मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
April 16, 2026
रिङवानडेरङ (Ringwanderung)
जर्मनीको म्याक्स प्लाङ्क सोसाइटी(Max Planck Society)ले केही मानिसहरूमा नक्सा र कम्पासविना घना जङ्गलमा बाटो पत्ता लगाउने क्षमतासम्बन्धी परीक्षण गरेको थियो । GPS(Global Positioning System)द्वारा ट्र्याक गरेको परिणाममा, सहभागीहरू सूर्य नअस्ताउञ्जेल सही बाटोतिर हिँडेका तर अँध्यारो भएपछि एउटै ठाउँमा गोलाकार गरी…
विस्तृत रूपमा हेर्नेJanuary 30, 2026
प्रेमको प्रमाण
योचाहिँ संयुक्त राज्य अमेरिकाको एउटा परिवारमा घटेको घटना हो । त्यो परिवारमा, छोराले कुरा गर्न खोज्दा आमाले सधैँ गम्भीर भएर सुनिदिनुहुन्थ्यो । एक साँझ, आमा र छोरा भान्सामा…
January 29, 2026
बाघ बनाउने तरिका
धेरै पहिले, शत्रु राष्ट्रमा बन्धकका रूपमा राजकुमारसँग जानका लागि एक जना शाही अधिकारीलाई नियुक्त गरियो । प्रस्थान गर्नुअघि, ती अधिकारीले राजासँग यसो भने, “यदि एकजना मानिसले दौडँदै आएर…
January 28, 2026
सँगै मिलेर जिउने जीवन
एक जना आमाले आफ्नो ६ जना छोराछोरीहरूलाई राम्ररी हुर्काएर अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पठाइन् । उनी आफ्ना पति र दुई छोराहरूसँगै ‘विगत १०० वर्षमा अमेरिकामा सबैभन्दा धेरै योगदान पुर्याउने…
January 27, 2026
सित्तैँमा दिनुभएको
सन् १९५० दशकको सुरुतिर, पोलियोभाइरसका कारण पोलियो रोग विश्वव्यापी रूपमा फैलियो । सन् १९५२ मा, संयुक्त राज्य अमेरिकामा मात्रै लगभग ५८,००० मानिसहरू पोलियोबाट संक्रमित भए, र तीमध्ये लगभग…
January 26, 2026
बाँडचुँड गर्ने सबैभन्दा सुन्दर तरिका
कोठाको तापक्रम ६ डिग्री योचाहिँ नोबेल पुरस्कार दुई पल्ट जित्ने म्याडम क्युरीको प्रयोगशाला नोटबुकमा लेखिएको कुरा हो । तातो बनाउने कुनै व्यवस्था नभएको चिसो गोदाममा दिनरात अनुसन्धानमा मग्न…
January 25, 2026
साँचो सन्तानोचित कर्तव्य
यो संसारमा पापीलाई मन पराउने कोही छैन । यदि कुनै व्यक्तिले परमेश्वर र मानवताको विरुद्धमा जघन्य अपराध गरेको छ र सबैले उसलाई औंला ठड्याएर, “ऊ मृत्युदण्ड पाउन योग्य…
January 24, 2026
आँखा
आँखाले रेटिना(दृष्ट पटल)मा प्रतिबिम्बित वस्तुको छविलाई इलेक्ट्रोकेमिकल जानकारीमा रूपान्तरण गर्छ र यसलाई अप्टिक स्नायुमार्फत दिमागमा पुऱ्याउँछ । आँखाले शरीरका अन्य अङ्गहरूभन्दा बढी जानकारी प्राप्त गर्छ । आँखा यति…
January 20, 2026
जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?
