विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
घर खुशी हुँदा सबै ठीक हुन्छ ! खुशीको सुरुवात घरबाटै
मानिसहरूलाई तिनीहरूको परिवारको आदर्श वाक्य के हो भनेर सोध्दा प्रायःले “घर खुशी हुँदा सबै ठीक हुन्छ” भने । परिवार मिलापमा रह्यो भने सबै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवारचाहिँ समाज र देशको आधार हो, जीवनको सुरुवाती बिन्दु हो । त्यसकारण परिवार मिलापमा रहेमा समाज बलियो र देश स्थिर हुन्छ भनिएको हो । मिलापी परिवारको रहस्य वीरको परिवारमा सधैँ झगडा हुन्छ, झगडा नगरेको त एक दिन पनि छैन । एकदिन वीरले गाईलाई पहाडमा चराउन कतै बाँधेछन्, तर दाम्लो खुकुलो भएकोले गाईले पूरै खेत दौडेर बालीनाली नाश गरेछ । तिनले गाईलाई समातेर गोठमा बाँधेपछि पत्नीलाई हकार्छन्, “हैन तिमीले बिहान गाईलाई राम्ररी घाँस दिइनौ ? किन त्यसलाई भोकै राखेर यसलाई बौलाउने गरायौ ?” पतिबाट गाली पाएकी पत्नीले त्यो रिस बुहारीमाथि पोख्छिन्,“तिमी…
खुशी परिवार आराधना
शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका ‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने समय लिन्छौं । “मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्ह होऊन् । तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर हुँ भनी जान्नेछौ ।” इजकिएल २०:२० समय शबाथको तयारीको दिन शुक्रबार साँझ आराधना गर्ने । समयचाहिँ परिवारको अवस्थाअनुसार मिलाउने । क्रम १. तयारी भजन पारिवारिक आराधनाको तयारी गर्ने क्रममा नयाँ भजनद्वारा परमेश्वरलाई महिमा चढाउने । (अवस्थाअनुसार यो क्रम छोड्न पनि सकिन्छ ।) २. प्रतिनिधि प्रार्थना परिवारका सदस्यहरूले पालो तोकेर प्रार्थना गर्दा, प्रार्थनालाई जीवनको हिस्सा बनाउनमा धेरै सहयोग मिल्नेछ…
परिवारलाई खुशी दिलाउने प्रशंसा, ‘राम्रो गर्नुभयो !’
“प्रिय / अँ भन । / घर पछाडि राखेको चल्ला देख्नुभयो कि ? / अँ देखें । / कहाँ गएछ ? / ए, मेरो शरीर कमजोर र बूढो भएकोले मैले त खाइदिएँ । / ए राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, मलाई तपाईंप्रति गर्व छ !” योचाहिँ ‘राम्रो गर्नुभयो’ भन्ने प्राचीन कोरियाली गीतको एउटा अंश हो । निष्पक्ष रूपले हेर्दाखेरि ती पतिले गरेको काम कदापि राम्रोचाहिँ होइन । त्यो चल्लालाई हुर्काएर ठूलो भएपछि बेचेको भए गतिलो रकम आर्जन गर्न सकिन्थ्यो । तर पत्नीसँग सल्लाह पनि नगरी तिनले त्यो खाइदिए । यदि पत्नी रिसाएकी भए पनि पतिले बोल्ने ठाउँ हुनेथिएन, तैपनि तिनकी पत्नीले राम्रो गर्नुभयो भन्दै उल्टै प्रशंसा गरिन् । यो गीत लोकप्रिय बन्नुको कारणचाहिँ पतिको अपरिपक्व व्यवहारको बाबजुद…