विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
प्रेमको प्रमाण
योचाहिँ संयुक्त राज्य अमेरिकाको एउटा परिवारमा घटेको घटना हो । त्यो परिवारमा, छोराले कुरा गर्न खोज्दा आमाले सधैँ गम्भीर भएर सुनिदिनुहुन्थ्यो । एक साँझ, आमा र छोरा भान्सामा सँगै बसिरहेका थिए । आफूले सल्लाह गर्न चाहेको विषयमा आमासँग कुरा गर्दा उसले कुराकानीको अन्त्यतिर यसो भन्यो । आमा, मलाई थाहा छ कि तपाईं मलाई धेरै माया गर्नुहुन्छ । छोराको कुरा सुनेर आमा भावुक हुनुभयो । पक्कै पनि म तिमीलाई धेरै माया गर्छु । के तिमीलाई यो कुरामा शङ्का थियो र ? “होइन, मलाई पूरा विश्वास छ ।” त्यसपछि छोराले जवाफ दियो । “किनभने मैले तपाईंसँग कुरा गर्न खोज्दा, तपाईंले जहिले पनि आफ्नो काम रोकेर अन्त्यसम्मै मेरो कुरा सुन्नुहुन्छ ।”
बाघ बनाउने तरिका
धेरै पहिले, शत्रु राष्ट्रमा बन्धकका रूपमा राजकुमारसँग जानका लागि एक जना शाही अधिकारीलाई नियुक्त गरियो । प्रस्थान गर्नुअघि, ती अधिकारीले राजासँग यसो भने, “यदि एकजना मानिसले दौडँदै आएर बजारमा बाघ देखा पऱ्यो भनेर भन्यो भने, के तपाईं विश्वास गर्नुहुन्छ ?” “अँहँ, म विश्वास गर्दिनँ ।” “यदि दुई जना मानिसले उस्तै कुरा बताए भने नि ?” “त्यसो भए पनि म विश्वास गर्दिनँ ।” “अनि यदि ३ जना मानिसले बाघ देखेको कुरा दाबी गरे भने नि ?” “त्यसो हो भने त, मैले विश्वास गर्नैपर्ने हुन्छ ।” “बजारमा बाघ नभए पनि, यदि तीन जनाले छ भनेर बताए भने मानिसहरूले विश्वास गर्छन् । त्यसैले, यदि कसैले मेरो विरुद्धमा झूटा कुराहरू गरे भने पनि, कृपया मप्रति दया गर्नुभएर होहल्लाको पछि नलाग्नु हुन बिन्ती गर्दछु ।”…
सँगै मिलेर जिउने जीवन
एक जना आमाले आफ्नो ६ जना छोराछोरीहरूलाई राम्ररी हुर्काएर अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पठाइन् । उनी आफ्ना पति र दुई छोराहरूसँगै ‘विगत १०० वर्षमा अमेरिकामा सबैभन्दा धेरै योगदान पुर्याउने १०० कोरियालीहरू’ मध्ये एकको रूपमा छनोट भइन् । ती आमाको एउटा अनौठो शैक्षिक नीति थियो । उनले आफ्नो बच्चालाई मात्र नभएर अरूको बच्चालाई पनि राम्ररी हुर्कायो भने सबैजना सही रूपमा विकास हुन सक्छन् भन्ने धारणा लिएकी थिइन् । त्यसैले, उनले आफ्ना छोराछोरी एक्लै नपढून् तर आफ्ना साथीहरूलाई पनि सँगै पढ्नको लागि आफ्नो घरमा ल्याऊन् भन्ने हेतुले आफ्नो सानो घरमा १८ वटा डेस्क ल्याइन् । उनले आफ्ना छोराछोरीहरूलाई, अरूलाई सहयोग गर्नको लागि पहिला आफूले चाहेको क्षेत्रमा उत्कृष्ट हुनुपर्छ भनेर सिकाइन्, र राम्ररी अध्ययन गर्नका लागि प्रोत्साहन गरिन् । आफ्ना छोराछोरीले प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक…
सित्तैँमा दिनुभएको
