विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
पूर्ण सामान बनाउन
कुनै मोबाइललाई १ मिटर माथिदेखि खसालिन्छ, नरोकीकन फन्फनी घुमिरहने बाकसमा राखिन्छ, अनि त्यसमा पानी पनि खन्याइन्छ । फेरि १०० किलो तौलको व्यक्तिलाई त्यसमा बस्न लगाइन्छ, अथवा त्यसका बटनहरूलाई लाखौँ पटक थिच्न लगाइन्छ । मोबाइललाई यतिसम्म दिइएको चरम यातनाचाहिँ वास्तवमा मोबाइल कम्पनीले गरेको गुणस्तर जाँच हो । भनिन्छ, कम्पनीले आफ्नो सामानलाई उच्च गुणस्तरीय बनाउनको निम्ति ग्राहकहरूको सुझावलाई मध्यनजर गर्ने, प्रयोग शैली जाँच्ने र अनुगमन सूचीमा राख्ने गर्छ । यति मात्र नभएर कुनै एयर-टाइट भाँडा कम्पनीले भाँडाको बिर्कोलाई लाखौँ पटक लगाउने र खोल्ने गर्नुको साथै भाँडामा तरल तत्व हालेर त्यसलाई चौबीसै घण्टा हल्लाउने गर्छ । राइस-कुकर कम्पनीले चाहिँ कुनै नयाँ कुकर उत्पादन गर्दाखेरि १.५ टनभन्दा बढी चामल पकाइहेर्छ, अनि दैनिक १०० वटा कुकरहरूमा भात पकाएर त्यसको स्वाद जाँच्ने गर्छ । यस्तो कठिन…
सबैभन्दा महान् उपहार, मानव-शरीर
भनिन्छ, एउटा कार बनाउन २५,००० पाटपुर्जाहरू चाहिन्छ, अनि बोइङ ७४७ बिमान बनाउन करिब साढे ४ करोड पाटपुर्जाहरूको आवश्यकता पर्छ । त्यसोभए हाम्रो शरीरचाहिँ नि त ? हाम्रो शरीरमा करिब १ नील कोषीय तन्तुहरू, २.५ नील राता रक्त कोषिकाहरू, २.५ अरब स्वेत रक्त कोषिकाहरू हुन्छ, अनि जिब्रोमा मात्र ९,००० वटा स्वाद कोषिकाहरू हुन्छ । जम्मा ३०० ग्रामको मानव-मुटु एक दिनमा १ लाख चोटि धड्किन्छ । त्यसले ७,२०० लिटर रगत पम्प गरेर प्रतिघण्टा २१६ कि.मिको गतिले शरीरभित्रका रक्त नलीहरूमा निरन्तर प्रवाह गरिरहन्छ । अनि फोक्सोले दिनहुँ करिब २०,००० चोटि श्वास-प्रश्वास गर्दै १०,००० लिटर हावा लिन्छ । शरीरको कुल तौलको २.५ प्रतिशत भाग ओगट्ने मस्तिष्कमा १.४ अरब स्नायु कोषिकाहरू हुन्छ, अनि दैनिक ७० लाख मस्तिष्क कोषिकाहरूले कार्य गर्ने भएकोले हामीले सोच्ने काम गर्न…
सुगन्ध छर्ने व्यक्ति
बाटोमा हिँड्दाखेरि पाउरोटी बनाउँदैगरेको मीठो बास्नाले यहाँहरू सबैलाई कुनै न कुनै बेला आकर्षित गरेको क्षण पक्कै छ होला । पाउरोटीको यस्तो बास्नाले मानिसहरूमा भोक जगाउने काम मात्र गर्दैन, तर मानिसलाई नम्र पनि बनाइदिन्छ भन्ने गरिन्छ । फ्रान्सको साउदर्न ब्रिटानी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ८ जना मानिसहरू खटाएर पाउरोटीको बास्नाको प्रभावबारे परीक्षण गर्न बेकरी पसल र कपडा पसलको अगाडि उनीहरूको आ-आफ्नो सामान खसाल्न लगाए । ४०० पटकसम्म गरिएको अनुसन्धानको परिणामस्वरूप, कपडा पसलको अगाडि झरेको सामान उठाएर सम्बन्धित व्यक्तिलाई दिने मानिसहरू ५२% मात्र थिए भने, पाउरोटी बेकरीको अगाडि झरेको सामान उठाएर सम्बन्धित व्यक्तिलाई दिने मानिसहरूचाहिँ ७७% थिए । विगतमा पनि यस्तै परीक्षण गरिँदा, कागती, सुन्तला अथवा कफी इत्यादिको बास्नाले पनि मानिसहरूमा अनुकूल प्रभाव पारेको कुरा पत्ता लागेको थियो । कुनै एक जना भारतीय शिक्षकले…
