विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

सुरु गर्ने समय

शक्तिशाली आँधीका कारण छानो भाँचिएको एउटा घर थियो । पानी पर्दा छतबाट पानी चुहिने भए पनि घरधनीले छत मर्मत गर्नेबारे सोच्नसमेत सकेन । घरधनीले सोच्यो, ‘पानी पर्न रोकिएपछि छत मर्मत गर्नुपर्ला ।’ पानी पर्न रोकिएपछि सफा आकाश देखेर घरधनीले आफ्नो मन परिवर्तन गऱ्यो । ‘यो हप्ता खेतमा झारहरू उखेल्नुपर्नेछ, त्यसैले म अर्को हप्ता मर्मत गर्नेछु ।’ एक हप्ता बितेपछि घरधनीले छत मर्मत गर्न झर्को मान्यो । ‘केही समय पानी नपर्ने भएकोले बर्खामा मर्मत गर्नुपर्ला ।’ यसरी बारम्बार सार्ने क्रममा बर्खा आयो, र भारी वर्षाका कारण घर तहसनहस भयो । बेलायती मनोवैज्ञानिक रिचार्ड वाइज्म्यानले ३,००० जना मानिसहरूमध्ये कतिले नयाँ वर्षको सङ्कल्प पूरा गरे भनी पत्ता लगाउन सर्वेक्षण गरे । एक वर्षपछि करीब १२% मानिसहरूले मात्र आफ्नो सङ्कल्प पूरा गरे । त्यो…

परमेश्वरको इच्छाअनुसार

क्याथोलिक मण्डलीकी कट्टर विश्वासी, मेरी हजुरआमाको कारणले मैले अन्य धर्मको बारेमा कहिल्यै पनि सोच्न पाइनँ । परमेश्वरको मण्डली धाउनुहुने मेरा दिदी-भिनाजुले मलाई सत्यता जानकारी दिनुहुँदा म ‘बाइबलमा यस्तो वचन रहेछ’ भन्दै उत्सुक त हुन्थें, तर त्योभन्दा बढी बुझ्न मन गर्दिनथें । तर एक दिन दिदी-भिनाजुसँगै परमेश्वरको मण्डलीमा जाँदा मेरो सोचाइ परिवर्तन भयो । त्यो ठाउँका मानिसहरू प्रेमले भरिएका देखिन्थे । मलाई बाइबल अध्ययन गर्न पनि रमाइलो लाग्दैगयो । मैले पाप प्रायश्चितको रहस्यबारे सिकें, अनि ‘मानिस किन यस्तो कष्ट भोग्दै अन्त्यमा मर्नुपरेको होला ?’ भन्ने प्रश्नको उत्तर पनि विस्तृत रूपमा पाएँ । त्यस बेलासम्म म परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी त गर्थें, तर गाह्रो अवस्था आइपर्दा म विश्वासबाट पछि हट्थें, अनि जिन्दगीलाई कठिन र निरर्थक यात्रा ठान्थें । परमेश्वरको इच्छाबारे ख्यालै…

सेलेन्ने क्रिस्टिन सान्चेज / लस एन्जलस, संयुक्त राज्य अमेरिका

सुरक्षितसाथ लड्ने तरिका

जुडोचाहिँ दुई जना खेलाडीहरूले एक-अर्काको हात समाउँदै विपक्षीको शक्ति प्रयोग गरेर एक-अर्कालाई हुत्त्याउने, पछार्ने, थिच्ने अथवा धकाल्ने खेल हो । जुडो सिकाइँदाखेरि सबैभन्दा पहिला, आक्रमण गर्ने तरिकाभन्दा पनि ब्रेक फल्स(break-falls, लड्ने तरिका) अभ्यास गराइन्छ । ब्रेक फल्स भनेको विपक्षीले एक्कासि हुत्याउँदा अथवा लडाउँदा शरीरलाई जोगाउने तरिका हो । ब्रेक फल्स सिक्ने प्रक्रिया सजिलो छैन । पूरै शरीरमा चोटपटक लाग्न र हानि पुग्न सक्छ, अनि बानी नपरुञ्जेल बारम्बार दोहोऱ्याइरह्यो भने थकित बन्न पुगिनेछ । ब्रेक फल्सचाहिँ विपक्षीलाई हुत्याएर वा ऊसँग कुस्ती लडेर उसलाई हराउने सीप होइन । खेलाडीहरूले लामो समयसम्म अभ्यास गर्नुको कारणचाहिँ गम्भीर चोटपटक लाग्नबाट जोगाउनको निम्ति हो । लडियो भने पनि चोटपटक नलाग्ने गरी लड्नुपर्छ र रोली-पोली खेलौनाजस्तै फेरि उठेर कुस्ती खेल्नुपर्छ । तब बल्ल जित हासिल गर्न सकिनेछ…

