पारिवारिक प्रेम र सञ्चार
एक-अर्कालाई बुझिदिँदै विचारशील हुँदा पारिवारिक प्रेम अझ प्रबल बन्दछ । परिवारमा खुशी बढाउनका निम्ति आपसमा वार्तालाप गर्ने तरिका सिक्नुहोस् ।
कसैको चित्त नदुखाउने र आफ्नो पनि दुख्न नदिने
घाउ भनेको चोटपटक लागेको वा क्षति भएको शरीरको भाग हो । शरीर मात्र नभएर मनमा पनि चोट लाग्छ । शरीरका चोटहरू देखिन्छन्, तर मनका चोटहरू अदृश्य हुन्छन् । त्यसैले तिनीहरूलाई प्रायः बेवास्ता गरिन्छ । देखिने चोटलाई उपचार गरी निको पार्न सकिन्छ तर मनमा लागेको चोटलाई निको पार्न गाह्रो हुन्छ । “चोट नपाएको कुनै आत्मा हुन्छ र ?” भन्ने एउटा कविको भनाइझैँ, सबैले आफ्नो जीवनमा कम्तीमा एक चोटि चोट पाएकै हुन्छन् । अनि, हरेक मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा अरूलाई चोट पुऱ्याएकै हुन्छन् । त्यसैले जीवन भनेकै निरन्तर चोट पुऱ्याउने, पाउने र अरूसँगको सम्बन्ध सुधार्ने प्रक्रिया हो भन्दा अतिशयोक्ति हुँदैन । चोट पुर्याउन सजिलो छ, तर त्यसबाट निको हुन समय र प्रयास दुवै चाहिन्छ । चोटको गहिराइअनुसार त्यो चोट…
घरबाट सुरु हुने भाषा शिष्टाचार
एउटा भनाइ छ, यदि कसैले कठोर स्वरूप र रुखो बोलीद्वारा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म खराब केटा हुँ’ हुन जान्छ । अनि कसैले मुस्कुराउँदै नम्र स्वरमा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म असल केटा हुँ’ हुन जान्छ । उही शब्द भए पनि, त्यो पूर्ण रूपमा फरक सुनिनुको कारणचाहिँ शब्दहरू भएको भाँडा फरक भएकोले हो । पाहुनाको लागि खाना बनाउँदा त्यसको स्वाद एकदमै महत्त्वपूर्ण हुन्छ, तर खाना राखिने प्लेट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्लेटको आकार, बनावट र रङ्ग खानेकुरासँग मिल्दोजुल्दो देखिएमा, बल्ल त्यो खानेकुरा अझ स्वादिष्ट देखिन्छ । तर प्लेटहरू फोहोर, फुटेको वा अनुपयुक्त छ भने खाना जतिसुकै स्वादिष्ट भए पनि पाहुनाहरूले त्यो खान चाहँदैनन् । भनिन्छ, शब्दहरूचाहिँ विचार राख्ने भाँडो हो । अर्को व्यक्तिको…
समय सुनौलो हुन्छ, विशेष गरी परिवारसँग समय बिताउँदा समय सुनौलो हुन्छ
५३ वर्षीया एक महिला आफ्नो स्वास्थ्य जाँचको नतिजा हेर्न अस्पताल पुग्छिन् । तब डाक्टरले उनीसँग बाँच्नका लागि केवल ९ महिना मात्र रहेको कुरा बताउँछन् । त्यस्तो अप्रत्याशित नतिजा सुनेर ती महिला अवाक हुन्छिन् । यो एउटा भाइरल भिडियोको दृश्य हो (इन्टरनेट प्रयोगकर्ताहरूले कुनै विशेष कम्पनी वा उत्पादनको प्रचारका लागि ब्लग वा सामाजिक सञ्जालमार्फत स्वेच्छाले बनाएको भिडियो) । वास्तवमा उनलाई भनिएको त्यो ९ महिनाचाहिँ उनी बाँच्न सक्ने समय होइन, तर उनले आफ्नो परिवारसँग बिताउने समय हो । मानव आयुलाई ८५ वर्ष मान्ने हो भने, ५३ वर्षीया ती गृहिणिको बाँकी समय ३२ वर्ष हुन्छ । यदि यो ३२ वर्षको समयबाट काम गर्ने, सुत्ने, टिभी हेर्ने, स्मार्टफोन प्रयोग गर्ने, र एक्लै बिताउने समय घटाउने हो भने, परिवारसँग बिताउने समय केवल ९ महिना मात्र…
