विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

बुबा-आमाको मन

एक जना मानिस व्यवसायको सिलसिलामा विदेश जानुपर्ने भयो । तिनको अनुपस्थितिमा केही महिनासम्म एकलैले ५ जना बच्चाहरूको हेरचाह गर्नुपर्ने भएकी पत्नीप्रति तिनी चिन्तित भए । त्यसैले तिनले कसो गरेमा पत्नीको बोझलाई कम गर्न सकिन्छ होला भनेर सोचे, अनि अन्ततः एउटा उपाय निकाले । “बुबा बाहिर गएको समयमा आमाको कुरा सबैभन्दा राम्ररी सुन्नेलाई म ठूलो उपहार दिनेछु ।” बच्चाहरू बुबाको कुरा सुनेर खुशीले रमाए । केही महिनापछि व्यावसायिक यात्राबाट फर्किएका पतिले ५ जना बच्चाहरूमध्ये कसलाई उपहार दिँदा हुन्छ होला भनेर पत्नीलाई सोधे । तब पत्नीले यस्तो जवाफ दिइन् । “जेठोचाहिँ भाइ-बहिनीको रेखदेख गर्दै र उनीहरूको निम्ति त्याग गरिदिँदै कठिन अवस्थामा पनि राम्ररी हुर्कियो, माहिलोले चाहिँ मैले नअह्राए पनि आफ्नो सबै काम आफैले गऱ्यो । साहिँलोले घरधन्दामा सघाएकोले मलाई ठूलो सहयोग मिल्यो…

बोल्नुभन्दा अगाडि

बुद्धिमानीपूर्वक बोलेको बोलीले हजारौँ ऋणसमेत चुक्ता गर्छ भने, विचारै नगरी मुखबाट निकालेको काँडाजस्तो बोलीले मानिसको हृदयमा दाग छोड्छ । त्यसोभए बोल्नुभन्दा अगाडि हामीले कुन-कुन कुराको ख्याल गर्नुपर्छ होला ? ‘सोच्नु(THINK)’ भन्ने अङ्ग्रेजी शब्दको हिज्जेमै त्यसको उत्तर रहेको छ । के यो सही[True] छ ? के यो उपयोगी[Helpful] छ ? के यो प्रेरणादायक[Inspiring] छ ? के यो आवश्यक[Necessary] छ ? के यो दयालु[Kind] छ ? यसरी, बोल्नुभन्दा अगाडि आफूले भन्न लागेको कुरा सही छ कि छैन, सुन्ने व्यक्तिको लागि उपयोगी छ कि छैन भनेर जाँच्नुपर्छ । अनि त्यसले सकारात्मक प्रभाव पार्छ कि पार्दैन भनेर हेर्नुपर्छ । यदि त्यो आवश्यक छैन भने आफूलाई रोकेर नम्र तरिकाले बोल्नुपर्छ । यी पाँच कुराहरूलाई दिमागमा राख्नुभयो भने जो कोहीसँग पनि राम्ररी कुराकानी गर्न सक्नुहुनेछ ।

प्रेमले भरिपूर्ण प्रवेशद्वार बनाउने

“म आएँ ।” “राम्ररी गएर आउनुहोला !” “स्वागत छ, आज पनि धेरै परिश्रम गऱ्यौ !” योचाहिँ घर पस्दा सबैभन्दा पहिला र घरबाहिर निस्कँदा सबैभन्दा अन्तिममा गुज्रिने प्रवेशद्वार हो । अनि परिवारजनले एक दिनको काम सुरु गर्दा भेट्ने र बिदा हुने स्थान हुनुका साथै पाहुनाहरूमा घरप्रतिको पहिलो छाप पर्ने त्यस्तो स्थान पनि हो । घरको प्रवेशद्वार साँघुरो र सानो भए पनि त्यसको भूमिकाचाहिँ सानो छैन । परिवारको सदस्य बाहिर निस्कँदा हौसला दिने अनि फर्किआउँदा खुशीसाथ स्वागत गर्ने गऱ्यो भने प्रवेशद्वार, आउँदा-जाँदा गुज्रिने एउटा द्वार मात्र नभएर वार्तालाप र मेलमिलापको स्थान बन्नेछ । यो महिनामा आफ्नो घरको प्रवेशद्वारलाई प्रेमले भरिपूर्ण स्थान बनाउँदा कसो होला ? घरमा आउने-जाने गर्दैपिच्छे खुशीले सँगसँगै पछ्याउनेछ । सुझाव प्रवेशद्वारमा परिवार हाँसेको तस्वीर राख्ने प्रवेशद्वारमा हौसलापूर्ण सन्देश राख्ने…