बुबाको अन्तिम उपहार

दिवङ्गत छोरीको नाम सधैँ एउटा बहुमूल्य प्रकाशको रूपमा चम्किरहोस् भन्ने एक बुबाको निश्चल प्रेमद्वारा इ जिन ए मेमोरियल पुस्तकालयको निर्माण गरिएको हो । पुस्तकालयको भित्री भित्ताहरूमा कुँदिएका शिलालेखहरू ‘सबैभन्दा उत्कृष्ट नाम भएको भवन’, ‘सबैभन्दा सुन्दर पुस्तकालय’, ‘दुःखद कहानी भएको पुस्तकालय’, ‘कोरियामा अनुदानमा आधारित पहिलो पुस्तकालय’ ⋯ यी सबैचाहिँ सदेमुन झ्यालखाना ऐतिहासिक सङ्ग्रहालयको नजिकै अवस्थित इ जिन आ मेमोरियल पुस्तकालयका उपनामहरू हुन् । त्यसोभए इ जिन आ को हुन् र पुस्तकालय स्थापना गर्नुको कारण के हो ? इ जिन आचाहिँ एक कान्छी छोरी थिइन्, जसले दोभाषे बनेर आफ्ना आमा-बुबालाई गर्व महसुस गराउने सपना देखेकी थिइन् । तर सन् २००३ जुनमा, संयुक्त राज्य अमेरिकाको बोस्टनमा अध्ययन गर्दा, एउटा अप्रत्याशित दुर्घटनामा उनको निधन भयो । दुर्घटना हुनुभन्दा दुई हप्ताअघि मात्र, उनका बुबा व्यावसायिक…

एक मुठ्ठी बिउबाट

सन् १९७९ मा भारतको आसाम राज्यमा ठूलो बाढी आयो । बाढी आएको ठाउँ पूर्ण रूपमा तहसनहस भयो । पेइङ नाउँ गरेका एक जना किशोर केटाले ध्वस्त जमिनमा रूख रोप्न सुझाव दिए । तर कसैले पनि उसको कुरालाई गम्भिरतापूर्वक लिएनन् । हार नमानी, पेइङ आफैले मुठ्ठीभर बाँसका बीउहरू रोपे । ३० वर्षपछि, त्यो मुठ्ठीभर बाँसको बीउ विभिन्न वन्यजन्तु र बोटबिरुवाहरूले भरिएको एउटा विशाल जङ्गलमा परिणत भयो ।

स्पष्ट सङ्केत

‘वाइल्ड वेस्ट’ उपन्यासका प्रमुख पात्रले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नका लागि एउटा चिन्हमुनि यसो भनेर लेख्छन् । “एउटा अङ्गुरले अर्को अङ्गुरलाई रङ्ग परिवर्तन गर्न मद्दत गर्छ ।” यसको अर्थ हो, जब दाखबारीमा भएको अङ्गुरको झुप्पामा एउटा अङ्गुर पाक्न थाल्छ, त्यसले अर्को अङ्गुरलाई इन्जाइम(enzyme) र सुगन्ध पठाउँछ, र त्यसको प्रभावले गर्दा अर्को अङ्गुर पनि पाक्न थाल्छ । फेरि भन्नुपर्दा, एउटा अङ्गुरले अर्को अङ्गुरलाई अब परिवर्तन हुने र पाक्ने समय भयो भनेर एक प्रकारको सङ्केत पठाउँछ । त्यसै गरी, जब हामी असल बोली, व्यवहार र चरित्रका साथ अघि बढ्छौं, तब हाम्रा वरपरका मानिसहरू पनि परिवर्तन हुन थाल्छन् । यसका लागि कुनै विशेष शब्दको आवश्यकता पर्दैन । किनभने शब्दभन्दा कार्य नै बढी प्रभावशाली हुन्छ ।