हँसिलो अनुहार, खुशी परिवार
मानव अनुहारले ७,००० भन्दा बढी भाव व्यक्त गर्न सक्छ । ती धेरै भावहरूमध्ये हामीलाई जवान र सबैभन्दा सुन्दर देखाउने, अनि अरू मानिसहरूलाई समेत खुशी बनाउने भावचाहिँ हँसिलो अनुहार हो । रिसाउँदा निधार खुम्चिन्छ, आँखा र मुखको कुना तलतिर तानिन्छ, निधार र आँखीभौं बीचको ठाउँ साँघुरो हुन्छ, र हामी सुन्दर देखिँदैनौं । तर जब हामी मुस्कुराउँछौं, हाम्रो आँखा, मुखको कुनाहरू र गालाको मांसपेसीहरू उचालिन्छन् । हाम्रो आँखीभौंको किनार र निधार फराकिलो हुन्छ, जसले गर्दा हाम्रो अनुहार उज्ज्यालो देखिन्छ । मुस्कुराउँदा र रिसाउँदा हाम्रो अनुहारको मांसपेशीहरू विपरीत दिशामा फर्किन्छन् । एउटा कोरियाली उखान छ, “मुस्कुराएको अनुहारमा थुक्न सकिँदैन ।” त्यसै गरी एउटा चिनियाँ उखान पनि छ, “मुस्कुराउन आउँदैन भने पसल नखोले हुन्छ ।” यसबाहेक विभिन्न भनाइहरू छन्, मुस्कुराउनु भनेको दुई व्यक्तिबीचको दूरी…
परिवर्तनको सुरुवात, आदत
हामी बिहान उठेदेखि राती सुत्ने समयसम्म अनगिन्ती काम गर्छौं । तर कसरी नुहाउने, लुगा लगाउने र खाना खाँदा चम्चा प्रयोग गर्ने भन्नेबारे हामी चिन्तित हुँदैनौं । यस्ता कार्यहरू नियमित रूपमा गर्ने आदत भएकोले हाम्रो मस्तिष्कभन्दा शरीर नै पहिला सक्रिय हुन्छ । आदत भनेको कुनै कार्य लामो समयसम्म दोहोऱ्याउने प्रक्रियामा स्वतः निर्माण हुने व्यावहारिक ढाँचा हो । हाम्रो दैनिक जीवनचाहिँ सुत्ने, खाने, व्यायाम गर्ने, बोल्ने, गाडी चलाउने जस्ता विभिन्न आदतहरूले भरिएकोले गर्दा हाम्रो जीवन आदतहरूको श्रृंखला हो भन्दा फरक पर्दैन । भनिन्छ, “हामीले लगातार गर्ने कार्यले हामी को हौं भन्ने कुरा झल्काउँछ । त्यसैले महत्त्वपूर्ण कुरा कार्य होइन, आदत हो ।” बिहान उठ्ने समयमा आँखा आफै खोलिन्छ, तर उठ्नेबित्तिकै लगातार खुट्टा हल्लाउन थाल्यो भने पछि गएर त्यो एउटा आदत बन्छ ।…
हामीले हेर्ने र सुन्नेबारे
कुनै एक जना आमाले आफ्नो बच्चाले शवयात्र बोकेर विलाप गरिरहेको व्यक्तिको नक्कल गरिरहेको देखिन् । उक्त दृश्य देखेर ती आमा डराइन् र चिहान नजिकैको घरबाट बजारतिर सरिन् । तर त्यो बच्चाले व्यापारीको नक्कल गर्न थाल्यो । आमाले फेरि आफ्नो सामान प्याक गरिन् र स्कूल नजिकै सरिन् । त्यसपछि त्यो बच्चाले किताब पढेको नक्कल गर्न थाल्यो, जुन कुरा देखेर आमा खुशी भइन् । यसरी “मिन्सियसकी आमाको तीन वटा चाल” भन्ने चिनियाँ उखानको उत्पत्ति भयो । यो उखानले मिन्सियसकी आमा आफ्नो छोराको शिक्षाको लागि तीन पटक सरेको कुरा बताउँछ र मानिसहरू आफूले देखेका र सुनेका कुराबाट धेरै प्रभावित हुन्छन् भन्ने कुरा पनि देखाउँछ । पहिला डरलाग्दो चलचित्र हेर्न र चर्को संगीत सुन्न मन पराउने महिलाहरूले आफू गर्भवती भएपछि चाहिँ हृदयस्पर्शी र भावनात्मक…
हाँसोलाई आशिष्ले पछ्याउँछ !
