विश्वव्यापी समाचार​

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी सङ्गठन ASEZद्वारा आयोजित “वाक हिंसा निषेध” क्याम्पेन

अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत वाक हिंसाको गम्भीरताबारे सबैलाई अवगत गराउने र सही वाक संस्कारतिर डोऱ्याउने उद्देश्यका साथ सुरु गरिएको हो । सन् २०१९मा कोरियाको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहका १० लाख विद्यार्थीहरूमाझ गरिएको विद्यालय हिंसा सर्वेक्षणमा, सबैभन्दा पहिलो किसिमको हिंसा नै वाक हिंसा रहेको देखियो । सोही वर्ष श्रम तथा रोजगार मन्त्रालयद्वारा गरिएको कार्यस्थल सर्वेक्षणमा पनि बदमाशीको सबैभन्दा पहिलो किसिम पनि वाक हिंसा नै रहेको पाइयो । इन्टरनेट र स्मार्टफोनको प्रयोगका कारण साइबर…

October 2, 2020

विपत्तिको बीचमा अझ चम्किएको जीवनको करार, निस्तार-चाड

परमेश्वर शुद्ध हृदयका हुनुहुन्छ, र उहाँको करार अपरिवर्तनीय छ । विश्वव्यापी महामारी कोभिड-१९का कारण सारा संसार अस्तव्यस्त भइरहेको बेला निस्तार-चाड नजिक आयो । सङ्क्रमण पुष्टि भएको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र विश्वमा महामारीलाई फैलनबाट रोक्न कर्फ्यू(shutdown) र बन्दाबन्दी(lockdown)का कदमहरू चालियो । पाप-क्षमा, मुक्ति र अनन्त जीवनको आशिष्‌को प्रतिज्ञा रहेको परमेश्वरको चाड, निस्तार-चाड विगतमा भन्दा यो समयमा अझ बढी आवश्यक थियो । सन्तहरूले आ-आफ्नो घरमै निस्तार-चाड मान्न सक्ने गरी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको प्रधान कार्यालयबाट अनलाइन आराधना घोषणा गरियो, अनि करीब ५० वटा भाषाहरूमा अनलाइन आराधनाका भिडियोहरू निर्माण गरेर वितरण गरियो । अप्रिल ७ तारिख(पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिन) साँझमा, निस्तार-चाडको गहिरो प्रतीक्षा गरिरहेका विश्वभरिका १७५ वटा देशका परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९ नफैलिएका केही देशहरूबाहेक,…

April 7, 2020

सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला

परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका ख्रीष्टको वचनलाई आफ्नो कार्यक्षेत्रमा पनि कार्यान्वयन गर्न क्षेत्र तथा पेशाअनुसारको कार्यक्षेत्र मण्डली सङ्गठन स्थापना गरी सक्रिय रूपले विविध स्वयंसेवाका गतिविधिहरू गरिरहेका छन् । सेप्टेम्बर ८ तारिखका दिन, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला आयोजना गरियो । कोरियाको विभिन्न क्षेत्रका कार्यक्षेत्र मिसन सङ्गठनमा आबद्ध युवाहरूले एक ठाउँमा जम्मा भएर बाइबलको वचनद्वारा आफ्नो विश्वासलाई जाँच्ने अनि नमूना प्रस्तुति तथा छलफल गर्ने जस्ता विविध कार्यक्रमहरूमार्फत सुसमाचारको भिजनलाई निश्चित गर्ने समय लिए । पहिलो चरणको आराधनामा, कठिन जागिरे जीवनको बाबजुद बाइबलका शिक्षाहरूलाई पछ्याउँदै सुकर्मद्वारा अनवरत रूपले परमेश्वरको महिमा प्रकट गरेका युवाहरूको बारम्बार प्रशंसा गर्नुहुँदै माताले प्रचुर आशिष्‌को निम्ति प्रार्थना गरिदिनुभयो । माताले “परमेश्वरबाट योग्य ठहरिएर…

दक्षिण कोरिया

September 8, 2019

जागिरेहरूका निम्ति हिलिङ गोष्ठी, कोरियाका ३ वटा सहरमा र मङ्गोलियाको उलानबटोरमा आयोजना

