बीउ छर्दै

सन् २०१७ जनवरीमा, चिलीको माउले लगायत धेरै क्षेत्रहरूमा ठूलो वन डढेलो लागेको थियो । त्यो डढेलो एकदमै विशाल भएकोले राष्ट्रिय आपतकालीन समय घोषणा गरियो, र विपत्तिको परिणामस्वरूप ११ जनाको मृत्यु हुनुका साथै ७,००० भन्दा बढी मानिसहरू पीडित भए । वन डढेलोले लगभग ४,५७० वर्ग किलोमिटर(११३००००)जङ्गल खरानीमा परिणत भयो । कालो धुँवाको मुस्लोले ढाकिएको पहाडलाई देखेर सबै जना अलमल्ल परेको समयमा एक जना कुकुर प्रशिक्षकले डढेलो लागेको क्षेत्रलाई पुनर्स्थापन गर्ने विशेष विचार व्यक्त गरे । त्यो विचार आश्चर्यजनक रूपमा सरल थियो । तिनले भेडा रखदेख गर्ने तालिम प्राप्त कुकुरहरूलाई विशेष गरी भरियाका निम्ति तयार पारिएको झोला पिठ्यूमा बोक्न लगाए र तिनीहरूलाई डढेलो लागेको त्यो पहाडमा दौड्न लगाए । त्यो झोलामा विशेषज्ञहरूले सावधानीपूर्वक छनौट गरेका विभिन्न बीउहरू थिए । ती कुकुरहरू पहाडको…

अटुट मनोभावको शक्ति

हेनरी म्याटिस (Henri Matisse)एक प्रतिभाशाली चित्रकार हुनुका साथै २०औँ शताब्दीका ग्राफिक कलाका सबैभन्दा प्रभावशाली व्यक्तित्व थिए, तर उनको सपना चित्रकार बन्ने थिएन । सुरुमा कलामा विशेष रुची नभएका म्याटिसले कानून विषय अध्ययन गरेर अदालतको कर्मचारीको रूपमा सामान्य जीवन बिताए । त्यो समयमा अत्यन्त गम्भीर मानिने एपेन्डिसाइटिस रोग लागेपछि उनको जीवन नाटकीय रूपमा परिवर्तन भयो । शल्यक्रियापछि लामो समयसम्म निको हुने क्रममा, उनकी आमाले उनलाई एउटा रङ्गको बक्सा उपहारस्वरूप दिइन्, जसले गर्दा उनको जीवन पूर्ण रूपमा परिवर्तन भयो । कलाको संसारमा पूर्ण रूपमा मोहित भएका म्याटिसले आफ्नो बुबाको विरोधको बाबजुद चित्रकारको रूपमा आफ्नो जीवन फेरि सुरु गरे । पछि उनले चित्रमा आफ्ना भावनाहरू पोखिने गरी स्वतन्त्र रूपमा उज्यालो रङ्गहरूको प्रयोग गर्ने फौविजम् (Fauvism)को आविष्कार गरेर आधुनिक कलामा क्रान्ति ल्याए । न्यूनतम…

मेटाडोर

रातो कपडा हल्लाउने बुलफाइटरको दक्ष हातमा परेको साँढे उत्तेजित हुन्छ । हडबडाएको साँढेको पछाडि धेरै भालाहरू अड्किएको हुन्छ । अन्ततः धारिलो छुरीले साँढेको खोपडी छेड्दा त्यो ठाउँको ठाउँ ढल्छ । साँढेको खोपडीमा छुरी प्रहार गर्ने बुलफाइटरलाई नै स्पेनी भाषामा ‘मेटाडोर’ भनिन्छ । हिजोआज मेटाडोरले कसैको निन्दा गर्ने हेतुले यथार्थतालाई विकृत गर्ने र सार्वजनिक विचारलाई हेरफेर गर्ने कालो सङ्गठित प्रचारलाई जनाउँदछ । साँढेलाई लोभ्याएर त्यसको खोपडी छेड्ने बुलफाइटरको धारिलो छुरीजस्तै मेटाडोरले अवैध रूपमा बोलीद्वारा अन्य मानिसहरूमा घातक प्रहार गर्दछ । सुरुदेखि नै अरूलाई हानि पुऱ्याउने मेटाडोरबाट प्रहार भएको मानिसले कहीँ-कतैबाट चोट पाइहाल्छ । अनि त्यो पुष्टि गर्न र त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ । बाइबलको इतिहासमा पनि मेटाडोरको अस्तित्व छ । २,००० वर्षअघि येशूज्यूले नयाँ…