सन् १९५० दशकको सुरुतिर, पोलियोभाइरसका कारण पोलियो रोग विश्वव्यापी रूपमा फैलियो । सन् १९५२ मा, संयुक्त राज्य अमेरिकामा मात्रै लगभग ५८,००० मानिसहरू पोलियोबाट संक्रमित भए, र तीमध्ये लगभग ३,००० जनाले आफ्नो ज्यान गुमाए । जो मानिसहरू मुस्किलले बाँच्न सफल भए उनीहरूले जीवनभरि नै अपाङ्गताको सामना गरे । सन् १९५५ मा डा. जोनस साल्कले खोपको विकास गरेपछि, पोलियो रोकथाम गर्ने बाटो खुल्यो । योचाहिँ सम्पूर्ण मानवजातिका लागि ठूलो उपलब्धि मात्र थिएन तर डा. साल्कका लागि अथाह धन-सम्पत्ति आर्जन गर्ने अवसर पनि थियो । यद्यपि, डा. साल्कले खोप नि:शुल्क उपलब्ध गराए र यसलाई बनाउने विधिसमेत खुलाए । जब उनलाई पेटेन्ट(स्वत्वाधिकार) अधिकार प्रयोग गर्ने बारे सोधियो तब उनले भने, “के तपाईं सूर्यको पनि पेटेन्ट दर्ता गर्नुहुन्छ ?” खोप उपलब्ध गराएपछि संक्रमितहरूको संख्या क्रमशः…
बाँडचुँड गर्ने सबैभन्दा सुन्दर तरिका
कोठाको तापक्रम ६ डिग्री योचाहिँ नोबेल पुरस्कार दुई पल्ट जित्ने म्याडम क्युरीको प्रयोगशाला नोटबुकमा लेखिएको कुरा हो । तातो बनाउने कुनै व्यवस्था नभएको चिसो गोदाममा दिनरात अनुसन्धानमा मग्न रहेकी क्युरीले, हजारौँ पटक युरेनियम धातुहरूलाई छुट्ट्याउने र प्रशोधन गर्ने प्रयोगमार्फत रेडियम निकालिन् र विकिरण उपचार(radiation therapy)को युग सुरुवात गरिन् । म्याडम क्युरीले आफू र आफ्ना भावी पुस्ताहरूलाई समेत आरामदायी जीवन दिन सक्ने पेटेन्टको अवसर त्यागिन् । उनले आफ्नो सम्पूर्ण धन-सम्पत्ति अनुसन्धानमा खर्च गरिन्, र विकिरणको(radiation) सम्पर्कका कारण बिरामी हुँदा समेत बिरामीहरूको उपचारका लागि सबैलाई स्वतन्त्र रूपमा रेडियम प्रयोग गर्ने अनुमति दिइन् । कुनै पनि सांसारिक लाभको आशा नगरी आफूसँग भएको कुरा अरूलाई बाँड्नु आफैमा एक महान् कार्य हो । यदि त्यो बाँडचुँडमा बलिदान पनि सामेल छ भने, त्यसको बारेमा अरू के…
साँचो सन्तानोचित कर्तव्य
यो संसारमा पापीलाई मन पराउने कोही छैन । यदि कुनै व्यक्तिले परमेश्वर र मानवताको विरुद्धमा जघन्य अपराध गरेको छ र सबैले उसलाई औंला ठड्याएर, “ऊ मृत्युदण्ड पाउन योग्य छ” भन्छन् भने उसको आफ्नै परिवार पनि उसको नजिक हुन चाहँदैन । तर आमाको सन्दर्भमा भने कुरा फरक छ । सारा संसारले आफ्नो पिठ्यूँ फर्काए पनि, आमाले सधैँ आफ्नो बच्चाको पक्ष लिन्छिन् । एउटी आमाले आफ्नो बच्चालाई गाली गर्न र पिट्न सक्छिन्, तर उनले आफ्नो बच्चालाई कहिल्यै त्याग्न सक्दिनन् । आफ्नो बच्चा पापी नै भए पनि, “म अझै पनि तिमीलाई प्रेम गर्छु” भन्दै अन्त्यसम्म उसलाई विश्वास गर्ने व्यक्तिचाहिँ केवल आमा मात्र हुन् । उस्तै प्रेम लिएर, हाम्री स्वर्गीय माता पनि यस पृथ्वीमा आउनुभयो । हामीले स्वर्गमा गरेको पाप यति ठूलो थियो कि,…