हृदयको ढोका खोल्ने सन्तहरूको सुकर्म

कोरियाको आन्सान वल्फी मण्डलीका हामी सन्तहरू हरेक महिना बाटो सरसफाइ गर्छौं । हामीले स्वयंसेवा कार्य हतारिँदै नभएर विस्तृत रूपले गर्ने गरेको देखेर मण्डली नजिकैका बासिन्दाहरू, पसलका साहुजीहरू र सडक सरसफाइ कर्मचारीहरूले हाम्रो मण्डलीको खूब प्रशंसा गर्छन् । यस पटक हामीले सरसफाइ गरेको ठाउँचाहिँ सङ्फो कला पार्क र वल्फी पार्क थियो । त्यस दिन हामीले पार्कभित्रको फोहोर मात्र नभएर थुप्रै पसलहरू भएको मार्गका फोहोरहरूसमेत टिप्यौं । सडकमा अन्य फोहोरहरूभन्दा पनि चुरोटका ठुटाहरू नै धेरै थिए । हामीहरू सरसफाइ कार्यमा व्यस्त भइरहेको बेला नजिकैको रेस्टूरेन्टमा जिउँदो माछा पुऱ्याउने गाडी चालकले, यात्रु सीटमा बसेर धूम्रपान गरिरहेका व्यक्तिलाई यसो भनेछन्, “चुरोटका ठुटाहरू जथाभावी फ्याँक्ने मानिसहरू सबै जना परमेश्वरको मण्डलीमा जानुपर्छ । तपाईं पनि परमेश्वरको मण्डली जाने हो ?” तिनलाई हामीप्रति दया जागेर त्यसो भनेका…

यु ह्वी सुन / आन्सान, कोरिया

मेरो पहिलो तलब

मोबाइल भाइब्रेट हुँदा मैले त्यसमा आएको सन्देश हेरें । मेरो तलब बैंकमा जम्मा गरिएको रहेछ । मेरो जीवनको पहिलो तलब भएकोले म एकदमै खुशी थिएँ । ‘यो साँच्चै मेरै हो त ? यसलाई कसरी प्रयोग गर्ने होला ?’ उत्साहित हुँदै बैंकतिर लम्कने क्रममा मेरो मनमा थुप्रै कुराहरू खेल्न थाले । ‘योचाहिँ मेरो जीवनको पहिलो तलब भएकोले अहिलेसम्म मेरो निम्ति बलिदान गर्नुभएकी मेरी आमालाई दिन्छु ।’ मैले बैंकबाट जम्मै तलब झिकेर आमाको हातमा थमाइदिएँ । आमा खुशीले दङ्ग पर्नुहुन्छ होला भन्ठानेको थिएँ, तर उहाँले केही बेर खाम मात्र हेरिरहनुभयो । “छोरा, मलाई माफ गरिदेऊ । तिम्रो निम्ति केही गरिदिन नसकेकोमा म अत्यन्तै क्षमाप्रार्थी छु ।” मैले अनुमान गरेको भन्दा बिलकुल फरक प्रतिक्रिया देखेर म अकमक्क परें । आमा किन क्षमाप्रार्थी हुनुभएको…

