निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय

सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो आवाज पनि सजिलै सुन्न सक्ने श्रवण शक्ति पनि हुन्छ । यीचाहिँ मानव-जातिले लिन नसक्ने शक्तिहरू हुन् । यही कारणले बच्चाहरूका लागि सुपरम्यान भनेको एकदमै डाहलाग्दो पात्र हो । त्यसोभए यदि हामीले पनि सुपरम्यानको जस्तै विशेष शक्ति पायौं भने के हुन्छ होला ? बाह्य क्रियाशीलताप्रति उचित प्रतिक्रिया मानव-जातिले वरिपरिको वातावरणबाट आउने विभिन्न किसिमका सङ्केत तथा जानकारीलाई आफ्नो ज्ञानेन्द्रियद्वारा स्वीकार्छ । तब मस्तिष्कले विस्तृत रूपमा विश्लेषण गरेर मोटर अङ्ग रहेका मांसपेशीहरूलाई आदेश दिई क्रियाशीलताप्रति प्रतिक्रिया जनाउँछ । यसलाई ‘क्रियाशीलता र प्रतिक्रिया’ भनिन्छ…

घर-देवताहरू

तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन् । ... यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन् । याकूब झोकिए, र लाबानलाई हप्काएर भने, ... अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो । तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै ? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाडि राखिदिनुहोस् । यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन् । उत्पत्ति ३१:३४-३७ घर-देवताहरूचाहिँ याकूबका मामा लाबान बस्ने मेसोपोटामियाका प्रत्येक घरहरूमा पुजिने मूर्ति थियो । याकूबकी पत्नी राहेलले आफ्नो बुबाको घरबाट घर-देवताहरू चोरेको कुरादेखि न्यायकर्ताहरूको समय, राजाहरूको समय र परमेश्वरको आज्ञा अवहेलना गरी राज्यहरू विभाजन भएको समय अर्थात् उत्तर इस्राएल र दक्षिण यहूदा विभाजन भएको समयसम्म विभिन्न मूर्तिहरू र घर-देवताहरू पुज्ने प्रचलन थियो भन्ने कुरा बाइबलमा लेखिएको छ ।…

मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ ?

“उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ ।” प्रभुका दूतको निर्देशन पाएका फिलिप मरुभूमिमा आइपुगे । सुनसान ठाउँमा उनले एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो ठूला पदाधिकारी थिए । उनी यरूशलेममा आराधना गर्न गएका थिए । उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी धर्मशास्त्र पढिरहेका थिए । पवित्र आत्माले फिलिपलाई भन्नुभएझैँ, उनी रथको साथ लागे र सोधे, “तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र ?” अनि तिनले फिलिपलाई रथमा चढी तिनको साथमा बस्ने अनुरोध गरे । “जसरी भेडा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन ... कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन् ?” नपुंसकको प्रश्नमा फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको…

पहिले गएर आफ्नो भाइसँग मिलाप गर

येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ । “तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ । पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढाऊ ।” “आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ ।” “यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ ? तिमीहरूले आफ्ना दाज्यू-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गऱ्यौ र ? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र ? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने…

परमेश्वरको मुक्ति

पलिश्तीहरूको अथाह सैन्य शक्ति देखेर इस्राएलीहरू डरले काँपिरहेको बेला, शाऊलका छोरा जोनाथन आफ्नो हतियार बोक्ने जवान मानिससँग पलिश्तीकहाँ गए । तर तिनले यो कुरा आफ्ना पितालाई भनेनन् । “आऊ, हामी तिनीहरूकहाँ जाऔं । शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ । हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्न सक्दैन, चाहे हामी धेरै होऔं चाहे थोरै ।” “अघि बढ्नुहोस् । म तपाईंलाई पछ्याउनेछु ।” “यदि ‘हामी नआउञ्जेल तिमीहरू त्यहीँ बसिरह’ भनी उनीहरूले भन्छन् भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं । तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्लेर आओ’ भनेर भन्छन् भने, हामी उक्लेर जाऔं किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको रहेछ भन्ने त्यो हाम्रा लागि एउटा चिन्ह हुनेछ ।” जोनाथन र तिनका हतियार बोक्ने मानिस पलिश्तीहरूकहाँ देखा परेकाले, पलिश्तीहरूले भने, “यहाँ हामीकहाँ…