दृढ रहने शक्ति, धैर्यता

अन्य पशुहरूको तुलनामा मानिसको शारीरिक क्षमता निकै कमजोर हुने भए पनि मानिसमा हुने एउटा अत्यन्त उच्च क्षमता छ । त्यो क्षमता नै धैर्यता हो । जङ्गली युगमा, जब मानिसहरूमा शक्ति, गति, तिखा सिङ, दाँत, वा नङ जस्ता प्राकृतिक हतियारहरूको अभाव हुन्थ्यो, तब उनीहरूले धैर्यतालाई बाँच्ने एकमात्र आधार बनाउँथे । चितुवा, सुतुरमुर्ग(अस्ट्रिच), घोडा वा हरिणजस्ता जनावरहरूले छोटो दूरीमा तीव्र गतिमा शिकार गर्छन्, तर यी जनावरभन्दा फरक प्रारम्भिक समयका मानिसहरूले धैर्य धारण गर्दै शिकार गर्थे । उनीहरूले त्यो शिकार थाकेर लखतरान नहोउञ्जेल घण्टौंसम्म त्यसलाई पछ्याउँथे । यो असामान्य धैर्यताले उनीहरूलाई आफ्नो शारीरिक कमजोरीलाई जितेर शक्तिशाली बन्न मद्दत गर्थ्यो । मानव शरीरको अनुसन्धान गर्ने वैज्ञानिकहरूका अनुसार मानव शरीर लामो दूरीसम्म दौड्न सक्ने गरी डिजाइन गरिएको छ । पसिना ग्रन्थीमार्फत शरीरको तापलाई बाहिर निकाल्ने…

ऊर्जा चोर र ऊर्जादाता

“तिमीले अन्तमा हरेस खानेछौ ।” “हामीले यो काम गर्न सक्दैनौं भन्ने कुरा स्पष्ट छ ।” “के यो काम गर्न सकिएला र ?” स्पष्ट लक्ष्य र योजना बनाए पनि, यस्ता निराशाजनक बोलीहरूले जो कोहिलाई कमजोर बनाउन सक्छ र उसको दृढ सङ्कल्प डगमगाउन सक्छ । स्वभावैले नकारात्मक कुरा गर्ने मानिसहरूले आफ्नो वरपर रहनेहरूका मनोबल घटाइदिन्छन् र उनीहरूलाई शक्तिहीन महसुस गराउँछन् । चोरहरूले चुपचाप सामान चोरेजस्तै निराशाजनक शब्द बोलेर ऊर्जा चोर्ने र वातावरणलाई असहज बनाइदिने मानिसहरूलाई ‘ऊर्जा चोर’ भन्न सकिन्छ । सधैँ “हुँदैन” भन्ने, नराम्रो हल्ला फैलाउने वा लगातार गुनासो गर्ने मानिसहरूबाट टाढा रहनु सबैभन्दा उत्तम हुन्छ । तर यदि त्यसो गर्न सम्भव छैन भने हामीले आफ्नो सुरक्षा आफै गर्न सिक्नुपर्छ । पहिलो तरिका, अरूले बोलेको कुरा वा अरूको मनोवृत्तिबाट प्रभावित नहुनको लागि…

पावलले लिएका दुई वटा नागरिकता

नागरिकताचाहिँ कुनै देशको नागरिक हुने अधिकार हो । आफ्नै सम्पत्तिमाथिको अधिकार जस्ता आधारभूत अधिकार लगायत राष्ट्रपति र संसद सदस्यहरूलाई, सार्वजनिक कार्यालयमा गएर उम्मेदवारहरूको पक्षमा मतदान गर्न पाउने राजनीतिक अधिकार र सरकारी कर्मचारीको रूपमा नियुक्त हुन पाउने अधिकार प्राप्त गर्न सकिन्छ । कुनै देशको नागरिकता हुनु भन्नाले त्यो देशको नागरिकको रूपमा त्यहाँका अधिकारहरू उपभोग गर्न सक्नु भन्ने अर्थ हो । २,००० वर्षअघि प्रेरितहरूले सुसमाचार प्रचार गर्दा रोमी साम्राज्यले इस्राएलमाथि शासन गरेको थियो । त्यस बेला रोमी नागरिकता लिएका मानिसहरूको सामाजिक ओहदा उच्च हुन्थ्यो, यिनीहरूले रोमबाट विभिन्न विशेषाधिकारहरू पनि पाउँथे । जस्तै, मताधिकार, अदालतमा मुद्दा हाल्न पाउने अधिकार, रोमी सम्राटद्वारा गठित उच्च अदालतमा निवेदन दिन पाउने अधिकार इत्यादि । यी मानिसहरू कोर्रा लगाइने, क्रूसमा टाँगिने जस्ता यातनामूलक सजायबाट उम्किन सक्थे, अनि यिनीहरूले…

सरसफाइको शक्ति

सबैलाई फोहोर ठाउँभन्दा सफा ठाउँ मनपर्छ । तर सबै ठाउँ आफै सफा हुन सक्दैन । कसैले कोठाभित्र फोहोर नल्याए पनि फोहोर आफै थुप्रिन्छ । अनि कोठाभित्र बसेर जुनसुकै कार्य गरे पनि फोहोर भइहाल्छ । तसर्थ हामी सरसफाइ गर्छौं । बढार्नु, फोहोर फाल्नु र व्यवस्थापन गर्नु सानो कामजस्तो लाग्न सक्छ । तर सरसफाइको शक्ति सोचेभन्दा आश्चर्यजनक हुन्छ । ब्रोकन विन्डो सिद्धान्त सरसफाइ गरेपछि शरीर थाक्छ तर यसले मनलाई ताजा गराइदिन्छ । सरसफाइले मानिसको मूड मात्र नभएर मन र व्यवहारमा पनि प्रभाव पार्छ । यो यथार्थतालाई ब्रोकन विन्डो सिद्धान्तद्वारा प्रमाणित गर्न सकिन्छ । अमेरिकी मनोवैज्ञानिक फिलिप जिम्बार्डोले एउटा परीक्षण गरे । उनले उस्तै अवस्थामा रहेका दुई वटा गाडिलाई (कार) एउटा असुरक्षित सडकमा छोडिदिए । उनले कारको हुड खुल्ला राखे र एउटा झ्याल…

अमर टेलोमियरहरू

१४औँ शताब्दीतिर, यूरोपेलीहरूको औसत आयु केवल ३८ वर्ष थियो । सन् १७९० मा साबुनको आविष्कारसँगै, बिरामी पर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्यो र उनीहरूको औसत आयु १० वर्षले बढ्यो । सन् १९२८ मा, एन्टिबायोटिक पेनिसिलिनको आविष्कारसँगै औसत आयु १० वर्षले बढेर ५८ वर्ष पुग्यो । अहिले २१ औँ शताब्दीमा औसत आयु ८० वर्ष पुगेको छ । विज्ञहरूले निकट भविष्यमा हाम्रो औसत आयु २० वर्षले वृद्धि भएर १०० वर्ष पुग्ने अनुमान लगाएका छन् । अहिले १०० वर्षको आयुबारे व्यापक रूपमा चर्चा भइरहेको छ । वैज्ञानिकहरूले ‘टेलोमियर’ (telomere)लाई बुढ्यौली र मानव आयुको एक महत्वपूर्ण कारकको रूपमा पहिचान गरेका छन् । ‘telomere’ चाहिँ telos(अन्तिम) र meros(भाग) भन्ने शब्द मिलेर बनेको शब्द हो, जसले क्रोमोजोमको अन्त्यलाई जनाउँछ । मानव कोषिका सामान्यतया आफ्नो जीवनकालमा ५० देखि…