गिम सन उ / सङनाम, कोरिया

सुनामीलाई जित्नु छ भने

सुनामी छाल आउँदा यदि समुद्रमा प्रवेश गरिसकेको जहाज छ भने कतातिर भाग्नुपर्छ होला ? सामान्यतया मानिसहरूले सक्दो चाँडो बन्दरगाह भएको जमिनतिर जहाज लैजानुपर्छ भनी सोच्दछन्, तर वास्तवमा खुल्ला समुद्रतिर जानु नै सुरक्षित हुन्छ । किनभने जहाज जमिनको जति नजिक जान्छ, उति नै पानीले अझ गहिरो भाग भेट्टाउँछ, अनि छालले झन्-झन् उग्र रूप लिन्छ । तर समुद्रको गहिरो भागतिर भने छाल उग्र बन्दैन । वास्तवमा सन् २०११ मार्च महिनामा जापानको हुकुसिमामा सुनामी आउँदा, बन्दरगाहतिर भागेका जहाजहरू छालले बगाएर भाँचिएका र डुबेका थिए भने गहिरो समुद्रतिर गएका जहाजहरूचाहिँ विपत्तिबाट उम्कन सफल भएका थिए । गहिरो समुद्रतिर जानु नै सुरक्षित हुन्छ भन्ने यथार्थता थाहा भए पनि एक्कासि सुनामी आउँदा जहाजलाई घुमाएर समुद्रतिर लैजान त्यति सजिलो त नहोला । त्यो सङ्कटपूर्ण घडीमा समुद्रको बीचमा…

सकारात्मक बोली

उस्तै उमेरका ७ जना बच्चाहरूलाई उनीहरूका आमासँग राखेर टोली-टोली बनाएर एउटा खेल खेलाइयो । बच्चाले आँखामा पट्टी बाँधिएको अवस्थामा बलहरू फ्याँक्ने र कुनै एक ठाउँमा उभिएकी उनकी आमाले ती बलहरूलाई ठूलो टोकरीमा बटुल्ने गर्नुपर्थ्यो । उही समय र उही शर्तमा खेल खेल्दाखेरि ५ वटा टोलीको चाहिँ टोकरीमा १२ वटाभन्दा बढी बलहरू थिए भने अरू २ वटा टोलीको चाहिँ टोकरीमा ७ वटा मात्र बल थिए । योचाहिँ कुनै प्रसारण केन्द्रमा गरिएको परीक्षण थियो । खेल समाप्त भएपछि उनीहरूले आमा र बच्चाहरूले बल साटासाट गरेका भिडियो हेरे । टोकरीमा थोरै बल बटुलेको टोली र धेरै बल बटुलेको टोलीबीचको भिन्नता नै बच्चाका आमाहरूको बोली थियो । थोरै बल बटुलेको टोलीका आमाहरूले “होइन, होइन,” “त्यसो नगर,” “तिमीले ती सबै गर्न सक्दैनौं” भन्नेजस्ता नकारात्मक बोली…

लाइबिगको न्यूनतमको नियम

‘लाइबिगको न्यूनतमको नियम(Liebig’s Law of minimum)’ भन्ने एउटा नियम छ । एक जर्मन रसायनविद्, जस्टस भोन लाइबिगद्वारा घोषित यो नियमले, बोटबिरुवाको वृद्धि गराउनको निम्तिचाहिँ पर्याप्त मात्रामा पाइने स्रोतहरू होइन, तर एकदम दुर्लभ स्रोतहरूको खाँचो पर्छ भनी जानकारी दिँदछ । थुप्रै काठका फल्याकहरूद्वारा बनेको गोलाकार ढ्वाङले यो नियमलाई वर्णन गर्न सक्छ : असमान लम्बाइका फल्याकहरूद्वारा बनेको ढ्वाङको क्षमताचाहिँ सबैभन्दा छोटो फल्याकमा निर्भर हुने भएजस्तै कुनै बोटबिरुवाको वृद्धि पनि सबैभन्दा कम मात्रामा आपूर्ति हुने पोषक तत्वमा निर्भर हुन्छ । मानिस जतिसुकै स्वस्थ भए पनि यदि उसको कुनै एउटा अङ्ग ठीक छैन भने त्यो अङ्गले उसको आयु नै घटाइदिन्छ । अनि जतिसुकै तीक्ष्ण विद्यार्थी भए पनि यदि उसले कुनै एउटा विषयमा राम्रो अङ्क ल्याएन भने उसको पढाइको ग्रेड(स्तर) नै तल झर्छ । प्रेम…