जीवनबाट सुरु हुने जीवन

कुनै समयमा चित्र कोर्न र कीराहरू हेर्न असाध्यै मन पराउने एक जना केटी थिइन् । ती केटीले रूखको हाँगामा टाँसिएको एउटा वस्तु देखिन् जुन कुनै ढुङ्गा वा बीउजस्तो देखिन्थ्यो । उनले महिनौसम्म त्यो वस्तुमा आएको परिवर्तन अवलोकन गरिन् र त्यसको चित्र बनाइन् । वसन्त ऋतु आएसँगै त्यो वस्तु नरम पखेटाका साथ आकाशमा उड्यो । वास्तवमा त्यो वस्तु प्युपा थियो जुन पुतलीको स्वरूपमा परिवर्तन भयो । प्युपालाई पहिलो पटक जादुई रूपमा परिवर्तन भएको देख्ने उक्त केटी मेरियन थिइन्, जो १७औँ शताब्दीकी जर्मन चित्रकार र पहिलो महिला कीटवैज्ञानिक थिइन् । यो वर्तमान समयमा कुरुप देखिने झुसिल्कीरा सुन्दर पुतलीमा परिवर्तन हुन्छ भन्ने कुरा सबैलाई थाहा छ तर सयौँ वर्षअघि कसैलाई पनि थाहा थिएन । मानिसहरूले फोहोरबाट निस्कने झुसिल्कीरालाई 'शैतानको फल' भन्थे, र पुतलीलाई…

दृढ रहने शक्ति, धैर्यता

अन्य पशुहरूको तुलनामा मानिसको शारीरिक क्षमता निकै कमजोर हुने भए पनि मानिसमा हुने एउटा अत्यन्त उच्च क्षमता छ । त्यो क्षमता नै धैर्यता हो । जङ्गली युगमा, जब मानिसहरूमा शक्ति, गति, तिखा सिङ, दाँत, वा नङ जस्ता प्राकृतिक हतियारहरूको अभाव हुन्थ्यो, तब उनीहरूले धैर्यतालाई बाँच्ने एकमात्र आधार बनाउँथे । चितुवा, सुतुरमुर्ग(अस्ट्रिच), घोडा वा हरिणजस्ता जनावरहरूले छोटो दूरीमा तीव्र गतिमा शिकार गर्छन्, तर यी जनावरभन्दा फरक प्रारम्भिक समयका मानिसहरूले धैर्य धारण गर्दै शिकार गर्थे । उनीहरूले त्यो शिकार थाकेर लखतरान नहोउञ्जेल घण्टौंसम्म त्यसलाई पछ्याउँथे । यो असामान्य धैर्यताले उनीहरूलाई आफ्नो शारीरिक कमजोरीलाई जितेर शक्तिशाली बन्न मद्दत गर्थ्यो । मानव शरीरको अनुसन्धान गर्ने वैज्ञानिकहरूका अनुसार मानव शरीर लामो दूरीसम्म दौड्न सक्ने गरी डिजाइन गरिएको छ । पसिना ग्रन्थीमार्फत शरीरको तापलाई बाहिर निकाल्ने…

आमा र बच्चालाई जोड्ने गर्भनाल र प्लेसेन्टा

कुनै समयमा अस्वच्छ र संक्रामक फोहोर मानिने गर्भनाल(umbilical cord) र प्लेसेन्टा(placenta), अहिले चिकित्सा क्षेत्रमा निकै चासोको विषय बनेको छ । त्यसको कारणचाहिँ वैज्ञानिकहरूले गर्भनाल र प्लेसेन्टामा विभिन्न किसिमका तन्तुहरूमा रूपान्तरण हुन सक्ने स्टेम कोषिकाहरू पत्ता लगाएकोले गर्दा हो । विशष गरी नालको रगत, जसलाई गर्भनालको रगत पनि भनिन्छ, त्यसमा रगत निर्माण गर्ने स्टेम कोषिकाहरू हुन्छन् र हड्डी, मांसपेशी तथा अङ्गहरू बनाउने मेसेन्काइमल स्टेम कोषिकाहरू(mesenchymal stem cells) हुन्छन् । हाल, यसलाई विभिन्न रोगहरूका उपचारका लागि अध्ययन गरिँदैछ र केही प्रविधिहरू त व्यावसायिक रूपमा प्रयोगमा समेत आइसकेका छन् । सन् २०००मा संयुक्त राज्य अमेरिकामा बस्ने ६ वर्षीया मोली नाम गरेकी बालिका फान्कोनी एनीमिया(रगतसम्बन्धी रोग) भन्ने घातक आनुवंशिक रोगबाट ग्रस्त भइन् । त्यसको एकमात्र उपचार भनेको स्टेम कोषिका प्रत्यारोपण थियो, तर उनीहरूले त्यो…

