विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
बच्चाहरूसँग गरिने ‘भावनात्मक कुराकानी’
बच्चाहरू भएको घर कुनै दिन पनि शान्त हुँदैन । बच्चाले, भनेको कुरा बुझ्ने भएर आफ्ना विचारहरू राख्न थालेसँगै बच्चा र बुबा-आमाबीच व्यापक द्वन्द्व सृजना हुन थाल्छ । एकदमै सुन्दर र प्यारो बच्चा नै भए पनि जिद्दी व्यवहार र झर्कोफर्को गर्दाखेरि बुबा-आमामा सबै कुरा छोडेर जाने मन पनि आउँछ । भनेको कुरा बच्चाले नमान्नु स्वाभाविकै हो । ऊ पनि मानिस भएकोले उसका केही चाहनाहरू हुन्छन्, अनि उसले आफ्नै तरिकाले सोच्ने गर्दछ । मानसिक र शारीरिक रूपमा अपरिपक्व भए पनि, अनि जरैदेखि मार्गनिर्देशनको आवश्यकता परेको भए पनि, सानै छ भनेर बेवास्ता गर्नुको सट्टा उनीहरूलाई सोच्न र बुझ्न सक्ने बन्नमा सहयोग गर्नुपर्छ । ‘सानो बच्चालाई के थाहा ?’ भन्ने सोच्दै बुबा-आमाको कुरा सुन्नैपर्छ भन्ने मनोवृत्ति लिएर बच्चासित व्यवहार गऱ्यो भने द्वन्द्व र सङ्घर्षको…
चक्लेट मिल्क
मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो । त्यसैले म कहिलेकहीँ निराश हुन्थें । तर हिजोआज उहाँले प्रायः खाजाहरू, आइसक्रिम र हाम्रा बच्चाहरूलाई मन पर्ने कुराहरू ल्याउनुहुन्छ । वास्तवमा हाम्रा छोराहरूले बनाना मिल्क मन पराउँदैनन्, र उहाँले उनीहरूका लागि भनेर किनेर ल्याउनुभएकोले मैले साँचो कुरा उहाँलाई बताउन सकेकी थिइनँ । त्यसैले मैले “विभिन्न खानेकुरा किनेर ल्याउनु राम्रो छ । हाम्रा छोराहरूलाई चक्लेट मिल्क र स्ट्रबेरी मिल्क मन पर्छ” भनेर उहाँलाई सङ्केत दिएँ । तर त्यसपछि पनि उहाँले बनाना मिल्क नै किनेर ल्याइरहनुभयो । त्यसैले मैले नचाहँदा-नचाहँदै ती सबै…
होङ सन ओग / सउल, कोरिया
“हाम्रो घरमा पनि पारिवारिक भेला गरौं !”
विद्यालयमा कक्षा बैठक भन्ने हुन्छ, अनि कम्पनीहरूमा टोली बैठक र कार्यकारी सम्मेलन जस्ता विभिन्न किसिमका भेलाहरू आयोजना गर्ने गरिन्छ । कुनै सङ्गठन सञ्चालनको निम्ति भेलाचाहिँ स्वाभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा सङ्गठन हो, जसमा समझदारी र सहमतिको निम्ति भेला आवश्यक हुन्छ । कसैले “पारिवारिक भेला गर्ने गर्नुभएको छ ?” भनेर सोध्यो भने “एक-अर्कासित मुश्किलले भेट हुन्छ,” “मेरो बच्चा अझै सानो छ,” “भेलामा खै के कुरा गर्ने र ?,” “उनीहरूले मैले भनेको सुने भइहाल्यो नि, भेला किन चाहियो र ?” यसरी प्राय: मानिसहरू पारिवारिक भेला आवश्यक नरहेको कुरा बताउने गर्छन् । व्यस्त औद्योगिक जीवनका कारण बुबा बाहिरको काममा, आमा घरायसी काममा, छोरा-छोरीहरू विद्यालयको अध्ययनमा व्यस्त रहने गर्छन् । यसकारण प्राय:जसो परिवारमा धेरै सदस्यहरू नभए तापनि पारिवारिक…
लोभ हटाएमा खुशी भरिन्छ !