म खुशी छु, किनभने म मुस्कुराउँछु

सधैँ उज्ज्वल र हँसिलो अनुहार बनाउनु राम्रो हो, तर कहिलेकहीँ त्यसो गर्न सकिँदैन । यद्यपि यस्तो समयमा पनि मुस्कुराउन सक्ने एउटा रहस्य छ, त्यो नै केवल मुस्कुराउनु हो । वास्तवमा, ‘फेसियल फिडब्याक हाइपोथेसिस’(Facial Feedback Hypothesis) भन्ने एउटा अवधारणा छ, जसले हाम्रो अनुहारको हाउभाउले हाम्रा भावनाहरूलाई प्रभाव पार्छ भन्ने कुरा बताउँछ । जर्मन सामाजिक मनोवैज्ञानिक फ्रिट्ज स्ट्र्याक(Fritz Strack)ले एउटा अनुसन्धानमा सहभागीहरूलाई दुई समूहमा विभाजन गरे, उनले एउटा समूहलाई दाँतले बलपेन च्यापेर कमिक पुस्तक पढ्न लगाए भने, अर्को समूहलाई ओठले बलपेन च्यापेर पढ्न लगाए । प्रयोगपछि दाँतले बलपेन च्यापेका सहभागीहरूले कमिक पुस्तक बढी रमाइलो मानेर पढेको कुरा बताए, किनभने दाँतले बलपेन च्याप्दाको आकारचाहिँ मुस्कुराउँदा ओठको कुना माथि उठेको आकारसँग मिल्दोजुल्दो हुन्छ । योचाहिँ इच्छा नभए पनि अथवा खुशी नभएको अवस्था भए पनि…

शब्दमा व्यक्त गर्न नसकिने ज्ञान

ज्ञान दुई प्रकारको हुन्छ, एउटा शब्दमा वर्णन गर्न सकिने ज्ञान र अर्कोचाहिँ शब्दमा वर्णन गर्न नसकिने ज्ञान । पहिलोलाई ‘स्पष्ट ज्ञान’ र दोस्रोलाई ‘मौन ज्ञान’ भनिन्छ । मौन ज्ञानचाहिँ समुद्रको सतहमुनि लुकेको हिउँको ढिक्काजस्तो हुन्छ, जसलाई सजिलै वर्णन गर्न सकिँदैन तर गहिरो अनुभवबाट बुझ्न सकिन्छ । उदाहरणको लागि गाडी चलाउन सिक्नका लागि गाडी चलाउने तरिका लेखिएको किताब पढ्नुभन्दा त्यसलाई चलाउनु उपयुक्त हुन्छ र खाना बनाउनका लागि कुकिङ बुक पढ्नुभन्दा सिधै खाना पकाउनु उत्तम हुन्छ । यसरी प्रत्यक्ष अनुभवबाट प्राप्त हुने विशेष अनुभूति, सीप र व्यवहारिक ज्ञानलाई मौन ज्ञान भनिन्छ । प्रेम पनि एक प्रकारको मौन ज्ञान हो । भनिन्छ, कि आफू आमा-बुबा नभएसम्म आमा-बुबाको मन बुझ्न सकिँदैन । आफूले सन्तान जन्माएर हुर्काएपछि मात्र आमा-बुबाको परिश्रम, त्याग र प्रेमको गहिराइ महसुस…