प्रेमको टेप
नव दुलहा अर्ल डिक्सनलाई एक जना व्यक्तिको चिन्ता लाग्थ्यो- हेल्चेक्र्याइँ गर्ने उनकी पत्नीको । कारण, तिनकी पत्नीले खाना पकाउँदा उनको घरी चक्कुले हात काटिने, घरी औँलाहरू पोल्ने हुन्थ्यो । त्यो समयमा डिक्सनले मेडिकल टेप उत्पादन गर्ने कम्पनीमा जागिर गर्ने भएकाले घाउमा लगाउने टेप र ब्यान्डेजले आफ्नी पत्नीको राम्ररी उपचार गरिदिन सक्थे । तर तिनी घरमा नभएको बेला यदि पत्नीको हात काट्यो अथवा उनलाई पोल्यो भने उनी अत्तालिन्छिन् कि भन्ने कुराको तिनलाई सधैँ चिन्ता लाग्थ्यो । ‘एकलै हुँदा पनि आफ्नो उपचार आफैले गर्न सक्ने भएकी भए म ढुक्क हुन सक्थें ।’ यसरी तिनले, पत्नीलाई सजिलो होस् भनेर घाउहरूमा सजिलै लगाउन सकिने टेप उत्पादन गर्न थाले । पत्नीको उपचार गर्ने अनुभव बटुल्दैजाँदा, तिनी घाउ टेपलाई उपयुक्त आकारमा काट्ने, टेपको बीचमा औषध-पट्टी राख्ने…
सबैभन्दा महान् डाक्ट
प्राचीन चीनको युद्धकालीन समयमा बियान क्वे नाउँ गरेका एक जना प्रसिद्ध डाक्टर थिए । उनका अन्य दुई दाजुहरू पनि डाक्टर नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै एक दिन वेइ भन्ने देशका राजाले उनलाई प्रश्न सोधेछन्, “तिमी र तिम्रा दाजुहरूमध्ये कोचाहिँ महान् डाक्टर हो जस्तो लाग्छ ?” तब बियान क्वेले “मेरो जेठो दाजु महान् डाक्टर हुनुहुन्छ, त्यसपछि मेरो अर्का दाजु ... मचाहिँ सबैभन्दा कमजोर छु” भनेर जवाफ दिएछन् । तब राजाले किन त्यसो भनेको भनेर कारण सोधेछन् । “मेरा जेठा दाजुले राम्ररी नहेरे पनि एक झलकमै समस्या ठम्याएर मानिसहरूलाई बिरामी हुनबाट जोगिन सहयोग पुऱ्याउनुहुन्छ । त्यसो हुँदा, उहाँले बिरामी हुनबाट बच्ने अवस्था पहिल्यै मिलाइदिएको कुरा मानिसहरूले राम्ररी बुझ्दैनन् । मेरा अर्का दाजुले चाहिँ बिरामीका लक्षणहरू चिनेर, अवस्था गम्भीर बन्नुभन्दा…
क्यान्सरलाई समेत जित्ने हाँसो
के यहाँहरूलाई हाम्रो शरीरमा क्यान्सरलाई परास्त गर्ने विशेष लडाकाहरू हुन्छ भन्ने तथ्य थाहा छ त ? ती हुन् प्राकृतिक विनाशक कोषिका(Natural Killer Cell), जसलाई NK कोषिका भनिन्छ । बाहिरबाट शरीरभित्र प्रवेश गर्ने भाइरस वा कीटाणुहरूलाई प्रतिरक्षा प्रणालीले नष्ट गर्न सक्छ, तर क्यान्सर कोषिकाचाहिँ शरीरभित्रै हुर्किने शत्रु भएकोले प्रतिरक्षा प्रणाली एकलैले त्यसलाई नष्ट गर्न सक्दैन । यो अवस्थामा NK कोषिकाहरूको आवश्यकता पर्छ । NK कोषिकाहरूले संक्रमित वा ट्यूमर कोषिकाहरू पत्ता लगायो भने, ती कोषिकाहरूको नजिकै पर्फोरिन भन्ने प्रोटिन खटाउँछ, जसले संक्रमित कोषिकाहरूको झिल्लीलाई छेडेर त्यहाँबाट लगातार पानी र साल्ट प्रवाह गरी त्यसलाई नष्ट गर्न सक्छ । NK कोषिकाहरू हाम्रो प्रतिरक्षा प्रणालीको सबैभन्दा प्रबल अग्ररेखी प्रतिरक्षक हो । NK कोषिकाहरूलाई सक्रिय पार्ने तरिका नै हाँसो हो । हाँस्यो भने NK कोषिकाहरू सक्रिय…
