निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

विपत्ति पार हुने कारण, निस्तार-चाड

परमेश्वरले दियाबलसको शक्तिलाई नष्ट गर्न र आफ्ना सन्तानहरूलाई अनन्त जीवन दिन निस्तार-चाड स्थापना गर्नुभयो । हुन त हाम्रा सियोनका परिवारहरूलाई निस्तार-चाडको महत्त्व राम्ररी थाहा छ, तापनि निस्तार-चाडद्वारा विपत्ति पार हुने कारण के हो भन्नेबारे हामीले अझ ध्यानपूर्वक अध्ययन गर्न आवश्यक छ । निस्तार-चाडको साँचो अर्थ के होला ? हामीबाट विपत्ति पार गराउने निस्तार-चाडको शक्तिको स्रोत के होला ? परमेश्वरको सामु विनम्र भएर यसबारे बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । निस्तार-चाडको थुमाको रगतद्वारा विपत्ति पार निस्तार-चाडचाहिँ करीब ३,५०० वर्षअघि स्थापना गरिएको परमेश्वरको चाड हो । इस्राएलीहरू मिश्रमा दासत्वको जीवन जिइरहेका बेला परमेश्वरले तिनीहरूलाई छुटकारा दिन फारोलाई आज्ञा गर्नुभयो । तर फारोले मानेन र परिणामस्वरूप परमेश्वरले मिश्रमाथि दश विपत्तिहरू झारिदिनुभयो । पवित्र पात्रोअनुसार पहिलो महिनाको चोधौँ दिनको साँझमा परमेश्वरले मिश्रमाथि, पहिले जन्मेकाहरू…

तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने

ख्रीष्टको बारेमा गवाही दिइरहेका पत्रुस र यूहन्नालाई पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरूले पक्राउ गरे । उनीहरू दुवै जनालाई “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी आज्ञा दिइएको भए पनि, उनीहरूले साहसका साथ ख्रीष्टको इच्छा प्रचार गरे । पत्रुस र यूहन्नालाई सजाय दिने कुनै उपाय नभेटेपछि, अधिकारीहरूले तिनीहरूलाई छोडिदिए । छुटकारा पाएर पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ आए र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू तिनीहरूलाई बताइदिए । जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने । “हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस् । येशूको नाउँद्वारा पवित्र कार्य गर्नुहोस् ।” तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र…

गेहेन्ना

१. ठाउँको नाउँ हिब्रू भाषामा ‘गे-हिन्नोम’ (हिन्नोमको बेँसी) र ग्रीक भाषामा ‘गेहेन्ना’ भनिने शब्द प्राचीन यरूशलेमको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो बेँसीको नाउँ हो । यो ठाउँचाहिँ इस्राएलका राजाहरूको समयमा, प्रजाहरूले साना बालबालिकाहरूलाई आगोमा बलि गरेर आफ्नो देवतालाई अर्पण गर्ने कुख्यात ठाउँ थियो । प्राचीन समयमा, इस्राएलीहरूले अज्ञात देवता मोलोख(साँढे आकारको एक मूर्ति)लाई बलि चढाउने गर्थे । त्यो साँच्चै अति घिनलाग्दो कार्य थियो: तिनीहरूले फलामको मूर्ति बनाएर त्यसलाई आगोमा रातो नहोउञ्जेल तताउँथे, र बेसरी तातिएको फलामे मूर्तिको दुवै हातमा आफ्ना कलिला छोरा-छोरीहरूलाई बलि गर्थे । “यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, परमप्रभु भन्नुहुन्छ ... आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन–हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन् । यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा…

उद्धार गर्ने कर्तव्य

सुरुङमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्यो । चालकले तुरुन्त आफ्नो ट्रकमा भएको अग्निशामक यन्त्रद्वारा आगोलाई नियन्त्रण गर्न खोजे तर त्यसबाट भएन । त्यही बेला, सुट लगाएका तीन जना व्यक्तिहरू कारलाई रोकेर बाहिर निस्केर चालकलाई बाहिर निकाले, र सुरुङमा आगो निभाउनलाई जडान गरिएको पानीको पाइप तानेर ट्रकको आगो निभाउन थाले । सुरुङको बाटोलाई ढाकेको आगोको मुस्लो र धूवाँसित जुध्दै उनीहरूले निडरका साथ गरेका प्रयत्न, अनि खबर पाएपछि आएको दमकलको सहयोगद्वारा अन्ततः ३० मिनेटमै आगोलाई पूर्ण रूपमा निभाउन सकियो । यसरी तुरुन्तै द्रुत गतिमा कार्य गरेर दुर्घटनालाई अझ खराब हुनबाट जोगाएका ती मानिसहरू वास्तवमा आफ्नो आफन्तको अन्त्येष्टिमा जाँदैगरेका अग्नि नियन्त्रकहरू थिए । कुनै सुरक्षात्मक सामग्रीविना नै आगोको सामना गरेका उनीहरूले “यस्तो अवस्थामा कुनै पनि अग्नि नियन्त्रक स्वाभावतः आगो निभाउनलाई अगि बढ्छ ।…

