विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

टिफिन बक्समा प्रेम राखेर

म एक युवक हुँ– ऊर्जाले भरिएको प्रभातको शीतजस्तो युवा । तर कहिलेकहीँ यो कुराले मलाई लज्जित तुल्याउँछ, र म मेरो वरपरका मानिसहरूप्रति क्षमाप्रार्थी हुन्छु । किनकि घरमा आमाले खाना बनाइहाल्नुहुन्छ, अनि सियोनमा मभन्दा अग्रज सन्तहरूले मेरो हेरविचार गर्नुहुन्छ । माताले…

इ सि वन / सउल, कोरिया

पाना पल्टाइदिने व्यक्ति

सदन अर्केस्ट्रामा होस् अथवा पियानो वादनमा, प्रस्तुति अवधिभर मञ्चमै उपस्थित भए पनि दर्शक वृन्दमाझ आफूलाई प्रकट नगर्ने एक जना व्यक्ति हुन्छन्, जसलाई “पाना पल्टाइदिने व्यक्ति(page-turner)” भनिन्छ । शाब्दिक अर्थजस्तै, पियानोवादक एकलैले पाना पल्टाउन नसक्ने हुँदा सङ्गीतका पानाहरू पल्टाइदिनेलाई नै पाना…

६ जना सन्तानकी आमा

मेरी आमा निकै दयालु र शान्त स्वभावकी हुनुहुन्थ्यो । कोमल सोरमा मेरो निम्ति पुस्तक पढिदिनुहुने मेरी आमाको स्वरूप मलाई धेरै मन पर्थ्यो । म ५ वर्षकी हुँदासम्म उहाँले मलाई राजकुमारीलाई जसरी हुर्काउनुभयो, र त्यही वर्ष मेरी बहिनीको जन्म भयो ।…

जो उन जिन / छाङवन, कोरिया

पारिवारिक संस्कार भएको बैठक कोठा

सामान्यतया एउटा घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र शौचालय जस्ता कोठाहरू हुन्छन् । प्रत्येक कोठा फरक-फरक उद्देश्यका लागि प्रयोग गरिन्छ । सामान्यतया सुत्न र कपडा राख्नका लागि सुत्ने कोठा प्रयोग गरिन्छ, लुगा धुन र नुहाउनका लागि शौचालय प्रयोग गरिन्छ…

निर्बल पक्षलाई सबल पक्षमा परिवर्तन गराउँदै

समुद्रको शीर्ष शिकारी, सार्क माछामा एउटा प्राणघातक निर्बल पक्ष हुन्छ । त्यो के हो त भन्दा सार्कको शरीरमा, पानीमा तैरने शक्ति र श्वासेन्द्रिय मांसपेशीलाई नियन्त्रण गर्ने वायु-थैली नै हुँदैन । सार्कको शरीरमा वायु-थैलीको सट्टामा शरीरको एक चौथाइ भाग ठूलो कलेजोले…

बुबा-आमाको चिन्ता

म घरदेखि टाढा रुसमा बस्ने भएकीले मेरो हालखबर थाहा दिनको निम्ति बुबा-आमालाई आफ्ना तस्वीरहरू पठाउने गर्छु । गत हिउँदमा पहिलो पटक असिना पर्दाको कुरा हो । असिनाको झरी अत्यन्त सुन्दर देखिएको थियो । असिना थापिरहेको मेरो हातको तस्वीर खिचेर मैले…

गाङ यो ना / चेल्याबिन्स्क, रुस

मलाई उत्तर दिनुहोस्

कोमल र नम्र स्वभावकी एक जना स्त्री मेरो छिमेकमा बस्नुहुन्थ्यो । आमासँग मिल्ने उहाँकी सानी छोरीको शील-स्वभाव पनि राम्रो थियो । अपरिचित मानिसहरूसँग नडराउने ती नानी निकै ज्ञानी भएकीले मैले “वाह् साह्रै ज्ञानी । कति मायालु !” भनेर उनको प्रशंसा…

इम जि मिन / गुन्फो, कोरिया

हाँसोले भरिएको खुशी परिवार

आयरल्याण्डको डब्लिनस्थित एउटा अन्त्येष्टि गृहमा शोकको गम्भीर वातावरणको बीचमा, शोक गर्ने मानिसहरू अचानक हाँस्न थाले । त्योचाहिँ मृतकको अनुरोधअनुसार उनकी छोरीले शोक गरिरहेकाहरूलाई हँसाउन पहिल्यै रेकर्ड गरिएको हास्यास्पद अडियो बजाइदिएकीले गर्दा थियो । दीर्घकालीन रोगसँग जुधिरहेको अवस्थामा पनि सधैँ मुस्कुराउने…

चिसो तापमान

तापमान जान्न सकिने तरिका दुई किसिमका छन् । एउटा थर्मोमीटरद्वारा मापन गरिने वास्तविक तापमान हो भने अर्कोचाहिँ मानिसको शरीरले आभास गर्ने चिसो तापमान हो । चिसो तापमानचाहिँ तेज हावा, आर्दता र सौऱ्य ताप लगायत हावाको तापक्रम इत्यादि विभिन्न कारणले उत्पन्न…

ती मानिसजस्तै

अँध्यारो समुद्रमा यात्रा गर्ने जहाजलाई मार्गनिर्देशन गर्ने दीपगृहझैँ जीवनको यात्रामा तपाईंलाई सही बाटोमा डोऱ्याउने एक जना मार्गनिर्देशकको आवश्यकता पर्छ । यस्तो मार्गनिर्देशकलाई प्रायः ‘रोल मोडेल’ भनिन्छ । रोल मोडेल छ भने लक्ष्य अझ स्पष्ट हुन्छ, अनि तपाईं अझ प्रेरित हुनुहुनेछ…

