बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
आजको मौद्रिक मापदण्डअनुसार मत्ती अध्याय १८को दृष्टान्तमा उल्लेखित दश हजार सुनको सिक्का र सय चाँदीको सिक्काको मूल्य कति हो ?
‘चाँदीको सिक्का’ र ‘सुनको सिक्का’चाहिँ नयाँ करारको समयको मुद्राका एकाइ हुन् । त्यो समयमा रोममा प्रयोग गरिने १ चाँदीको सिक्का करीब ४ ग्राम तौलको हुन्थ्यो, जुनचाहिँ एक जना आम मजदुर अथवा सैनिकले पाउने एक दिनको ज्याला थियो (मत्ती २०:१-२) । त्यसै गरी १ सुनको सिक्काचाहिँ क्षेत्रअनुसार थोरै फरक भए तापनि यसको तौल प्रायः २० देखि ४० किलोग्राम(करीब ३३ किलोग्राम)सम्म हुन्थ्यो । १०० चाँदीको सिक्काको मूल्यलाई १० हजार सुनको सिक्कासँग तुलना गर्ने हो भने हामीले परमेश्वरबाट पाएको अनुग्रह कति महान् छ, र दाजुभाइ-दिदीबहिनीको गल्ती कति सानो छ भन्ने कुरा महसुस हुन्छ । हामी मत्ती अध्याय १८मा लिखित दृष्टान्तको वचन हेरौं । तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने ? के…
सत्यताभित्र आशिष् पाउने सेवा
सेवाको कार्य एकदमै महान् र मूल्यवान् छ, तर सत्यता थाहा नपाइकन गरेको सेवामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुँदैन । यद्यपि सत्यतामा रहेर गरेको सेवामा चाहिँ प्रशस्त मात्रामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुन्छ । हामीले कस्तो मन लिएर सेवा गरेमा अझ धेरै आशिष् पाउन सकिन्छ भन्ने कुरा बुझ्न परआउनुाभएरमेश्वरका शिक्षाहरू हेरौं । १. सेवा गर्नको लागि सेवक बन्नुपर्छ । अरूलाई आदर गर्दै विशेष किसिमले व्यवहार गर्ने प्रक्रियालाई सेवा भनिन्छ । उच्च वर्गीयले निम्न वर्गीयलाई सेवा गर्न सक्दैन । तसर्थ अरूको सेवा गर्नको लागि अरूभन्दा पनि होचिन आवश्यक छ । मूल रूपमा परमेश्वर हुनुभए तापनि येशूज्यूले शरीरको वस्त्र धारण गर्नुभयो र दासको रूपमा आउनुभएर आज्ञाकारिता र सेावाको उदाहरण देखाइदिनुभयो(लूक २२: २६-२७) । हामीले येशूज्यूको शिक्षा याद गर्दै सेवकको मन लिएर सारा हृदयले…
परमेश्वरको आज्ञा पालन गर्नुपर्ने कारण
यदि हामी परमेश्वरका प्रजा हौं भने, हामीले उहाँले स्थापना गर्नुभएका आज्ञाहरू पालन गर्नुपर्छ । परमेश्वरको आज्ञा पालन गर्न किन महत्वपूर्ण छ भन्ने कुरा बाइबलद्वारा अध्ययन गरौं । १. परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन् मानिसहरू आफूले मन पराएको व्यक्तिलाई भेटेको बेलामा हरेक उपाय र तरिकाद्वारा त्यो व्यक्तिप्रतिको आफ्नो प्रेम दर्शाउन प्रयत्न गर्छन् । कहिले पत्रहरू मार्फत, कहिले गुलाबको फूल मार्फत, कहिले विभिन्न उपहारहरू मार्फत आफ्नो प्रेम व्यक्त गर्ने प्रयास गर्छन् । त्यसोभए हामीले परमेश्वरप्रतिको हाम्रो प्रेम कसरी व्यक्त गर्नुपर्छ ? परमेश्वरले हामीले उहाँप्रतिको हाम्रो प्रेमलाई पत्रहरू, गुलाबहरू वा उपहारहरूद्वारा व्यक्त गरेको चाहनुहुन्न, बरु उहाँ हामीले 'परमेश्वरका आज्ञाहरू पालन गरेर' उहाँको प्रेम व्यक्त गरेको चाहनुहुन्छ । “ “मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ…
निस्तार-चाड र परमेश्वरको छाप