हाँसोचाहिँ सञ्चारको अर्को नाउँ हो । सञ्चार भनेको एक-अर्काको मन र इच्छा बाँड्नु हो, त्यसैले आफ्नो मन र इच्छालाई बाँडेन भने हाँसो पनि आउन सक्दैन । हाँसोले केही नभने तापनि एक-अर्कालाई बुझ्ने गराउँछ, यसकारण हाँसोचाहिँ सञ्चारको उत्तम माध्यम हो भन्न सकिन्छ । वार्तालाप सुरु गर्नुअघि मुस्कायो भने सुन्ने मानिसले पहिल्यै मन खोल्ने तयारी गरिसकेको हुनेछ । अन्य ठाउँभन्दा धेरै हाँसो पोखिनुपर्ने ठाउँचाहिँ घर हो । अनि अरू कसैलाई भन्दा धेरै हँसाउन प्रयत्न गर्नुपर्ने व्यक्ति नै परिवारका सदस्यहरू हुन् । परिवारमा खोज्न नसकेको हाँसो बाहिर कसरी खोज्न सकिन्छ र ? आफ्नै परिवारका सदस्यहरूलाई खुशी पार्न सकेको छैन भने अरूलाई कसरी खुशी पार्न सकिन्छ र ? हामीले परिवारसँग हाँसो बाँड्यौं भने त्यो जति सानो भए पनि कठिनाइसँग जुध्नको निम्ति त्यसले ठूलो शक्ति…
पारिवारिक संस्कार भएको बैठक कोठा
सामान्यतया एउटा घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र शौचालय जस्ता कोठाहरू हुन्छन् । प्रत्येक कोठा फरक-फरक उद्देश्यका लागि प्रयोग गरिन्छ । सामान्यतया सुत्न र कपडा राख्नका लागि सुत्ने कोठा प्रयोग गरिन्छ, लुगा धुन र नुहाउनका लागि शौचालय प्रयोग गरिन्छ र भान्सा कोठाचाहिँ खाना पकाउनका लागि प्रयोग गरिन्छ । त्यसोभए बैठक कोठा केका लागि प्रयोग गरिन्छ होला ? घरको केन्द्रमा रहेको बैठक कोठालाई विभिन्न तरिकाले प्रयोग गरिन्छ, यसलाई पाहुनाहरूले मनोरञ्जन गर्ने ठाउँ, सबै परिवार सँगै समय बिताउने ठाउँ, र सम्पूर्ण परिवार भेला हुने ठाउँको रूपमा प्रयोग गर्छन् । स्वाभाविक रूपमा मानिसहरू आफ्नोपनको भावना महसुस गर्न चाहन्छन्, र त्यो इच्छा पूरा गर्नको निम्ति उनीहरूलाई एकसाथ भेला हुने ठाउँको आवश्यकता पर्दछ । बैठक कोठाले सबै जना भेला हुने ठाउँको भूमिका निर्वाह गर्दछ…
हाँसोले भरिएको खुशी परिवार
आयरल्याण्डको डब्लिनस्थित एउटा अन्त्येष्टि गृहमा शोकको गम्भीर वातावरणको बीचमा, शोक गर्ने मानिसहरू अचानक हाँस्न थाले । त्योचाहिँ मृतकको अनुरोधअनुसार उनकी छोरीले शोक गरिरहेकाहरूलाई हँसाउन पहिल्यै रेकर्ड गरिएको हास्यास्पद अडियो बजाइदिएकीले गर्दा थियो । दीर्घकालीन रोगसँग जुधिरहेको अवस्थामा पनि सधैँ मुस्कुराउने उक्त मृतकले आफ्नो अन्त्येष्टिमा समेत वरपरका मानिसहरूलाई हँसाए । चार्ल्स डिकेन्सका अनुसार “रोग र दुःखको यस संसारमा हामीलाई बलियो बनाउने एक मात्र चीज नै हाँसो हो ।” जीवन जति चुनौतीपूर्ण हुन्छ, त्यति नै हाँसोको मूल्य बुझिन्छ । अहिले २१औँ शताब्दीमा हास्यव्यंग्य सफलताको मुख्य कारक बनेको छ । हास्यास्पद कुरा समावेश भएको विज्ञापनहरूले बिक्री दर बढाउँछ र कम्पनीहरूले पनि हँसिला मानिसहरूलाई बढी रुचाउँछन् । त्यसैले माथि उल्लेखित ‘अन्त्येष्टिमा हाँसो’ भन्ने लेखलाई एक प्रभावशाली कथाको रूपमा साझा गरिएको हो । घरमा पनि…
झगडा, सबै जना विजेता बन्ने अवसर !