आँखा
आँखाले रेटिना(दृष्ट पटल)मा प्रतिबिम्बित वस्तुको छविलाई इलेक्ट्रोकेमिकल जानकारीमा रूपान्तरण गर्छ र यसलाई अप्टिक स्नायुमार्फत दिमागमा पुऱ्याउँछ । आँखाले शरीरका अन्य अङ्गहरूभन्दा बढी जानकारी प्राप्त गर्छ । आँखा यति महत्त्वपूर्ण अङ्ग हो, कि भनिन्छ, ‘आँखाचाहिँ शरीरको ९०% भाग हो ।’ तर हाम्रो आँखा बाह्य वस्तुहरूप्रति अत्यन्तै संवेदनशील हुन्छ र सानो धूलोको कणले समेत ठूलो असुविधा पुऱ्याउन सक्छ । त्यसैले आँखाको मुख्य भाग रहेको आँखाको गेडीले त्यससँग जोडिएका थुपै अङ्गहरूद्वारा सहयोग पाउँछ । पहिलो, आँखाको पलकले आँखाको गेडीलाई ढाकेर सुरक्षित राख्छ र पलकलाई तल-माथि झिम्क्याउँदै आँसुले सफा गर्दा त्यसलाई चम्किलो र पारदर्शी बनाउँछ । हावा वा तेज प्रकाश आँखामा पर्दा यो स्वतः बन्द हुन्छ र यसले असहजता कम गर्छ । परेलाहरूले बाह्य वस्तुहरूलाई आँखामा पुग्नबाट रोक्ने काम गर्छ, र ब्याक्टेरिया र अन्य…
परिवारमा मिल्ने पक्ष खोज्ने
ऐनामा हेर्दाखेरि तपाईंलाई आफ्नो अनुहार बुबा-आमासँग मिल्छ जस्तो लाग्छ ? तपाईंको बच्चाले, तपाईंले जस्तै गरेर बोलेको र काम गरेको देखेर छक्क पर्नुभएको छ ? दाजुभाइ-दिदीबहिनीसँगै बाहिर जाँदा आफूले नभने पनि अन्य मानिसहरूले तपाईंलाई एउटै परिवारको रूपमा हेरेको त्यस्तो अवस्था छ कि ? वरिपरिका मानिसहरूले तपाईंको स्वरूप तपाईंको पति वा पत्नीजस्तै छ भनेको कहिल्यै सुन्नुभएको छ ? परिवारका सदस्यहरूको शारीरिक स्वरूप मात्र नभएर आनीबानी, स्वाद, रुचि, सोर र भावनात्मक अभिव्यक्तिसमेत मिल्दोजुल्दो हुन्छ । कोषिकाको भूमिका पनि एकदमै महत्त्वपूर्ण त हुन्छ, तर मानिसहरूमा वरिपरिको वातावरणले बढी प्रभाव पार्ने भएकोले एउटै वातावरणमा जीवन बिताइरहेका परिवारका सदस्यहरूबीच मिल्दोजुल्दो पक्ष हुनु स्वाभाविक हो । अरूभन्दा पनि आफूले एकदमै प्रेम गरेको व्यक्तिले जे गऱ्यो त्यसैलाई पछ्याउन मन लाग्छ, अनि उक्त व्यक्तिलाई पछ्याउँदा अन्त्यमा आफू पनि त्यो…
जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?
न्यू योर्क टाइम्सका स्तम्भ लेखक, डेभिड ब्रुक्सले आफ्नो पुस्तकमा आफू राम्ररी जिइरहेको छु कि छैनँ भनेर जाँच्नको निम्ति आफूले आफूलाई निम्न उल्लेखित ४ वटा प्रश्नहरू सोध्नुपर्छ भनेका छन् । पहिलो, के मैले आफ्नो प्रतिभालाई विकास गर्दै महत्वपूर्ण कुरामा समय खर्चंदैछु ? दोस्रो, के मैले भावी पुस्ताका लागि प्रेरणामूलक छाप छोड्दैछु ? तेस्रो, के मैले भौतिक संसारमाथि विजय गरेको छु ? चौथो, के मैले प्रेम गरेको छु ? के यहाँहरू आफ्नो जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?
