विश्वव्यापी समाचार
हामी विश्वव्यापी परमेश्वरको मण्डलीसम्बन्धी खबरहरू सम्प्रेषण गर्दछौं ।
-
परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी सङ्गठन ASEZद्वारा आयोजित “वाक हिंसा निषेध” क्याम्पेन
अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत वाक हिंसाको गम्भीरताबारे सबैलाई अवगत गराउने र सही वाक संस्कारतिर डोऱ्याउने उद्देश्यका साथ सुरु गरिएको हो । सन् २०१९मा कोरियाको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहका १० लाख विद्यार्थीहरूमाझ गरिएको विद्यालय हिंसा सर्वेक्षणमा, सबैभन्दा पहिलो किसिमको हिंसा नै वाक हिंसा रहेको देखियो । सोही वर्ष श्रम तथा रोजगार मन्त्रालयद्वारा गरिएको…
October 2, 2020 -
विपत्तिको बीचमा अझ चम्किएको जीवनको करार, निस्तार-चाड
परमेश्वर शुद्ध हृदयका हुनुहुन्छ, र उहाँको करार अपरिवर्तनीय छ । विश्वव्यापी महामारी कोभिड-१९का कारण सारा संसार अस्तव्यस्त भइरहेको बेला निस्तार-चाड नजिक आयो । सङ्क्रमण पुष्टि भएको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र विश्वमा महामारीलाई फैलनबाट रोक्न कर्फ्यू(shutdown) र बन्दाबन्दी(lockdown)का कदमहरू चालियो । पाप-क्षमा, मुक्ति र अनन्त जीवनको आशिष्को प्रतिज्ञा रहेको परमेश्वरको चाड, निस्तार-चाड विगतमा भन्दा यो समयमा अझ बढी आवश्यक थियो । सन्तहरूले आ-आफ्नो घरमै निस्तार-चाड मान्न सक्ने गरी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको प्रधान कार्यालयबाट अनलाइन आराधना घोषणा गरियो, अनि करीब ५० वटा भाषाहरूमा अनलाइन आराधनाका भिडियोहरू निर्माण गरेर वितरण गरियो । अप्रिल ७ तारिख(पवित्र पात्रोअनुसार…
April 7, 2020
-
सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला
परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका ख्रीष्टको वचनलाई आफ्नो कार्यक्षेत्रमा पनि कार्यान्वयन गर्न क्षेत्र तथा पेशाअनुसारको कार्यक्षेत्र मण्डली सङ्गठन स्थापना गरी सक्रिय रूपले विविध स्वयंसेवाका गतिविधिहरू गरिरहेका छन् । सेप्टेम्बर ८ तारिखका दिन, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला आयोजना गरियो । कोरियाको विभिन्न क्षेत्रका कार्यक्षेत्र मिसन सङ्गठनमा आबद्ध युवाहरूले एक ठाउँमा जम्मा भएर बाइबलको वचनद्वारा आफ्नो विश्वासलाई जाँच्ने अनि नमूना प्रस्तुति तथा छलफल गर्ने जस्ता विविध…
दक्षिण कोरिया
September 8, 2019
-
Local Churches
जागिरेहरूका निम्ति हिलिङ गोष्ठी, कोरियाका ३ वटा सहरमा र मङ्गोलियाको उलानबटोरमा आयोजना
“हामीले नपठाए पनि गइहाल्ने आइतबार र हामीले नबोलाए पनि आइहाल्ने सोमबार ।” कोरियाको छन्आनस्थित सबुग मण्डलीमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’– सहानुभूति टकबाट ‘कार्यक्षेत्रमा तपाईंलाई थकित बनाउने कुरा के हो ?’ भनेर सोधिएको सर्वेक्षणमा एक जना सहभागीको रोचक जवाफले सबैलाई हँसायो । योचाहिँ आफ्नो थकित जीवनमा जति समय आराम गरे पनि अपुग हुने जागिरेहरूको भावनालाई दर्शाउने वाक्य थियो । व्यस्त जागिरेहरूलाई आराम प्रदान गर्ने ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’ सेप्टेम्बर १ तारिखमा कोरियाको सबैभन्दा ठूलो पर्यटनस्थल जेजुदो टापू, सङनाम र छनानमा…
September 1, 2019
विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी
स्वस्थ समाज, स्वस्थ पृथ्वी निर्माणको लागि क्याम्पसभित्र र बाहिर कार्यरत परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ), यूएनको निमन्त्रणामा अगस्ट २६ तारिखदेखि ३ दिनसम्म आयोजित ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी भयो । यूएन नागरिक समाज सम्मेलन(UN DPI·NGO Conference)चाहिँ NGOहरूका लागि सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जहाँ १०० वटाभन्दा बढी देशको नागरिक समाजका ७०० जनाभन्दा बढी प्रतिनिधिहरू भेला भएर फोरम, वर्कशप र प्रदर्शनीद्वारा मौसम परिवर्तन, मानव अधिकार र विविध स्वयंसेवा कार्यबारे छलफल गर्ने गर्छन् । संयुक्त राज्य अमेरिकाको यूटा सल्ट लेक सिटीको सल्ट प्यालेस अधिवेशन केन्द्रमा गरिएको यो वर्षको सम्मेलनको विषयचाहिँ ‘समावेशी, सुरक्षित, लचिलो र दिगो सहर तथा मानव-बस्ती निर्माण’ थियो । अहिले विश्वको आधा जनसङ्ख्या बसोबास गरिरहेको र सन् २०५०सम्म उक्त दर वृद्धि भएर ६८% पुग्ने अनुमान गरिएको सहरका…
संयुक्त राज्य अमेरिका
पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा आयोजित साङ्गीतिक कन्सर्ट
‘विश्वको साझा भाषा’ रहेको सङ्गीतको शक्तिद्वारा समाजमा एलोहिम परमेश्वरको प्रेम प्रसार गर्न र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्न पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा साङ्गीतिक कन्सर्टको आयोजना गरियो । प्रत्येक देशका परमेश्वरको मण्डलीका सन्तहरूद्वारा तयार पारिएको यस पटकको साङ्गीतिक कन्सर्टको स्थान र आकार भिन्नाभिन्नै भए पनि सुन्दर धुनहरूद्वारा रचिएको प्रेरणा भने एउटै थियो । पेरुको मोकेग्वाका ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट हालसालै, पेरुको मोकेग्वास्थित उबिनासमा ज्वालामुखी विस्फोटको सङ्केत देखिएसँगै स्थानीयवासीहरूको चिन्ता बढ्दैगइरहेको छ । ज्वालामुखीबाट वायुमण्डलमा ५,००० मिटर(१६,४०० फिट)को उचाइसम्म खरानी र ग्यास उत्सर्जन भइसकेको छ, अनि खरानीले पानी दूषित पार्नुको साथै बालीनाली सखाप पारेको छ । त्यसैले पेरुको फसेत मण्डलीबाट ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्टको आयोजना गरियो । अगस्ट ११मा, बिदाको मौका पारेर आयोजना गरिएको कन्सर्टमा सन्तहरू लगायत…
सन् २०१९ ASEZ तथा ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा संस्कृति आदनप्रदान
ग्रीष्म बिदाचाहिँ विश्वविद्यालय विद्यार्थी तथा जागिरे युवाहरूका निम्ति हजार टुक्रा सुनजस्तै हुन्छ । परमेश्वरको मण्डलीका युवा सन्तहरू क्याम्पसको पढाइ र जागिरमा समर्पित रहने गर्छन् । उनीहरू अनुभवमा सुधार ल्याउन वा युवावस्थाको मज्जा लिनको निम्ति नभएर फराकिलो संसारका छिमेकीहरूको सहयोग र जिउने घर, यस पृथ्वीको सुरक्षाको निम्ति ग्रीष्म बिदाको पर्खाइमा हुन्छन् । जुलाईको अन्ततिर परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ तथा जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOका ५४० जना सदस्यहरूले विश्वका ८४ वटा सहरहरूतर्फ उडान भरे । बल्दो उत्साहको साथै पासपोर्ट र सुटकेससहित प्रस्थान गरेका उनीहरूले प्रत्येक सहरलाई आवश्यक रहेको स्वयंसेवा कार्यहरूमा आफूलाई समर्पित गरे । ASEZ_अपराधमुक्त संसार निर्माणका लागि विश्वव्यापी गतिविधिहरू ASEZले ‘परिवर्तन ल्याउने मानिसहरूको सङ्कल्प’ कार्यान्वयनतर्फ केन्द्रित रहेर स्वयंसेवा गतिविधि गर्दछ । योचाहिँ सन् २०१९ जुलाई १५मा आयोजित…
सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन
सानो ट्राफिक नियम उल्लङ्घन गर्ने कुरादेखि अरूको जीवनलाई हानि पुऱ्याउने जघन्य अपराधसम्म, सबै अपराधहरू ‘मानिस’बाट हुने गर्छ । अपराधको दर घटाउन र अपराध रोकथाम गर्नका लागि समाजका प्रत्येक व्यक्तिहरू परिवर्तन हुन आवश्यक छ । अपराधमुक्त संसार, शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका निम्ति क्याम्पसबाट परिवर्तन सृजना गर्ने आकांक्षाका साथ विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू जुलाई १५ तारिखमा, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित ‘सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन’मा सहभागी भए । ‘अपराधमुक्त संसारतर्फ परिवर्तनको निम्ति ठूलो फड्को’ भन्ने शीर्षकअन्तर्गत, ASEZको ‘एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together, RCT)’ परियोजनालाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्ने कार्य-योजनाबारे छलफल गर्न तयार पारिएको उक्त कार्यक्रममा सउल राष्ट्रिय विश्वविद्यालय (कोरिया), हार्भड विश्वविद्यालय (संयुक्त राज्य अमेरिका), केप टाउन विश्वविद्यालय (दक्षिण अफ्रिका), वेस्टर्न विश्वविद्यालय (अस्ट्रेलिया) इत्यादि विश्वविद्यालयहरूबाट आएका ६ वटा…