इतिहास र अगमवाणी

जोसन राजवंशको इतिहासमा पहिलो राजा तेजोदेखि २५औँ राजा छलजोङसम्म, करीब ४७२ वर्षको जोसन राजवंशको शासनकाल समेटिएको छ । १,८०० भन्दा बढी खण्डहरू मिलेर बनेको जोसन राजवंशको इतिहासमा जोसनको राजनीति, कूटनीति, शिक्षा, अर्थतन्त्र, उद्योग, सैन्य मामिला, धर्म, यातायात, कला र संस्कृतिहरू विस्तृत रूपमा अभिलेख छन् । एकदमै समर्पित भएर राजाको हिफाजत गर्ने अधिकारीहरूद्वारा लिखित त्यो इतिहासमा शाही गतिविधिका हरेक पक्षको विवरण विस्तृत रूपमा गरिएको छ । सन् १९९७ मा, UNESCOले जोसन राजवंशको इतिहासको सांस्कृतिक मूल्यलाई मान्यता दिँदै विश्व वृत्तचित्र सम्पदाको रूपमा दर्ता गर्‍यो । जोसन राजवंशको इतिहास लगायत अन्य ऐतिहासिक पुस्तकहरू अमूल्य छन्, किनभने तिनीहरूमा सयौं वर्षको विगतको इतिहास समेटिएको छ । बाइबललाई ऐतिहासिक पुस्तक मान्न सकिन्छ, किनकि यसमा इस्राएलको इतिहासको एक महत्त्वपूर्ण भागलाई समेटिएको छ । यद्यपि, यसको विशेषता सामान्य…

सुन्दर छाप

रूखको मुढालाई काटेर त्यसको काटिएको भागमा हेऱ्यो भने त्यहाँ बाक्लो घेरा बनेको देख्न सकिन्छ । मौसम परिवर्तनका कारण रूखको हुर्कने गतिमा भिन्नता हुँदा रूखमा घेराहरू बन्दछ । वसन्त र ग्रीष्मको बीचमा कोषिका विभाजन तीव्र गतिमा हुँदा रूखको भित्री भाग एकदमै कमलो र रङ पनि उज्यालो हुन्छ, तर ग्रीष्म अथवा शरद्को अन्ततिर कोषिका विभाजन हुन ढिलाइ हुँदा रूखको भित्री भाग एकदमै कडा र रङ पनि गाढा हुन्छ । यस्तो प्रक्रिया बारम्बार दोहोरिँदा रूखको मुढामा विशेष ढाँचामा घेराहरू बन्दछन् । रूखका यी घेराहरूलाई हेरेर रूखको उमेर मात्र होइन, तर त्यसको जीवनकालमा के-के भएको थियो भन्ने कुरासमेत थाहा पाउन सकिन्छ । समसितोष्ण क्षेत्रका कोणधारी रूखहरूमा स्पष्ट घेरा हुन्छ, तर सामान्य मौसमी परिवर्तन र शान्त हावापानी भएका क्षेत्रमा पाइने रूखहरूमा भने खासै स्पष्ट घेरा…