मेरो इनाम मसित छ
कोठा सफा गर्ने क्रममा मैले विगतमा आफूले प्राप्त गरेका केही पुरस्कार र प्रमाण-पत्रहरू भेट्टाएँ । ती प्रमाण-पत्रका पानाहरू पुरानो भए पनि त्यसमा भएका स्मृतिहरू अझै पनि स्पष्ट र ताजा छन् । प्राथमिक विद्यालयमा छँदा, म प्रायः सबै प्रतियोगितामा सक्रिय रूपमा भाग लिने गर्थें । किनभने मलाई पुरस्कार जित्न, बुबा-आमालाई खुशी बनाउन र साथीहरूबाट प्रशंसा पाउन मन लाग्थ्यो । बुबा-आमाले प्रशंसाको एउटा शब्द भन्नुहुँदा कार्यक्रमअघिको घबराहट र घण्टौँसम्म तयारी गर्दाको थकान क्षणभरमै हराएजस्तो हुन्थ्यो । विगतका ती पलहरू सम्झँदा मैले आफैलाई एउटा प्रश्न गर्न पुगें, “के मैले अहिले पनि बाल्यकालमा जस्तै शुद्ध मनले स्वर्गीय पिता-माताको सेवा गरिरहेको छु त ?” “हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ ।” प्रकाश २२:१२ परमेश्वरले आफ्ना सन्तानहरूका लागि तयार…
गिम यु बिन, गोयाङ, कोरिया
आशिषित मिसन, प्रेमको जिम्मेवारी
म सानो छँदा पल्लो घरमा एउटा सानो मण्डलीका पास्टर दम्पती बस्थे । मेरी आमा उनीहरूको नजिकको साथी हुनुभएकोले र जन्मैदेखि नै म ख्रीष्टियान भएकीले स्वाभाविक रूपले उनीहरूकै मण्डली जाने गर्थें । आइतबारचाहिँ मेरो लागि हप्ताको सबैभन्दा व्यस्त दिन थियो । मण्डलीभित्र युवा समूहकी अध्यक्ष, आम मामिला प्रबन्धक, सचिव इत्यादि विभिन्न कार्यको जिम्मा पाएकीले म बिहान सबेरै मण्डली जाने गर्थें, अनि दिनभरिको कामले थकित भएर म मध्यराततिर घर फर्कन्थें । तरै पनि मलाई मण्डलीमा कार्य गर्न मन लाग्थ्यो । जीवनभर परमेश्वरलाई प्रेम गर्दै परमेश्वरको कार्य गर्नु नै मेरो एकमात्र चाहना थियो । मण्डलीमा प्रायः समस्या सृजना हुन्थ्यो । मण्डलीका सन्तहरूबीच धेरै विवाद हुन्थ्यो, अनि म विश्वविद्यालय तहकी विद्यार्थी हुँदा उनीहरूबीचको विवाद झन्-झन् चर्किएर अन्ततः उनीहरू दुई समूहमा विभाजन भए । प्रेम…
छा यङ ये / गिम्हे, कोरिया
प्रतिभाशाली बन्ने रहस्य
प्रसिद्ध फ्रान्सेली भायोलिन वादक पाब्लो दे सरसते १० वर्षको छँदादेखि नै यति प्रतिभाशाली थिए, कि उनले महारानीको सामु भायोलिन बजाउने अवसर प्राप्त गरे । उनले परिष्कृत भाइब्रेटो र अद्वितीय लयबद्ध भायोलिन वादनको निम्ति प्रशंसा बटुले । त्यसको साथै क्यामिल सेन्ट-सेन्स, एडवर्ड लालो, म्याक्स ब्रुच जस्ता समकालीन सङ्गीत रचनाकारहरूले उनको समर्पणमा केही सङ्गीतहरू रचे । उनी फ्रान्स, संयुक्त