असल मानिस

मृत्युको व्यापारीको निधन योचाहिँ सन् १८८८ मा फ्रान्सको एउटा समाचारपत्रले डायनामाइटका स्विडेनी आविष्कारक अल्फ्रेड नोबेलको निधनको खबर छाप्दा प्रयोग गरेको शीर्षक थियो । यद्यपि त्यो समाचार गलत थियो । वास्तवमा, मर्ने व्यक्तिचाहिँ अल्फ्रेड नोबेल नभएर उनका दाजु लुडविग नोबेल थिए । अल्फ्रेड नोबेल आफू जीवितै भए पनि आफ्नो मृत्युको खबर छापिएको देख्दा स्तब्ध त भए नै, तर उनलाई ‘मृत्युको व्यापारी’ भनिएकोले उनी झन् बढी निराश भए । किनभने उनले संसारको नजरमा आफ्नो छवि कस्तो रहेछ भन्ने कुरा महसुस गरे । भन्ने गरिन्छ, कि यहीँ घटनाबाट विचलित भएका नोबेलले नोबल पुरस्कारको स्थापना गरे । एउटा भनाइ छ, मानिसको वास्तविक चरित्र उसको मृत्युपछि छर्लङ्ग हुन्छ । तर मृत्युअघि अर्थात् कसैले कम्पनी छोड्दा वा समुदाय छोड्दा पनि उसको चरित्र थाहा पाउन सकिन्छ ।…

खार्ने प्रक्रिया

फलामचाहिँ कृषि औजार, उपकरण, हातहतियार लगायत विभिन्न साधनहरू बनाउनका लागि प्रयोग गरिन्छ । फलामलाई औजारको रूपमा प्रयोग गर्नको लागि, सबैभन्दा पहिला त्यो बलियो हुनुपर्छ । तसर्थ फलामलाई बलियो बनाउनका लागि तातो आगोमा रातो हुने गरी तताएर घनले ठोक्नुपर्छ र चिसो पानीमा डुबाउनुपर्छ । त्यसो गरेमा बल्ल त्यसको अशुद्धताहरू हट्छ र त्यसको भित्री बनावट बद्लिएर अझ कडा र टिकाउ हुन्छ । यसलाई नै खार्ने प्रक्रिया भनिन्छ । फलामलाई जति खार्यो त्यो त्यति नै बलियो हुँदैजान्छ । भनिन्छ, कि कोरियाको प्राचीन बेक्जे राज्यमा बनाइएको ऐतिहासिक तरबार ‘छिलजिदो’(सात हाँगा भएको तरवार)लाई १०० पटकसम्म खारेर बनाइएको थियो । एउटा खस्रो फलामको टुक्रालाई बलियो र बहुमूल्य औजारमा परिवर्तन गर्नको लागि अनिवार्य रूपमा खार्नुपर्छ । भनिन्छ, कि मानिसले जति धेरै कठिनाइ भोग्छ, ऊ त्यति नै धेरै…

मनदेखि मनसँग सम्बन्ध गाँसिदिने, आँखा

“एउटी नारीको सुन्दरता उसको आँखामा झल्किन्छ, किनभने त्यो उसको मनको ढोका हो, जहाँ प्रेमले वास गर्छ ।” अड्रे हेपबर्न “मानिसको आँखाले जिब्रोले जस्तै कुरा गर्छ, यसको राम्रो पक्ष भनेको, आँखाको भाषा बुझ्न कुनै शब्दकोशको आवश्यकता पर्दैन तर यसलाई सबैले बुझ्न सक्छन् ।” राल्फ वाल्डो एमर्सन झ्यालले बाहिरबाट भित्रको दृश्य, अनि भित्रबाट बाहिरको दृश्य हेर्न मद्दत गर्दछ । वरिपरि जतिसुकै भित्ता भए पनि, यदि झ्याल छ भने त्यसले घामको प्रकाश र हावालाई भित्र छिर्न दिन्छ र घरलाई आनन्दमय बनाइदिन्छ । हाम्रो शरीरमा पनि झ्यालजस्तै एउटा अङ्ग छ । त्यो नै आँखा हो । आँखाले हाम्रो शरीरमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ । ज्ञानेन्द्रियहरूमध्ये, मस्तिष्कलाई सबैभन्दा धेरै काम गराउने अङ्ग नै आँखा हो, किनभने मस्तिष्कले लिने ८०% जानकारी दृष्टिमार्फत प्राप्त हुन्छ । आँखाले…