हिजोआज प्रायः परिवारमा विभिन्न आपराधिक घटनाहरू हुने गरेको छ । वार्तालापको कमी भयो भने सबैभन्दा प्रेम गर्नुपर्ने र सुरक्षा दिनुपर्ने सदस्यहरूसमेत अपराधको शिकार बन्न पुग्छन् । विशेष गरी लामो समयसम्मको मनमुटावचाहिँ गहिरो भावनात्मक टक्कर र एक आक्रामक व्यवहार उत्पन्न गराउने कारक बन्न सक्छ । “घर सम्हाल्नु भनेको बगैँचाको काम गर्नुजस्तै हो” भन्ने कसैको भनाइ पनि छ । जतिसुकै सुन्दर बगैँचा भए पनि यदि उचित समयमा त्यहाँबाट सामाहरू हटाएन भने आखिरमा त्यसले पूरै खेत भरिदिन्छ । परिवार भन्ने बगैँचाभित्रको सामा नै झगडा हो । एउटा खुशी र आदर्शपूर्ण परिवारभित्र पनि झगडाचाहिँ हुन्छ । झगडा, उनीहरू जीवित छन् र एक-अर्कालाई प्रेम गर्छन् भन्ने कुराको एउटा प्रमाण पनि हो । झगडा भयो भन्दैमा उनीहरूले एक-अर्कालाई प्रेम गर्दैनन् भन्ने कुरा होइन, अनि उनीहरूले एक-अर्कालाई…
ढोकामा ताला लगाउनुजत्तिकै महत्त्वपूर्ण रहेको सामाजिक सञ्जालको सुरक्षा
सामाजिक सञ्जाल सेवा(Social Network Service, SNS)चाहिँ मानिसहरूबीच सूचनाहरू साझा गर्न मद्दत पुऱ्याउने र निःशुल्क सञ्चारमार्फत अरू मानिसहरूसँग सामाजिक सम्बन्ध निर्माण गर्न प्रयोग गर्ने अनलाइन मञ्च हो । फेसबुक, ट्विटर, काकाओ स्टोरी, इन्स्टाग्राम, ब्यान्ड, यूट्यूब जस्ता विभिन्न किसिमका सामाजिक सञ्जालहरू छन् । स्मार्टफोनको बढ्दो प्रयोगसँगै समय र ठाउँको परवाह नगरी सामाजिक सञ्जाल सबै ठाउँमा उपलब्ध भएको छ, त्यसैले यो अहिले आधुनिक मानिसहरूको दैनिक जीवनबाट अलग गर्नै नसकिने हिस्सा बनेको छ । एउटा कोरियाली पोर्टल साइटले ६९३ सदस्यहरूलाई लक्षित गर्दै ‘सामाजिक सञ्जाल प्रयोगको ढाँचा र त्यसको प्रयोग स्थिति’बारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणका अनुसार ९१.३% उत्तरदाताहरूले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र त्यसको उद्देश्य नै अरूसँग कुराकानी गर्न(६३.२%) विविध जानकारी र प्रवृत्तिको खोजी गर्न(६०.७%), अल्छीपना कम गराउन(४६.९%), आफ्नो दैनिक जीवन रेकर्ड गरेर…
शुभ बिहानी !