“मेरो परिवार उत्तम छ !” भन्दै बूढी औँला उठाउने

भनिन्छ, प्रशंसाले ह्वेल माछालाई समेत नचाइदिन्छ । प्रशंसाले सुन्ने मानिसलाई खुशी दिलाउँछ, अनि समस्यामा परेका मानिसहरूलाई शक्ति प्रदान गर्छ । प्रशंसाचाहिँ मानिसहरूले खाने अर्को भोजन हो भन्न सकिन्छ । “राम्रो !” “उत्तम !” “तपाईं उत्कृष्ट हुनुहुन्छ !” बूढी औँला उठाउँदै प्रशंसाको बोली बोल्यो भने त्यसको प्रभाव दोबर हुन्छ । कहिलेकहीँ बूढी औँला उठाएको शक्तिशाली सङ्केतले धेरै शब्द बोलेकोले भन्दा पनि बढी प्रसन्न तुल्याउन सक्छ । डेल कार्नेगीले भनेका छन्, “हृदयस्पर्शी र प्रभावशाली बोलीचाहिँ प्रशंसाबाहेक छैन ।” हामीले कसैलाई प्रशंसा गरेको कुरा चाँडै बिर्सिन पनि सक्छौं, तर प्रशंसा पाएको व्यक्तिले चाहिँ त्यो कुरालाई जीवनभर याद गर्नेछ । यो महिनामा बूढी औँला उठाएर आफ्नो परिवारको धेरै प्रशंसा गर्नुहोस् । थकित हुँदा शक्ति उम्रनेछ, अनि आनन्दित हुँदाचाहिँ खुशी प्रस्फुटन हुनेछ । सुझाव निम्न…

आमाको तर्फबाट प्रेम दिँदै

“मि सुक ! स्ट्रबेरी खान आऊ ।” “मि सुक ! मकै एकदमै स्वादिष्ट छ । म उसिनिदिन्छु । खान आऊ ।” “मि सुक ! मैले डाँडातिर गएर केही सलादका साग र जडिबुटीहरू टिपेर ल्याएकी छु । एकदमै मीठो छ । खान आऊ ।” खानेकुरा हुँदैपिच्छे दिदीले मलाई बोलाउनुहुन्छ । मेरा ६ जना दाजुभाइ-दिदीबहिनीहरू छन्, र मेरी जेठी दिदीलाई म व्यस्त भइरहने कुरा राम्ररी थाहा छ । तापनि, केही मीठो कुरा हुँदैपिच्छे उहाँले मलाई बोलाउन कहिल्यै छुटाउनुहुन्न । उहाँसँग दुई वटा ठूला फ्रिज र दुई वटा किम्ची फ्रिजहरू छन् । उहाँको बैठक कोठामा चार वटा फ्रिजहरू लस्करै राखिएका छन् । उहाँको कान्छो छोरा सेनामा भर्ना भएपछि घरमा मेरी दिदी र भिनाजु गरी दुई जना मात्रै हुनुहुन्छ । त्यसैले उहाँहरूलाई त्यति धेरै…