न्यू योर्क टाइम्सका स्तम्भ लेखक, डेभिड ब्रुक्सले आफ्नो पुस्तकमा आफू राम्ररी जिइरहेको छु कि छैनँ भनेर जाँच्नको निम्ति आफूले आफूलाई निम्न उल्लेखित ४ वटा प्रश्नहरू सोध्नुपर्छ भनेका छन्…
January 16, 2026
प्रतिभाशाली बन्ने रहस्य
प्रसिद्ध फ्रान्सेली भायोलिन वादक पाब्लो दे सरसते १० वर्षको छँदादेखि नै यति प्रतिभाशाली थिए, कि उनले महारानीको सामु भायोलिन बजाउने अवसर प्राप्त गरे । उनले परिष्कृत भाइब्रेटो र…
January 12, 2026
स्वर्ग र पृथ्वीको सृष्टि, उत्कृष्ट कारिगरी
माइकलएन्जेलोको उत्कृष्ट कृतिचाहिँ ‘द क्रिएशन अफ एडम’ हो । उनले यो कृति लगभग ४ वर्षमा पूरा गरे । सिलिङमा रङ लगाउनुपर्ने भएकोले दिनभरि टाउको र पाखुरा माथि उठाएर…
January 8, 2026
एक दिनको आयु भए पनि
माछालाई पौडिन सिकाउन नपरेजस्तै मेफ्लाइ(Mayfly)को अगाडि छोटो जीवनको बारेमा कुरा गरिरहन आवश्यक छैन । वयस्क मेफ्लाइको आयु एकदमै छोटो हुन्छ । प्रजातिअनुसार आयुमा थोरै फरक पर्न सक्ला, तर…
January 5, 2026
प्रकृतिको नियमअनुसार
अफ्रिकाको सेरेङ्गेटी घाँसे मैदानमा सबै जनावरहरू प्रकृतिको नियमअनुसार जिउँछन् । शाकाहारी जनावरहरूले आफ्नो उत्कृष्ट दृष्टि र तेज दौडने क्षमताको प्रयोगद्वारा शत्रुहरूको आक्रमणबाट आफूलाई बचाउँछन् भने मांसाहारी जनावरहरूले चाहिँ…
January 3, 2026
विलासी गाडीभन्दा अझ राम्रो कुरा
सउलको कुनै बजारनेर एक जना सानो केटोले हजुरआमाको ठेलागाडा सट्टामा तानिरहेको थियो । तब ठेलागाडाले, त्यहाँ पार्क गरेर राखिएको एउटा महँगो कारलाई कोताऱ्यो । अब के गर्ने होला…
January 1, 2026
खड्कुलोको आँसु
विगतका दिनहरूमा कोरियाली आमाहरूले चुलोमा आगो फुकेर खड्कुलोमा खाना पकाउँथे । जसरी घर बनाउन, कपडा सिलाउन, वा लेख लेख्न धेरै परिश्रम आवश्यक पर्छ, त्यसरी नै खड्कुलोमा खाना पकाउनका…
December 28, 2025
दृढता
मेक्सिकोको ताराहुमारा(Tarahumara) जाति दौड्ने क्षमताका लागि चर्चित छन् । आफूलाई ‘रारामुरी Rarámuri’ (धावक) भनेर बोलाउने तिनीहरूका लागि एकै दिनमा पूरा म्याराथन दौड्नु चुनौतिको कुरा होइन । ताराहुमारा जातिले…
December 27, 2025
ठूलो रूख ढल्नुको कारण
अमेरिकाको कोलोराडो राज्यको एउटा पहाडमा ४०० वर्षभन्दा बढी समयसम्म दह्रो गरी खडा रहेको एउटा ठूलो रूख एक दिन गर्लम्मै ढल्यो । त्यस रूखले सयौँ वर्षसम्म ठूलो आँधी-बेहरीलाई पनि…
December 24, 2025
सहचालक र यात्रु
यात्रुहरूको टिकेट जाँच गर्ने क्रममा रेलका सहचालकले एक जना यात्रुलाई भनेछन् । “तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।” ती सहचालकले अर्को…
December 21, 2025
जित्न सकिने सोचाइ र मनस्थिति
मानिसहरू बिरामी परेको बेला प्रायः कुक्रुक्क पर्ने गर्छन् । तर एउटा अनुसन्धानका अनुसार बिरामी हुँदा, दुखाइलाई जित्न शरीरलाई कुक्रुक्क पार्नुभन्दा शरीरलाई तन्काउनु एकदमै प्रभावकारी हुन्छ । छाती फुलाएर…
December 19, 2025
म बूढी हुन चाहन्छु