त्यो अवधिमा गरेको काम

एक जना क्याम्पस विद्यार्थीले पार्ट टाइम जागिर खोज्दैथियो, तर जागिर पाउन गाह्रो थियो । एक दिन, उसले एउटा कम्पनीको विज्ञापन देख्यो र सिधै त्यहाँ गएर आफूले जुनसुकै काम भए पनि परिश्रमका साथ गर्न चाहेको कुरा बतायो । उसको उत्साहबाट प्रभावित हुँदै त्यहाँका व्यवस्थापकले भने, “यदि तिमीलाई टाइपिङ गर्न आउँछ भने, अहिले नै सुरु गर्दा हुन्छ ।” त्यो विद्यार्थीले तयारी गर्नका लागि चार दिन माग्यो । चार दिनपछि, जब ऊ काममा गयो, त्यहाँका व्यवस्थापकले उसलाई चार दिनको अवधिमा के-के गऱ्यौ भनेर सोधे । त्यसपछि त्यो विद्यार्थी यस्तो जवाफ दियो । “मैले दुईवटा काम गरें । सुरुमा, मैले एउटा टाइपराइटर भाडामा लिएँ, र रातभरि जाग्राम बसेर टाइपिङ सिकें ।” योचाहिँ संयुक्त राज्य अमेरिकाका ३१औँ राष्ट्रपति हर्बर्ट हूवर विद्यार्थी छँदाको कहानी हो ।…

स-साना कुराहरू पनि

एउटा सानो प्वालबाट पनि सूर्यको किरण छिर्न सक्छ । मानिसहरू ठूलो चट्टानमा होइन तर साना ढुङ्गाहरूमा अल्झिएर लड्छन् । बेलायती लेखक आर्थर कोनन डोयलले साना कुराहरूको महत्त्वबारे कुरा गरे । वास्तवमा, हामीले बेवास्ता गरेका कुराहरूले कहिलेकहीँ भविष्यमा सोच्दै नसोचेको समस्या निम्त्याउन सक्छ । त्यसै गरी कहिलेकहीँ सानो देखिने कुराले पनि ठूलो समस्या समाधान गर्ने बाटो खोलिदिन सक्छ । हामीले थाहै नपाई आउने दुर्भाग्यबाट बच्न र अवसर तथा आशिष्‌हरूले भरिएको जीवन निर्माण गर्नका लागि साना कुराहरूलाई पनि मूल्यवान् ठानी ध्यानपूर्वक विचार पुऱ्याउनुपर्छ ।

प्रेमको प्रमाण

योचाहिँ संयुक्त राज्य अमेरिकाको एउटा परिवारमा घटेको घटना हो । त्यो परिवारमा, छोराले कुरा गर्न खोज्दा आमाले सधैँ गम्भीर भएर सुनिदिनुहुन्थ्यो । एक साँझ, आमा र छोरा भान्सामा सँगै बसिरहेका थिए । आफूले सल्लाह गर्न चाहेको विषयमा आमासँग कुरा गर्दा उसले कुराकानीको अन्त्यतिर यसो भन्यो । आमा, मलाई थाहा छ कि तपाईं मलाई धेरै माया गर्नुहुन्छ । छोराको कुरा सुनेर आमा भावुक हुनुभयो । पक्कै पनि म तिमीलाई धेरै माया गर्छु । के तिमीलाई यो कुरामा शङ्का थियो र ? “होइन, मलाई पूरा विश्वास छ ।” त्यसपछि छोराले जवाफ दियो । “किनभने मैले तपाईंसँग कुरा गर्न खोज्दा, तपाईंले जहिले पनि आफ्नो काम रोकेर अन्त्यसम्मै मेरो कुरा सुन्नुहुन्छ ।”