ऊर्जा चोर र ऊर्जादाता

“तिमीले अन्तमा हरेस खानेछौ ।” “हामीले यो काम गर्न सक्दैनौं भन्ने कुरा स्पष्ट छ ।” “के यो काम गर्न सकिएला र ?” स्पष्ट लक्ष्य र योजना बनाए पनि, यस्ता निराशाजनक बोलीहरूले जो कोहिलाई कमजोर बनाउन सक्छ र उसको दृढ सङ्कल्प डगमगाउन सक्छ । स्वभावैले नकारात्मक कुरा गर्ने मानिसहरूले आफ्नो वरपर रहनेहरूका मनोबल घटाइदिन्छन् र उनीहरूलाई शक्तिहीन महसुस गराउँछन् । चोरहरूले चुपचाप सामान चोरेजस्तै निराशाजनक शब्द बोलेर ऊर्जा चोर्ने र वातावरणलाई असहज बनाइदिने मानिसहरूलाई ‘ऊर्जा चोर’ भन्न सकिन्छ । सधैँ “हुँदैन” भन्ने, नराम्रो हल्ला फैलाउने वा लगातार गुनासो गर्ने मानिसहरूबाट टाढा रहनु सबैभन्दा उत्तम हुन्छ । तर यदि त्यसो गर्न सम्भव छैन भने हामीले आफ्नो सुरक्षा आफै गर्न सिक्नुपर्छ । पहिलो तरिका, अरूले बोलेको कुरा वा अरूको मनोवृत्तिबाट प्रभावित नहुनको लागि…

पावलले लिएका दुई वटा नागरिकता

नागरिकताचाहिँ कुनै देशको नागरिक हुने अधिकार हो । आफ्नै सम्पत्तिमाथिको अधिकार जस्ता आधारभूत अधिकार लगायत राष्ट्रपति र संसद सदस्यहरूलाई, सार्वजनिक कार्यालयमा गएर उम्मेदवारहरूको पक्षमा मतदान गर्न पाउने राजनीतिक अधिकार र सरकारी कर्मचारीको रूपमा नियुक्त हुन पाउने अधिकार प्राप्त गर्न सकिन्छ । कुनै देशको नागरिकता हुनु भन्नाले त्यो देशको नागरिकको रूपमा त्यहाँका अधिकारहरू उपभोग गर्न सक्नु भन्ने अर्थ हो । २,००० वर्षअघि प्रेरितहरूले सुसमाचार प्रचार गर्दा रोमी साम्राज्यले इस्राएलमाथि शासन गरेको थियो । त्यस बेला रोमी नागरिकता लिएका मानिसहरूको सामाजिक ओहदा उच्च हुन्थ्यो, यिनीहरूले रोमबाट विभिन्न विशेषाधिकारहरू पनि पाउँथे । जस्तै, मताधिकार, अदालतमा मुद्दा हाल्न पाउने अधिकार, रोमी सम्राटद्वारा गठित उच्च अदालतमा निवेदन दिन पाउने अधिकार इत्यादि । यी मानिसहरू कोर्रा लगाइने, क्रूसमा टाँगिने जस्ता यातनामूलक सजायबाट उम्किन सक्थे, अनि यिनीहरूले…