सबै किसिमका खराबीबाट अलग बस

म केही महिनासम्म बिरामी भएँ । फार्मेसीबाट अनेक थरीका औषधीहरू किनें, अनि घरेलु उपचारदेखि लिएर सबै किसिमका उपचारहरू गरें, तर कुनै सुधार आएन । जागिर छोड्नुपर्ने जस्तो अवस्थामा पुग्दा, पहिला कामको सिलसिलामा चिनजान भएको एक जना डाक्टरलाई भेट्न म गएँ…

गोइट्सिओन थमाइ / केप टाउन, गणतन्त्र दक्षिण अफ्रिका

बज्रपात

सर्ने योजना भएकोले केही बेर घर मिलाउने क्रममा, म अबेर रातसम्म भान्सा मिलाउनमा व्यस्त भएँ । अन्तिममा फ्रिज सफा गरिरहँदा त्यतिकै राखिएको प्लास्टिकको बोतलमा के रहेछ भनेर निश्चित गर्न त्यसलाई खोलेर हेरें । त्यही बेला अचानक बोतलमा भएको कुरा ‘भ्वाट्ट’…

सउल, कोरिया

आफूमा निर्भर हुने कुरा

उही लेख भए पनि त्यो पढ्ने प्रत्येक मानिसले पाउने महसुस फरक हुन्छ । कसैले सरसरती हेरेको शब्द, अरू कसैको निम्तिचाहिँ अमूल्य महसुस दिलाउने आधार पनि बन्न सक्छ । कहिलेकहीँ परिस्थिति पनि बद्लिन सक्छ । विगतमा खासै प्रेरणादायी नलागेको लेखले पछि…

गरिहेरेमा थाहा हुने कुरा

म सानो छँदै बुबा-आमा बित्नुभएकोले मैले जीविका चलाउन पैसा कमाउनुपर्ने भयो । यसैले मेरो जीवन युद्धजस्तै र संसार युद्धभूमिजस्तै थियो । कसैले मलाई जोगाउन नसक्ने यस निर्दयी संसारमा पछि नपर्नको निम्ति मैले पसीना बगाएर काम गरें । ढिलो उमेरमा परिवार…

आन ब्यङ छान / सउल, कोरिया

राम्रो मौसम

घाम तातो भयो, बतास जोडले चल्यो अथवा वर्षा भयो भनेर के कहिलेकहीँ तपाईंलाई मूड खराब हुने या त दिक्क लाग्ने गर्छ ? घामको किरणले मानव-शरीरमा भिटामिन डि उत्पन्न गर्छ, र यसले बोटबिरुवामा प्रकाश संश्लेषणको स्रोतको भूमिका खेल्छ । वर्षाले हावामा…

झगडा, सबै जना विजेता बन्ने अवसर !

हिजोआज प्रायः परिवारमा विभिन्न आपराधिक घटनाहरू हुने गरेको छ । वार्तालापको कमी भयो भने सबैभन्दा प्रेम गर्नुपर्ने र सुरक्षा दिनुपर्ने सदस्यहरूसमेत अपराधको शिकार बन्न पुग्छन् । विशेष गरी लामो समयसम्मको मनमुटावचाहिँ गहिरो भावनात्मक टक्कर र एक आक्रामक व्यवहार उत्पन्न गराउने…

बिरुवाहरूमा हुने एलिलोप्याथी

बतास चल्दा वा हावाले जडिबुटीलाई हल्लाउँदा, त्यसले मानिसहरूले मन पराउने कडा सुगन्ध फाल्छ । तर वास्तवमा तिनीहरूले त्यो सुगन्ध फाल्नुको कारणचाहिँ आफूलाई बाह्य आक्रमणबाट बचाउनको निम्ति हो । झुसिलकीराहरूले सल्लाको पात खान्छन् र बन्दामा लाग्ने कीराहरूले बन्दाको पात खान्छन् ।…

खजाना बाँड्दा

जब थोमस एडिसनले फोनोग्राफको आविष्कार गरे, उनले वैज्ञानिक जर्नल र पत्रपत्रिकाहरूमा आफ्नो आविष्कारबारे सक्रिय रूपमा प्रचार गरे । पछि उनले बिजुली बत्ती (Incandescent light bulb)आविष्कार गर्नका लागि अनुसन्धान सुरु गरे जुन कुरा पत्रपत्रिकाहरूमा पनि छापियो, र मानिसहरूको अपेक्षा बढ्दैजाँदा ठूला…

फिरफिरे घुमाउनको लागि

“बुबा, मैले बनाएको फिरफिरे हेर्नुहोस् ।” “वाह, राम्रो छ ! यसले कत्तिको काम गर्छ भन्ने कुरा बुझ्नका लागि एक चोटि परीक्षण गर्नुपर्ला ?” छोराको हात समाउँदै बुबा घर नजिकैको पार्कमा जानुभयो । उत्साहित छोराले हात माथि उचाल्दै फिरफिरे घुमाउन खोज्यो…

राजकुमारको पहिचान

छिमेकीबीच राम्रो सम्बन्ध नभएको कुनै एउटा गाउँमा राजाले भ्रमण गरेछन् । आफ्नो निरीक्षण पूरा गरेपछि, राजाले गाउँलेहरूलाई अनुरोध गरेछन् । “वास्तवमा मेरो कान्छो छोरा केही समय यही बस्ने भएकोले तिमीहरूले ऊसँग राम्रो व्यवहार गर्नू ।” तर राजाले राजकुमार को हो,…