बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
आराधना गर्नुको उद्देश्य
हामीहरू वास्तवमा स्वर्गमा पाप गरेका पापीहरू हौं । त्यसोभए हामीले परमेश्वरलाई आराधना गर्नुको उद्देश्य के होला ? पहिलो, परमेश्वर र हामीबीचको सम्बन्धलाई बलियो पार्न हामीले सेवा गर्नुपर्ने व्यक्ति नै परमेश्वर हुनुहुन्छ । परमेश्वर स्वयम् आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएर मानिसलाई जीवन र सास दिनुभएका र पापी हामीलाई बचाउनुभएर सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभएका व्यक्ति हुनुहुन्छ । आराधनाले परमेश्वर र हामीबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्धलाई पुनः स्मरण गराएर त्यो सम्बन्धलाई बलियो बनाउँछ । हामीले सेवा गर्ने परमेश्वर को हुनुहुन्छ भन्ने कुरा आराधनाद्वारा निश्चित गरेर उहाँको अनुग्रहप्रति स्तुति चढाउँदा परमेश्वर र हामीबीचको सम्बन्धचाहिँ चुँडाउन नसकिने प्रेमको डोरीले अझ कसिलो गरी बाँधिन्छ । “म तिमीहरूका बीचमा हिँडडुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा…
प्रार्थना कसरी गर्नुपर्छ ?
प्रार्थना भनेको परमेश्वरसँगको आत्मिक वार्तालाप हो । त्यसैले परमेश्वरको अस्तित्वमा दृढ विश्वास गर्नुपर्छ, र हामीले मागेको कुरा उहाँले दिनुहुन्छ भन्ने विश्वाससाथ सारा हृदयले प्रार्थना गर्नुपर्छ । हामीले कसरी प्रार्थना गर्नुपर्छ भन्नेबारे विस्तृत रूपमा अध्ययन गरौं । १) सर्वप्रथम उहाँको राज्य र उहाँको धार्मिकताको निम्ति प्रार्थना गर्नुपर्छ । व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति गरेको प्रार्थना वा परमेश्वरको इच्छासँग नमिल्ने प्रार्थनाचाहिँ नाबालकले बन्दूक वा खुकुरी दिनुहोस् भनेर मागेजस्तै हो । त्यसैले प्रार्थना गर्दा परमेश्वर प्रसन्न हुनुहुने र उहाँको इच्छासँग मिल्ने प्रार्थना गर्नुपर्छ । “तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर ...” मत्ती ६:३३ २) दिनुहुनेछ भन्ने पक्का विश्वाससाथ प्रार्थना गर्नुपर्छ । विश्वासविनाको प्रार्थनामा जीवन हुँदैन । प्रार्थनाचाहिँ परमेश्वरसँगको आत्मिक वार्तालाप हो । तसर्थ परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने दृढ विश्वाससाथ प्रार्थना गर्नुपर्छ…
प्रार्थना किन गरिन्छ ?
प्रार्थना गर्नुपर्ने कारण के होला ? कुनै उद्देश्यविना यतिकै प्रार्थना गर्ने मानिसहरू पनि छन् । तर यदि हामीले प्रार्थना गर्नुपर्ने कारण बुझेर स्पष्ट उद्देश्यका साथ प्रार्थना गर्छौं भने त्यो साँचो प्रार्थना बन्नेछ । त्यसोभए अब प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्नेछौं । १) परमेश्वरलाई धन्यवाद चढाउन जीवनयापन गर्ने क्रममा परमेश्वरको प्रेम र अनुग्रहलाई महसुस गर्ने क्षणहरू धेरै हुन्छन् । परमेश्वरले हामीलाई प्रदान गर्नुहुने असङ्ख्य अनुग्रहप्रति धन्यवाद चढाउन हामी प्रार्थना गर्दछौं । “दैनिक भोजन दिनुभएकोमा धन्यवाद” भनेर खाना खाने बेलामा गरिने प्रार्थना छ, बिलकुलै समाधान गर्न नसकिने समस्याहरू परमेश्वरको सहयोगद्वारा सुरक्षित तवरले समाधान हुँदा चढाइने धन्यवादको प्रार्थना छ, अनि कठिन परिस्थिति आइपरे तापनि परमेश्वर हाम्रो आशा हुनुभएकोमा चढाइने धन्यवादको प्रार्थना पनि छ । परमेश्वरको अनुग्रहप्रति धन्यवाद चढाउने आदत बस्यो भने…
प्रार्थना भनेको के हो ?