सधैँ उस्तै मन लिएर

शमूएलले इस्राएललाई न्यायकर्ताको रूपमा नेतृत्व गरिरहेको समयमा इस्राएलीहरूले तिनीहरूमाथि शासन गर्न राजाको माग गरे । परमेश्वरले शमूएललाई उहाँको सामु कुल-कुल र वंश-वंश गरी इस्राएलका प्रत्येक कुलबाट १,००० जना हाजिर हुन आदेश दिनुभयो । परमेश्वरको वचनअनुसार शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाले । बाह्र कुलमध्ये बेन्यामिनको कुल चुनियो । बेन्यामिनको कुलमध्ये मत्रीको वंश चुनियो, र अन्त्यमा कीशका छोरा शाऊल चुनिए । तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन् । “के त्यो मानिस यहाँ छ ?” शाऊल नभेट्टिएकाले मानिसहरूले परमप्रभुलाई सोधे । परमप्रभुले शाऊल कहाँ छन् भनी तिनीहरूलाई बताउनुभयो । तिनीहरू दौडेर गई उनलाई सामानहरूका बीचबाट लिएर आए । अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्दा होचा थिए । शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले…

आवश्यकता एउटै कुराको छ

मार्था नाउँ भएकी एक जना स्त्रीले येशूज्यूलाई आफ्नो घरमा स्वागत गरिन् । येशूज्यूले वचन सिकाइरहनुहुँदा मार्थाकी बहिनी मरियम येशूज्यूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन् । तिनले येशूज्यूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न ? त्यसलाई भनिदिनुहोस्, र त्यसले मलाई सघाओस् ।” तर येशूज्यूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ । तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन ।” आफ्नो घरमा आउनुभएका येशूज्यूको सेवा-सत्कार गर्ने काममा व्यस्त भएकी मार्थाले एउटा कुरा छुटाइन् । त्यो नै मुक्तिदाताको वचन सुन्नुचाहिँ अरू कुनै कामभन्दा अझ बढी महत्त्वपूर्ण छ भन्ने यथार्थता हो । एकातिरबाट सोच्दा,…

सरसफाइको शक्ति

सबैलाई फोहोर ठाउँभन्दा सफा ठाउँ मनपर्छ । तर सबै ठाउँ आफै सफा हुन सक्दैन । कसैले कोठाभित्र फोहोर नल्याए पनि फोहोर आफै थुप्रिन्छ । अनि कोठाभित्र बसेर जुनसुकै कार्य गरे पनि फोहोर भइहाल्छ । तसर्थ हामी सरसफाइ गर्छौं । बढार्नु, फोहोर फाल्नु र व्यवस्थापन गर्नु सानो कामजस्तो लाग्न सक्छ । तर सरसफाइको शक्ति सोचेभन्दा आश्चर्यजनक हुन्छ । ब्रोकन विन्डो सिद्धान्त सरसफाइ गरेपछि शरीर थाक्छ तर यसले मनलाई ताजा गराइदिन्छ । सरसफाइले मानिसको मूड मात्र नभएर मन र व्यवहारमा पनि प्रभाव पार्छ । यो यथार्थतालाई ब्रोकन विन्डो सिद्धान्तद्वारा प्रमाणित गर्न सकिन्छ । अमेरिकी मनोवैज्ञानिक फिलिप जिम्बार्डोले एउटा परीक्षण गरे । उनले उस्तै अवस्थामा रहेका दुई वटा गाडिलाई (कार) एउटा असुरक्षित सडकमा छोडिदिए । उनले कारको हुड खुल्ला राखे र एउटा झ्याल…