हामीले किन निस्तार-चाड मान्नुपर्छ ?

हाम्रो परमेश्वरको मण्डलीमा प्रत्येक वर्ष निस्तार-चाड मान्ने गरिन्छ । कसै-कसैले “विश्वासको जीवनमा औपचारिकताभन्दा विश्वास अझ महत्त्वपूर्ण छ” भन्ने गर्छन् । निस्तार-चाड मान्नैपर्छ र ? हामीले परमेश्वरलाई विश्वास गर्ने भएकोले हामी निस्तार-चाड मान्छौं । एउटा उदाहरण दिन्छु, यदि बिरामीले डाक्टरलाई भरोसा गर्छु भन्छ, तर डाक्टरले भनेअनुसार गर्दैन भने के हुन्छ होला ? बिरामीले डाक्टरलाई भरोसा गर्छ भने उसले डाक्टरको निर्देशनलाई पछ्याउँछ । त्यसै गरी पापी भएका हामीहरूले मुक्तिदाता हुनुभएका परमेश्वरलाई विश्वास गर्छौं भने परमेश्वरले मान्नू भनी आज्ञा गर्नुभएको पाप-क्षमाको व्यवस्था मान्नु स्वाभाविक हो । हामीले परमेश्वरलाई विश्वास गर्ने भएकोले वचन पालन गर्नुपर्छ भन्न खोज्नुभएको हो ? हजुर, हो । निस्तार-चाडचाहिँ परमेश्वरको सन्तान भएअनुरूप हामीले मान्नैपर्ने अमूल्य आज्ञा हो । किनभने योचाहिँ हाम्रो विश्वासको उदाहरणीय व्यक्ति हुनुभएका येशूज्यू स्वयम्‌ले मान्नू भनी आज्ञा…

56,863 भ्यु

तिमी अहिले जान्दैनौ

निस्तार-चाडको अघि येशूज्यू भोजनबाट उठ्नुभयो, र एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो । तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो । तब के गर्ने भन्नेबारे थाहा नभएर पत्रुसले उहाँलाई सोधे, “प्रभु, के तपाईंले मेरा गोडा धुने ?” “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ ।” “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन ।” यसरी निरन्तर नमानिरहेका पत्रुसलाई येशूज्यूले भन्नुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन ।” चेलाहरूका गोडा धोइसक्नुभएपछि उहाँ फेरि बस्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” सामान्यतया निम्न ओहदाको व्यक्तिले उच्च ओहदाको व्यक्तिको गोडा धोइदिने गरिन्छ ।…

मातृ नैसर्गिकता

प्रकृतिमा भएका सम्पूर्ण जीवित प्राणीहरू अरूको शिकार हुनबाट बच्न आ-आफ्ना प्राकृतिक शत्रुहरूबाट भाग्ने गर्छन् । तर मातृ नैसर्गिकताबाट उत्पन्न हुने साहसले ती प्राणीहरूलाई प्रकृतिको प्रबन्धविरुद्ध समेत जाने गराउँछ । जिराफले निडरतापूर्वक ५ वटा भोकाएका सिंहहरूलाई सीधै आक्रमण गर्छ, अनि सर्पसँग लड्न लोखर्केले आफ्नो ज्यानको बाजी राख्छ । त्यसको एकमात्र कारण नै आफ्ना बच्चाहरूलाई बचाउनको निम्ति हो । समुद्रमा बच्चा डल्फिनलाई आक्रमण गरेको सार्कलाई माउ डल्फिनले टाउकोले हिर्काउँदा सार्कको मृत्यु भएको घटनासमेत घटेको थियो । अबुझ वन्य जनावरको संसारमा आफ्ना बच्चाहरूलाई सुरक्षा गर्ने आमाहरूको सङ्घर्ष साँच्चै आश्चर्यजनक र हृदयस्पर्शी छ । मानिस पनि अपवादमा पर्दैन । कट्टरपन्थी आतङ्कवादी समूहको कुनै सदस्यसँग विवाह गर्न घरबाट भागेकी अपरिपक्व छोरीलाई सीधै आफैले गएर उद्धार गरी ल्याएकी आमा पनि छिन् । त्यसरी आतङ्कवादी समूहको कार्यकारी…

उहाँले भन्नुभएबमोजिम गर

गालीलको काना नगरमा एउटा विवाह-भोज थियो । येशूज्यू, उहाँकी आमा र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइनुभएको थियो । तर भोज चलिरहेको बेला दाखमद्य सिद्धियो । येशूज्यूकी आमाले चाकरहरूलाई भनिन्, “येशूज्यूले भन्नुभएबमोजिम तिमीहरूले गर ।” येशूज्यूले ६ वटा घ्याम्पातिर औंल्याउँदै चाकरहरूलाई भन्नुभयो, “यी घ्याम्पाहरू पानीले भर ।” येशूज्यूले भन्नुभएबमोजिम चाकरहरूले सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए । “अब यसलाई अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ ।” तिनीहरूले घ्याम्पाबाट एक कप पानी उघाएर मुखियाकहाँ सो लगे । तिनीहरूलाई थाहा हुनअघि नै त्यो पानी दाखमद्यमा परिणत भइसकेको थियो । विवाह हलका मुखियाले दाखमद्यमा परिणत भएको पानी चाखे, र आश्चर्यचकित भएर दुलहालाई झट्टै बोलाएर भने, “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ । तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोडेछौ…

आत्मिक संसारलाई हेरौं

हामीहरू स्वर्गीय घरको आशा गर्दै यो पृथ्वीमा प्रवासी जीवन बिताइरहेका छौं । यो दृश्य र सीमित संसारमा शरीरको लुगा लगाएकोले हाम्रो मन सांसारिक थोकहरूमा सजिलैसित आकर्षित हुन जान्छ । त्यसैले हामीहरू आत्मिक संसारलाई हेर्न सक्दैनौं । सांसारिक थोकहरूमा अल्झिँदा हामीले परमेश्वरको इच्छालाई बुझ्न सक्दैनौं । विश्वासमा बढ्न सक्दैनौं, अनि हामीमा भएको विश्वास पनि बिस्तारै सेलाउँदैजान्छ । हाम्रा विश्वासका पुर्खाहरूले अदृश्य संसार अस्तित्वमा छ, र त्यो नै अनन्तको संसार हो भनेका छन् । हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् । २ कोर ४:१८ प्राय: मानिसहरू यो दृश्य संसारमा घट्ने घटनाहरूलाई विश्वास गर्छन्, तर अदृश्य संसारलाई विश्वास गर्न गाह्रो मान्छन् । स्वर्गचाहिँ आत्मिक र अदृश्य संसार भएकोले स्वर्गको आशामा जिउने…

सेवा गर्नेचाहिँ ठूलो हुनेछ

याकूब र यूहन्नाकी आमाले येशूज्यूको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् । “तिमी के चाहन्छ्यौ ?” “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा मेरा यदि दुई छोराहरूमध्ये एक जना तपाईंको दाहिने हातपट्टि र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन् ।” यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रुष्ट भए । तर येशूज्यूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले मानिसहरूमाथि निरङ्कुश शासन गर्दछन् र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन् । तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । म पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलस्वरूप आफ्नो प्राण दिन आएँ ।” परमेश्वरको राज्यमा ठूलो हुन चाहने चेलाहरूलाई येशूज्यूले भन्नुभयो, कि जो ठूलो हुन चाहन्छ, उसले आफ्ना…

आजको मौद्रिक मापदण्डअनुसार मत्ती अध्याय १८को दृष्टान्तमा उल्लेखित दश हजार सुनको सिक्का र सय चाँदीको सिक्काको मूल्य कति हो ?