बाघ बनाउने तरिका

धेरै पहिले, शत्रु राष्ट्रमा बन्धकका रूपमा राजकुमारसँग जानका लागि एक जना शाही अधिकारीलाई नियुक्त गरियो । प्रस्थान गर्नुअघि, ती अधिकारीले राजासँग यसो भने, “यदि एकजना मानिसले दौडँदै आएर बजारमा बाघ देखा पऱ्यो भनेर भन्यो भने, के तपाईं विश्वास गर्नुहुन्छ ?” “अँहँ, म विश्वास गर्दिनँ ।” “यदि दुई जना मानिसले उस्तै कुरा बताए भने नि ?” “त्यसो भए पनि म विश्वास गर्दिनँ ।” “अनि यदि ३ जना मानिसले बाघ देखेको कुरा दाबी गरे भने नि ?” “त्यसो हो भने त, मैले विश्वास गर्नैपर्ने हुन्छ ।” “बजारमा बाघ नभए पनि, यदि तीन जनाले छ भनेर बताए भने मानिसहरूले विश्वास गर्छन् । त्यसैले, यदि कसैले मेरो विरुद्धमा झूटा कुराहरू गरे भने पनि, कृपया मप्रति दया गर्नुभएर होहल्लाको पछि नलाग्नु हुन बिन्ती गर्दछु ।”…

सँगै मिलेर जिउने जीवन

एक जना आमाले आफ्नो ६ जना छोराछोरीहरूलाई राम्ररी हुर्काएर अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पठाइन् । उनी आफ्ना पति र दुई छोराहरूसँगै ‘विगत १०० वर्षमा अमेरिकामा सबैभन्दा धेरै योगदान पुर्‍याउने १०० कोरियालीहरू’ मध्ये एकको रूपमा छनोट भइन् । ती आमाको एउटा अनौठो शैक्षिक नीति थियो । उनले आफ्नो बच्चालाई मात्र नभएर अरूको बच्चालाई पनि राम्ररी हुर्कायो भने सबैजना सही रूपमा विकास हुन सक्छन् भन्ने धारणा लिएकी थिइन् । त्यसैले, उनले आफ्ना छोराछोरी एक्लै नपढून् तर आफ्ना साथीहरूलाई पनि सँगै पढ्नको लागि आफ्नो घरमा ल्याऊन् भन्ने हेतुले आफ्नो सानो घरमा १८ वटा डेस्क ल्याइन् । उनले आफ्ना छोराछोरीहरूलाई, अरूलाई सहयोग गर्नको लागि पहिला आफूले चाहेको क्षेत्रमा उत्कृष्ट हुनुपर्छ भनेर सिकाइन्, र राम्ररी अध्ययन गर्नका लागि प्रोत्साहन गरिन् । आफ्ना छोराछोरीले प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक…

सित्तैँमा दिनुभएको

सन् १९५० दशकको सुरुतिर, पोलियोभाइरसका कारण पोलियो रोग विश्वव्यापी रूपमा फैलियो । सन् १९५२ मा, संयुक्त राज्य अमेरिकामा मात्रै लगभग ५८,००० मानिसहरू पोलियोबाट संक्रमित भए, र तीमध्ये लगभग ३,००० जनाले आफ्नो ज्यान गुमाए । जो मानिसहरू मुस्किलले बाँच्न सफल भए उनीहरूले जीवनभरि नै अपाङ्गताको सामना गरे । सन् १९५५ मा डा. जोनस साल्कले खोपको विकास गरेपछि, पोलियो रोकथाम गर्ने बाटो खुल्यो । योचाहिँ सम्पूर्ण मानवजातिका लागि ठूलो उपलब्धि मात्र थिएन तर डा. साल्कका लागि अथाह धन-सम्पत्ति आर्जन गर्ने अवसर पनि थियो । यद्यपि, डा. साल्कले खोप नि:शुल्क उपलब्ध गराए र यसलाई बनाउने विधिसमेत खुलाए । जब उनलाई पेटेन्ट(स्वत्वाधिकार) अधिकार प्रयोग गर्ने बारे सोधियो तब उनले भने, “के तपाईं सूर्यको पनि पेटेन्ट दर्ता गर्नुहुन्छ ?” खोप उपलब्ध गराएपछि संक्रमितहरूको संख्या क्रमशः…

