मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
October 27, 2026
मेलमिलाप
ओर्केष्ट्रा प्रदर्शनमा प्रत्येक कलाकारको सीप उत्कृष्ट भए पनि सबैले मेलमिलापमा रहेर प्रस्तुति दिएनन् भने उनीहरूले सुमधुर ध्वनी कदापि निकाल्न सक्दैनन् । जबसम्म उनीहरूले अरूको प्रस्तुतिलाई बेवास्ता गर्दै आफ्नो वाद्यवादनको धुनमा मात्र ध्यान दिन्छन्, तबसम्म उनीहरूले उत्कृष्ट प्रस्तुति दिन सक्दैनन् ।…
विस्तृत रूपमा हेर्नेOctober 27, 2026
मेलमिलाप
ओर्केष्ट्रा प्रदर्शनमा प्रत्येक कलाकारको सीप उत्कृष्ट भए पनि सबैले मेलमिलापमा रहेर प्रस्तुति दिएनन् भने उनीहरूले सुमधुर ध्वनी कदापि निकाल्न सक्दैनन् । जबसम्म उनीहरूले अरूको प्रस्तुतिलाई बेवास्ता गर्दै आफ्नो…
October 25, 2026
परिवर्तन हुन अझ सजिलो छ
रोयल होलोवे, लन्डन विश्वविद्यालयकी डा. बर्नेस एन्ड्रयुजले करिब १०० जना अधबैँसे महिलाहरूमा एउटा अनुसन्धान गरिन् । जसमध्ये ७९% महिलाहरू न्यून आत्मबल र डिप्रेसनबाट पीडित थिए । ती महिलाहरूमा…
October 24, 2026
विशेष फोटो
एक जना सानो बालक बाथरुममा ऐनामा हेर्दै जिब्रो बाहिर निकालेर जिस्किरहेको थियो, अनि बाबुचाहिँ आफ्नो छोरोलाई ऐनामा हेर्दै खुसीले मुस्कुराइरहेका थिए । सर्ट नलगाईकन एक साथ उभिएको फोटोमा…
October 23, 2026
ट्यूसन शुल्कको मापदण्ड
बोल्नमा सिपालु एक जना युवक, लिडरसिपबारे तालिम लिनका लागि एक जना प्रसिद्ध प्रवक्ताकहाँ गए । ती युवकले परिचय दिँदै आफ्नो विषयमा भरपुर बखान गरे । युवकले आफ्नो कुरा…
October 22, 2026
एक जनालाई बचाउने उद्धार कार्य
गत जून महिनामा, जर्मनीको अल्प्स पहाडी क्षेत्रमा गुफाको अध्ययन गर्ने क्रममा एक जना वैज्ञानिक माथिबाट झरेको ढुङ्गाले लागेर ढले । उक्त दुर्घटना भएको ठाउँचाहिँ जमिनबाट १,००० मिटर मुनि…
October 21, 2026
के देख्नुहुन्छ ?
कुनै एक समयमा मन्दीका कारण एउटा कम्पनी सङ्कटमा पऱ्यो । निराश भएका कर्मचारीहरूले काम गर्ने प्रेरणा नै गुमाए । एक दिन, कम्पनीका मालिकले सबै कर्मचारीहरूलाई बोलाएर एउटा सेतो…
October 20, 2026
सपनालाई पछ्याउँदै
अभिनेता बन्ने सपना देखेका एक जना मानिस थिए । उनी आफ्नो सपना साकार पार्नका लागि सधैँ अडिसनमा जाने गर्थे । तर उनको व्यक्तित्व र अनुहार पृथक नभएका कारण…
October 19, 2026
निर्णय
फ्रान्सको मार्टिनिक टापुमा ज्वालामुखी विस्फोटन हुन लागेको थियो । ठीक त्यही समयमा एउटा जहाजले बन्दरगाहमा सामान हालिरहेको थियो । ज्वालामुखी विस्फोटन हुने सङ्केत थाहा पाएपछि जहाजका कप्तानले आफूले…
October 18, 2026
चलचित्रमा खेलाउनुको कारण
कुनै एक समयमा हलिउड अभिनेत्री एन्जेलिना जोलीकी पाँच वर्षीया छोरीले एउटा चलचित्रमा अभिनय गरेर सबैको मन जितिन् । सायद आफ्नो आमा-बुबाबाट अभिनयको गुण विरासतमा पाएर होला, उनले सानै…
October 17, 2026
४९/५१को नियम