“हामीले नपठाए पनि गइहाल्ने आइतबार र हामीले नबोलाए पनि आइहाल्ने सोमबार ।” कोरियाको छन्‍आनस्थित सबुग मण्डलीमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’– सहानुभूति टकबाट ‘कार्यक्षेत्रमा तपाईंलाई थकित बनाउने कुरा के हो ?’ भनेर सोधिएको सर्वेक्षणमा एक जना सहभागीको रोचक जवाफले सबैलाई हँसायो । योचाहिँ आफ्नो थकित जीवनमा जति समय आराम गरे पनि अपुग हुने जागिरेहरूको भावनालाई दर्शाउने वाक्य थियो । व्यस्त जागिरेहरूलाई आराम प्रदान गर्ने ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’ सेप्टेम्बर १ तारिखमा कोरियाको सबैभन्दा ठूलो पर्यटनस्थल जेजुदो टापू, सङनाम र छनानमा एकैसाथ आयोजना गरियो । १५ तारिखमा, मङ्गोलियाको उलानबटोरमा पनि आयोजना गरिएको यस कार्यक्रमले स्थानीय बासिन्दाहरूबाट ठूलो प्रतिक्रिया आयो । कुल २,२०० जनाको सहभागिता रहेको कोरियाको जेजु ओरा मण्डली, छनान सबुग मण्डली र नयाँ यरूशलेम इमे मन्दिरमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ…

September 1, 2019

विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी

स्वस्थ समाज, स्वस्थ पृथ्वी निर्माणको लागि क्याम्पसभित्र र बाहिर कार्यरत परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ), यूएनको निमन्त्रणामा अगस्ट २६ तारिखदेखि ३ दिनसम्म आयोजित ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी भयो । यूएन नागरिक समाज सम्मेलन(UN DPI·NGO Conference)चाहिँ NGOहरूका लागि सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जहाँ १०० वटाभन्दा बढी देशको नागरिक समाजका ७०० जनाभन्दा बढी प्रतिनिधिहरू भेला भएर फोरम, वर्कशप र प्रदर्शनीद्वारा मौसम परिवर्तन, मानव अधिकार र विविध स्वयंसेवा कार्यबारे छलफल गर्ने गर्छन् । संयुक्त राज्य अमेरिकाको यूटा सल्ट लेक सिटीको सल्ट प्यालेस अधिवेशन केन्द्रमा गरिएको यो वर्षको सम्मेलनको विषयचाहिँ ‘समावेशी, सुरक्षित, लचिलो र दिगो सहर तथा मानव-बस्ती निर्माण’ थियो । अहिले विश्वको आधा जनसङ्ख्या बसोबास गरिरहेको र सन् २०५०सम्म उक्त दर वृद्धि भएर ६८% पुग्ने अनुमान गरिएको सहरका…

संयुक्त राज्य अमेरिका

August 26, 2019

पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा आयोजित साङ्गीतिक कन्सर्ट

‘विश्वको साझा भाषा’ रहेको सङ्गीतको शक्तिद्वारा समाजमा एलोहिम परमेश्वरको प्रेम प्रसार गर्न र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्न पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा साङ्गीतिक कन्सर्टको आयोजना गरियो । प्रत्येक देशका परमेश्वरको मण्डलीका सन्तहरूद्वारा तयार पारिएको यस पटकको साङ्गीतिक कन्सर्टको स्थान र आकार भिन्नाभिन्नै भए पनि सुन्दर धुनहरूद्वारा रचिएको प्रेरणा भने एउटै थियो । पेरुको मोकेग्वाका ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट हालसालै, पेरुको मोकेग्वास्थित उबिनासमा ज्वालामुखी विस्फोटको सङ्केत देखिएसँगै स्थानीयवासीहरूको चिन्ता बढ्दैगइरहेको छ । ज्वालामुखीबाट वायुमण्डलमा ५,००० मिटर(१६,४०० फिट)को उचाइसम्म खरानी र ग्यास उत्सर्जन भइसकेको छ, अनि खरानीले पानी दूषित पार्नुको साथै बालीनाली सखाप पारेको छ । त्यसैले पेरुको फसेत मण्डलीबाट ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्टको आयोजना गरियो । अगस्ट ११मा, बिदाको मौका पारेर आयोजना गरिएको कन्सर्टमा सन्तहरू लगायत…

August 11, 2019

सन् २०१९ ASEZ तथा ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा संस्कृति आदनप्रदान

ग्रीष्म बिदाचाहिँ विश्वविद्यालय विद्यार्थी तथा जागिरे युवाहरूका निम्ति हजार टुक्रा सुनजस्तै हुन्छ । परमेश्वरको मण्डलीका युवा सन्तहरू क्याम्पसको पढाइ र जागिरमा समर्पित रहने गर्छन् । उनीहरू अनुभवमा सुधार ल्याउन वा युवावस्थाको मज्जा लिनको निम्ति नभएर फराकिलो संसारका छिमेकीहरूको सहयोग र जिउने घर, यस पृथ्वीको सुरक्षाको निम्ति ग्रीष्म बिदाको पर्खाइमा हुन्छन् । जुलाईको अन्ततिर परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ तथा जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOका ५४० जना सदस्यहरूले विश्वका ८४ वटा सहरहरूतर्फ उडान भरे । बल्दो उत्साहको साथै पासपोर्ट र सुटकेससहित प्रस्थान गरेका उनीहरूले प्रत्येक सहरलाई आवश्यक रहेको स्वयंसेवा कार्यहरूमा आफूलाई समर्पित गरे । ASEZ_अपराधमुक्त संसार निर्माणका लागि विश्वव्यापी गतिविधिहरू ASEZले ‘परिवर्तन ल्याउने मानिसहरूको सङ्कल्प’ कार्यान्वयनतर्फ केन्द्रित रहेर स्वयंसेवा गतिविधि गर्दछ । योचाहिँ सन् २०१९ जुलाई १५मा आयोजित…

July 31, 2019

सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन

सानो ट्राफिक नियम उल्लङ्घन गर्ने कुरादेखि अरूको जीवनलाई हानि पुऱ्याउने जघन्य अपराधसम्म, सबै अपराधहरू ‘मानिस’बाट हुने गर्छ । अपराधको दर घटाउन र अपराध रोकथाम गर्नका लागि समाजका प्रत्येक व्यक्तिहरू परिवर्तन हुन आवश्यक छ । अपराधमुक्त संसार, शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका निम्ति क्याम्पसबाट परिवर्तन सृजना गर्ने आकांक्षाका साथ विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू जुलाई १५ तारिखमा, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित ‘सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन’मा सहभागी भए । ‘अपराधमुक्त संसारतर्फ परिवर्तनको निम्ति ठूलो फड्को’ भन्ने शीर्षकअन्तर्गत, ASEZको ‘एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together, RCT)’ परियोजनालाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्ने कार्य-योजनाबारे छलफल गर्न तयार पारिएको उक्त कार्यक्रममा सउल राष्ट्रिय विश्वविद्यालय (कोरिया), हार्भड विश्वविद्यालय (संयुक्त राज्य अमेरिका), केप टाउन विश्वविद्यालय (दक्षिण अफ्रिका), वेस्टर्न विश्वविद्यालय (अस्ट्रेलिया) इत्यादि विश्वविद्यालयहरूबाट आएका ६ वटा…

दक्षिण कोरिया

July 15, 2019

सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

मध्य ग्रीष्ममा तातिएको जुलाई १२ तारिख, त्योभन्दा अझ तातो जोशद्वारा सत्यता अध्ययन गर्ने विदेशका विश्वविद्यालय विद्यार्थीहरू लगायत कोरियाको राजधानी क्षेत्रका युवाहरूसहित २,२०० जनाभन्दा बढीले ‘सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’मा सहभागिता जनाए । कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित उक्त गोष्ठीमा न्यूजिल्यान्ड, यूक्रेन, संयुक्त राज्य अमेरिका, फिनल्यान्ड, मेक्सिको, मोजाम्बिक, भारत र चिलीबाट आएका ९ जना विश्वविद्यालय विद्यार्थीहरूले प्रस्तुति दिए । महासचिव पास्टर गिम जु छलले उद्घाटन समारोहमार्फत “एक कदमअगि देख्न नसकिने अनिश्चित आज र भोलिको दिन जिइरहेका ७ अरब मानव-जातिमाझ, एलोहिम परमेश्वरको शिक्षा पहिला ग्रहण गरेर आत्माको विगत, वर्तमान र भविष्यको बारेमा निश्चित उत्तर पाएका हामीहरू उठेर(Arise) सत्यताको ज्योति चम्काऔं(Shine)” भनेर जोड दिनुभयो (यशै ६०:१) । प्रस्तोताहरूले गणित, लेखा, सामाजिक विज्ञान जस्ता प्रमुख विषयहरूको आधारमा ‘सबैभन्दा…