अहिले संसारमा चारैतिर असंख्य विपत्तिहरू झरिरहेका छन् : राष्ट्र-राष्ट्रबीचको युद्ध, जातीय युद्ध, आतङ्क, अनिकाल, भूकम्प र मौसम परिवर्तनले ल्याएको खतरनाक ठण्डी, गर्मी अनि बाढी । जब यस्ता विपत्तिहरू आइलाग्छन्, तब कसलाई पुकार्ने अथवा कसो गर्ने भन्ने कुरा थाहा नपाएर मानिसहरू डरले थरथर काँप्न थाल्छन् । भविष्यमा झर्ने विपत्ति अनि विपत्ति झर्दा मानिसहरूले अपनाउने उपायको विषयमा बाइबलमा पहिल्यै अगमवाणी गरिएको थियो । “तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ । तिनीहरू माथि स्वर्गमा उक्ले तापनि, ... तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि, ... तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि ...” आमो ९:२-९ माथिको अगमवाणीमा उल्लेख गरिएजस्तै, मानव-जातिले सहनै नसक्ने यस्ता भयानक विपत्तिहरू पृथ्वीमा झर्ने भएकोले तिनीहरूले लुक्नको निम्ति ठाउँ खोजिरहेका छन् । माथिको अगमवाणीचाहिँ २,८०० वर्षअघिका आमोस…
हामी आफ्ना आँखा परमेश्वरतिर उठाउँछौं
मोआबी, अम्मोनी र केही सेनानीहरू यहूदाको विरुद्धमा युद्ध गर्न आइरहेका छन् भन्ने खबर सुनेपछि, राजा यहोशापातले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे । यहूदाका मानिसहरू परमेश्वरको मन्दिरमा भेला भए, र यहोशापात चाहिँ मन्दिरको नयाँ चोकको अगि खडा भएर प्रार्थना गरे । “हे परमेश्वर, तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि हामीलाई धपाउन अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरू आइरहेछन् । उनीहरूको सामना गर्न हाम्रो केही शक्ति छैन । हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं ।” तब परमेश्वरको आत्मा एक जना लेवी यहासेलमाथि उत्रनुभयो । “हे सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमेश्वर तपाईंहरूलाई यही भन्नुहुन्छ : ‘नडराओ, यस ठूलो सैन्य-दलदेखि नआत्तिओ । किनभने लडाइँ परमेश्वरको…
तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँड्दैनन्
इस्राएलीहरूका सारा समुदाय मिश्रबाट निस्केपछि, खानेकुरा छैन भन्दै मोशा र हारूनको विरुद्धमा गनगनाउन थाले । “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो । तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड–स्थानमा ल्याउनुभएको छ ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून् । यसरी तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँडदैनन् सो म जाँच गर्न सकूँला ।” तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो । जब त्यो शीत सुक्यो तब जमिनमा परेको तुसारोझैँ स-साना डल्ला उजाड-स्थानभरि रहेछन् । इस्राएलीहरूले त्यस रोटीको नाउँ ‘मन्न’ राखे । “परमप्रभुले यो आज्ञा…
कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?
आफ्ना ईर्ष्यालु दाजुहरूद्वारा दासको रूपमा बेचिएका योसेफले मिश्रका कप्तान पोतीफरको घरमा सेवा-शुश्रूषा गर्न थाले । परमेश्वर सबै कुरामा योसेफको साथमा हुनुभएकोले तिनी सफल भएका देखेर पोतीफरले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याए र आफ्नो घरबार र आफूसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए । योसेफको खातिर परमेश्वरले पोतीफरको घरमा आशिष् दिनुभयो । मालिकको घरबारलाई ईमानदारिताका साथ रेखदेख गरिरहेका योसेफमाथि सङ्कट आइपर्छ । पोतीफरकी पत्नीले योसेफमाथि नजर लगाएर तिनलाई प्रलोभनमा पार्ने कुराहरू बोलिरहन्छिन् । तर योसेफले “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?” भन्दै अस्वीकार गर्छन् । त्यसरी अस्वीकार गर्दा रीसले चूर भएकी पोतीफरकी पत्नीले मानिसहरू बोलाएर योसेफमाथि अभियोग लगाउँछिन् । विश्वास र शुद्ध विवेकलाई कायम राख्दाखेरि योसेफलाई झ्यालखानमा हालिन्छ । झ्यालखानमा समेत परमेश्वर योसेफको साथमा…
मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ?
सिस्टर, धेरै आशिष् पाउनुहोस् । म पास्टर सुबोध हुँ । भेटेर खुशी लाग्यो । हजुर, मलाई पनि खुशी लाग्यो । पास्टर, म परमेश्वरको मण्डलीमा जान थालेको भर्खर मात्र हो । त्यसैले ममा धेरै प्रश्नहरू छन् । हाम्रो मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ? आखिरमा परमेश्वरलाई विश्वास गर्ने सबै मण्डलीहरू परमेश्वरको मण्डली नै होइनन् र ? यसरी सोच्ने मानिसहरू धेरै छन् । सिस्टर, तपाईंको छिमेकमा मात्र पनि थुप्रै मण्डलीहरू होलान् । तीमध्ये परमेश्वरले स्थापना गर्नुभएका मण्डलीहरू पनि छन् भने परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् । परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् अरे ? यदि त्यसो हो भने मण्डली जानुअघि, मैले कुन मण्डली परमेश्वरले स्थापना गर्नुभएको मण्डली हो भन्ने कुरा जान्नुपर्छ । हो नि ! त परमेश्वरले स्थापना गर्नुभएको…
45,189 भ्यु
तिमी अहिले जान्दैनौ
निस्तार-चाडको अघि येशूज्यू भोजनबाट उठ्नुभयो, र एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो । तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो । तब के गर्ने भन्नेबारे थाहा नभएर पत्रुसले उहाँलाई सोधे, “प्रभु, के तपाईंले मेरा गोडा धुने ?” “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ ।” “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन ।” यसरी निरन्तर नमानिरहेका पत्रुसलाई येशूज्यूले भन्नुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन ।” चेलाहरूका गोडा धोइसक्नुभएपछि उहाँ फेरि बस्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” सामान्यतया निम्न ओहदाको व्यक्तिले उच्च ओहदाको व्यक्तिको गोडा धोइदिने गरिन्छ ।…
उहाँले भन्नुभएबमोजिम गर
गालीलको काना नगरमा एउटा विवाह-भोज थियो । येशूज्यू, उहाँकी आमा र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइनुभएको थियो । तर भोज चलिरहेको बेला दाखमद्य सिद्धियो । येशूज्यूकी आमाले चाकरहरूलाई भनिन्, “येशूज्यूले भन्नुभएबमोजिम तिमीहरूले गर ।” येशूज्यूले ६ वटा घ्याम्पातिर औंल्याउँदै चाकरहरूलाई भन्नुभयो, “यी घ्याम्पाहरू पानीले भर ।” येशूज्यूले भन्नुभएबमोजिम चाकरहरूले सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए । “अब यसलाई अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ ।” तिनीहरूले घ्याम्पाबाट एक कप पानी उघाएर मुखियाकहाँ सो लगे । तिनीहरूलाई थाहा हुनअघि नै त्यो पानी दाखमद्यमा परिणत भइसकेको थियो । विवाह हलका मुखियाले दाखमद्यमा परिणत भएको पानी चाखे, र आश्चर्यचकित भएर दुलहालाई झट्टै बोलाएर भने, “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ । तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोडेछौ…
परमेश्वरको मण्डलीमा किन क्रूस छैन ?
आज कार्यक्षेत्रमा साथीसँग कुराकानी हुँदा उनलाई ठीकसँग बुझाउन नसक्दा मलाई अलि दु:ख लागेको छ । के कुरा ? मेरी साथी पनि मण्डली जाने गर्छिन्, र मैले उनलाई क्रूसचाहिँ मूर्ति हो, राख्नुहुँदैन भनी बताएँ । तब उनले मलाई, “हैन क्रूस त मण्डलीको चिन्ह हो । कसरी मूर्ति हुन सक्छ र ?” भनिन् । म उनलाई विस्तृत रूपमा बुझाउन चाहन्थें, तर पदहरू राम्ररी याद आएन । क्रूस कसरी मूर्ति हो भन्ने कुरा तपाईंले मलाई पुनः एक चोटि सिकाइदिनुहुन्छ कि ? हुन्छ नि । पहिला दश आज्ञाको बारेमा हेरौं । “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू ...” प्रस्थान २०:४-५ के परमेश्वरले…
59,615 भ्यु
सत्यताको युगमा झूटलाई विश्वास गर्ने मानिसहरू
‘स्पागेटी फल्ने रूख छ र ?’ सन् १९५७ अप्रिल १ तारिखमा, बेलायतको BBCबाट ‘अप्रिल फुल्स डे(मूर्ख दिवस)’मा गलत समाचार प्रसारण गरिएको थियो । योजस्तै रमाइलोको लागि प्रसारित गलत समाचारले समाजमा खैलाबैला मच्चाउँछ । गलत जानकारीलाई कुनै लेखको ढाँचामा अनलाइनमा राखिएका गलत समाचारहरूले धेरै मानिसहरूलाई झुक्याइरहेको छ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिरहेको गत ग्रीष्ममा, इन्टरनेटमा केही उम्मेदवारलाई चाहिँ अनुकूल हुने तर विपक्षी उम्मेदवारलाई चाहिँ हानि पुग्ने गलत समाचारहरू धेरै थिए । शंकास्पद लागेर, सञ्चार माध्यमहरूले ती लेखलाई पत्ता लगाए र ती गलत लेखहरूका अधिकांश स्रोतचाहिँ दक्षिण-पूर्व यूरोपको देश, माकेडोनियाको ‘भेलेस’ नाम गरेको सानो गाउँ रहेको पाइयो । केही किशोरहरूले यसलाई ‘डिजिटल गोल्ड रश’को रूपमा सङ्केत गर्दै गलत समाचारहरू बनाइरहेका थिए । वास्तवमा गलत समाचारले अमेरिकी राष्ट्रपतीय चुनावमा समेत असर…
परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा किन शिरमा घुम्टो हाल्छन् ?