नाफा बाँड्दा यदि तपाईंले ४९ लिएर अर्को व्यक्तिलाई ५१ दिनुभयो भने त्यो व्यक्तिले दोब्बर पाएको महसुस गर्नेछ । अरूलाई थोरै मात्र दिँदा पनि त्यो व्यक्तिले सोचेभन्दा बढी सन्तुष्टि…
October 16, 2026
समान पक्ष
सँगै प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीहरूसँग नजिकिने तरिका के होला ? बेलायतको ल्यानक्यास्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको उत्तर पत्ता लगाए । अनुसन्धानकर्ताहरूले दुईवटा कट्टर प्रतिस्पर्धी फुटबल क्लबका प्रशंसकहरूलाई आ-आफ्नो टोलीको जर्सी…
October 15, 2026
जोश
अङ्ग्रेजी शब्द passion(प्यासन)को अर्थचाहिँ कुनै कुरा पूरा गर्ने व्यग्र मन हो । passionचाहिँ ल्याटिन शब्द patiबाट उत्पन्न भएको शब्द हो, जसको अर्थ कष्ट वा कठिनाई हो । उद्देश्य…
October 14, 2026
बदमास बच्चालाई सुधार्ने तरिका
प्यारी ◯◯, जिम्मेवार ◯◯, बुद्धिमान् ◯◯… । आफ्नो कक्षाका विद्यार्थीहरूलाई यसरी विशेष उपनाम दिएर बोलाउने एउटी प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । ती शिक्षिकाले कक्षाकै सबैभन्दा बदमास भनेर चिनिएको…
October 13, 2026
गर्न सकिने कार्यबाट
कुनै एक ठूलो कम्पनीमा कार्यकारीको रूपमा कार्यरत जोन वुड आफ्नो बिदा मनाउन नेपालको एक दुर्गम हिमाली क्षेत्रमा गए । त्यहाँ उनले विद्यार्थीहरू भूइँमै बसेर पढिरहेको देखे । त्यो…
October 12, 2026
असल लिडरको गुण
मंगोल साम्राज्यको स्थापना गर्ने गेङ्गिज खानले उनलाई मनपर्ने एक जना योद्धाको बारेमा अफसोस व्यक्त गर्दै एउटा कुरा भने । युसुन बेइ एक महान् योद्धा थिए । जति लडाइ…
October 11, 2026
परमेश्वरबाट मान्यता प्राप्त गर्नु
यदि तपाईंसँग गर्व गर्न लायक कुनै कुरा छ भने, स्वाभाभिक रूपमा त्यसलाई देखाउने इच्छा हुन्छ । अरू व्यक्तिबाट मान्यता प्राप्त गर्न चाहने भावनाचाहिँ मानिसको सबैभन्दा आधारभूत आवश्यकता हो…
October 10, 2026
अन्त्यसम्म जित्नुपर्छ
कुनै पनि सामान जतिसुकै राम्रो भए पनि यदि त्यसको फिनिसिङ राम्रो छैन भने, त्यसको मूल्य घट्छ । स्तम्भको रूपमा प्रयोग गरिने काठ पनि उस्तै हो । भवनको सम्पूर्ण…
October 9, 2026
सबैभन्दा गाह्रो लागेको पक्ष
एक जना पत्रकारले म्याराथन पूरा गर्ने खेलाडीलाई सोधेछन् । “दौडमा सबैभन्दा गाह्रो लागेको पक्ष के थियो ?” त्यो पत्रकारले सोच्दै नसोचेको जवाफ पाएछन् । “सास फेर्न गाह्रो हुनु…
October 8, 2026
रत्नभन्दा पनि अझ मूल्यवान् चीज
कुनै एउटा कपडा पसलमा एक जना स्त्रीले एउटा कोट किनिछन् । घर फर्किएर फेरि त्यो कोट लगाउने क्रममा तिनले त्यसको खल्तीमा एउटा रत्न फेला पारिछन् । त्यो रत्न…
October 7, 2026
परमेश्वरलाई धन्यवाद देओ
शताब्दीकै महान् आविष्कारक थमस एडिसनको निधनको सम्झनामा संयुक्त राज्य अमेरिकाभरि मानिसहरूले एक मिनेटका लागि बत्ती निभाए । योचाहिँ उनले आविष्कार गरेको बिजुलीप्रति कृतज्ञता व्यक्त गर्नको निम्ति गरिएको थियो…