गुवन मि सुग, दक्षिण कोरिया, सउल

आमाको चिठी

“आमा, म हुँ । के गर्दैहुनुहुन्छ ?” “ए, म त गृहकार्य गर्दैछु ।” “के लेख्दै हुनुहुन्छ नि ?” “हिज्जे जाँचमा नमिलेका शब्दहरूलाई तीन पटक लेख्दैछु ।” “ए त्यसोभए, तीन पटकभन्दा बढी नलेख्नुहोला । हात दुख्छ ।” “मैले त तीन पटकभन्दा बढी लेखिसकें ।” योचाहिँ मैले उहाँलाई फोन गर्दा हामीबीच हुने लगातारको कुराकानी हो । आफ्नो पारिवारिक परिस्थितिका कारण विद्यालय जान नपाउनुभएकी मेरी आमाले सधैँ शिक्षाको अभाव महसुस गर्नुहुन्थ्यो । हालसालै उहाँले एक जना परिचित व्यक्तिमार्फत ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित हान्गुल(कोरियाली वर्णमाला) कक्षाको बारेमा थाहा पाउनुभयो । हप्तामा तीन पटक हुने कक्षामा उहाँ एक पटक पनि अनुपस्थित हुनुभएको छैन । उहाँले तोकिएको भन्दा बढी गृहकार्य गर्नुभएकोले शिक्षकहरूले उहाँको प्रशंसा गर्नुभयो र उमेरका कारण शिक्षकहरू उहाँको स्वास्थ्यप्रति चिन्तित हुनुभयो । सिक्ने चाहना…

ह्वाङ सु हुइ, दक्षिण कोरिया, सुवन

पूर्ण सामान बनाउन

कुनै मोबाइललाई १ मिटर माथिदेखि खसालिन्छ, नरोकीकन फन्फनी घुमिरहने बाकसमा राखिन्छ, अनि त्यसमा पानी पनि खन्याइन्छ । फेरि १०० किलो तौलको व्यक्तिलाई त्यसमा बस्न लगाइन्छ, अथवा त्यसका बटनहरूलाई लाखौँ पटक थिच्न लगाइन्छ । मोबाइललाई यतिसम्म दिइएको चरम यातनाचाहिँ वास्तवमा मोबाइल कम्पनीले गरेको गुणस्तर जाँच हो । भनिन्छ, कम्पनीले आफ्नो सामानलाई उच्च गुणस्तरीय बनाउनको निम्ति ग्राहकहरूको सुझावलाई मध्यनजर गर्ने, प्रयोग शैली जाँच्ने र अनुगमन सूचीमा राख्ने गर्छ । यति मात्र नभएर कुनै एयर-टाइट भाँडा कम्पनीले भाँडाको बिर्कोलाई लाखौँ पटक लगाउने र खोल्ने गर्नुको साथै भाँडामा तरल तत्व हालेर त्यसलाई चौबीसै घण्टा हल्लाउने गर्छ । राइस-कुकर कम्पनीले चाहिँ कुनै नयाँ कुकर उत्पादन गर्दाखेरि १.५ टनभन्दा बढी चामल पकाइहेर्छ, अनि दैनिक १०० वटा कुकरहरूमा भात पकाएर त्यसको स्वाद जाँच्ने गर्छ । यस्तो कठिन…

​सबैभन्दा महान् उपहार, मानव-शरीर​

भनिन्छ, एउटा कार बनाउन २५,००० पाटपुर्जाहरू चाहिन्छ, अनि बोइङ ७४७ बिमान बनाउन करिब साढे ४ करोड पाटपुर्जाहरूको आवश्यकता पर्छ । त्यसोभए हाम्रो शरीरचाहिँ नि त ? हाम्रो शरीरमा करिब १ नील कोषीय तन्तुहरू, २.५ नील राता रक्त कोषिकाहरू, २.५ अरब स्वेत रक्त कोषिकाहरू हुन्छ, अनि जिब्रोमा मात्र ९,००० वटा स्वाद कोषिकाहरू हुन्छ । जम्मा ३०० ग्रामको मानव-मुटु एक दिनमा १ लाख चोटि धड्किन्छ । त्यसले ७,२०० लिटर रगत पम्प गरेर प्रतिघण्टा २१६ कि.मिको गतिले शरीरभित्रका रक्त नलीहरूमा निरन्तर प्रवाह गरिरहन्छ । अनि फोक्सोले दिनहुँ करिब २०,००० चोटि श्वास-प्रश्वास गर्दै १०,००० लिटर हावा लिन्छ । शरीरको कुल तौलको २.५ प्रतिशत भाग ओगट्ने मस्तिष्कमा १.४ अरब स्नायु कोषिकाहरू हुन्छ, अनि दैनिक ७० लाख मस्तिष्क कोषिकाहरूले कार्य गर्ने भएकोले हामीले सोच्ने काम गर्न…