दक्षिण कोरिया
सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
मध्य ग्रीष्ममा तातिएको जुलाई १२ तारिख, त्योभन्दा अझ तातो जोशद्वारा सत्यता अध्ययन गर्ने विदेशका विश्वविद्यालय विद्यार्थीहरू लगायत कोरियाको राजधानी क्षेत्रका युवाहरूसहित २,२०० जनाभन्दा बढीले ‘सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’मा सहभागिता जनाए । कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित उक्त गोष्ठीमा न्यूजिल्यान्ड, यूक्रेन, संयुक्त राज्य अमेरिका, फिनल्यान्ड, मेक्सिको, मोजाम्बिक, भारत र चिलीबाट आएका ९ जना विश्वविद्यालय विद्यार्थीहरूले प्रस्तुति दिए । महासचिव पास्टर गिम जु छलले उद्घाटन समारोहमार्फत “एक कदमअगि देख्न नसकिने अनिश्चित आज र भोलिको दिन जिइरहेका ७ अरब मानव-जातिमाझ, एलोहिम परमेश्वरको शिक्षा पहिला ग्रहण गरेर आत्माको विगत, वर्तमान र भविष्यको बारेमा निश्चित उत्तर पाएका हामीहरू उठेर(Arise) सत्यताको ज्योति चम्काऔं(Shine)” भनेर जोड दिनुभयो (यशै ६०:१) । प्रस्तोताहरूले गणित, लेखा, सामाजिक विज्ञान जस्ता प्रमुख विषयहरूको आधारमा ‘सबैभन्दा…
दक्षिण कोरिया
सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन
विश्वासी र बुद्धिमान् भएर आफूलाई क्याम्पसभित्र र बाहिर समर्पण गरेर केही सिक्ने बाटोमा हिँड्ने विश्वविद्यालय विद्यार्थी सन्तहरूका निम्ति विशेष कार्यक्रमको आयोजना गरियो । संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडरले लिनुपर्ने सद्गुण एवम् प्रगतिशील र रचनात्मक भिजन प्रदान गर्ने उद्देश्यका साथ परमेश्वरको मण्डलीद्वारा ‘सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन’ आयोजना गरियो । बिदाको समयमा आयोजित यस सम्मेलनमा संयुक्त राज्य अमेरिका, जर्मनी, पेरु, भारत, गणतन्त्र दक्षिण अफ्रिका इत्यादि ४१ देशका २०७ वटा विश्वविद्यालय र कोरियाका २२८ वटा विश्वविद्यालयबाट कुल ५३२ जना विश्वविद्यालय विद्यार्थीहरू सहभागी भएका थिए । आफ्नो राष्ट्रिय सिमाना कटेर भातृ-प्रेम बाँड्दै उनीहरूले भविष्यका कर्णधारको रूपमा आफ्नो क्षमता वृद्धि गरे । बाइबलको वचनद्वारा लिडरशीप सिक्दै जुलाई १० तारिखमा, उद्घाटन आराधनासँगै ७ दिन, ८ रातको सम्मेलन जारी भयो । माताले, युवावस्थामा परमेश्वरको…
दक्षिण कोरिया
७५औँ विदेश भ्रमण टोली
हरिया पातहरू लहराउने ग्रीष्ममा ७५औँ विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरे । जुलाई १० तारिखदेखि कार्यतालिका सुरु भएको भ्रमण टोलीमा ४१ वटा देशका १७५ वटा मण्डलीहरूबाट २५० जनाभन्दा बढी सन्तहरू उपस्थित थिए । अधिकांश सन्तहरू भविष्यको योजना र सपना लिएका २०देखि २९ वर्षका विश्वविद्यालय विद्यार्थीहरू थिए । कोरियाको नजिकै रहेको मङ्गोलिया र हङकङजस्ता पूर्वी एसियाका क्षेत्रहरूदेखि लिएर पृथ्वीको विपरीत भागमा रहेको अर्जेन्टिना, उत्तरी यूरोपको फिनल्यान्ड र अफ्रिकाको बोट्स्वानासम्म भाषा र संस्कृति अनि वर्ग फरक-फरक भएको सबै महादेशका विभिन्न देशहरूबाट आएका सन्तहरू बाइबलको अगमवाणीअनुसार जीवनको पानीको मूल हुनुभएकी नयाँ यरूशलेम माताको अँगालोमा बाँधिए (इज ४७:१-९; गला ४:२६) । टाढाको देशबाट आएका सन्तहरूको हात एक-एक गरी समाउँदै, भेटेर प्रफुल्लित हुनुभएकी माताले उनीहरूको एकदमै तिर्सना लागेको कुरा बताउनुभयो । माताले हरेक आराधना तथा…
दक्षिण कोरिया