विश्वभरिका परमेश्वरको मण्डलीका तस्वीर अथवा भिडियोहरू हेर्दा अनौठो लाग्ने एउटा कुरा छ । देशैपिच्छे आराधना गरिने स्वरूप कसरी एउटै हुन सकेको होला ? स्त्री सन्तहरू सबैले शिरमा घुम्टो हाल्छन् भने पुरुष सन्तहरूचाहिँ शिर ढाक्दैनन् । परमेश्वरले सन्तहरूलाई, आराधना गर्दा पालन गर्नुपर्ने नियमहरू दिनुभएको छ । तीमध्येको एक नै घुम्टोको नियम हो । घुम्टोले शिर ढाक्नु पनि के परमेश्वरको नियम हो ? हो नि ! किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, ... १ कोरिन्थी ११:७ आराधना गर्दा अथवा प्रार्थना गर्दा पुरुषले शिर ढाक्नुहुँदैन । यो बाइबलको शिक्षा हो । यदि यो नियम पालन नगरी परमेश्वरलाई आराधना गरिन्छ भने त्योचाहिँ उल्टै परमेश्वरलाई अपमान गर्ने कार्य हुन्छ । हो त है ! स्त्रीको सन्दर्भमा पनि हेर्ने कि…
94,160 भ्यु
उद्धार गर्ने कर्तव्य
सुरुङमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्यो । चालकले तुरुन्त आफ्नो ट्रकमा भएको अग्निशामक यन्त्रद्वारा आगोलाई नियन्त्रण गर्न खोजे तर त्यसबाट भएन । त्यही बेला, सूट लगाएका ३ जना व्यक्तिहरू कारलाई रोकेर बाहिर निस्केर चालकलाई बाहिर निकाले, र सुरुङमा आगो निभाउनलाई जडान गरिएको पानीको पाइप तानेर ट्रकको आगो निभाउन थाले । सुरुङको बाटोलाई ढाकेको आगोको मुस्लो र धूवाँसित जुध्दै उनीहरूले निडरका साथ गरेका प्रयत्न, अनि खबर पाएपछि आएको दमकलको सहयोगद्वारा अन्ततः ३० मिनेटमै आगोलाई पूर्ण रूपमा निभाउन सकियो । यसरी तुरुन्तै द्रुत गतिमा कार्य गरेर दुर्घटनालाई अझ खराब हुनबाट जोगाएका ती मानिसहरू वास्तवमा आफ्नो आफन्तको अन्त्येष्टिमा जाँदैगरेका अग्नि नियन्त्रकहरू थिए । कुनै सुरक्षात्मक सामग्रीविना नै आगोको सामना गरेका उनीहरूले “यस्तो अवस्थामा कुनै पनि अग्नि नियन्त्रक स्वाभावतः आगो निभाउनलाई अगि बढ्छ ।…
सेवा गर्नेचाहिँ ठूलो हुनेछ
याकूब र यूहन्नाकी आमाले येशूज्यूको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् । “तिमी के चाहन्छ्यौ ?” “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा मेरा यदि दुई छोराहरूमध्ये एक जना तपाईंको दाहिने हातपट्टि र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन् ।” यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रुष्ट भए । तर येशूज्यूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले मानिसहरूमाथि निरङ्कुश शासन गर्दछन् र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन् । तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । म पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलस्वरूप आफ्नो प्राण दिन आएँ ।” परमेश्वरको राज्यमा ठूलो हुन चाहने चेलाहरूलाई येशूज्यूले भन्नुभयो, कि जो ठूलो हुन चाहन्छ, उसले आफ्ना…
विश्वभरिका मानव-जातिलाई आशा प्रदान गर्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
येशूज्यू पुनरुत्थान हुनुभएको दिन
पुनर्स्थापित “अन्तिम भोज” अनि निस्तार-चाड
लोप भएको निस्तार-चाड
अन्तिम भोज, अन्तिम अनुरोध