“बिहानी भन्नेबित्तिकै तपाईंको दिमागमा के आउँछ ?” यो प्रश्नको उत्तरमा कसै-कसैले घामको प्रकाश, शीत, व्यायाम, स्फूर्ति, मौका भन्ने गर्छन्, तर कसै-कसैले चाहिँ हतार, अबेरसम्म सुत्ने, ढिलो हुने, व्यस्तता, र थकान भन्ने गर्छन् । बिहानीसँग सम्बन्धित मनमा आउने शब्दहरूको आधारमा, मानिसहरूले आफ्नो बिहानी कसरी बिताउँछन् भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । प्रत्येक नयाँ वर्षको दिनमा, देशभरका सूर्योदय हेर्ने स्थलहरूमा उदाउँदो सूर्यलाई हेरेर वर्षको सुरुवात गर्नेहरूको भीड ठूलो हुन्छ । वर्षको सुरुवात नयाँ वर्षको पहिलो दिन हो भने, दिनको सुरुवातचाहिँ बिहानी हो । शुभ बिहानी नै शुभ दिनको आधार हो । किनभने बिहान खुशी भएमा दिनभरि नै खुशी रहन सकिन्छ । बिहानीचाहिँ हाम्रो सम्पूर्ण जीवनलाई नै असर गर्ने सुनौलो समय हो भन्दा फरक पर्दैन, किनभने बिहानीले दिनलाई असर गर्छ र त्यो…
परिवारले एक-अर्कामा भरोसा गर्छन्
हिजोआज कसैलाई पेय पदार्थ पिलाएर बेहोस गराउनु वा सार्वजनिक संस्थाको नाउँमा कसैलाई फोन गरेर ठूलो रकम ठग्नु कुनै नौलो खबर होइन । यस्तो ठगीको युगमा यस्ता घटना सामान्य भइसकेका छन् । त्यसैले छल कपट व्याप्त भएको हाम्रो समाजमा ‘राम्रो छिमेकी’ भन्ने अभिव्यक्ति लागमर्दो बनेको छ । मानिसहरूले आफ्ना छिमेकीहरूलाई समेत विश्वास गर्दैनन्, पल्लो छेऊमा को बस्छ भन्ने कुराको समेत पर्वाह नगरी झ्याल, ढोका बन्द गरेर बस्छन् । एक-अर्कालाई विश्वास गर्न नसक्ने भएकोले सानोतिनो सहयोगप्रति पनि शंका गर्छन् र सुरुदेखि नै सत्रक भएर हुन्छन् । तसर्थ अहिले हरेक ठाउँमा २४ घण्टा चल्ने CCTV जताततै जडान गरिएको छ । मानिसहरूले एक-अर्कालाई भरोसा गर्दैनन्, उनीहरूले आफ्नै परिवारलाई समेत भरोसा गर्दैनन् । उदाहरणको लागि, केही मानिसहरूले आफ्ना पति/पत्नीका गाडिहरूमा GPS ट्र्याकिङ उपकरणहरू राख्छन्, अझ…
घर चम्किलो भयो भने मन पनि चम्किलो हुनेछ
“घरका कामहरूमध्ये सबैभन्दा झन्झटिलो काम कुन हो ?”, “अनि शारीरिक रूपमा सबैभन्दा गाह्रो काम कुन हो ?” ग्यरब कोरियाले, कोरियाली गृहिणीहरूलाई घरेलु कामको बारेमा यी प्रश्नहरू गरेको थियो र माथिका दुवै प्रश्नहरूको उत्तरमा सरसफाइ पहिलो स्थानमा रहेको पाइयो । छोटकरीमा भन्नुपर्दा, घरको सरसफाइलाई एक थकानपूर्ण र झन्झटिलो कामको रूपमा लिइन्छ । त्यसैले कामबाट थकित भएर घर फर्किंदा, कसैले घर सफा गरिदिएर दराजका कुना काप्चामा भएका धुलोहरू पुसी, भुँइ बढालेर घर चिटिक्क पारिदिएको त्यो दृश्य हामीले कम्तीमा एक चोटि कल्पना गरेका हुन्छौं । थोरै रगड्दा सबै दाग जाने डिटर्जेन्ट, घर सफा गर्न प्रयोग गरिने टालो, स-साना धुलो समेत तान्ने भ्याकुम क्लिनर, र एउटा बटन थिच्दा घरको वरिपरि घुमेर सबै कोठाहरू सफा गरिदिने रोबोट क्लिनरजस्ता बजारमा निस्किएका सरसफाइका सामग्रीहरूले सरसफाइको कामलाई सरल…
अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’
प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको रूपमा लिइन्थ्यो । तर अहिले भने संसार यति परिवर्तन भएको छ, कि ठूलो सोरमा कराउने मानिसलाई उल्टै मालिक ठान्ने गरिन्छ । संसारमा हामी अरूहरूसँगै जिउने गर्छौं । दिनहुँ थुप्रै मानिसहरूसँग भेटवार्ता हुने भएकोले एक-अर्कालाई चोट पुऱ्याउन पुग्नु भनेको आम कुरा हो । हाँसउठ्दो कुराचाहिँ, हामीहरू आफूले अरूलाई गरेको दुर्व्यवहार सजिलै बिर्सन्छौं, तर अरूले आफूसँग गरेको दुर्व्यवहारलाई भने लामो समयसम्म सम्झिरहन्छौं । अझ कहिलेकहीँ त, कुनै न कुनै दिन ‘बदला’ लिने सोचाइसमेत लिन पुग्छौं । वास्तवमा रीसले आखिरमा हामी आफैलाई नै…
सञ्चारद्वारा पारिवारिक अर्थव्यवस्था मिलाउने !