अधिराज्य जस्ता युरोपेली मुलुकहरूको साथै अमेरिकामा पनि अनवरत कन्सर्ट भ्रमणका लागि गएर आफ्ना दर्शकहरूको मन जित्न सफल भए । सङ्गीत रचनामा पनि उत्कृष्ट रहेका सरसतेले जिग्वेनरवेइजिन, कार्मन फ्यान्टसी र स्पेनी नृत्य सङ्गीत बजाएर प्रसिद्धि कमाए । विशेषत: जिग्वेनरवेइजिन सङ्गीत बजाउन समकालीन भायोलिन वादकहरूलाई समेत गाह्रो पर्थ्यो, तर सरसतेले स्वच्छन्द तवरले त्यो बजाएर विश्वलाई नै चकित पारे । मानिसहरूले उनलाई जन्मिएदेखिका प्रतिभाशाली भनेर बोलाउने…
कसैको चित्त नदुखाउने र आफ्नो पनि दुख्न नदिने
घाउ भनेको चोटपटक लागेको वा क्षति भएको शरीरको भाग हो । शरीर मात्र नभएर मनमा पनि चोट लाग्छ । शरीरका चोटहरू देखिन्छन्, तर मनका चोटहरू अदृश्य हुन्छन् । त्यसैले तिनीहरूलाई प्रायः बेवास्ता गरिन्छ । देखिने चोटलाई उपचार गरी निको पार्न सकिन्छ तर मनमा लागेको चोटलाई निको पार्न गाह्रो हुन्छ । “चोट नपाएको कुनै आत्मा हुन्छ र ?” भन्ने एउटा कविको भनाइझैँ, सबैले आफ्नो जीवनमा कम्तीमा एक चोटि चोट पाएकै हुन्छन् । अनि, हरेक मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा अरूलाई चोट पुऱ्याएकै हुन्छन् । त्यसैले जीवन भनेकै निरन्तर चोट पुऱ्याउने, पाउने र अरूसँगको सम्बन्ध सुधार्ने प्रक्रिया हो भन्दा अतिशयोक्ति हुँदैन । चोट पुर्याउन सजिलो छ, तर त्यसबाट निको हुन समय र प्रयास दुवै चाहिन्छ । चोटको गहिराइअनुसार त्यो चोट…
स्वर्ग र पृथ्वीको सृष्टि, उत्कृष्ट कारिगरी
माइकलएन्जेलोको उत्कृष्ट कृतिचाहिँ ‘द क्रिएशन अफ एडम’ हो । उनले यो कृति लगभग ४ वर्षमा पूरा गरे । सिलिङमा रङ लगाउनुपर्ने भएकोले दिनभरि टाउको र पाखुरा माथि उठाएर काम गर्नुपर्थ्यो जुनचाहिँ एकदमै कष्टकर थियो, तर उनले त्यो पीडा सहेर सम्पूर्ण तनमनद्वारा त्यो कृति पूरा गरे । कृति पूरा भएपछि उनले त्यो भित्तेचित्रमा खुशीसाथ आफ्नो नाम लेखे, र मण्डलीबाट निस्किए । चम्किलो सूर्य, नीलो आकाश र चराहरू उडिरहेका थिए ... प्रकृतिको अद्भुत सौन्दर्य देखेर माइकलएन्जेलो मन्त्रमुग्ध भए । त्यो समयमा उनले यसरी सोचे । “परमेश्वरले यस्तो सुन्दर प्रकृति सृष्टि गर्नुभए तापनि आफ्नो कारिगरी देखाउने कुनै सङ्केत छोड्नुभएन तर मैलेचाहिँ सानो भित्तेचित्र बनाएको कुरामा पनि गर्व गर्न चाहें ।” फेरि मण्डलीमा गएर उनले आफ्नो नाम मेटाइदिए । त्यसपछि उनले कुनै पनि कृतिमा…
नव वर्षमा पारिवारिक आदत परिवर्तन गरौं !