October 6, 2026
उत्कृष्ट लेखनको रहस्य
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कलेज पढ्दा, आफ्नो कलेजबाट प्रकाशित हुने शैक्षिक जर्नलको मुख्य सम्पादक थिए । सम्पादन गर्ने क्रममा, उनी नकारात्मक वाक्यहरूलाई सकेसम्म सकारात्मक वाक्यमा परिमार्जन गर्न…
October 5, 2026
प्रभावकारी अनुशासन
जोसन राजवंशका प्रसिद्ध प्रधानमन्त्री ह्वाङ हुईका तीन छोराहरू थिए । तीमध्ये एउटा छोराचाहिँ ठूलो समस्या थियो । ऊ घरबाट बाहिर जाँदैपिच्छे मधिरा सेवन गरेर मात्तिने र अबेर रात…
October 4, 2026
फरक दृष्टिकोणबाट हेर्दा
कुनै एक जना आर्ट टिचरले विद्यार्थीहरूलाई पिकासोको चित्र जस्ताको तस्तै बनाउन भने । त्यो चित्रमा दुई-तीन जना मानिसका अनुहारहरू एकै ठाउँमा मिसिएको देखेर विद्यार्थीहरू अलमल्ल परे । कहाँबाट…
October 3, 2026
परिपक्व विश्वास
साना केटा-केटीहरू आफूले चाहेजस्तो नहुँदा प्रायः रिसाउने गर्छन् । उनीहरू स्वार्थी स्वभावका हुने भएकोले आफ्ना आमा-बुबाको समस्यालाई समेत वास्ता गर्दैनन् । तर वयस्क मानिसहरू भने फरक हुन्छन् ।…
October 2, 2026
अर्केष्ट्राद्वारा सद्भाव सिक्दै
सन् १९७५मा भेनेजुयलाको एउटा बस्तीमा विशेष बैठक आयोजना गरियो । ‘एल सिस्टेमा’चाहिँ अर्केष्ट्रा सञ्चालक तथा अर्थशास्त्री जोसे एन्टोनियो अब्रेउले ११ जना गरिब बलबालिकाद्वारा निर्माण गरेको अर्केष्ट्रा हो ।…
September 30, 2026
अवसरको रूपमा परिवर्तन भएको कमजोरी
विश्व प्रसिद्ध सञ्चालक टोस्कानिनी पहिला एक प्रतिभाशाली चेलो वादकको रूपमा चिनिन्थे । आँखाको ज्योति कमजोर भएकोले उनले सङ्गीतको नोट पढ्न सक्दैनथे । त्यसैले चेलो बजाउनका लागि उनले सम्पूर्ण…
September 29, 2026
जित्ने रहस्य
सन् १९८४ मा टोकियो अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा, यामादा मोटोचि नामका एक अपरिचित जापानी खेलाडीले आश्चर्यजनक रूपमा शक्तिशाली मानिएका प्रतिस्पर्धीहरूलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । मानिसहरूले उनको…
September 28, 2026
सफलताको रहस्य
एक जना केटो थियो, जसका बुबा बेकरी पसलमा काम गर्थे । ऊ आफ्नो बुबाले गीत गुन्गुनाएको सुन्दै हुर्किंयो । बुबाकै कारण उसलाई संगीत मन पर्न थाल्यो र उसले…
September 27, 2026
भावनात्मक बानी
संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका सामाजिक मनोवैज्ञानिक फिलिप ब्रिकम्यानले एउटा अनुसन्धान गरे । यो अनुसन्धानचाहिँ अचानक भाग्य चम्केर अत्यधिक खुसी भएका मानिस र अचानक दुर्घटनामा परी अपाङ्ग बन्दा…
September 26, 2026
समाधान
पाठकहरूका समस्याको समाधान सुझाउने पत्रिकाको एउटा स्तम्भमा, एक जना किशोरले आफ्नो व्यक्तिगत समस्या यसरी साझा गरे : “मेरी आमा सधैँ मलाई कचकच मात्र गरिरहनुहुन्छ । घर आउनेबित्तिकै हात…