कीराहरूबाट सिक्नुपर्ने कुरा, सामूहिक बुद्धिमता

कमिलाको झुण्डले खानेकुराको टुक्रा बोकेर व्यवस्थित रूपमा यात्रा गर्छन् । तिनीहरू बाटो थाहा भए जसरी सुरुदेखि अन्त्यसम्म क्रमबद्ध रूपमा मिलेर बस्छन् । कमिलाहरू एकदमै व्यवस्थित रूपमा हिँड्ने भएकोले तिनीहरूभन्दा दर्जनौं गुणा ठूलो मिठाइ पनि क्षणभरमै गायब गरिदिन्छन् । तर कमिला एकलै हिँडिरहेको दृश्य हेर्ने हो भने, त्यो अनियन्त्रित रूपमा सबै दिशातिर हिँड्छ, र बाटोमा भेटिने अवरोधहरूलाई बेवास्ता गर्दै त्यो अगाडि बढ्छ । त्यसरी हिँड्दा त्यो एकदमै अविवेकी देखिन्छ । यद्यपि जब यी कमिलाहरू एकसाथ भेला हुन्छन्, तब उनीहरूले एकैछिनमा खानेकुरा सङ्कलन गर्छन् । यो दृश्य एकदमै अद्भुत हुन्छ । एक प्रतिभाशाली गणितज्ञ, कमिला सहकार्य वा प्रतिस्पर्धामार्फत प्राप्त गरिने बौद्धिक क्षमतालाई सामूहिक बुद्धिमता1 (Collective Intelligence) भनिन्छ । योद्वारा एक जनाको बुद्धि मात्र नभएर धेरै जनाको बुद्धि प्रयोग गरी ठूलो शक्ति प्रदर्शन…

किनभने तिनीहरूले परमेश्वरको भय माने

याकूबका सन्तानहरू मिश्रमा बसोबास गर्दा, इस्राएलीहरूको संख्या दिनप्रतिदिन बढ्दैगयो, र तिनीहरू मिश्रीहरूभन्दा धेरै भए । संकटको अनुभूति गर्दै, मिश्रका राजाले हिब्रू सुँडेनीहरू, शिप्रा र पुआलाई बोलाए, र कडा आज्ञा दिए । “जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्यसलाई मार । तर छोरी रहिछ भने त्यसलाई जिउँदै राख ।” त्यो समयमा राजाको आदेश नमान्दा मृत्युबाट बच्न सकिँदैनथ्यो । तर परमेश्वरको भय मान्ने सुँडेनीहरूले राजाको आज्ञा नमानी छोराहरूलाई जिउँदै राखे । यो सुनेर मिश्रका राजा निकै क्रोधित भए, र शिप्रा र पूआलाई बोलाए । “तिमीहरूले छोराहरूलाई किन छोड्यौ ? यसो किन गऱ्यौ ?” परमेश्वरले सुँडेनीहरूलाई बुद्धि दिनुभयो, र तिनीहरूले यसो भनेका कारण बचे । “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन्,…

अमर टेलोमियरहरू

१४औँ शताब्दीतिर, यूरोपेलीहरूको औसत आयु केवल ३८ वर्ष थियो । सन् १७९० मा साबुनको आविष्कारसँगै, बिरामी पर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्यो र उनीहरूको औसत आयु १० वर्षले बढ्यो । सन् १९२८ मा, एन्टिबायोटिक पेनिसिलिनको आविष्कारसँगै औसत आयु १० वर्षले बढेर ५८ वर्ष पुग्यो । अहिले २१ औँ शताब्दीमा औसत आयु ८० वर्ष पुगेको छ । विज्ञहरूले निकट भविष्यमा हाम्रो औसत आयु २० वर्षले वृद्धि भएर १०० वर्ष पुग्ने अनुमान लगाएका छन् । अहिले १०० वर्षको आयुबारे व्यापक रूपमा चर्चा भइरहेको छ । वैज्ञानिकहरूले ‘टेलोमियर’ (telomere)लाई बुढ्यौली र मानव आयुको एक महत्वपूर्ण कारकको रूपमा पहिचान गरेका छन् । ‘telomere’ चाहिँ telos(अन्तिम) र meros(भाग) भन्ने शब्द मिलेर बनेको शब्द हो, जसले क्रोमोजोमको अन्त्यलाई जनाउँछ । मानव कोषिका सामान्यतया आफ्नो जीवनकालमा ५० देखि…

किनभने परमेश्वरको कृपालु हात ममाथि थियो

यरूशलेम सहर उजाड भइरहेको छ भन्ने खबर सुनेर उदास भएका नहेम्याहले धेरै दिनसम्म प्रार्थना गरे, र अर्तासास्त राजाको समर्थनमा यरूशलेम मन्दिर पुनर्निमार्ण गर्न यहूदा गए । नहेम्याहले यरूशलेम पुगेर भत्केको पर्खालको निरीक्षण गरे । अनि यहूदीहरूलाई भेला गरेर यसो भने, “तिमीहरू हाम्रो दुर्दशा जान्दछौ । यरूशलेम उजाड भएको छ । त्यसका मूल ढोकाहरू आगोले भस्म भएका छन् । आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऔं ।” जब नहेम्याहले तिनीहरूलाई परमेश्वरको कृपालु हात कसरी उनीमाथि परेको थियो, र राजाले उनलाई के भनेका थिए भन्ने कुरा बताए तब इस्राएलीहरू प्रभावित भए, र भने, “हो, हामी पुनर्निर्माणको काम सँगै सुरु गरौं ।” तर जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया, र अरबी गेशेमले निर्माणको कुरा सुने, उनीहरूले इस्राएलीहरूको गिल्ला र खिसी…