“हामीहरू जे बारम्बार गर्छौं त्यसैका परिणाम हौं । तब त उत्कृष्टता, कार्य नभएर आदत हो” भनेर कुनै एक दर्शनशास्त्रीले भनेका थिए । आदतचाहिँ हामीले बनाउने कुरा हो, तर पछि गएर आदतले नै हामीलाई बनाउँछ । असल आदतले हामीलाई सही मार्गमा डोऱ्याएर एक उत्कृष्ट मानिस बनाउँछ भने खराब आदत हाम्रो बाटोको बाधक बन्न पुग्छ । त्यति मात्र नभएर एउटा सामान्य आदतले हाम्रो नजिक रहने परिवारका सदस्यहरूबीच कलह उत्पन्न गराउन सक्छ । नव वर्षको सुरुवातसँगै सबैले नयाँ आदत लिने योजना गरेका हुन्छन् । यहाँहरूले पनि सुधार्न चाहनुभएको आफ्नो पुरानो आदत वा लिन चाहेको नयाँ आदत निर्धारण गरेर परिवारसँगै बाँड्दा कसो होला ? अनि एक-अर्कालाई सफलता मिल्न सक्ने गरी प्रोत्साहन पनि दिनुहोला । के थाहा, सानो परिवर्तनले अझ ठूलो परिवर्तन पनि ल्याउन सक्छ…
एक दिनको आयु भए पनि
माछालाई पौडिन सिकाउन नपरेजस्तै मेफ्लाइ(Mayfly)को अगाडि छोटो जीवनको बारेमा कुरा गरिरहन आवश्यक छैन । वयस्क मेफ्लाइको आयु एकदमै छोटो हुन्छ । प्रजातिअनुसार आयुमा थोरै फरक पर्न सक्ला, तर तिनीहरूको आयु बढीमा २ हप्ता हो । तिनीहरूले यो संसारमा आउनलाई कति समय पर्खन्छन् भन्ने कुरा के तपाईंलाई थाहा छ ? १,००० दिन पर्खन्छन् । निम्फको रूपमा पानीमा रहेर अलि वयस्क नहोउञ्जेल तिनीहरूले २० पटकभन्दा बढी छाला फेर्छन् । जतिसुकै छोटो आयु भएको जीव नै भए पनि यो संसारमा आउनलाई सजिलो छैन भन्ने कुरा देखाउन खोजेझैँ गरेर, तिनीहरूले लामो समयसम्म लगातार छाला फेर्छन् । अनि त्यसपछि वंश विस्तार गर्ने मिसन पूरा गर्न हतारमा यताउता उडिरहन्छन् । तिनीहरूले न अल्छी गर्छन्, न त भोलिको लागि कुनै काम साँचेर राख्छन् । तिनीहरू आफ्नो समयलाई…
बुबाको घर
म सानो छँदा, बुबाले आफ्नो मासिक तलब बचत गरेर ईंटा, सिमेन्ट, फलामको डण्डी र साबेल जस्ता सामग्रीहरू किनेर ल्याउनुभयो, अनि ती सबैलाई आँगनमा जम्मा गरेर एकलैले घर बनाउनुभयो । पूरै धूलाम्मे भएर निधारबाट पसीनाका थोपाहरू चुहाउँदै खाल्डो खन्नुभएका बुबाको स्वरूप मलाई अहिले पनि याद छ । त्यस बेला म सानै थिएँ, र मेरो नजरमा घर बनाउने काम कहिल्यै सिद्धिँदैन जस्तो देखिएको थियो । बुबाले घर बनाउनको निम्ति किन यति धेरै परिश्रम गर्नुभएको होला भनेर मैले बुझ्नै सकेकी थिइनँ । जब म जवान भएँ तब, बुबाले वर्षौं लगाएर बनाउनुभएको घर अन्ततः सम्पन्न भयो । छिमेकका घरहरूमध्ये सबैभन्दा सुन्दर दुई तलाको घर थियो । राम्रो रङ लगाइएका बाहिरी भित्ताहरू, आमाको लागि बगैँचा र न्यायोपना महसुस हुने भित्री भाग ... घरका प्रत्येक कुना…
म्याड्रिड, स्पेन
प्रकृतिको नियमअनुसार