समयको बहावलाई कसैले रोक्न नसकेजस्तै बुढेस्काललाई पनि कसैले रोक्न सक्दैन । बुढेस्कालका चिन्हहरू लुकाउन मानिसहरू कपालमा रङ लगाउने वा फेसियल बोटक्स सुई लगाउने गर्छन् । आफ्नो बुढेस्काललाई खुशीसाथ…
December 14, 2025
साँचो विचारशीलता
एक दिन, गान्धी व्यावसायिक यात्राका लागि निस्किए । रेल स्टेशनमा आइपुग्दा, उनी गुड्न लागेको रेलमा हतारिँदै चढे । ठीक त्यही समयमा, उनको एउटा जुत्ता रेलवे स्टेशनकै प्लाटफर्ममा खस्यो…
December 10, 2025
शानदार चुनौती
हिउँदे ओलम्पिक खेल भनिने बोबस्लेय[Bobsleigh] एउटा यस्तो खेल हो, जसमा २ वा ४ जना खेलाडीहरूले जमेको साँघुरो, घुमाउरो र ओरालो बाटोमा गुरुत्वाकर्षण-सञ्चालित[gravity-powered] स्लेड तीव्र गतिमा चलाउँछन् । स्लेड…
December 4, 2025
जिउनुपर्ने कारण
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे ।…
November 27, 2025
भ्रममा परेको इन्द्रिय
ⓒ Edward H.Adelson / http://web.mit.edu/persci/people/adelson/checkershadow_illusion.html / Copyrighted free use “चित्रमा खण्ड A र खण्ड B कुन रङको देखिन्छ ?” “खण्ड A खैरो र खण्ड B सेतो रङको देखिन्छ…
November 25, 2025
साधारण हिरोहरू
केही महिनाअघि कुनै चौबाटोमा घटेको घटना हो । अबेर रातमा, शपिङ मल अगाडिको ओरालो सडकमा पार्क गरिएको एउटा मालवाहक ट्रक एक्कासि गुड्न थाल्यो । चालकले पार्किङ ब्रेक राम्ररी…
November 20, 2025
आमाको तस्वीर हेर्दा मात्र पनि
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयले ७~१२ वर्षका बच्चाहरूमा एउटा परीक्षण गऱ्यो । उनीहरूलाई अपरिचित मानिसहरूका अगाडि गणितीय हिसाबहरू हल गर्न लगाइँदा उनीहरूले अत्तालिएर राम्ररी हल गर्न सकेनन्…
November 16, 2025
लुटेराको मन परिवर्तन गरिदिएको उदारता
संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा घटेको घटना हो । एक जना जवान समाजसेवी कामपछि घर फर्कंदैथिए । तब कुनै सुनसान ठाउँमा पुगेपछि तिनी एक्कासि लुटेराको फेला परे ।…
November 14, 2025
अनुनादक(प्रतिध्वनि बक्स)
सुन्दर धून सृजना गर्ने वाद्य यन्त्रहरू ! त्यसका पाटपुर्जा, आकार र प्रयोग गर्ने तरिका फरक भए तापनि ती सबैमा एउटा कुराको समानता छ : ती सबै यन्त्रहरूको भित्री…
November 12, 2025
उपभोग गर्ने खुशी, स्मरण गर्ने खुशी
विद्यालयका दिनहरूमा साथी, करियर र भविष्यको बारेमा धेरै चिन्ता हुन्छ । तर त्यो समय पार गरिसकेका वयस्कहरूले चाहिँ अहिलेका विद्यार्थीहरूलाई यसो भन्ने गर्छन्, “तिमीहरूको लागि सबैभन्दा उत्तम समय…
November 8, 2025
एक छात्रालाई रुवाएका न्यायाधीश
“बसेको ठाउँबाट उठ ।” चोरीको आरोपमा साथीहरूसँगै अदालत पुऱ्याइएकी एक छात्रालाई न्यायाधीशले नम्र आवाजमा भने । ती छात्रा अलि हिचकिचाउँदै उठेपछि न्यायाधीशले फेरि भने, “मैले बोलेको कुरालाई ठूलो…
October 29, 2025
सुरुको मन
कुनै पनि कामको थालनी गर्दा सुरुमा लिइने मन हुन्छ, शुद्ध र नम्र मन अनि व्यग्रता । यसैलाई ‘सुरुको मन’ भनिन्छ । कुनै एउटा अनलाइन रोजगार बजार खबर साइटले,…