कारागारबाट चिट्ठी

महात्मा गान्धीसँगै भारतको स्वतन्त्रताको निम्ति लडेका, र पछि भारतको प्रथम प्रधानमन्त्री भएका जवाहरलाल नेहरु । भारत बेलायतको शासनमुनि रहेको बेला औपनिवेशिक शासनको विरोध गरेका उनी कैयौँ पटक कारागारमा कैद भएका थिए । नैनी कारागारमा कैद भएको समयदेखि उनले आफ्नी छोरी इन्दिरालाई चिट्ठी लेखे । उनले ३ वर्षमा १९० वटा चिट्ठीहरू पठाए । त्यसोभए उनले आफ्नी मायालु छोरीलाई व्यग्रतापूर्वक के भन्न चाहेका थिए होलान् ? “हरेक जन्मदिनमा तिमीले शुभकामना र उपहारहरू पाउने गर्थ्यौ । तिमीलाई तिम्रो जन्मदिनको धेरै शुभकामना, तर यो नैनी कारागारबाट मैले तिमीलाई के उपहार पठाउन सक्छु र ? तिमीलाई भौतिक उपहार पठाउन असमर्थ छु ।” नेहरुले कारागारमा आफूले गर्न सक्ने सबै प्रयत्न गरेर आफ्नी छोरीलाई अमूल्य उपहार पठाए । त्यो नै संसारको इतिहासबारे उनको हस्त-लिखित कथा थियो ।…

एउटा रोटी वा दुई वटा रोटी

यो कहानीका मुख्य पात्र एक उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुन् । विद्यालयबाट घर फर्किंदा उसले सानो टेबिलमा दुई वटा रोटी र एउटा नोट भेट्टाउँछ । 'बहिनीसँगै बाँडेर खानू' नोट पढ्नेबित्तिकै उसले एउटा रोटी खान्छ । तर त्यतिले उसको पेट भरिँदैन, उसले आमाको कुरालाई बेवास्ता गरी बहिनीको भाग समेत खाइदिन्छ । प्रमाण हटाउनका लागि उसले आमाको नोटलाई डस्टबिनमा फालिदिन्छ । केही समयपछि बहिनी घर आउँछिन् र डस्टबिनमा फालिएको आमाको त्यो नोटलाई देख्छिन् । उनी रिसाउँछिन् र दाजु-बहिनीबीच झगडा सुरु हुन्छ । बहिनीसँग माफी मागेर अर्को रोटी किनिदिएमा समस्या समाधान हुनेछ भनेर दाजुले सोच्दछ, तर त्यो कुरा त्यति सरल थिएन । बहिनीले रोटी माग्दै यसो भन्छिन् । “तपाईंले दुई वटा रोटी खानुभएकोले म पनि दुई वटै रोटी खान्छु ! मलाई पनि दुई…

गुन तिर्ने मन

चीनको छुङछिङबाट एक-अर्कासित चिनजान नभएका ५ जना मानिसहरू मिलेर एउटा साङ्गीतिक टोली गठन गरे । उनीहरू डाक्टर, गृहिणी, घरजग्गा खरीद-बिक्री गर्ने एजेन्ट जस्ता फरक पेशा र व्यक्तित्व भएका मानिसहरू थिए, जो सङ्गीतप्रति बिलकुल अनभिज्ञ थिए । जे होस् हातमा गिटार, बेस र मराकाजस्ता वाद्यवादन बोक्दै पेशेवर सङ्गीत प्रशिक्षकबाट सङ्गीत सिकेर उनीहरूले प्रस्तुतिको लागि कडा अभ्यास गरे । प्रस्तुतिमा ‘पुनर्जन्म(Reborn)’ र ‘जीवन महसुस(Feel Life)’ जस्ता अलि गाह्रो नोटका सङ्गीतहरू बजाउने योजना बनाएका ती सदस्यहरूको साङ्गीतिक टोलीको नाम ‘वान् म्यान्स् ब्यान्ड(एक जनाको ब्यान्ड)’ थियो । त्यो ब्यान्डको नामचाहिँ, केही समयअघि मात्र निधन भएको एक जना व्यक्तिबाट आँखा, मृगौला र कलेजो अनुदानस्वरूप पाएका त्यो ब्यान्डका सदस्यहरूको कहानीको आधारमा राखिएको थियो । सार्वजनिक हितको कार्यमा अग्रस्थानमा रहेका ती अनुदानकर्तालाई सङ्गीत असाध्यै मन पर्ने गरेको…