नव वर्षको पहिलो दिन, सबै मानिसहरूको नव वर्षको शुभकामना सन्देश फरक-फरक हुने गर्छ, तर खासमा उनीहरूको कामना भने एउटै हुन्छ । त्यो नै ‘जीवन सुखी बनोस्’ भन्ने हो । खुशीको मापदण्डचाहिँ प्रत्येकको विचारअनुसार फरक हुन्छ । कसैले आफूसँग धेरै पैसा भएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन् भने कसैले धेरै ख्याति कमाएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन्, अनि कोहीचाहिँ आफूसँग अधिकार भएमा खुशी हुन सकिन्छ भनेर विश्वास गर्ने गर्छन् । तर एक जना करोडपति जे गोउल्डले मर्नुअघि “म संसारको सबैभन्दा दयालाग्दो मानिस हुँ” भनेका छन् । यूरोप कब्जा गर्न सफल भएका सम्राट नेपोलियनले “मेरो जीवनमा म साँच्चिकै खुशी भएको समयचाहिँ जम्मा ६ दिन थियो” भनी स्वीकारे । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई आफ्नो जीवनको सबैभन्दा खुशीको दिन…
बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान
मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म मृत्युको मुखबाट उम्कें, तर मेरो कम्मरदेखि मुनिको भाग पक्षाघात हुने खतरामा थियो । मलाई जसरी भए पनि निको पार्नको लागि खेतबारीसमेत बेच्नुभएका मेरो बुबा-आमा हुनुभएकोले म लङ्गडी भए पनि हिँड्न भने सक्ने भएँ । मप्रति क्षमाप्रार्थी हुनुभएका बुबाले मलाई एक चोटि पनि गाली नगरी मायाले हुर्काउनुभयो । तर किशोरावस्थाबाट गुज्रने क्रममा निराश भएकी मैले, मेरो निम्ति कुनै कसर बाँकी नराख्नुभएका बुबा-आमालाई दोष दिँदै पढाइ छोड्ने निर्णय सुनाएँ । बुबाले मेरो भविष्यको खातिर कम्तीमा विद्यालयबाट उत्तीर्ण गर्नुपर्छ भन्नुहुँदै सम्झाउन खोज्नुहुँदा मलाई…
हा जङ ओ / जिन्जु, कोरिया
घरायसी काम बाँडफाँडमा अचम्मको शक्ति छ ।
खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने, सामान मिलाउने, फोहोर व्यवस्थापन गर्ने, किनमेल गर्ने ... घरको काम दिनहुँ दोहोरिरहन्छ । गर्छौं तापनि त्यो देखिँदैन, तर गर्दैनौं त तुरुन्त प्रकट भइहाल्छ । घरको काम सरल र नगण्य देखिए तापनि यसको कारणले धेरै परिवारहरूमा कलह उत्पन्न हुन्छ । ‘तिमीले मलाई घरको काममा सघाउँदा के बिग्रिन्छ र ?,’ ‘हैन, दिनभरि काम गरेर आएको मान्छेलाई कति सताउन सक्नुभएको होला ?’ ‘आमाले नै यसो मिलाइदिनुभए हुन्छ नि’ ... समस्याचाहिँ घरको काम होइन, तर परिवारजनको सोचाइबीचको भिन्नता हो । कहिलेकहीँ घरको काम नगण्य र अनौठो लाग्नु तीतो यथार्थता हो । तर यदि भाँडा माझ्ने ठाउँ जुठा भाँडाहरूको दुर्गन्धले भरिएको छ, रेफ्रिजेरेटर रित्तो छ, फोहोर जताततै छरिएको छ, र नधोएकोले फोहोरै लुगा फेरि लगाउनुपऱ्यो भने के…
साँच्चै राम्रो गऱ्यौ !
एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो । “हेलो ! सानो बाबुको हातमा यो के हो नि ?” मैले त्यसरी सोध्दा उसकी आमाले नै जवाफ दिनुभयो । “यो त दिवा बाल-स्याहार केन्द्रकी शिक्षिकाले लगाइदिनुभएको छाप हो । उसलाई नुहाइदिँदाखेरि मेटाउन खोजेकी थिएँ, तर उसले रोएर मेटाउन नदिएकोले मैले त्यो मेटाइनँ । यसकारण त्यो छाप जस्ताको तस्तै छ ।” आमाले नुहाइदिँदा प्रशंसाको छाप मेटिने हो कि भनेर चिन्तित बनेको बालकको स्वरूपलाई सोच्दै म भित्रभित्रै मुस्काएँ । तब मलाई ‘प्रशंसाले ह्वेल माछालाई पनि नचाइदिन्छ’ भन्ने वाक्यांश याद आयो । जनावरहरू…
छोइ सग हुइ / सङनाम, कोरिया
छोरा-छोरीहरू किशोरावस्थामा छन् भने
बच्चाहरू आमाबाट एकछिन मात्र छुट्टिनुपऱ्यो भने आकाशै खसेझैँ गरेर डाँको छोडेर रुने गर्छन् भने आमालाई देख्यो भने तुरुन्त मुस्काउँछन् । आमाले जे भने पनि उनीहरू सजिलै विश्वास गर्छन् । तर बच्चा हुर्किएर विद्यालय जान थालेपछि उसलाई आफ्नी आमासँग भन्दा साथीहरूसँग बढी समय बिताउन मन पर्छ, अनि उसले आमासँग कुराहरू लुकाउन थाल्छ । अझ उसमा झट्टै रिसाउने स्वभाव देखा पर्छ । अनि उसले बाहिरी स्वरूपमा बढी ध्यान दिने र आफ्नो कोठाको ढोका बन्द राख्ने गर्छ । यी सबै किशोरावस्थामा पुगेपछि देखा पर्ने स्वभावहरू हुन् । किशोरावस्था भनेको कुनै पनि बच्चाले वयस्क बन्ने क्रममा भोग्ने पीडाजस्तै हो । बुबा-आमाले पनि त्यो पीडा सँगै सहनुपर्ने हुन्छ । बच्चाहरूले आफ्नो शारीरिक र मानसिक परिवर्तनप्रति अनौठो महसुस गर्छन् भने बुबा-आमाचाहिँ आफ्ना बच्चाहरूको अनियन्त्रित व्यवहारप्रति चिन्तित…
के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?
बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो । पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो ।’ तर हिजोआज यो एउटा पुरानो भनाइमा मात्र सीमित छ जस्तो लाग्छ । अहिले सम्बन्धविच्छेद दर वर्षैपिच्छे वृद्धि भइरहेको छ, अनि पति-पत्नीबीच झगडा भएर रिसको झोँकमा पूरै घरै आगो लगाइदिने जस्ता विभिन्न दुर्घटना तथा अपराधहरू भइरहेको छ । भनिन्छ, हुरी चलेपछि बल्ल शान्ति छाउँछ, तर यदि हुरीले सीमा नाघ्यो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो पर्नेछ । माटोको भाँडा थोरै मात्र चर्केको छ भने त्यो आखिरमा फुटेरै छाड्छ । त्योजस्तै पति-पत्नीबीचको झगडा पनि जतिसुकै सानै भए पनि यदि लगातार…
प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा
मैले भाँडा माझिरहेको बेला मोबाइलमा घण्टी बज्यो । ‘आमा’ हेरेर मात्र पनि मैले यसो अनुमान लगाएँ । आमाले घरमा बनेका केही परिकारहरू लिन बोलाउन फोन गर्नुभएको हो जस्तो लाग्यो । ‘मैले पहिला फोन गर्नुपर्ने’ भनेर म क्षमाप्रार्थी भएँ । मेरा चार दिदीहरू र एक जना भाइ छन् । मेरो उमेर ४० कटिसकेको भए पनि आमाको नजरमा म अझै पनि उहाँलाई पिरोलिरहने कान्छी छोरीजस्तै छु । वास्तवमा सबैभन्दा कान्छोचाहिँ मेरो भाइ हो, तर ऊ अलि परिपक्व भएकोले होला आमाले मलाई कान्छोलाई झैँ व्यवहार गर्नुहुन्छ । मैले बच्चाले जस्तै “आमा” भन्दै फोन उठाएँ । मेरो अनुमान सही रहेछ । अघिल्लो दिनमा भेटघाटको लागि आउनुभएका मेरा काका-काकीले आमालाई फलफूल, मासु इत्यादि भोजनहरू टन्नै दिएर जानुभएको रहेछ, आमाले मलाई आएर केही लैजानको लागि बोलाउनुभयो…