सुन्दर मन र हृदयस्पर्शी बोली

मेरो ८ वर्षीय जेठो छोरा सजिलै डराउँछ । राती शौचालय जाँदा होस् अथवा पानी पिउन जाँदा, ऊ सधैँ मलाई या त बुबालाई उठाउने गर्छ । तर एक दिन ऊ प्रभातमा उठेर एकलै शौचालय गयो । कसरी एकलै जान सकेको होला भनेर छक्क पर्दै मैले कान ठाडो पारेर ऊ शौचालयतिर हिँडेको पाइलाको आवाज सुनें । एकछिनपछि उसले शौचालयको ढोका बन्द गऱ्यो । ‘हँ ? छोरा होइन र ?’ अलमलिँदै म उठें, अनि बैठक कोठामा गएर पर्खिएँ । शौचालयको ढोका खोलेर बाहिर निस्केको व्यक्ति त मेरै जेठो छोरा थियो । “बाबु, शौचालयको ढोका किन लगाएको ? डर लागेन ?” “पानी फ्लस गरेको आवाजले अरूलाई ब्यूँझाउँछ कि भनेर ।” उसको कुराले मेरो मन छोयो । मैले उसलाई अँगालो हालें, अनि अरूप्रति विचारशील भइदिएको…

जङ उन यङ / विजङबु, कोरिया

तपाईं के हस्तान्तरण गर्नुहुन्छ ?

“स्याउ रुखभन्दा टाढा खस्दैन” भन्ने भनाइजस्तै छोरा-छोरीको स्वरूप, बुद्धि र शारीरको बनावट सबै बुबा-आमाजस्तो हुनुको कारणचाहिँ, उनीहरूले आफ्नो बुबा-आमाको जैविक जीन, DNA विरासतको रूपमा पाएकोले गर्दा हो । बुबा-आमाजस्तै देखिने बच्चालाई मानिसहरूले बुबा-आमाको सानो स्वरूप वा प्रतिलिपि भन्ने गर्छन् । सबै बुबा-आमाले आफ्नो बच्चाहरूलाई राम्रो कुरा हस्तान्तरण गर्न चाहन्छन् । एउटी गर्भवती स्त्रीले शान्त सङ्गीतहरू सुन्छिन्, भावनात्मक स्थिरता दिने आदतहरूमा रमाउन सिक्छिन्, अनि मातृ शिक्षाद्वारा आफ्नो सन्तानलाई राम्रो कुरा दिनको लागि स्वस्थकर खाना खान्छिन् । तर सन्तानमा हस्तान्तरण हुने DNA भन्दा अझ बढी प्रभाव पार्ने पक्षहरू पनि छन् । जानमा होस् या अजानमा, बच्चाहरूले आफ्ना बुबा-आमाको मूल्यमान्यता, आत्मसम्मान, भाषा, खानपान, सन्तानोचित कर्तव्य र खुसीलाई समेत अनुशरण गरिरहेका हुन्छन् । असल आदत मात्र होइनकि, खराब आदत पनि हस्तान्तरण हुन्छ । छोरा-छोरीले…