सत्यताको युगमा झूटलाई विश्वास गर्ने मानिसहरू

‘स्पागेटी फल्ने रूख छ र ?’ सन् १९५७ अप्रिल १ तारिखमा, बेलायतको BBCबाट ‘अप्रिल फुल्स डे(मूर्ख दिवस)’मा गलत समाचार प्रसारण गरिएको थियो । योजस्तै रमाइलोको लागि प्रसारित गलत समाचारले समाजमा खैलाबैला मच्चाउँछ । गलत जानकारीलाई कुनै लेखको ढाँचामा अनलाइनमा राखिएका गलत समाचारहरूले धेरै मानिसहरूलाई झुक्याइरहेको छ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिरहेको गत ग्रीष्ममा, इन्टरनेटमा केही उम्मेदवारलाई चाहिँ अनुकूल हुने तर विपक्षी उम्मेदवारलाई चाहिँ हानि पुग्ने गलत समाचारहरू धेरै थिए । शंकास्पद लागेर, सञ्चार माध्यमहरूले ती लेखलाई पत्ता लगाए र ती गलत लेखहरूका अधिकांश स्रोतचाहिँ दक्षिण-पूर्व यूरोपको देश, माकेडोनियाको ‘भेलेस’ नाम गरेको सानो गाउँ रहेको पाइयो । केही किशोरहरूले यसलाई ‘डिजिटल गोल्ड रश’को रूपमा सङ्केत गर्दै गलत समाचारहरू बनाइरहेका थिए । वास्तवमा गलत समाचारले अमेरिकी राष्ट्रपतीय चुनावमा समेत असर…

उद्धार गर्ने कर्तव्य

सुरुङमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्यो । चालकले तुरुन्त आफ्नो ट्रकमा भएको अग्निशामक यन्त्रद्वारा आगोलाई नियन्त्रण गर्न खोजे तर त्यसबाट भएन । त्यही बेला, सूट लगाएका ३ जना व्यक्तिहरू कारलाई रोकेर बाहिर निस्केर चालकलाई बाहिर निकाले, र सुरुङमा आगो निभाउनलाई जडान गरिएको पानीको पाइप तानेर ट्रकको आगो निभाउन थाले । सुरुङको बाटोलाई ढाकेको आगोको मुस्लो र धूवाँसित जुध्दै उनीहरूले निडरका साथ गरेका प्रयत्न, अनि खबर पाएपछि आएको दमकलको सहयोगद्वारा अन्ततः ३० मिनेटमै आगोलाई पूर्ण रूपमा निभाउन सकियो । यसरी तुरुन्तै द्रुत गतिमा कार्य गरेर दुर्घटनालाई अझ खराब हुनबाट जोगाएका ती मानिसहरू वास्तवमा आफ्नो आफन्तको अन्त्येष्टिमा जाँदैगरेका अग्नि नियन्त्रकहरू थिए । कुनै सुरक्षात्मक सामग्रीविना नै आगोको सामना गरेका उनीहरूले “यस्तो अवस्थामा कुनै पनि अग्नि नियन्त्रक स्वाभावतः आगो निभाउनलाई अगि बढ्छ ।…

भाग्य

“भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा ।” यो नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो । कुनै एक जना भिखारी थियो । त्यस भिखारीले अन्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक भाग्य लिएर जन्मेको आफ्नो परिस्थितिबारे कुनै एक जना बुद्धिमान् मानिसलाई सोधेछ, “मेरो भाग्य किन उनीहरूको भन्दा फरक भएको होला ?” तब ती बुद्धिमान् मानिसले “तिम्रो भाग्य उनीहरूको भन्दा फरक छैन । धनी मानिस र महान् व्यक्तिहरू पनि तिम्रो जस्तै भाग्य लिएर जन्मिएका हुन्छन्” भनेर जवाफ दिएछन् । उनको कुरा सुनेर त्यो भिखारीमा अलि आशा पलाउन थालेछ, अनि त्यो आफ्नो भाग्य परिवर्तन हुने आशा गर्दै जिएछ ।…