इ सु जा / गुमी, कोरिया
हराएको जुत्ता फिर्ता
मेरी हजुरआमा सधैँ मलाई थप केही दिन चाहनुहुन्छ । म प्राथमिक तहमा छँदा मैले परिश्रमसाथ पढाइ गरोस् भनेर उहाँले मलाई टेबिल किनिदिनुभयो, अनि माध्यमिक र उच्च माध्यमिक तहको लागि मलाई पोशाक किनिदिनुभयो । म कलेज विद्यार्थी भएर एकलै बस्दाखेरि उहाँले विभिन्न परिकारहरू बनाएर पठाइदिनुहुन्थ्यो । उहाँले मलाई केही कुरा चाहिएको छ कि भनेर सधैँ सोध्ने गर्नुहुन्छ । केही वर्षअघि छुसग भनिने कोरियाली राष्ट्रिय बिदाको समयमा मेरी हजुरआमाले मलाई जुत्ता उपहार दिनुभयो । उहाँले मेरी फुपू र बहिनीलाई, मलाई सुहाउने आधुनिक डिजाइनको जुत्ता छान्न लगाउनुभएको रहेछ । बिदा सकेर फर्किंदा मैले नआउनू भने पनि उहाँ मलाई बिदाइ गर्न मेरो पछि-पछि बसपार्कसम्मै आउनुभयो । उहाँको न्यानो प्रेमले भरिएर म बस चढें, तर खै किन हो, मन खिन्न भइरहेको थियो । त्यसको केहीबेरपछि…
ओ जिन ह्वी / आन्याङ, कोरिया
उग्र बतासमा पनि नढल्ने बलियो घर बनाउने
प्रेम र भरोसाद्वारा एकताबद्ध भएको परिवार, एउटै डोरीमा बाँधिएर निर्माण भएको घर । यस्तो घर जस्तोसुकै उग्र बतास चले पनि नडगमगिने बलियो घर हो । मनग्गे धन र सम्मानका साथ जिए तापनि यदि मायालु परिवार नै छैन भने त्यो धनको के अर्थ ? समाजमा जतिसुकै सफलता हासिल गरेको मानिस नै भए पनि यदि उसले आफ्नो परिवारको राम्रो हेरचाह गर्दैन अथवा परिवारमा मान्यता प्राप्त गरेको छैन भने उसले साँचो खुशी महसुस गर्न सक्नेछैन । तर ठीक विपरीत, संसारका मानिसहरू सबैबाट आलोचना पाए तापनि यदि उसलाई विश्वास गर्ने र प्रोत्साहन दिने उसको परिवार छ भने ऊ एक दिन निश्चित आफ्नो खुट्टामा उभिन सक्नेछ, किनभने उसको परिवारले उसलाई अति महत्त्वपूर्ण व्यक्तिको रूपमा समर्थन गर्छ । “परिवार खुशी भएमा सबै कुरा राम्रो हुन्छ” भन्ने…
खुशी परिवारको अत्यावश्यक सद्गुण, ‘धन्यवाद’
नेल्सन मन्डेला, जातिवादको विरुद्धमा लडेकाले सजायस्वरूप २७ वर्षको कारावास जीवन बिताएर सन् १९९०मा मुक्त भए । मानिसहरूले ७० वर्षका मन्डेला कुप्रो बूढोको स्वरूपमा बाहिर निस्कन्छन् भन्ठानेका थिए, तर तिनी एकदम स्वस्थ र तन्दुरुस्त स्वरूपमा बाहिर निस्केका देखेर मानिसहरू छक्क परे । एक जना पत्रकारले त्यसको राज सोध्दाखेरि नेल्सन मन्डेलाले यस्तो जवाफ दिए : “मैले जेलमा सधैँ परमेश्वरलाई धन्यवाद चढाएँ । आकाशतिर हेर्दा पनि धन्यवाद चढाएँ, जमिनमा हेर्दा पनि धन्यवाद चढाएँ, पानी पिउँदा पनि, खाना खाँदा पनि, श्रम शिविरमा काम गर्दा पनि धन्यवाद चढाएँ । मैले सधैँ धन्यवाद चढाएकोले यसरी स्वस्थ रहन सकेको हुँ ।” क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीको गाडी दुर्घटनामा परेर पूरै शरीर तेस्रो डिग्रीसम्म जल्यो । सुन्दर र फुर्तिला तिनको स्वरूप अब भने रहेन । पूरै शरीरमा पट्टी…
रिसाहा संसार, घरदेखि नै यसलाई सच्च्याऔं !