अहिलेचाहिँ उपभोगको युग हो । मानिसहरू विश्वव्यापी मन्दीको बारेमा कुरा त गर्छन्, तर बिदामा विदेश घुम्न जाने मानिसहरूले बिमानस्थल खचाखच भरिएको हुन्छ । मलहरूमा वस्तुहरूको मूल्य जति धेरै भयो, बिक्री पनि त्यति नै धेरै हुन्छ । होम सपिङमा चाहिँ “लगभग बिक्री भइसक्यो,” “सीमित अफर” आदि पर्चाहरूले मानिसहरूमा उपभोगको इच्छा जगाइदिन्छ । एउटा क्लिक मात्र गऱ्यो भने घरैमा सामान आइपुग्छ । मानिसहरू खानाभन्दा थोरै महँगो एक कप कफी बाहिर गएर पिउनु आवश्यक छ भन्ने गर्छन् । जहाँ गए पनि उपभोगको प्रलोभनमा पार्ने यस्ता धेरै कुराहरू भएकोले पैसा खर्च गर्नुबाहेक मानिसहरूसित अर्को विकल्प रहँदैन । तर हामी आफूले लिन चाहेका कुराहरू सबै लिन अथवा खान चाहेका कुराहरू सबै खान सक्दैनौं । आफूले चाह गरेको कुरा उपभोग गरेर पूर्ण सन्तुष्टि पाए तापनि त्यसले…
प्रेमबाट सुरु हुने सन्तानोचित कर्तव्य
बुबा-आमाप्रति सन्तानोचित कर्तव्य निभाउनुपर्छ भन्ने कुरा साना बालबालिकाहरूलाई पनि थाहा छ । तर बालबालिकाहरूलाई यसबारे शिक्षा दिने स्थानमा रहेका वयस्कहरूलाई पनि सन्तानोचित कर्तव्य शत प्रतिशत निभाउन भने गाह्रै पर्छ । भनिन्छ, आफ्नो सन्तान जन्मिएपछि बल्ल बुबा-आमाले मेरो लागि कति परिश्रम गर्नुभयो, मलाई कति प्रेम गर्नुभयो भन्ने कुरा बुझ्न सकिन्छ, तर कुनै कुरालाई बुझ्नु र त्यसलाई व्यवहारमा उतार्नुबीच ठूलो भिन्नता हुन्छ । प्रायः मानिसहरूले बुबा-आमाको हेरचाहभन्दा आफ्नै बालबच्चाको रेखदेख गर्नुपर्ने अथवा आफू काममा व्यस्त भएको, बसाइँ टाढा भएको वा आफ्ना अन्य दाजुभाइहरूले बुबा-आमाको राम्ररी हेरचाह गरिहाल्छन् भन्ने निहुँमा आफू सन्तानोचित कर्तव्यबाट पञ्छिन खोज्छन् । तर बुबा-आमाको लागि आफ्नो सन्तान नै सर्वस्व हुन्छ । बुबा-आमाको प्रेम निशर्त हुन्छ । बुबा-आमाले आफ्ना सन्तानहरूबाट केही लिन चाहनुहुन्न उल्टै आफ्ना सन्तानहरूलाई धेरै दिन चाहनुहुन्छ, अनि…
शोक सन्तप्त व्यक्तिलाई कसरी मद्दत गर्ने ?
सबै मानिसहरूले, जीवनमा कसैलाई गुमाउँदाको क्षण अनुभव गरेका हुन्छन् । कसैले साथी गुमाउँछन्, कसैले परिवारजन, सहकर्मी, चिनाजाना इत्यादि गुमाउँछन् । कसैलाई गुमाउँदाको शोक र पीडा व्यक्तिअनुसार फरक त हुन्छ, तर आफ्नो मायालु परिवारजन गुमाउँदाको न्यास्रोपनाचाहिँ सबैभन्दा ठूलो हुन्छ । परिवारजन गुमाउँदाको शोकबाट सबै जना तर्किन चाहन्छन्, तर स्थायी/अस्थायी रूपमा आखिरमा सबैले यसको अनुभव गर्नुबाहेक विकल्प छैन । घनिष्ठ हुनुभएका हजुरबुबा, हजुरआमालाई गुमाएका नाति-नातिना, समुद्रपारिको विदेशमा पढ्न भनेर गएका सन्तानको तिर्सना गर्ने आमा, भेट्न चाहे तापनि भेट्न नसकिने गरी छरिएर रहेका परिवारजन, वर्षौंसम्म रोगसँग लडेर अन्तमा बित्नुभएका बुबालाई याद गर्ने छोरी, आधा जीवन सँगै बिताएका आफ्नो पतिलाई गुमाएकी पत्नी, दुर्घटनामा गुमाएका कलिला सन्तानलाई आफ्नो हृदयमा पुर्न विवश बनेका बुबा-आमा ... यदि हाम्रो वरिपरि यस्ता व्यक्तिहरू छन् भने हामीले उनीहरूलाई कसरी मद्दत…
टिभी बन्द गरेमा परिवार देख्न सकिनेछ !
टेलिभिजन भन्ने शब्द प्राचीन ग्रीकको ‘टाढा’ भन्ने अर्थ रहेको ‘tele’ र ‘दृष्टि’ भन्ने अर्थ रहेको ‘vision’ भन्ने शब्दको संयोजनबाट आएको हो । शब्द आफैले बताएजस्तै टेलिभिजनचाहिँ टाढाको ठाउँ, पृथ्वीको विपरीत कुनामा भइरहेका कुराहरू पनि घरमै बसेर हेर्न सकिने प्रसारण प्रणाली हो । तर यसले वास्तवमा हाम्रो एकदमै नजिक रहने परिवारजनलाई चाहिँ हेर्नबाट रोक्छ भन्ने कुरा हामीले याद राख्नुपर्छ । रोइरहेको बच्चाको लागि टिभीमा कार्टुन लगाइदिनु अथवा सपरिवार भेला हुने बैठक कोठामा टिभी राख्नुचाहिँ दैनिक कुरा बनिसकेको छ । अहिले स्थलीय टिभी च्यानलहरू लगायत अन्य विभिन्न केबल च्यानलहरू पनि भएकाले अधिकांश परिवारहरू बिहान उठेदेखि राती ओछ्यानमा नढल्किउञ्जेल एउटा आदतको रूपमा टिभी अन गरेर राखिरहन्छन् । ‘स्वस्थ परिवारको गुण’ नामक पुस्तककी लेखिका डोलोरेस करेन भन्छिन्, “परिवार टुक्रिएकोले मानिसहरूले अत्यधिक मात्रामा टिभी हेर्न…
मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’
‘हिजोआज आमाको व्यवहार अनौठो छ । उहाँले प्रायः झर्को लाग्छ, भावनात्मक रूपमा अस्थिरता छाउँछ, अनि सबै कुरा कष्टप्रद लाग्छ भन्नुहुन्छ । उहाँ एकदमै रिसाउने गर्नुहुन्छ, तर ओछ्यानमा पल्टिँदाखेरि अलि सुस्त बन्नुहुन्छ । उहाँलाई के भएको होला ?’ आमाको अनौठो व्यवहारले छोरा-छोरीलाई चिन्तित तुल्याउँछ । आमाले आफैलाई ऐनामा हेर्दाखेरि ऐनाको अगाडि कुनै वृद्धा बसिरहेजस्तो लाग्ने भएकोले उहाँलाई असहज महसुस हुन्छ । उहाँलाई अचानक आफ्नो मुटुको धडकन बढेजस्तो लाग्छ, अनि जति प्रयास गरे पनि आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न गाह्रो पर्छ । तर कुनै पनि कुरा कारणविना हुँदैन । यस्तो लगातार भइरह्यो भने महिलाहरूले आफू मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’मा पुगें कि भनेर सोच्नुपर्छ । जीवन ऋतुहरूजस्तै परिवर्तनशील हुन्छ । ठूलो आवाजमा रोएर संसारमा पहिलो पाइला टेक्ने शिशुको बाल्यावस्थादेखि किशोरावस्थासम्मको समयचाहिँ साह्रो…