दक्षिण कोरिया

July 12, 2019

सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन

विश्वासी र बुद्धिमान्‌ भएर आफूलाई क्याम्पसभित्र र बाहिर समर्पण गरेर केही सिक्ने बाटोमा हिँड्ने विश्वविद्यालय विद्यार्थी सन्तहरूका निम्ति विशेष कार्यक्रमको आयोजना गरियो । संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडरले लिनुपर्ने सद्गुण एवम् प्रगतिशील र रचनात्मक भिजन प्रदान गर्ने उद्देश्यका साथ परमेश्वरको मण्डलीद्वारा ‘सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन’ आयोजना गरियो । बिदाको समयमा आयोजित यस सम्मेलनमा संयुक्त राज्य अमेरिका, जर्मनी, पेरु, भारत, गणतन्त्र दक्षिण अफ्रिका इत्यादि ४१ देशका २०७ वटा विश्वविद्यालय र कोरियाका २२८ वटा विश्वविद्यालयबाट कुल ५३२ जना विश्वविद्यालय विद्यार्थीहरू सहभागी भएका थिए । आफ्नो राष्ट्रिय सिमाना कटेर भातृ-प्रेम बाँड्दै उनीहरूले भविष्यका कर्णधारको रूपमा आफ्नो क्षमता वृद्धि गरे । बाइबलको वचनद्वारा लिडरशीप सिक्दै जुलाई १० तारिखमा, उद्घाटन आराधनासँगै ७ दिन, ८ रातको सम्मेलन जारी भयो । माताले, युवावस्थामा परमेश्वरको…

दक्षिण कोरिया

July 10, 2019

७५औँ विदेश भ्रमण टोली

हरिया पातहरू लहराउने ग्रीष्ममा ७५औँ विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरे । जुलाई १० तारिखदेखि कार्यतालिका सुरु भएको भ्रमण टोलीमा ४१ वटा देशका १७५ वटा मण्डलीहरूबाट २५० जनाभन्दा बढी सन्तहरू उपस्थित थिए । अधिकांश सन्तहरू भविष्यको योजना र सपना लिएका २०देखि २९ वर्षका विश्वविद्यालय विद्यार्थीहरू थिए । कोरियाको नजिकै रहेको मङ्गोलिया र हङकङजस्ता पूर्वी एसियाका क्षेत्रहरूदेखि लिएर पृथ्वीको विपरीत भागमा रहेको अर्जेन्टिना, उत्तरी यूरोपको फिनल्यान्ड र अफ्रिकाको बोट्स्वानासम्म भाषा र संस्कृति अनि वर्ग फरक-फरक भएको सबै महादेशका विभिन्न देशहरूबाट आएका सन्तहरू बाइबलको अगमवाणीअनुसार जीवनको पानीको मूल हुनुभएकी नयाँ यरूशलेम माताको अँगालोमा बाँधिए (इज ४७:१-९; गला ४:२६) । टाढाको देशबाट आएका सन्तहरूको हात एक-एक गरी समाउँदै, भेटेर प्रफुल्लित हुनुभएकी माताले उनीहरूको एकदमै तिर्सना लागेको कुरा बताउनुभयो । माताले हरेक आराधना तथा…

दक्षिण कोरिया

July 10, 2019

जेरोम सि. ग्लेनसँगको ASEZ बैठक

भविष्यले भविष्यलाई भेट्छ । जून २६ तारिखमा, कोरियाको भ्रमण गरेका यूएन मिलेनियम प्रोजेक्टका अध्यक्ष जेरोम सि. ग्लेनले नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित आसेज(ASEZ) बैठकमा सहभागी भएर, मानव-जातिको भविष्यलाई प्रबल बनाउने विश्वविद्यालय विद्यार्थीहरूसँग कुराकानी गर्ने समय लिए । ‘दिगो भविष्यको निम्ति विश्वविद्यालय विद्यार्थीहरूको भूमिकाको खोजी’ भन्ने शीर्षकअन्तर्गत आयोजित यस पटकको बैठकमा, परमेश्वरको मण्डली विश्वविद्यालय स्वयंसेवा सङ्गठन आसेजका ५३० जना सदस्यहरू सहभागी भए । माताले, व्यस्त तालिकाको बाबजुद विश्वविद्यालय विद्यार्थीहरूका निम्ति समय निकालेर बैठकमा सहभागी भएका अध्यक्ष ग्लेनलाई न्यानो गरी स्वागत गर्नुभयो । साँझ ५ बजे आरम्भ भएको बैठक, वातावरणसम्बन्धी गीत ‘An Island’ र ‘Right Now, Right Here’को प्रस्तुतिसँगै सुरु भयो । वातावरण समस्याप्रति जनचेतना जगाउँदै तुरुन्तै कार्यान्वयन गर्न आग्रह गर्ने विश्वविद्यालय विद्यार्थी गायन टोलीको अनुरोध सम्मिलित भिडियोले दर्शक वृन्दलाई प्रभावित तुल्यायो…

दक्षिण कोरिया

June 30, 2019

सन् २०१९ IWBA प्रवेशिका समारोह

ब्लाइन्ड भनिने सामाजिक एप सर्वेक्षणको नतिजाअनुसार, १० जनामा ९ जना जागिरेहरू बर्नआउट सिन्ड्रम(अत्यधिक र दीर्घ तनावले ल्याउने भावनात्मक, मानसिक र शारीरिक थकान)ले ग्रस्त रहेको पत्ता लाग्यो । जीविकोपार्जन र लक्ष्य हासिल गर्न मानिसहरू कडा परिश्रम गर्ने गर्छन्, तर प्रक्रिया सधैँ सजिलो मात्र हुँदैन । जागिरे युवाहरूले सही धार्मिक विश्वास र मूल्य-मान्यताको आधारमा जोशिलो र इनामदायक तवरले आफ्नो जीवनको निर्णायक समयलाई सदुपयोग गरून् भन्ने हेतुले परमेश्वरको मण्डलीले IWBA(International Worker Bible Academy, अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी) प्रशिक्षण प्रणाली सञ्चालन गर्दैआएको छ । जून १६ तारिखमा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा सन् २०१९ IWBA प्रवेशिका समारोह गरियो, जसमा नव भर्ती विद्यार्थीहरू, दर्तित सदस्यहरू, युवा समूहका शिक्षकहरू र कोरियाली पादरी कर्मचारीहरू गरेर ६,५०० जनाभन्दा बढीको सहभागिता रह्यो । समारोह आरम्भ हुनअघि…

दक्षिण कोरिया

June 16, 2019

सन् २०१९ उचालिनुभएको दिन सम्झनात्मक आराधना र पेन्तिकोसको चाड पवित्र सभा

येशू ख्रीष्ट पुनरुत्थान हुनुभएपछि ४० दिनमा स्वर्ग उचालिनुभएको घटना नै सुरुको मण्डलीको पुनर्जागरणको सुरुवाती बिन्दु थियो । पुनरुत्थान र उचालिने शक्तिसमेत अवलोकन गरेका सन्तहरूको विश्वास अझ दह्रो भयो, र पेन्तिकोसमा पवित्र आत्माको वरदान पाएपछि अन्यजातिहरूलाई पनि सुसमाचार प्रचार गर्न सुरु भयो । “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मर्क १६:१५) भन्नुभएका येशूज्यूको आदेशअनुसार ७ अरब प्रचार अभियान गरिरहेका विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरू सुरुको मण्डलीमा भएको पवित्र आत्माको कार्य पुनः दोहोरिने अपेक्षाका साथ उचालिनुभएको दिन(मे ३० तारिख)को सम्झना गर्दै पेन्तिकोसको चाड पवित्र सभा(जून ९ तारिख)मा सहभागी भए । उचालिनुभएको दिन सम्झनात्मक आराधना : “मेरा साक्षी होओ” भन्नुभएका येशूज्यूको इच्छालाई शिरोपर गर्दै कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा गरिएको उचालिनुभएको दिनको सम्झनात्मक आराधनामार्फत माताले मानव-जातिलाई पुनरुत्थान र उचालिने जीवित आशा दिनुभएका…

June 9, 2019

१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता

७ अरब मानव-जातिलाई प्रचार गर्नको निम्ति पाइला चाल्दै, विदेश प्रचारको तयारी गरिरहेका सन्तहरूका निम्ति एउटा कार्यक्रमको आयोजना गरियो । त्यो नै मे २६ तारिखमा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरिएको १६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता थियो । यो दिन विश्व सुसमाचारको ठूलो इच्छा राखेका पादरी कर्मचारीहरू, प्रचारकहरू गरेर ६,००० जना कोरियाली सन्तहरू र ७४औँ विदेश भ्रमण टोली सन्तहरू कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा भेला भए । कार्यक्रमको पहिलो चरणमा गरिएको आराधनामा माताले “विश्वास लिएर अगमवाणीसँगै पाइला चाल्नेहरू परमेश्वरलाई प्रसन्न तुल्याउने नयाँ करारका कामदारहरू हुन्” भन्नुभयो । माताले, सन्तानहरू सबैले संसारलाई नै चकित पार्ने ठूलो विश्वासद्वारा परमेश्वरको महिमा प्रकट गर्न सकून् भनी प्रार्थना गरिदिनुभयो । अनि “बाइबलमा लेखिएको अगमवाणीलाई पढ्ने र सुन्ने मात्र होइनकि पालन…

दक्षिण कोरिया

May 26, 2019

सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (३)

मे २४ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा तेस्रो पटक सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठीको आयोजना गरियो । परमेश्वरको मण्डलीका सन्तहरूको साँचो विश्वासलाई जगाउने मात्र नभएर बाइबलको विश्वसनीयता, परमेश्वरको अस्तित्व र मुक्तिको उपायप्रति जिज्ञासु रहेका नागरिकहरूलाई उत्प्रेरित गर्ने हेतुले आयोजना गरिने यस गोष्ठीले, आयोजना हुँदैपिच्छे मानिसहरूको ध्यान अझ खिँचिरहेको छ । गोष्ठीमा १७ वटा देशका सन्तहरूको सहभागिता रहेको थियो, अनि अणु जीव अनुसन्धानकर्ता र जहाज इन्जिनियर जस्ता दक्ष व्यक्तिहरूले मञ्चमा आएर आफ्नो प्रस्तुति दिए । यसको साथै जर्मनी, चिली, संयुक्त राज्य अमेरिका, कोलम्बिया, मेक्सिको जस्ता विभिन्न देशका वक्ताहरूले ‘भविष्यको निम्ति रोजाइ,’ ‘सामूहिक व्यवहार र माता परमेश्वर,’ ‘प्रेमको मूल तत्त्व के हो ?,’ ‘जीवनको अणु,’ ‘आमाको स्वरूप परिवर्तन’ इत्यादि विषयलाई जीवशास्त्र, ऐतिहासिक विज्ञान, मनोविज्ञान, विधिशास्त्र, व्यावसायिक प्रशासन जस्ता…

दक्षिण कोरिया

May 24, 2019

७४औँ विदेश भ्रमण टोली

“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ ... आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” यशै ६६:१०-१३ मे २० तारिखमा, ढुकुर आफ्नो गुँडतिर उडेर आएझैँ बाइबलको अगमवाणीअनुसार संसारका विभिन्न ठाउँबाट ७४औँ विदेश भ्रमण टोली नयाँ यरूशलेमको अँगालोमा आए । भ्रमण टोलीमा जर्मनी, स्पेन, बुल्गेरिया, संयुक्त राज्य अमेरिका, ब्राजिल, मेक्सिको, चिली र न्यूजिल्यान्ड गरेर १७ वटा देशका ७० वटाभन्दा बढी परमेश्वरको मण्डलीका ९३ जना सदस्यहरू थिए । तीमध्ये दुई तिहाइको यो पहिलो चोटिको कोरिया भ्रमण थियो । माता परमेश्वरलाई भेट्नको निम्ति, नयाँ करारको सत्यता पुनर्स्थापन भएको प्रतिज्ञाको भूमिको तीर्थयात्रामा निस्किएका उनीहरूले कोरिया भ्रमण…

दक्षिण कोरिया

May 20, 2019

सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (२)