पाउदान

१. यशैया अध्याय ६६मा परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको पृथ्वी परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो । मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ ?” यशै ६६:१ २. परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको महा पवित्रस्थानमा रहेको करारको सन्दूक “तब खडा भएर दाऊद राजाले भने, ‘हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन । परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें ।’ ” १ इति २८:२ “हामी उहाँको वासस्थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं ।” भज १३२:७ ३. शत्रु दियाबलस ख्रीष्टको खुट्टाको पाउदान हुनेछ धेरै पहिले, युद्धको…

इतिहास र अगमवाणी

जोसन राजवंशको इतिहासमा पहिलो राजा तेजोदेखि २५औँ राजा छलजोङसम्म, करीब ४७२ वर्षको जोसन राजवंशको शासनकाल समेटिएको छ । १,८०० भन्दा बढी खण्डहरू मिलेर बनेको जोसन राजवंशको इतिहासमा जोसनको राजनीति, कूटनीति, शिक्षा, अर्थतन्त्र, उद्योग, सैन्य मामिला, धर्म, यातायात, कला र संस्कृतिहरू विस्तृत रूपमा अभिलेख छन् । एकदमै समर्पित भएर राजाको हिफाजत गर्ने अधिकारीहरूद्वारा लिखित त्यो इतिहासमा शाही गतिविधिका हरेक पक्षको विवरण विस्तृत रूपमा गरिएको छ । सन् १९९७ मा, UNESCOले जोसन राजवंशको इतिहासको सांस्कृतिक मूल्यलाई मान्यता दिँदै विश्व वृत्तचित्र सम्पदाको रूपमा दर्ता गर्‍यो । जोसन राजवंशको इतिहास लगायत अन्य ऐतिहासिक पुस्तकहरू अमूल्य छन्, किनभने तिनीहरूमा सयौं वर्षको विगतको इतिहास समेटिएको छ । बाइबललाई ऐतिहासिक पुस्तक मान्न सकिन्छ, किनकि यसमा इस्राएलको इतिहासको एक महत्त्वपूर्ण भागलाई समेटिएको छ । यद्यपि, यसको विशेषता सामान्य…

सुन्दर छाप

रूखको मुढालाई काटेर त्यसको काटिएको भागमा हेऱ्यो भने त्यहाँ बाक्लो घेरा बनेको देख्न सकिन्छ । मौसम परिवर्तनका कारण रूखको हुर्कने गतिमा भिन्नता हुँदा रूखमा घेराहरू बन्दछ । वसन्त र ग्रीष्मको बीचमा कोषिका विभाजन तीव्र गतिमा हुँदा रूखको भित्री भाग एकदमै कमलो र रङ पनि उज्यालो हुन्छ, तर ग्रीष्म अथवा शरद्को अन्ततिर कोषिका विभाजन हुन ढिलाइ हुँदा रूखको भित्री भाग एकदमै कडा र रङ पनि गाढा हुन्छ । यस्तो प्रक्रिया बारम्बार दोहोरिँदा रूखको मुढामा विशेष ढाँचामा घेराहरू बन्दछन् । रूखका यी घेराहरूलाई हेरेर रूखको उमेर मात्र होइन, तर त्यसको जीवनकालमा के-के भएको थियो भन्ने कुरासमेत थाहा पाउन सकिन्छ । समसितोष्ण क्षेत्रका कोणधारी रूखहरूमा स्पष्ट घेरा हुन्छ, तर सामान्य मौसमी परिवर्तन र शान्त हावापानी भएका क्षेत्रमा पाइने रूखहरूमा भने खासै स्पष्ट घेरा…