बाँडचुँड गर्ने सबैभन्दा सुन्दर तरिका

कोठाको तापक्रम ६ डिग्री योचाहिँ नोबेल पुरस्कार दुई पल्ट जित्ने म्याडम क्युरीको प्रयोगशाला नोटबुकमा लेखिएको कुरा हो । तातो बनाउने कुनै व्यवस्था नभएको चिसो गोदाममा दिनरात अनुसन्धानमा मग्न रहेकी क्युरीले, हजारौँ पटक युरेनियम धातुहरूलाई छुट्ट्याउने र प्रशोधन गर्ने प्रयोगमार्फत रेडियम निकालिन् र विकिरण उपचार(radiation therapy)को युग सुरुवात गरिन् । म्याडम क्युरीले आफू र आफ्ना भावी पुस्ताहरूलाई समेत आरामदायी जीवन दिन सक्ने पेटेन्टको अवसर त्यागिन् । उनले आफ्नो सम्पूर्ण धन-सम्पत्ति अनुसन्धानमा खर्च गरिन्, र विकिरणको(radiation) सम्पर्कका कारण बिरामी हुँदा समेत बिरामीहरूको उपचारका लागि सबैलाई स्वतन्त्र रूपमा रेडियम प्रयोग गर्ने अनुमति दिइन् । कुनै पनि सांसारिक लाभको आशा नगरी आफूसँग भएको कुरा अरूलाई बाँड्नु आफैमा एक महान् कार्य हो । यदि त्यो बाँडचुँडमा बलिदान पनि सामेल छ भने, त्यसको बारेमा अरू के…

साँचो सन्तानोचित कर्तव्य

यो संसारमा पापीलाई मन पराउने कोही छैन । यदि कुनै व्यक्तिले परमेश्वर र मानवताको विरुद्धमा जघन्य अपराध गरेको छ र सबैले उसलाई औंला ठड्याएर, “ऊ मृत्युदण्ड पाउन योग्य छ” भन्छन् भने उसको आफ्नै परिवार पनि उसको नजिक हुन चाहँदैन । तर आमाको सन्दर्भमा भने कुरा फरक छ । सारा संसारले आफ्नो पिठ्यूँ फर्काए पनि, आमाले सधैँ आफ्नो बच्चाको पक्ष लिन्छिन् । एउटी आमाले आफ्नो बच्चालाई गाली गर्न र पिट्न सक्छिन्, तर उनले आफ्नो बच्चालाई कहिल्यै त्याग्न सक्दिनन् । आफ्नो बच्चा पापी नै भए पनि, “म अझै पनि तिमीलाई प्रेम गर्छु” भन्दै अन्त्यसम्म उसलाई विश्वास गर्ने व्यक्तिचाहिँ केवल आमा मात्र हुन् । उस्तै प्रेम लिएर, हाम्री स्वर्गीय माता पनि यस पृथ्वीमा आउनुभयो । हामीले स्वर्गमा गरेको पाप यति ठूलो थियो कि,…

आँखा

आँखाले रेटिना(दृष्ट पटल)मा प्रतिबिम्बित वस्तुको छविलाई इलेक्ट्रोकेमिकल जानकारीमा रूपान्तरण गर्छ र यसलाई अप्टिक स्नायुमार्फत दिमागमा पुऱ्याउँछ । आँखाले शरीरका अन्य अङ्गहरूभन्दा बढी जानकारी प्राप्त गर्छ । आँखा यति महत्त्वपूर्ण अङ्ग हो, कि भनिन्छ, ‘आँखाचाहिँ शरीरको ९०% भाग हो ।’ तर हाम्रो आँखा बाह्य वस्तुहरूप्रति अत्यन्तै संवेदनशील हुन्छ र सानो धूलोको कणले समेत ठूलो असुविधा पुऱ्याउन सक्छ । त्यसैले आँखाको मुख्य भाग रहेको आँखाको गेडीले त्यससँग जोडिएका थुपै अङ्गहरूद्वारा सहयोग पाउँछ । पहिलो, आँखाको पलकले आँखाको गेडीलाई ढाकेर सुरक्षित राख्छ र पलकलाई तल-माथि झिम्क्याउँदै आँसुले सफा गर्दा त्यसलाई चम्किलो र पारदर्शी बनाउँछ । हावा वा तेज प्रकाश आँखामा पर्दा यो स्वतः बन्द हुन्छ र यसले असहजता कम गर्छ । परेलाहरूले बाह्य वस्तुहरूलाई आँखामा पुग्नबाट रोक्ने काम गर्छ, र ब्याक्टेरिया र अन्य…