचाहिँ विचार राख्ने भाँडो हो । अर्को व्यक्तिको…

समय सुनौलो हुन्छ, विशेष गरी परिवारसँग समय बिताउँदा समय सुनौलो हुन्छ

५३ वर्षीया एक महिला आफ्नो स्वास्थ्य जाँचको नतिजा हेर्न अस्पताल पुग्छिन् । तब डाक्टरले उनीसँग बाँच्नका लागि केवल ९ महिना मात्र रहेको कुरा बताउँछन् । त्यस्तो अप्रत्याशित नतिजा सुनेर ती महिला अवाक हुन्छिन् । यो एउटा भाइरल भिडियोको दृश्य हो (इन्टरनेट प्रयोगकर्ताहरूले कुनै विशेष कम्पनी वा उत्पादनको प्रचारका लागि ब्लग वा सामाजिक सञ्जालमार्फत स्वेच्छाले बनाएको भिडियो) । वास्तवमा उनलाई भनिएको त्यो ९ महिनाचाहिँ उनी बाँच्न सक्ने समय होइन, तर उनले आफ्नो परिवारसँग बिताउने समय हो । मानव आयुलाई ८५ वर्ष मान्ने हो भने, ५३ वर्षीया ती गृहिणिको बाँकी समय ३२ वर्ष हुन्छ । यदि यो ३२ वर्षको समयबाट काम गर्ने, सुत्ने, टिभी हेर्ने, स्मार्टफोन प्रयोग गर्ने, र एक्लै बिताउने समय घटाउने हो भने, परिवारसँग बिताउने समय केवल ९ महिना मात्र…

हँसिलो अनुहार, खुशी परिवार

मानव अनुहारले ७,००० भन्दा बढी भाव व्यक्त गर्न सक्छ । ती धेरै भावहरूमध्ये हामीलाई जवान र सबैभन्दा सुन्दर देखाउने, अनि अरू मानिसहरूलाई समेत खुशी बनाउने भावचाहिँ हँसिलो अनुहार हो । रिसाउँदा निधार खुम्चिन्छ, आँखा र मुखको कुना तलतिर तानिन्छ, निधार र आँखीभौं बीचको ठाउँ साँघुरो हुन्छ, र हामी सुन्दर देखिँदैनौं । तर जब हामी मुस्कुराउँछौं, हाम्रो आँखा, मुखको कुनाहरू र गालाको मांसपेसीहरू उचालिन्छन् । हाम्रो आँखीभौंको किनार र निधार फराकिलो हुन्छ, जसले गर्दा हाम्रो अनुहार उज्ज्यालो देखिन्छ । मुस्कुराउँदा र रिसाउँदा हाम्रो अनुहारको मांसपेशीहरू विपरीत दिशामा फर्किन्छन् । एउटा कोरियाली उखान छ, “मुस्कुराएको अनुहारमा थुक्न सकिँदैन ।” त्यसै गरी एउटा चिनियाँ उखान पनि छ, “मुस्कुराउन आउँदैन भने पसल नखोले हुन्छ ।” यसबाहेक विभिन्न भनाइहरू छन्, मुस्कुराउनु भनेको दुई व्यक्तिबीचको दूरी…

हँसिलो अनुहार, खुशी परिवार

26:16
0:00 26:16

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।