मानिसलाई विभेद गर्ने क्याफे
फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट सहर, नाइस(Nice)को कुनै एउटा क्याफेको मेन्यूमा कफीको मूल्य यसरी तोकिएको थियो : “कफी” मात्र भन्यो भने १० डलर, “कफी ल्याइदिनुहुन्छ कि ?” भन्यो भने ६ डलर, अनि “कृपया, एक कप कफी ल्याइदिनुहुन्छ कि ?” भनेर भन्यो भनेचाहिँ मात्र २ डलर । उही कफी भए पनि मगाएको बोलीअनुसार त्यसको मूल्य ५ गुणा महँगो पनि हुन जान्छ भने ५ गुणा सस्तो पनि । बोलेको बोलीअनुसार मानिसलाई विभेद गर्ने यो क्याफेको नियम साँच्चै रमाइलो थियो । त्यो क्याफेको साहुजीले “खाजा समयमा ग्राहकहरू प्रायः तनावग्रस्त भएर आएका अवस्थाहरू धेरै हुन्छ । त्यसैले कफी मगाउँदा पनि मेरा कर्मचारीहरूसँग रुखो व्यवहार गर्ने भएकाले हामीले यस्तो मेन्यू बनाएका हौं” भने । यसरी मेन्यू परिवर्तन गरेपछि केही ग्राहकहरूले चाहिँ अति नै नम्र व्यवहार…
धैर्यता र सहनशीलताद्वारा
सन् १९३२मा संयुक्त राज्य अमेरिकास्थित सान फ्रान्सेस्कोमा जन्मिएका बिल पोटर, जन्मिएदेखि मानसिक पक्षघातले ग्रस्त थिए । उनी गाह्रो गरी बोल्थे, ढाँड पनि कुप्रो परेको थियो, अनि उनको दाहिने हात र खुट्टामा समस्या थियो । उच्च विद्यालयबाट स्नातक तह उत्तीर्ण गरेपछि उनले जागिर खोजे, तर कुनै पनि कम्पनीले उनलाई जागिर दिएन । घर सरसफाइ सामग्रीहरू बेच्ने ‘वाटकिन’ कम्पनीले सुरुमा उनलाई फर्काइदिएको थियो । तर पोटरले “मलाई सबैभन्दा विकट ठाउँमा पठाइदिनुहोस्” भन्दै रिझाएकोले अन्तत: उक्त कम्पनीले उनलाई सामग्री बिक्रेताको रूपमा नियुक्त गऱ्यो । पानी वा हिउँ परे पनि उनलाई तोकिदिइएको ठाउँमा दिनहुँ गह्रौँ झोला बोकेर उनी लगभग ११ कि.मि. हिँड्थे । कुनै सत्कार नपाए पनि, ढोकाहरू जोडले लगाइएको भए पनि, मानिसहरूबाट पाएको अपमानलाई अर्को पटक अझ राम्रो सामान लिएर आउनू भन्ने अनुरोधको…
टि-म्याक टाइम
सन् २००४ डिसेम्बर ९ तारिखमा संयुक्त राज्य अमेरिकाको दुई वटा बास्केटबल टोली- ह्यूस्टन रकेट र सान आन्टोनियो स्पर्सबीच बास्केटबल प्रतिस्पर्धा भएको थियो । खेल सिद्धिन ४१ सेकेन्ड मात्र बाँकी हुँदा खेलको स्कोर ६८:७६ थियो, ह्यूस्टन रकेट ८ अङ्कले पछि परेको थियो । अब सान आन्टोनियो स्पर्सले खेल जित्ने भयो भन्ने सोचेर आधाभन्दा बढी दर्शकहरू रङ्गशालाबाट बाहिरिएका थिए । त्यसपछि ‘टि-म्याक’ नामले बोलाइने ह्यूस्टन रकेट टोलीका खेलाडी ‘ट्रेसी मेकग्रेडी’ले एकदमै उत्कृष्ट खेल देखाउन थाले । टि-म्याकले ३ स्कोर गरेर ७१ अङ्क बनाए भने स्पर्सले चाहिँ फ्रि थ्रोबाट २ अङ्क हासिल गरेर ७८ अङ्क बनायो । त्यसपछि टि-म्याकले थ्री-पोइन्टर र फ्रि थ्रोबाट १ अङ्क हासिल गरेर कुल ४ अङ्क हासिल गरे भने विपक्षी टोली, स्पर्सले पनि थप २ अङ्क हासिल गऱ्यो ।…
आमाको विश्वास
सन् १९६० सेप्टेम्बर १७ तारिखमा रोम ओलम्पिक हेरिरहेका थुप्रै मानिसहरूको ध्यान एक जना अमेरिकी महिला खेलाडीमा केन्द्रित भयो । ती महिलाले १०० मिटर दूरीको दौड ११ मिनेटमा पार गरेर स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यसपछि २०० मिटर र ४०० मिटर दूरीको रिले दौडमा थप दुई वटा स्वर्ण पदक जितेर कुल तीन वटा स्वर्ण पदक हात पार्न सफल भएकी ती स्त्री नै ‘विल्मा रुडल्फ’ हुन् । तर उनलाई यस्तो चर्चाको पात्र बनाएको चाहिँ तीन वटा स्वर्ण पदकले थिएन । त्योचाहिँ सानैदेखि हिँड्न पनि नसक्ने गरी उनी गम्भीर पक्षाघात रोगले ग्रसित अवस्थामा रहेको यथार्थताले गर्दा थियो । ती महिलाले आफ्नो सफलताको राज यसरी बताइन् । “यसको सबै श्रेय मेरी आमालाई जान्छ । आमाले सधैँ ममा ‘उत्कट इच्छा गरेमा सबै कार्य गर्न…
योचाहिँ ( ) हो
यसले तपाईंको हृदयमा हलचल मच्चाइदिन्छ । यसले तपाईंलाई जे गर्न पनि तम्तयार गराइदिन्छ । यो छ भने गुनासो नै आउँदैन । यो पाउनलाई अर्को कुनै कुरा गुमाउनुपर्छ । तपाईंले यसलाई आफ्नो हृदयमा मात्र सीमित हुन दिनुहुँदैन । योचाहिँ तपाईंले आफ्नो सीमाभित्र उत्कृष्ट गर्दैमा पाइहाल्ने कुरा होइन । तपाईंले आफ्नो सीमालाई तोड्नुभएमा यो पाउन सक्नुहुनेछ । यो नभएको मानिसचाहिँ संसारको सबैभन्दा दयनीय मानिस हो । योचाहिँ जोसुकैले लिन सके पनि, दुःखको कुराचाहिँ यसलाई आफ्नो नबनाईकनै संसार छोडेर जाने मानिसहरू अझ धेरै छन् । यसलाई त्यत्तिकै लिएर मात्र राख्यो भने यो जस्ताको तस्तै रहन्छ, तर कार्यान्वयन गरेको क्षणदेखि यो वास्तविकता बन्दछ । यसलाई बाधा पुऱ्याउने कुराचाहिँ परिस्थिति वा कठिनाइ होइन तर ‘स्थिरता’ हो । त्यो के होला ? त्यो नै ‘सपना’ हो…
बिर्सिने आशिष्
अघिदेखि खोजिरहेको गाडीको चाबी हातमै छ त । तिमीले हराएको फोनको घण्टीको आवाज त घर्राभित्रबाट आइरहेको छ । तिमीले धुइँधुइँती खोजिरहेको रिमोट मैले फ्रिजभित्र भेट्टाएँ । आफ्नो बिर्सिने बानीका कारण यहाँहरूले यीमध्येको एउटा अवस्था भए पनि अनुभव गर्नुभएको छ होला । तर यदि आफूसँग घटेका घटनाहरू एउटै पनि छुटाईकन सबै याद भइरह्यो भने के हुन्छ होला ? वास्तवमा बेलायतको विश्वविद्यालयका एक जना विद्यार्थीलाई आफू १० वर्षको छँदादेखिका सबै, कुन दिनमा कसलाई भेटेको, के खाएको अनि त्यो दिनको मौसम कस्तो थियो भन्नेजस्ता कुराहरू स्पष्ट याद छ । त्योचाहिँ कुनै फोल्डरमा राखिएका तस्वीरहरूलाई आँखा अगाडि ल्याएर राखिदिएजस्तै हो । त्यस्ता लक्षणहरूलाई ‘हाइपरथिमेजिया’ भनिन्छ । योचाहिँ कुनै अध्ययन वा सिकाइविना नै असामान्य तवरमा आफ्नो जीवनका सबै अनुभवहरू र आत्मकथात्मक स्मृतिहरू विस्तृत रूपमा याद…
अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’
प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको रूपमा लिइन्थ्यो । तर अहिले भने संसार यति परिवर्तन भएको छ, कि ठूलो सोरमा कराउने मानिसलाई उल्टै मालिक ठान्ने गरिन्छ । संसारमा हामी अरूहरूसँगै जिउने गर्छौं । दिनहुँ थुप्रै मानिसहरूसँग भेटवार्ता हुने भएकोले एक-अर्कालाई चोट पुऱ्याउन पुग्नु भनेको आम कुरा हो । हाँसउठ्दो कुराचाहिँ, हामीहरू आफूले अरूलाई गरेको दुर्व्यवहार सजिलै बिर्सन्छौं, तर अरूले आफूसँग गरेको दुर्व्यवहारलाई भने लामो समयसम्म सम्झिरहन्छौं । अझ कहिलेकहीँ त, कुनै न कुनै दिन ‘बदला’ लिने सोचाइसमेत लिन पुग्छौं । वास्तवमा रीसले आखिरमा हामी आफैलाई नै…
परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने
परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन । हामीले पनि थोरै मात्र कोसिस गऱ्यौं भने आफ्ना अमूल्य परिवारको इच्छा सजिलैसँग पूरा गरिदिन सक्छौं । त्यसो हुँदा, यहाँहरूको परिवारले परीकथामा अलौकिक शक्ति भएको पात्रको ईर्ष्या गर्नेछैनन् । यहाँहरूले विचारशील भएर साँचो हृदयले एक-अर्काको इच्छा पूरा गरिदिनुभयो भने परिवारका सबै सदस्यहरू स्वतः खुशी हुनेछन् । यो महिनामा, स्वेच्छाले आफ्ना मायालु परिवारको ‘सानो इच्छा’ पूरा गरिदिनुहोला । परीकथाजस्तै सुन्दर कहानी यहाँहरूको सामु प्रकट हुन पनि सक्छ । सुझाव परिवारको इच्छा बुलेटिन बोर्ड तयार गर्ने उदाहरण : “( )ले मेरो…
परिवारको प्रबल पक्ष बढाउने !
कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन । प्रेमको बीउलाई उम्रिएर, फूल फुलेर फल फल्ने गराउनको निम्ति त्यसको हेरचाह गर्नुपर्छ । तरिकाहरूमध्येको एउटा नै परिवारका प्रबल पक्षहरूमा नजर लगाउनु हो । प्रबल पक्षहरू पत्ता लगाउनको निम्ति परिवारमा रुचि राख्ने क्रममा आपसी समझदारी प्रगाढ बनेर प्रेम बढ्दैजान्छ । प्रबल पक्षहरू पत्ता लाग्यो भने त्यसलाई आफूभित्र मात्र सीमित नराखीकन बोलीद्वारा अभिव्यक्त गरिहेर्नुहोस् । त्यसरी अभिव्यक्त गऱ्यो भने उनीहरूमा आत्मविश्वास पलाएर उनीहरूको प्रबल पक्ष अझ चम्कनेछ । यो महिनामा परिवारभित्र एक-अर्काका प्रबल पक्षहरूलाई अभिव्यक्त गर्दै प्रेमको फूल फुलाउनुहोस् ! सुझाव परिवारको…
परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !
खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ । नम्र हुनु यतिसम्म प्रभावकारी हुन्छ भने यो महिना आफ्नो परिवारलाई आफ्नो ग्राहक ठानेर उनीहरूसँग नम्र व्यवहार गर्दा कसो होला ? वास्तवमा परिवारसँग सधैँ नम्र व्यवहार गर्न सजिलो त हुँदैन । कहिलेकहीँ निराश हुँदा, बिरामी हुँदा अथवा अरू कुराको बढी वास्ता गर्दाखेरि रुखो बोली र व्यवहार गर्ने अवस्थाहरू धेरै हुन्छ । यसैकारण एक-अर्कालाई चोट पुऱ्याएको वा आपसमा असमझदारी सृजना भएको कुराप्रति पछुतो पनि लाग्न सक्छ । कुनै अपरिचित व्यक्तिसँग त मन्द मुस्काउँदै व्यवहार गरिन्छ भने आफ्नो परिवारसँग त्यसरी व्यवहार गर्न…
सँगै खेलौं, ‘खुशीको खेल’
सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो छ” भन्दै ज्यादै हर्षित भइन् । खाना खाने समयमा अबेर भएर पाउरोटी र दूध मात्र खानुपर्दा उनले “मलाई पाउरोटी र दूध मन पर्छ” भनिन् । ‘खुशीको खेल’ भनिने उनको सकारात्मक सोच्ने तरिका सहरभरि फैलियो, जसले निन्याउरो मुहार बनाएको मानिसलाई समेत उज्यालो गरी मुस्कुराउने गरायो । विशेष गरी कुनै राम्रो कुरा हुँदा मात्र हामीहरू खुशी र हर्षित हुनेचाहिँ होइन । खुशी हुने र नहुने कुराचाहिँ दिइएको अवस्थालाई हामीले कसरी लिन्छौं भन्ने कुरामा निर्भर हुन्छ । यो महिना, आफ्नो परिवारसँगै पोलियानाको ‘खुशीको…
हाम्रो प्यारो घर ‘Sweet Home’
प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’ भनेको धेरै भाषाहरूमा राम्रो भन्ने अर्थ हो । पर्याप्त चिनीले तपाईंको मनलाई शान्त बनाउनुको साथै तपाईंलाई राम्रो महसुस गराउँछ । किनकि चिनीले उत्सर्जन गराउने सेरोटोनिन(मस्तिष्कमा हुने एक किसिमको रसायन) नै हामीले खुशी महसुस गर्दा उत्सर्जन हुने हर्मोन हो । यो महिनामा, विभिन्न तरिकाले आफ्नो परिवारलाई मिठास प्रदान गरिदिनुहोला । तपाईंको घर ‘Sweet Home’ बन्नेछ । सुझाव मीठो र नरम आवाजमा बोल्ने एक-अर्कालाई प्रेमले भरिएको नजरले हेर्ने सुन्दा मात्र पनि राम्रो लाग्ने कुरा भन्ने (उदाहरण : ‘माया गर्छु,’ ‘धन्यवाद,’ ‘राम्रो काम…
म मेरो परिवारको समर्थक हुँ !
खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल र आत्मविश्वास प्रदान गरी खेललाई जिततर्फ डोऱ्याउने प्रेरक शक्ति बन्दछ । खेल सकाएका खेलाडीहरूले “दर्शकहरूको समर्थनले मलाई शक्ति मिल्यो” भन्ने कुरा एकदम सही हो । प्रोत्साहन र समर्थन खेलाडीहरूलाई मात्र नभएर सबैलाई आवश्यक पर्छ । किनकि आफूलाई दिइएको मिसन अथवा सपनाको निम्ति जिउने दैनिक जीवनचाहिँ कहिलेकहीँ एउटा उग्र प्रतिस्पर्धाजस्तै हुन्छ । यो महिना परिवारको भरपर्दो समर्थक बन्नुहोस् । परिवारको प्रोत्साहन र समर्थनभन्दा अझ शक्तिशाली अरू केही हुन सक्दैन ! सुझाव ईमानदारितापूर्वक सकारात्मक बोली बोल्ने समर्थन र प्रोत्साहनले भरिपूर्ण मोबाइल सन्देश…
राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !
‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी तुल्याउनेछ । यसकारण राम्ररी अभिवादन गऱ्यो भने काम पनि राम्रो हुनेछ । खुशी परिवार बनाउनमा पनि अभिवादनले ठूलो भूमिका निर्वाह गर्दछ । समयअनुसार राम्ररी अभिवादन गर्ने परिवारहरूको घर जीवन्त बन्छ । परिवारमा राम्ररी अभिवादन गर्नाले एक-अर्कालाई आदर गर्दै विचारशील हुने मन आउनुको साथै आपसी सञ्चार पनि स्वभावतः बढ्छ । अभिवादनचाहिँ छोरा-छोरीहरूका निम्ति एक घरेलु शिक्षा पनि हो । यो महिना, मौका मिल्नेबित्तिकै परिवारका सदस्यहरूलाई राम्ररी अभिवादन गर्नुहोस् । अभिवादन गर्नुभएन भने क्षमाप्रार्थी हुनुहुनेछ, अनि धेरै गर्नुभयो भने पनि त्यो बढीचाहिँ…