खुशी परिवारको मिसन
परिवारसँग एक कदम अझ नजिक रहनको निम्ति सबै परिवारजनले सानो कुरालाई व्यवहारमा लागू गर्न एकसाथ प्रयत्न गर्नुहोस् ।
सबै जना मालिक भएको हाम्रो परिवार !
यदि एक जना व्यक्तिको डोरी तान्ने शक्ति १०० हो भने सिद्धान्तको हिसाबले दुई जनाको २०० हुन्छ, अनि ३ जनाको ३०० हुन्छ । तर tug of war(डोरी तान्ने खेल)द्वारा परीक्षण गरिहेर्दा दुई जना व्यक्तिले एकसाथ डोरी तान्दा प्रत्येकले ९३% शक्ति लगाएका,…
हर्षपूर्ण हाइ फाइब !
खुशी अभिव्यक्त गर्नको निम्ति दुई जना व्यक्तिले हात उठाएर एक-अर्काको हत्केला पड्काउने प्रवृत्तिलाई हाइ फाइब(High Five) भनिन्छ । खेलकुदको दौरान खेलाडीहरूले टिम वर्क बनाउनको निम्ति प्राय: एक-अर्कालाई हाइ फाइब गर्ने गर्छन् । असल परिणाम ल्याएको टोलीले प्राय: हाइ फाइब गर्ने,…
जीवन्त वार्तालापको निम्ति उत्साहजनक प्रतिक्रिया दिने !
परिवारसँग वार्तालाप गर्दाखेरि यहाँहरू कस्तो प्रतिक्रिया दिने गर्नुहुन्छ ? ध्यानै नदिईकन सुनेजस्तो मात्र गर्ने अथवा व्यस्तताको बहाना बनाउँदै तर्किने गरिरहनुभएको त छैन ? परिवारका सदस्यहरूले एक-अर्कालाई बुझ्नको निम्ति वार्तालाप महत्त्वपूर्ण हुन्छ । सद्भावपूर्ण परिवारको निम्ति यो एउटा आधार पनि हो…
परिवारलाई चियाले सत्कार गर्ने !
चियाचाहिँ पूर्व-पश्चिम दुवैतिर लोकप्रिय बनेको पेय पदार्थ हो । चियाको गाढा स्वादको मज्जा लिनु छ भने चियाको लागि पानी बसाल्नेदेखि लिएर त्यसलाई कपमा राख्नेसम्मका प्रत्येक चरणहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चिया बनाउन जति समय र परिश्रम लागेको हुन्छ, चियाको…
परिवारमा मिल्ने पक्ष खोज्ने
ऐनामा हेर्दाखेरि तपाईंलाई आफ्नो अनुहार बुबा-आमासँग मिल्छ जस्तो लाग्छ ? तपाईंको बच्चाले, तपाईंले जस्तै गरेर बोलेको र काम गरेको देखेर छक्क पर्नुभएको छ ? दाजुभाइ-दिदीबहिनीसँगै बाहिर जाँदा आफूले नभने पनि अन्य मानिसहरूले तपाईंलाई एउटै परिवारको रूपमा हेरेको त्यस्तो अवस्था छ…
नव वर्षमा पारिवारिक आदत परिवर्तन गरौं !
“हामीहरू जे बारम्बार गर्छौं त्यसैका परिणाम हौं । तब त उत्कृष्टता, कार्य नभएर आदत हो” भनेर कुनै एक दर्शनशास्त्रीले भनेका थिए । आदतचाहिँ हामीले बनाउने कुरा हो, तर पछि गएर आदतले नै हामीलाई बनाउँछ । असल आदतले हामीलाई सही मार्गमा…
मनको ऋण तिरौं
ऋण भनेको अर्को व्यक्तिलाई तिर्नुपर्ने कुरा हो । ऋण जति छिटो तिऱ्यो, उति नै मन ढुक्क हुन्छ । ऋण तिरेमा लामो समयसम्म सुमधुर सम्बन्ध कायम राख्न सकिन्छ । मनको ऋणको सवलमा पनि उस्तै होइन र ? वास्तवमा हामीहरू सधैँ परिवारसँग…
पान आकार बनाएर इसारा गर्ने
तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ । पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा…