निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

जस्तो बुबा, त्यस्तै छोरा

सन् १९२०मा एक जना महिलाले आफू रुसको अन्तिम ग्रेन्ड रानी अनास्तासिया रहेको दाबी गरिन् । बोल्शेविक क्रान्तिका दौरान रुसी राजपरिवारका सदस्यहरू निर्ममतापूर्वक मारिएका थिए । उक्त घटना घटेको २ वर्ष भएको थियो । अनास्तासियाचाहिँ रुसका अन्तिम सम्राट निकोलस द्वितीयकी चौथो सन्तान थिइन्, जो ४ जना राजकुमारीहरूमध्ये सबैभन्दा मायालु थिइन् । ती महिलाको उपस्थितिले, रुसी राजपरिवारमा घटेको दुःखद घटनाप्रति सहानुभूति जगाउनुको साथै सर्वसाधारणको ध्यान पनि खिँच्यो । ती महिलाको नाम हो एना एन्डर्सन । राजपरिवारको बारेमा विस्तृत रूपमा जानकार भएकीले, अनि राजपरिवारको शिष्टतासँग परिचित र तिनको वरपरका मानिसहरूले तिनको बारेमा गवाही दिएकाले तिनी विवादको केन्द्र बनिन् । सत्यतथ्य पत्ता लगाउन ३७ वर्षको लामो युद्धपछि सन् १९७०मा जर्मन सर्वोच्च अदालतले त्यो कुरा सत्य हो कि होइन भनेर प्रमाणित गर्न नसकिएको फैसला सुनायो…

निस्तार-चाड र मुक्तिको सत्यता

वर्तमान समयमा मानिसहरूले परमेश्वरको वचनलाई त्यागिरहेका छन् । परिणामस्वरूप संसारमा जताततै विपत्ति झरिरहेको छ, अनि संसार आत्मिक तिर्खाले छटपटाइरहेको छ (आमो ८:११; यर ४४:२३) । तापनि तिनीहरू “निस्तार-चाड हाम्रो मुक्तिसँग सम्बन्धित छैन, हामीले यो मान्न आवश्यक छैन” भन्दै निस्तार-चाडको सत्यतालाई इन्कार गर्ने गर्छन् । २,००० वर्षअघि येशूज्यूले शास्त्री र फरिसीहरूलाई तिनीहरूको ढोंगप्रति हप्काउनुभयो, र स्वर्ग-राज्यको रहस्यको ज्ञान तिनीहरूलाई चाहिँ दिइएको छैन भन्नुभयो । वर्तमान समयमा पनि परमेश्वरलाई विश्वास गर्छु चाहिँ भन्ने तर परमेश्वरको इच्छालाई सही तरिकाले नबुझ्ने मानिसहरू छन् । मानिसहरू ज्ञानको कमीले गर्दा नष्ट भएका छन् भनेर बाइबलमा भनिएजस्तै, तिनीहरूले परमेश्वरको वचन नजानेसम्म र ती पालन नगरेसम्म विनाशको बाटोमा जानुबाहेक तिनीहरूसँग अर्को विकल्प छैन (होशे ४:६; यशै ९:१६; मत्ती अध्याय २३) । विपत्तिको युगमा अझ चम्किलो गरी चम्कने मुक्तिको…

निस्तार-चाड र प्रतिज्ञाको चिन्ह

पृथ्वीका हरेक ठाउँहरूमा झरिरहेको विपत्तिका कारण अहिले सारा संसार चिन्तित अवस्थामा छ । युद्ध र द्वन्द्व मात्र होइनकि भूकम्प, सुनामी, ज्वालामुखी विस्फोटन र असामान्य मौसम परिवर्तन जस्ता विपत्तिहरू निरन्तर झर्नेछन् भनेर बाइबलमा हजारौँ वर्षअघिदेखि नै चेताउनी दिइएको थियो । हामी जिइरहेको यस पवित्र आत्माको युगमा यी सम्पूर्ण विपत्तिहरू एकै चोटि झरिरहेका छन् । परमेश्वरले आफ्ना प्रजाहरूलाई हरेक किसिमको विपत्तिबाट बचाउन यस युगमा निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएको छ । ३,५०० वर्षअघि प्रस्थानको समयमा, विशेष गरी मिश्रमा भयानक विपत्ति झर्न लागेकोले परमेश्वरले निस्तार-चाड स्थापना गरिदिनुभएको थियो । कुनै पनि विपत्ति झार्नुअघि परमेश्वरले आफ्ना प्रजाहरूलाई परमेश्वरको सुरक्षा चिन्ह, निस्तार-चाड मान्न सक्ने गरेर पहिल्यै तयारी गराउनुहुन्छ । मुक्तिको प्रतिज्ञा, निस्तार-चाड यहोशूले यरीहो सहरलाई कब्जा गर्नुअघि सहरमा जासूसहरू पठाएका थिए । दुई जासूसहरू राहाब नाउँ भएकी…

हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (१)

बोलीचाहिँ हाम्रो व्यक्तित्व झल्काउने ऐना हो, किनकि बोलीमा हाम्रो विचार र भावना समावेश हुन्छ । यसकारण मुक्तिको प्रतिज्ञा पाएका परमेश्वरको सन्तान भएअनुरूप हामीले अनुग्रह र धन्यवादले भरिएको बोलीद्वारा परमेश्वरलाई महिमा चढाउनुपर्छ । अब, हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे बाइबलमार्फत अध्ययन गर्नेछौं । १. हामीले डाहलाई त्यागेर असल बोली बोल्नुपर्छ । तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् । अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ । जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ । एफि…

हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (२)

हामीले कस्तो बोली बोलेको परमेश्वर चाहनुहुन्छ भन्नेबारे लगातार अध्ययन गर्नेछौं । १. धन्यवाद दिने बोली तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन । कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन् । तर बरु धन्यवाद दिने काम होस् । किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन । एफि ५:३-४ हामीले धन्यवादको बोली बोल्नुपर्छ भनेर बाइबलमा सिकाइएको छ । पापले गर्दा मर्नुपर्ने भएको हाम्रो आत्मालाई बचाउन परमेश्वर स्वयम् यो पृथ्वीसम्म आउनुभयो । उहाँले हाम्रा सबै पापहरू क्षमा गरिदिनुभई हामीलाई बचाउनुभयो । यति मात्र होइन, उहाँले हामीलाई मृत्यु र…