विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
सुगन्ध छर्ने व्यक्ति
बाटोमा हिँड्दाखेरि पाउरोटी बनाउँदैगरेको मीठो बास्नाले यहाँहरू सबैलाई कुनै न कुनै बेला आकर्षित गरेको क्षण पक्कै छ होला । पाउरोटीको यस्तो बास्नाले मानिसहरूमा भोक जगाउने काम मात्र गर्दैन, तर मानिसलाई नम्र पनि बनाइदिन्छ भन्ने गरिन्छ । फ्रान्सको साउदर्न ब्रिटानी विश्वविद्यालयका…
प्रेमको टेप
नव दुलहा अर्ल डिक्सनलाई एक जना व्यक्तिको चिन्ता लाग्थ्यो- हेल्चेक्र्याइँ गर्ने उनकी पत्नीको । कारण, तिनकी पत्नीले खाना पकाउँदा उनको घरी चक्कुले हात काटिने, घरी औँलाहरू पोल्ने हुन्थ्यो । त्यो समयमा डिक्सनले मेडिकल टेप उत्पादन गर्ने कम्पनीमा जागिर गर्ने भएकाले…
सबैभन्दा महान् डाक्ट
प्राचीन चीनको युद्धकालीन समयमा बियान क्वे नाउँ गरेका एक जना प्रसिद्ध डाक्टर थिए । उनका अन्य दुई दाजुहरू पनि डाक्टर नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै एक दिन वेइ भन्ने देशका राजाले उनलाई प्रश्न सोधेछन्, “तिमी र तिम्रा…
क्यान्सरलाई समेत जित्ने हाँसो
के यहाँहरूलाई हाम्रो शरीरमा क्यान्सरलाई परास्त गर्ने विशेष लडाकाहरू हुन्छ भन्ने तथ्य थाहा छ त ? ती हुन् प्राकृतिक विनाशक कोषिका(Natural Killer Cell), जसलाई NK कोषिका भनिन्छ । बाहिरबाट शरीरभित्र प्रवेश गर्ने भाइरस वा कीटाणुहरूलाई प्रतिरक्षा प्रणालीले नष्ट गर्न सक्छ,…
मानिसलाई विभेद गर्ने क्याफे
फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट सहर, नाइस(Nice)को कुनै एउटा क्याफेको मेन्यूमा कफीको मूल्य यसरी तोकिएको थियो : “कफी” मात्र भन्यो भने १० डलर, “कफी ल्याइदिनुहुन्छ कि ?” भन्यो भने ६ डलर, अनि “कृपया, एक कप कफी ल्याइदिनुहुन्छ कि ?” भनेर…
धैर्यता र सहनशीलताद्वारा
सन् १९३२मा संयुक्त राज्य अमेरिकास्थित सान फ्रान्सेस्कोमा जन्मिएका बिल पोटर, जन्मिएदेखि मानसिक पक्षघातले ग्रस्त थिए । उनी गाह्रो गरी बोल्थे, ढाँड पनि कुप्रो परेको थियो, अनि उनको दाहिने हात र खुट्टामा समस्या थियो । उच्च विद्यालयबाट स्नातक तह उत्तीर्ण गरेपछि…
टि-म्याक टाइम
सन् २००४ डिसेम्बर ९ तारिखमा संयुक्त राज्य अमेरिकाको दुई वटा बास्केटबल टोली- ह्यूस्टन रकेट र सान आन्टोनियो स्पर्सबीच बास्केटबल प्रतिस्पर्धा भएको थियो । खेल सिद्धिन ४१ सेकेन्ड मात्र बाँकी हुँदा खेलको स्कोर ६८:७६ थियो, ह्यूस्टन रकेट ८ अङ्कले पछि परेको…
आमाको विश्वास
सन् १९६० सेप्टेम्बर १७ तारिखमा रोम ओलम्पिक हेरिरहेका थुप्रै मानिसहरूको ध्यान एक जना अमेरिकी महिला खेलाडीमा केन्द्रित भयो । ती महिलाले १०० मिटर दूरीको दौड ११ मिनेटमा पार गरेर स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यसपछि २०० मिटर र ४००…
योचाहिँ ( ) हो
यसले तपाईंको हृदयमा हलचल मच्चाइदिन्छ । यसले तपाईंलाई जे गर्न पनि तम्तयार गराइदिन्छ । यो छ भने गुनासो नै आउँदैन । यो पाउनलाई अर्को कुनै कुरा गुमाउनुपर्छ । तपाईंले यसलाई आफ्नो हृदयमा मात्र सीमित हुन दिनुहुँदैन । योचाहिँ तपाईंले आफ्नो…
बिर्सिने आशिष्
अघिदेखि खोजिरहेको गाडीको चाबी हातमै छ त । तिमीले हराएको फोनको घण्टीको आवाज त घर्राभित्रबाट आइरहेको छ । तिमीले धुइँधुइँती खोजिरहेको रिमोट मैले फ्रिजभित्र भेट्टाएँ । आफ्नो बिर्सिने बानीका कारण यहाँहरूले यीमध्येको एउटा अवस्था भए पनि अनुभव गर्नुभएको छ होला…
हरेक दिन मीठो खाने
कुनै एक निम्न माध्यमिक विद्यालयका एक जना शिक्षकले विद्यार्थीहरूलाई सोधेछन् । “एक जना मानिसले बजारबाट १० वटा स्याउहरू किनेछन्, तर घर आएर नियालेर हेर्दा त हरेक स्याउमा कुनै न कुनै खराबी थियो । ती स्याउहरूलाई लगेर साट्न पनि अप्ठ्यारो थियो,…
स्वतन्त्र अभियन्ताकी छोरी
पहिलो विश्व युद्ध चर्किएको सन् १९१५मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा दोस्रो पुस्ताको कोरियाली अमेरिकी सुसान आनको जन्म भयो । प्रशान्त युद्ध1 छेडिएको समयमा तिनी अमेरिकी नौसेनामा भर्ती हुनको निम्ति स्वेच्छाले लागिन्, तर तिनी एक एसियाली नागरिक भएकीले अधिकृत…
सुरु गर्ने समय
शक्तिशाली आँधीका कारण छानो भाँचिएको एउटा घर थियो । पानी पर्दा छतबाट पानी चुहिने भए पनि घरधनीले छत मर्मत गर्नेबारे सोच्नसमेत सकेन । घरधनीले सोच्यो, ‘पानी पर्न रोकिएपछि छत मर्मत गर्नुपर्ला ।’ पानी पर्न रोकिएपछि सफा आकाश देखेर घरधनीले आफ्नो…
सुरक्षितसाथ लड्ने तरिका
जुडोचाहिँ दुई जना खेलाडीहरूले एक-अर्काको हात समाउँदै विपक्षीको शक्ति प्रयोग गरेर एक-अर्कालाई हुत्त्याउने, पछार्ने, थिच्ने अथवा धकाल्ने खेल हो । जुडो सिकाइँदाखेरि सबैभन्दा पहिला, आक्रमण गर्ने तरिकाभन्दा पनि ब्रेक फल्स(break-falls, लड्ने तरिका) अभ्यास गराइन्छ । ब्रेक फल्स भनेको विपक्षीले एक्कासि…
अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’
प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको…
परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने
परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन ।…
परिवारको प्रबल पक्ष बढाउने !
कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन ।…
परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !
खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ…
सँगै खेलौं, ‘खुशीको खेल’
सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो…
हाम्रो प्यारो घर ‘Sweet Home’
प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’…