परिवारसँग बोल्न कञ्जुस्याइँ गर्न नहुने बोली

अरूको मुहारमा मुस्कान ल्याउने बोली, “धन्यवाद ।” सुन्दा मात्र पनि शक्ति मिल्ने बोली, “केही सहयोग गरिदिऊँ कि ?” काँधमा पखेटा हालिदिने बोली, “साँच्चै राम्ररी गर्नुभयो ।” एक दिनलाई ऊर्जाशील बनाउने बोली, “शुभ प्रभात ।” अनुराग र वास्ता समाविष्ट बोली, “खाना खानुभयो ?” शक्ति र साहस दिलाउने बोली, “अहिले पनि राम्ररी गर्दैहुनुहुन्छ ।” मनलाई एक गराउने बोली, “धन्न तपाईं(तिमी) भएर ।” आरामपूर्वक सुत्न सक्ने गराउने बोली, “शुभ रात्री ।” दुःख कम गराउने बोली, “तपाईंको गल्ती होइन ।” बगेको पसीनालाई व्यर्थमा जान नदिने बोली, “धेरै परिश्रम गर्नुभयो ।” रिसलाई शान्त पारिदिने बोली, “माफ गर्नुहोस् ।” दूध खाएको बलसमेत निकाल्ने बोली, “मलाई तपाईं(तिमी)प्रति विश्वास छ ।” मनको भारी बिसाइदिने बोली, “चिन्ता नगर्नुहोस् । राम्रो हुनेछ ।” आत्मगौरव बढाइदिने बोली, “तपाईं(तिमी) सबैभन्दा उत्कृष्ट हुनुहुन्छ(छौ)…

​सुगन्ध छर्ने व्यक्ति​

बाटोमा हिँड्दाखेरि पाउरोटी बनाउँदैगरेको मीठो बास्नाले यहाँहरू सबैलाई कुनै न कुनै बेला आकर्षित गरेको क्षण पक्कै छ होला । पाउरोटीको यस्तो बास्नाले मानिसहरूमा भोक जगाउने काम मात्र गर्दैन, तर मानिसलाई नम्र पनि बनाइदिन्छ भन्ने गरिन्छ । फ्रान्सको साउदर्न ब्रिटानी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ८ जना मानिसहरू खटाएर पाउरोटीको बास्नाको प्रभावबारे परीक्षण गर्न बेकरी पसल र कपडा पसलको अगाडि उनीहरूको आ-आफ्नो सामान खसाल्न लगाए । ४०० पटकसम्म गरिएको अनुसन्धानको परिणामस्वरूप, कपडा पसलको अगाडि झरेको सामान उठाएर सम्बन्धित व्यक्तिलाई दिने मानिसहरू ५२% मात्र थिए भने, पाउरोटी बेकरीको अगाडि झरेको सामान उठाएर सम्बन्धित व्यक्तिलाई दिने मानिसहरूचाहिँ ७७% थिए । विगतमा पनि यस्तै परीक्षण गरिँदा, कागती, सुन्तला अथवा कफी इत्यादिको बास्नाले पनि मानिसहरूमा अनुकूल प्रभाव पारेको कुरा पत्ता लागेको थियो । कुनै एक जना भारतीय शिक्षकले…