अफ्रिकाको सेरेङ्गेटी घाँसे मैदानमा सबै जनावरहरू प्रकृतिको नियमअनुसार जिउँछन् । शाकाहारी जनावरहरूले आफ्नो उत्कृष्ट दृष्टि र तेज दौडने क्षमताको प्रयोगद्वारा शत्रुहरूको आक्रमणबाट आफूलाई बचाउँछन् भने मांसाहारी जनावरहरूले चाहिँ तीखो दाँत र बहादुरीद्वारा शिकार गर्छन् । यसो भन्दैमा शाकाहारी जनावरचाहिँ राम्रो अनि मांसाहारी जनावरचाहिँ नराम्रो भन्ने कुरा होइन । ती दुवैले वनको नियम पालना गरेका मात्र हुन् । शिकारी जनावरहरूले आफ्नो शिकार-कला देखाउन खोज्दैनन् । साथै यिनीहरूमा एकै चोटि धेरै शिकार गर्ने लोभ पनि हुँदैन । शिकार-कला जतिसुकै उत्कृष्ट भए पनि यिनीहरू भोकाउँदा मात्र शिकारमा निस्कन्छन् र अघाउञ्जेल खाएपछि शिकारलाई त्यतै छोडेर यिनीहरू आफ्नो बाटो लाग्छन् । त्यसपछि बाँकी मासुचाहिँ ‘अफ्रिकी च्यामे’ भनिने हुँडार, गिद्ध र कागका लागि छोडिदिन्छन् । शाकाहारी जनावरहरू पनि धेरै उपभोग गर्न चाहँदैनन् । शत्रु र खोलानालाको…
विलासी गाडीभन्दा अझ राम्रो कुरा
सउलको कुनै बजारनेर एक जना सानो केटोले हजुरआमाको ठेलागाडा सट्टामा तानिरहेको थियो । तब ठेलागाडाले, त्यहाँ पार्क गरेर राखिएको एउटा महँगो कारलाई कोताऱ्यो । अब के गर्ने होला भनेर आत्तिनुभएकी हजुरआमालाई देखेर नाति रुन थाल्यो । त्यो देखेर बटुवाहरूलाई पनि उनीहरूप्रति दुःख लाग्यो । त्यो कार उच्चस्तरीय ब्रान्डको भएकोले मर्मत गर्न धेरै पैसा लाग्ने जस्तो देखिन्थ्यो । कारका मालिकले यो कुरा थाहा पाए भने तिनी रीसले चूर हुने कुरा पक्का थियो । यसैबीच एक जना प्रत्यक्षदर्शीले कारका मालिकलाई बोलाए, र घटेको घटनाबारे विस्तृत रूपमा वर्णन गरिदिए । तब अधबैँसे एक दम्पती त्यहाँ आइपुगे । आफूले कारलाई पार्किङ स्थलमा पार्क नगरी सडक छेउमा त्यत्तिकै राखेको कुराप्रति उनीहरूले शिर झुकाएर ती हजुरआमासँग माफी मागे । कारलाई गलत ठाउँमा पार्क गरेकोले सबैलाई असुविधा…
खड्कुलोको आँसु
विगतका दिनहरूमा कोरियाली आमाहरूले चुलोमा आगो फुकेर खड्कुलोमा खाना पकाउँथे । जसरी घर बनाउन, कपडा सिलाउन, वा लेख लेख्न धेरै परिश्रम आवश्यक पर्छ, त्यसरी नै खड्कुलोमा खाना पकाउनका लागि पनि धेरै परिश्रम गर्नुपर्छ । खड्कुलोमा खाना पकाउनुचाहिँ हिजोआजको जस्तो विद्युतीय राइस कुकर अथवा ग्याँस स्टोभमा जस्तो सजिलो हुँदैन । चामल पखालेर भिजाउने, पानीको मात्रा मिलाउने र दाउराले आगो बाल्ने जस्ता प्रक्रियाहरूमा उचित सीपको आवश्यकता पर्दछ । चामल हालेको खड्कुलोबाट बाफ आउन थालेपछि, खड्कुलोको ढकनलाई चिसो कपडाले पुछिरहनुपर्छ । त्यसो गर्दा ढकनभित्रको बाफ पानी बन्छ र खड्कुलो र ढकनबीचको खाली भागलाई बन्द गर्दै तल बग्छ । खड्कुलोको बाहिर बग्ने पानीलाई ‘खड्कुलोको आँसु’ भनिन्छ । यो नामले, आफ्नो परिवारको निम्ति हरेक दिन खाना पकाउनुपर्ने र सासु-ससुरा भएको नयाँ घरमा आँसु लुकाएर कठिन…