‘चाँदीको सिक्का’ र ‘सुनको सिक्का’चाहिँ नयाँ करारको समयको मुद्राका एकाइ हुन् । त्यो समयमा रोममा प्रयोग गरिने १ चाँदीको सिक्का करीब ४ ग्राम तौलको हुन्थ्यो, जुनचाहिँ एक जना आम मजदुर अथवा सैनिकले पाउने एक दिनको ज्याला थियो (मत्ती २०:१-२) । त्यसै गरी १ सुनको सिक्काचाहिँ क्षेत्रअनुसार थोरै फरक भए तापनि यसको तौल प्रायः २० देखि ४० किलोग्राम(करीब ३३ किलोग्राम)सम्म हुन्थ्यो । १०० चाँदीको सिक्काको मूल्यलाई १० हजार सुनको सिक्कासँग तुलना गर्ने हो भने हामीले परमेश्वरबाट पाएको अनुग्रह कति महान् छ, र दाजुभाइ-दिदीबहिनीको गल्ती कति सानो छ भन्ने कुरा महसुस हुन्छ । हामी मत्ती अध्याय १८मा लिखित दृष्टान्तको वचन हेरौं । तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने ? के…

प्रचारको युग

परमेश्वरले हामीलाई कुनै कुराको अनुरोध गर्नुहुँदा निश्चय नै त्यो कार्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा लुकेको हुन्छ । यो समयका हामीहरूलाई सुसमाचार प्रचार गर्ने जिम्मा दिइएको छ । योचाहिँ वास्तवमा अरूको मुक्तिको निम्ति मात्रै नभएर हाम्रो आफ्नै आत्माको मुक्तिको निम्ति हो । यो वास्तविकतालाई हृदयमा राखेर हामीहरू विश्वासको बाटोमा हिँड्नुपर्छ । ३,००० जना मानिसको विनाश र ३,००० जना मानिसको मुक्तिको इतिहास मोशाको समयमा परमेश्वरको अनुग्रहद्वारा इस्राएलीहरू दासत्वको देश मिश्रबाट छुटकारा पाएर कनानतिर प्रस्थान गरेका थिए । उजाड-स्थानको यात्राको क्रममा तिनीहरू सांसारिक स्वभावमा फसे । मोशा दश आज्ञा लिन सीनै पर्वतमा उक्लँदा इस्राएलीहरूले मूर्तिपूजा गरे । परिणामस्वरूप, तिनीहरूमाथि परमेश्वरको क्रोध खनियो र ३,००० जना मानिसहरू मारिए । जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई…

निकेयाको सम्मेलन र एरियसवाद

ई.सं. ३२५मा विशेष गरी एरियसवाद साथै निस्तार-चाडको विषयमा उठेको विवाद साम्य पार्नको निम्ति निकेया सम्मेलन गठन गरिएको थियो । उक्त विवादले रक्तपातसमेत निम्त्यायो, जुनचाहिँ इतिहासमा अन्धकारको अध्याय रू​पमा रहेको छ । एरियसको जिद्दी एरियसचाहिँ मिश्रको अलेक्जेन्ड्रिया मण्डलीका धर्मगुरुको रूपमा विशिष्ट पद ओगटेका व्यक्ति थिए । तिनले निम्न लिखित अनौठा सिद्धान्तहरूमा जिद्दी गर्दै सार्वजनिक आलोचना उत्पन्न गराए : १. ख्रीष्टचाहिँ शरीर धारण गर्नुभएका लोगोस हुनुहुन्छ (ग्रीकमा λóγoς जसको अर्थ हो ‘वचन’ अथवा ‘सत्य’) । २. ख्रीष्टमा परिवर्तन र कष्ट सम्भव छ । ३. तसर्थ लोगोस परिवर्तनीय छ, परमेश्वरको बराबरी छैन । एरियसको जिद्दीअनुसार, येशूज्यू परमेश्वर होइन केवल परमेश्वरको सृष्टिका थोक हुनुभएकोले उहाँ अनन्त हुनुहुन्न; अनि पुत्रचाहिँ पिता परमेश्वरको पहिलो सृष्टि भएजस्तै, पवित्र आत्मा पनि पुत्र परमेश्वरको पहिलो सृष्टि हो । मानिसहरूले…

निस्तार-चाड मानेमा के परमेश्वरबाट सुरक्षा पाउन सकिन्छ ?

हिजोआज विपत्तिसम्बन्धी खबरहरू समाचारमा धेरै सुनिन्छ । त्यसैले होला हामीबाट विपत्ति पार गराउने निस्तार-चाडबारे म अक्सर सोच्न पुग्छु । विपत्तिसम्बन्धी खबरहरू जति धेरै सुन्यो त्यति नै मुक्तिको सन्देश अमूल्य लाग्छ । निस्तार-चाडचाहिँ यसको नाउँ आफैले बताएजस्तै, हामीबाट विपत्तिहरू पार गराउने चाड हो । मानिसहरूले निस्तार-चाड मानेर विपत्तिबाट सुरक्षा पाएको घटना के वास्तवमै घटेको थियो ? हजुर, थियो ! करीब ३,५०० वर्षअघि पहिलो पटक निस्तार-चाड मनाइएको समयमा यस्तो घटना घटेको थियो । ​“तिमीहरूको पाठो खोटरहित होस्– एक वर्षको पाठो । तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू । त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् । ... त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु,…

43,938 भ्यु

भाग्य

“भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा ।” यो नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो । कुनै एक जना भिखारी थियो । त्यस भिखारीले अन्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक भाग्य लिएर जन्मेको आफ्नो परिस्थितिबारे कुनै एक जना बुद्धिमान् मानिसलाई सोधेछ, “मेरो भाग्य किन उनीहरूको भन्दा फरक भएको होला ?” तब ती बुद्धिमान् मानिसले “तिम्रो भाग्य उनीहरूको भन्दा फरक छैन । धनी मानिस र महान् व्यक्तिहरू पनि तिम्रो जस्तै भाग्य लिएर जन्मिएका हुन्छन्” भनेर जवाफ दिएछन् । उनको कुरा सुनेर त्यो भिखारीमा अलि आशा पलाउन थालेछ, अनि त्यो आफ्नो भाग्य परिवर्तन हुने आशा गर्दै जिएछ ।…

देखिने कुरा मात्र सबथोक होइन

मानवजातिले ‘सर्वश्रेष्ठ प्राणी’ को गरिमालाई जोगाउँदै, सभ्यताको क्षेत्रमा आश्चर्यजनक रूपमा प्रगति गरेको छ । तर ‘सर्वश्रेष्ठ’ भन्ने शब्दको अर्थ नै हराउने गरी, मानवजातिमा एउटा ठूलो कमजोरी छ । त्यो ठूलो कमजोरी भनेको संसारलाई आफ्नो त्रुटिपूर्ण ज्ञानेन्द्रियद्वारा बुझ्ने कुरा हो । अर्को शब्दमा भन्नुपर्दा, संसारप्रतिको हाम्रो चेतनाको स्तर ज्ञानेन्द्रियहरूमा निर्भर हुन्छ, अर्थात् हाम्रा ज्ञानेन्द्रियहरूले जति देख्न, सुन्न र महसुस गर्न सक्छन्, हामीले संसारलाई त्यही सीमाभित्र मात्र अनुभव गर्न सक्छौं । मानिसहरूले दृष्टि, श्रवण, गन्ध, स्वाद र स्पर्श जस्ता पाँच ज्ञानेन्द्रियहरूद्वारा संसारलाई बुझ्छन् । “हजार पटक सुन्नुभन्दा एक पटक देख्नु राम्रो हो” भन्ने भनाइजस्तै मानिसहरूले अन्य ज्ञानेन्द्रियहरू भन्दा दृष्टिलाई बढी विश्वास गर्छन् । कारण वस्तुहरूलाई बुझ्न वा पहिचान गर्नका लागि दृष्टिले ठूलो भूमिका खेल्छ । दृष्टिको ज्ञानेन्द्रियले धेरै जानकारीहरू सङ्कलन गरी मस्तिष्कमा…

सुसमाचारको गवाही दिने मेरो सेवकाइ म पूरा गर्न सकूँ

कोरिन्थ, एफिसस, माकेडोनिया हुँदै ग्रीस, त्रोआस, अस्सोस र मितिलेने गएपछि प्रेरित पावल मिलेटसमा आइपुगे । विभिन्न क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्ने क्रममा, पावलले ठाउँ-ठाउँमा विरोधीहरूबाट थुप्रै धम्की र सतावटको सामना गरे । मृत्युको मुखमा पनि धेरै पटक परे । अब एसियाबाट निस्केर यरूशलेम जाने बेला भएको छ । यरूशलेममा के-कस्ता परीक्षाहरू परिआउने हो, सो तिनी जान्दैनन् । एफिससमा आएका एल्डरहरूलाई पावल यसो भन्छन्, “कैद र कष्ट ममाथि परिआउँछ भन्ने पवित्र आत्माले मलाई गवाही दिनुहुन्छ । तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ । यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवाकाइ म पूरा गर्न सकूँ ।” यसो भनिसकेपछि पावल घुँडा टेकेर प्रार्थना गर्छन् । सन्तहरू ठूलो सोरमा…