बाढी उद्धार क्षेत्रमा

यो ग्रीष्मको अन्त्यतिर कोरियाको दक्षिणी भेगमा मूसलधार वर्षा भयो । लामो समयसम्म बुसानमा बस्दैआएका मानिसहरूले पनि यस्तो भारी वर्षा त्यसअघि कहिल्यै नदेखेको कुरा बताए । त्यो एक्कासि आएको प्राकृतिक प्रकोप थियो । बाढीले ठूलो क्षति पुऱ्यायो । धेरै घरहरू बाढीले गर्दा डुबानमा परे, त्यहाँ भएका फर्निचर र अन्य उपकरण माटोले पुरिए, अनि भुइँ तलामा भएका पसलहरूमा घुँडासम्म डुब्ने पानी जम्मा भयो । त्यो पानीलाई बाहिर फाल्न निकै गाह्रो थियो । सबै पसलेहरूले नोक्सानी बेहोर्नुपऱ्यो । स्थानीयवासीहरूले सहयोगको निम्ति बिन्ती गरिरहेका भए पनि जनशक्तिको अभावका कारण सहयोग गर्न नसक्दा स्थानीय सामुदायिक केन्द्रलाई निकै गाह्रो परेको थियो । क्षतिग्रस्त क्षेत्रको स्थानीय सामुदायिक केन्द्रमार्फत स्थानीयवासीहरूलाई मद्दत गर्नको निम्ति हामीहरू नजिकको सियोनका दाजुभाइ-दिदीबहिनीहरूसँग हातमा हात मिलाएर अगि बढ्यौं । क्षतिग्रस्त ठाउँका हरेक कुनाकाप्चामा ठूलै…

वाङ गा राम / बुसान, कोरिया

​प्रेमको टेप​

नव दुलहा अर्ल डिक्सनलाई एक जना व्यक्तिको चिन्ता लाग्थ्यो- हेल्चेक्र्याइँ गर्ने उनकी पत्नीको । कारण, तिनकी पत्नीले खाना पकाउँदा उनको घरी चक्कुले हात काटिने, घरी औँलाहरू पोल्ने हुन्थ्यो । त्यो समयमा डिक्सनले मेडिकल टेप उत्पादन गर्ने कम्पनीमा जागिर गर्ने भएकाले घाउमा लगाउने टेप र ब्यान्डेजले आफ्नी पत्नीको राम्ररी उपचार गरिदिन सक्थे । तर तिनी घरमा नभएको बेला यदि पत्नीको हात काट्यो अथवा उनलाई पोल्यो भने उनी अत्तालिन्छिन् कि भन्ने कुराको तिनलाई सधैँ चिन्ता लाग्थ्यो । ‘एकलै हुँदा पनि आफ्नो उपचार आफैले गर्न सक्ने भएकी भए म ढुक्क हुन सक्थें ।’ यसरी तिनले, पत्नीलाई सजिलो होस् भनेर घाउहरूमा सजिलै लगाउन सकिने टेप उत्पादन गर्न थाले । पत्नीको उपचार गर्ने अनुभव बटुल्दैजाँदा, तिनी घाउ टेपलाई उपयुक्त आकारमा काट्ने, टेपको बीचमा औषध-पट्टी राख्ने…

सबैभन्दा महान् चिकित्सक

प्राचीन चीनको युद्धकालीन समयमा बिएन क्यु नाउँ गरेका एक जना प्रसिद्ध चिकित्सक थिए । उनका अन्य दुई दाजुहरू पनि चिकित्सक नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै एक दिन वेइ देशका राजाले उनलाई प्रश्न सोधे, “तिमी र तिम्रा दाजुहरूमध्ये कोचाहिँ महान् चिकित्सक हो ?” तब बिएन क्युले “मेरो जेठो दाजु महान् चिकित्सक हुनुहुन्छ, त्यसपछि मेरो अर्का दाजु ... मचाहिँ सबैभन्दा कमजोर छु” भन्ने जवाफ दिए । तब राजाले त्यसको कारण सोधे र तिनले यसो भने । “मेरा जेठा दाजुले एक झलकमै समस्या ठम्याएर मानिसहरूलाई बिरामी हुनबाट बचाउनुहुन्छ । त्यसो हुँदा, उहाँले बिरामी हुनबाट बच्ने अवस्था पहिल्यै मिलाइदिनुभएको कुरा मानिसहरूले पत्तो पाउँदैनन् । मेरा अर्का दाजुले चाहिँ बिरामीका लक्षणहरू चिनेर, अवस्था गम्भीर बन्नुभन्दा अघि नै उपचार गरिदिनुहुन्छ । यसकारण मानिसहरू…