“हामीहरू जीवनमा धेरै डरको सामना गर्छौं । कीरा, कुकुर, सियो ... मानिसहरूका सामु उभिँदा पनि डर लाग्छ, जस्तो अहिले मलाई भइरहेको छ ।” प्रस्तोताको कुराले दर्शक वृन्दमाझ हाँसो र उत्साह ल्याइदियो । डिकनिस ग्रेसिया मेन्डोजा सिस्नेरोस(ला भिक्टोरिया, पेरु)ले मृत्युको डर मेटाउन सक्नुहुने एलोहिम परमेश्वरको अस्तित्वको विषयमा आत्मविश्वाससाथ गवाही दिइन् । ‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलनपछिको अर्को दिन अप्रिल २९ तारिख दिउँसोमा, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा ‘सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’को आयोजना गरियो । पहिला पुरुष पादरी कर्मचारीहरूले प्रस्तुति दिएका बाइबल गोष्ठीपछि दोस्रो पटक आयोजित यो बाइबल गोष्ठीमा संयुक्त राज्य अमेरिका, इक्वेडर, भारत र गणतन्त्र दक्षिण अफ्रिकाबाट आएका ८ जना स्त्री पादरी कर्मचारीहरूले मञ्चमा प्रस्तुति दिए । उक्त गोष्ठीमा विश्वभरिका स्त्री पादरी कर्मचारीहरू एवम् सउलको दक्षिणी क्षेत्रका पद…

दक्षिण कोरिया

April 29, 2019

‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलन

खुशी मण्डली बनाउनको निम्ति स्त्री पादरी कर्मचारीहरूको भूमिका के होला ? स्त्री पादरी कर्मचारी प्रशिक्षणको एक हिस्साको रूपमा अप्रिल २८ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा खुशी मण्डली अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो । त्योचाहिँ सन्तहरूसँगै खुशी मण्डली बनाउनका लागि स्त्री पादरी कर्मचारीहरूको भूमिका र मनस्थितिबारे छलफल गर्ने मञ्च थियो । संयुक्त राज्य अमेरिका, नेपाल र जिम्बाब्वे गरेर ६ वटा देशका ७ जना प्रस्तोताहरू र प्यानलहरूले बुद्धि विकासको निम्ति विश्वभरिका स्त्री पादरी कर्मचारीहरूसँग विचार आदनप्रदान गरे । कार्यक्रम सुरु हुनुअघि माताले “यहाँहरूको भूमिकाचाहिँ पादरी कर्मचारीसँग एकताबद्ध भएर प्रेमपूर्वक दाजुभाइ तथा दिदीबहिनीहरूको हेरचाह गर्नु हो” भनी बोध गराउनुहुँदै परमेश्वरबाट पाएको प्रेम मण्डलीका सन्तहरू र छिमेकीहरूमाझ परिश्रमसाथ बाँड्नको निम्ति अनुरोध गर्नुभयो । विगत १० वर्षदेखि विदेश मिसनमा सेवारत सिनियर डिकनिस बाग…

दक्षिण कोरिया

April 28, 2019

संयुक्त राज्य अमेरिकाको भर्जिनियामा ‘ASEZ भावी लिडर फोरम’

अप्रिल २८ तारिखमा संयुक्त राज्य अमेरिकाको भर्जिनिया, न्यूपोर्ट न्यूजमा अवस्थित परमेश्वरको मण्डलीमा ‘ASEZ भावी लिडर फोरम’को आयोजना गरियो । भविष्यका कर्णधार विश्वविद्यालय विद्यार्थीहरूलाई अपराध रोकथाम तथा न्यूनीकरणमा नेतृत्व लिने भावी लिडरको रूपमा हुर्काउनुको साथै स्थानीयवासीको सहभागितालाई जगाउनको निम्ति योजनाहरू विकास गर्ने हेतुले उक्त फोरमको आयोजना गरिएको थियो । अपराध रोकथाम गरेर सुरक्षित समाज निर्माण गर्ने कार्यको निम्ति नगरका प्रहरी अधिकृत, ASEZ सदस्यहरू र ९० जना स्थानीयवासीहरू एकजुट भएका थिए । फोरममा, ASEZको एक हिस्सा रहेको “एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together)” प्रोजेक्टमा न्यूपोर्ट न्यूजका प्रहरी प्रमुख स्टीभन ड्रयू, शेरिफ गब्रियल मोर्गन, नोर्फोल्क स्टेट विश्वविद्यालयका प्राध्यापक डयानिएल वर्मन र स्थानीय वकील जेफ्री रिडल प्रवक्ताको रूपमा प्रस्तुत भएका थिए । उनीहरूले अपराध न्यूनीकरण र रोकथामसम्बन्धी शिक्षामा जोड दिनुका साथै त्यसमा सहभागी हुनुको महत्त्वमाथि…

संयुक्त राज्य अमेरिका

April 28, 2019