हिजोआज संसार ‘रिसलाई नियन्त्रण गर्न नसक्ने’ बन्दैगएको छ । राजमार्गमा एक जना सवारी चालकले लेन मिच्दा अर्का सवारी चालकले रिसाउँदै बीच सडकमै झ्याप्प ब्रेक लगाएर एक्कासि आफ्नो गाडी रोकेछन् । उनीपछिका चालकले त जसोतसो ब्रेक हान्न भ्याए, तर त्यसपछिका ५ वटा गाडीहरू एक-अर्कासँग नराम्ररी बजारिएर ठूलो दुर्घटना हुन पुग्यो । यसले गर्दा १ जना निर्दोष चालकको घटनास्थलमै मृत्यु भयो भने बाँकी ४ जना चालकहरू गम्भीर घाइते भए । यता आफ्नो अपार्टमेन्टको भुइँ तलामा भएको होहल्लाका कारण एक जना मानिसले ज्यादै क्रोधित भएर भुइँ तलामा आगो सल्काइदिए, जसले गर्दा २ जनाको ज्यान गयो । एक जना छोराले आफूलाई अनुशासन सिकाइरहनुभएका बुबा-आमाको हत्या गऱ्यो । अनि एक जना कर्मचारीले भनाभन परेको निहुँमा आफ्नै सहकर्मीको हत्या गऱ्यो । यसरी रिसलाई नियन्त्रण गर्न नसक्दा…
सन्तानोचित कर्तव्य भनेको …
हालसालै मेरो दाहिने नाडीमा चोट लाग्यो । बिस्तारै आफै निको हुन्छ होला भनेर मैले त्यसलाई खासै ध्यान दिइनँ । तर दिन बित्दैजाँदा दुखाइ झन्-झन् बढ्दैगयो । तैपनि मैले नाडीमा पट्टी बाँधेर रुमाललाई तातो पानीमा भिजाएर सेक्दै दुखाइ कम गराउन कोसिस गरें । सायद मेरो त्यो दयनीय स्वरूप देखेर होला, माध्यमिक तहमा अध्ययनरत मेरा दुई छोरीहरूले सबै घरायसी कामहरूमा सघाए । खाना खाएपछि उनीहरूले भाँडा माझे र पालैपालो घर सफा गरे । प्राथमिक तहमा पढ्ने मेरो कान्छो छोराले समेत यसो भन्यो, “आमा, म तपाईंको शिर नुहाइदिन्छु नि । तपाईंले त्यो सुन्निएको हात चलाउनुहुँदैन ।” अनि फोहोर भएको शौचालय सफा गर्ने कुराचाहिँ हातको दुखाइका कारण म सोच्न पनि सक्दिनथें । “यहाँ सफा गर्नुपर्ने भएछ ... तर कसरी गर्ने होला ?” भनेर मैले…
जाङ सुन ह्याङ / सउल, कोरिया
खुशी परिवार आराधना
शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका ‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने समय लिन्छौं । “मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्ह होऊन् । तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर हुँ भनी जान्नेछौ ।” इजकिएल २०:२० समय शबाथको तयारीको दिन शुक्रबार साँझ आराधना गर्ने । समयचाहिँ परिवारको अवस्थाअनुसार मिलाउने । क्रम १. तयारी भजन पारिवारिक आराधनाको तयारी गर्ने क्रममा नयाँ भजनद्वारा परमेश्वरलाई महिमा चढाउने । (अवस्थाअनुसार यो क्रम छोड्न पनि सकिन्छ ।) २. प्रतिनिधि प्रार्थना परिवारका सदस्यहरूले पालो तोकेर प्रार्थना गर्दा, प्रार्थनालाई जीवनको हिस्सा बनाउनमा धेरै सहयोग मिल्नेछ…