गलत अभियोग

१. कल्दीहरूले दानिएलका ३ साथीहरूलाई अभियोग लगाएका बेबिलोनका राजा नबूकदनेसरले सुनको मूर्तिको सामु घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फ्याँकिने घोषणा गरे । तापनि दानिएलका तीन साथीहरू– शद्रक, मेशक र अबेद्नगोले सुनको मूर्तिलाई दण्डवत् गरेनन् । त्यस बेला, यी तीन जनाको डाह गर्ने केही कल्दीहरूले उनीहरूमाथि अभियोग लगाए, अनि उनीहरूले सजाय पाऊन् भनी राजालाई कुरा लगाए । यसै बेला केही ज्योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए । दान ३:८ ※ कल्दियाचाहिँ बेबिलोनको दक्षिणमा अवस्थित एक क्षेत्रको नाउँ थियो । कल्दीहरूले बेबिलोनमाथि शासन गर्न थालेपछि बेबिलोनलाई कल्दिया भनिन्थ्यो । राजा नबूकदनेसरको कठोर उर्दीको बाबजुद शद्रक, मेशक र अबेद्नगोले मूर्तिलाई दण्डवत् नगरेकाले राजाको क्रोध उनीहरूमाथि खनियो, र अन्तत: साधारणभन्दा सात गुणा चर्को आगोको भट्टीमा उनीहरू फ्याँकिए ।…

परमेश्वरको मण्डलीमा चाहिँ किन शनिबार आराधना गरिन्छ ?

सिस्टर, शबाथ-दिनको आशिष् प्रशस्त पाउनुहोस् । आराधना सुरु हुन अझै पनि निकै समय बाँकी छ, सिस्टर त चाँडै आउनुभएछ । भक्तिपूर्ण मनले आराधना गर्नको निम्ति आराधना समयभन्दा अलि चाँडै नै आइपुग्नुपर्छ भनेर सुनेकीले । अझ मलाई त साह्रै निद्रा लाग्छ, त्यसैले आज बिहान सबेरै उठ्न निकै ठूलो सङ्घर्ष गर्नुपरेको थियो । यसरी आफूले सिकेको कुरा पालन गर्न प्रयत्न गर्नुभएको देख्दा धेरै खुशी लाग्यो । तर तपाईंलाई एउटा कुरा थाहा छ ? म शनिबार मण्डली जान्छु भन्दाखेरि कतिपयले अनौठो मान्छन् । तिनीहरू मुन्टो बटार्दै, “हैन, आराधनाको दिन त आइतबार होइन र ?” भनेर सोध्ने गर्छन् । ए, हो र ? त्यसैले म यसबारे बुझ्न चाहन्छु । हाम्रो मण्डलीमा चाहिँ, अन्य मण्डलीहरूमा जस्तै आइतबार आराधना नगरिएर किन शनिबार नै आराधना गरिन्छ ?…

70,832 भ्यु

छुटकारा

शैतानको योजनाअनुसार पापी आत्माहरूलाई बचाउन येशूज्यू यो पृथ्वीमा शरीरमा आउनुभयो, र पापबलिको रूपमा बलिदान हुनुभयो । बाइबलमा “पापको ज्याला मृत्यु हो” भनिएको छ । त्यसैले पापी आत्मालाई बचाउनको निम्ति पाप नभएको धर्मी मानिस मर्नैपर्छ । पुरानो करारको समयमा पापी मानिसलाई छोडिदिँदा त्यो छोडिदिने व्यक्ति त्यसको सट्टामा मर्नुपर्थ्यो (१राजा २०:४२)। 【स्वर्गीय संसारबाट आएका पाहुनाहरू, अध्याय १३ ‘पहिलो आदम र अन्तिम आदम’बाट】 १. शाब्दिक अर्थ ग्रीक भाषामा छुटकारालाई ‘λυτρον [Lutron]’ भनिन्छ, जसको अर्थ दास वा बन्दीको रिहाइको सट्टामा माग गरिने रकम (फिरौती) हो । २. इतिहासमा उल्लेख गरिएको छुटकाराको अर्थ (१ राज २०:१-४३) इस्राएलका राजा आहाबले अरामका राजा बेन-हददका सेनाविरुद्ध युद्ध गरे । उनले बत्तीस राजाहरू, उनीहरूका घोडाहरू र रथहरूसमेत साथमा लिएर माथि सामरियामा (इस्राएलको राजधानी) घेरा हालेर त्यसलाई आक्रमण गरे ।…