प्रार्थनाचाहिँ परमेश्वरसँग आशिष् माग्ने विधि हो । अनि आफैले समाधान गर्न नसक्ने विभिन्न कठिन परिस्थितिहरू आइपर्दा परमेश्वरको न्यानो निगाहद्वारा सहयोग माग्ने विधि हो । मानिसलाई यो संसारमा जिउने क्रममा अर्को मानिसको सहयोगको आवश्यकता पर्ने समयहरू धेरै हुन्छ । तर मानिसको क्षमता र शक्ति सीमित हुन्छ । हामी परमेश्वरको सहयोगविना बाँच्न सक्दैनौं । तसर्थ हाम्रो कमजोरी जान्नुभएर सहयोग गर्नुहुने परमेश्वरलाई हामीले प्रार्थना गर्नुपर्छ । “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ । किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ ।” मत्ती ७:७-८ योचाहिँ प्रार्थना गऱ्यो भने सम्पूर्ण कुरा पूरा गरिदिनुहुनेछ भन्ने प्रतिज्ञाको वचन हो । प्रार्थनामा असीमित शक्ति हुन्छ । ‘शून्यता’बाट ‘कुनै कुरा’ सृष्टि गर्ने सामर्थ्य हुन्छ…
शबाथ-दिन
परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएको सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिन । यो विश्रामको दिन त हो, तर त्योभन्दा पहिला योचाहिँ सम्पूर्ण थोक सृष्टि गर्नुभएका परमेश्वरको सृष्टिलाई सम्झना गर्ने दिन हो । परमेश्वरले सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिनलाई विशेष दिनको रूपमा छुट्ट्याउनुभएर १० आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिदिनुभयो । “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।”प्रस २०:८ परमेश्वरको प्रजा हो भने परमेश्वरको इच्छाअनुसार शबाथ-दिन पवित्र रूपले मान्नुपर्छ । शबाथ-दिन मानेको छ कि छैन भन्ने कुराद्वारा परमेश्वरले आफ्ना प्रजाहरूलाई छुट्ट्याउनुहुन्छ (इज २०:११-१७; यशै ५६:१-७) । त्यसोभए सातौँ दिन शबाथ-दिन कुन बारमा पर्छ होला ? येशूज्यू पुनरुत्थान हुनुभएको दिनसम्बन्धी अभिलेखद्वारा शबाथ-दिन शनिबार हो भनेर बाइबलले गवाही दिएको छ । हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि ... (सरल नेपाली बाइबल : आइतबार बिहानै)मर्क १६:९…
घुम्टो
परमेश्वरको सेवा गर्ने मानिसहरूले नियमित आराधनाको समयमा उचित पहिरन लगाउनु उनीहरूको कर्तव्य हो । परमेश्वरले हामीमा पवित्र मन हुनुपर्छ, अनि पुरुषले शिर ढाक्नुहुँदैन, तर स्त्रीले शिर ढाक्नुपर्छ भन्ने शिक्षा दिनुभयो । ... हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ । तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो । १ कोर ११:३-५ हामीले आराधना गर्नुको उद्देश्य नै परमेश्वरको महिमा प्रकट गर्नु हो । परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आराधनाको समयमा शिर केहीले पनि ढाक्दैनन्, तर बाइबलको शिक्षाअनुसार स्त्री सन्तहरूले भने…