बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
सत्यताभित्र आशिष् पाउने सेवा
सेवाको कार्य एकदमै महान् र मूल्यवान् छ, तर सत्यता थाहा नपाइकन गरेको सेवामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुँदैन । यद्यपि सत्यतामा रहेर गरेको सेवामा चाहिँ प्रशस्त मात्रामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुन्छ । हामीले कस्तो मन लिएर सेवा गरेमा अझ धेरै आशिष् पाउन सकिन्छ भन्ने कुरा बुझ्न परआउनुाभएरमेश्वरका शिक्षाहरू हेरौं । १. सेवा गर्नको लागि सेवक बन्नुपर्छ । अरूलाई आदर गर्दै विशेष किसिमले व्यवहार गर्ने प्रक्रियालाई सेवा भनिन्छ । उच्च वर्गीयले निम्न वर्गीयलाई सेवा गर्न सक्दैन । तसर्थ अरूको सेवा गर्नको लागि अरूभन्दा पनि होचिन आवश्यक छ । मूल रूपमा परमेश्वर हुनुभए तापनि येशूज्यूले शरीरको वस्त्र धारण गर्नुभयो र दासको रूपमा आउनुभएर आज्ञाकारिता र सेावाको उदाहरण देखाइदिनुभयो(लूक २२: २६-२७) । हामीले येशूज्यूको शिक्षा याद गर्दै सेवकको मन लिएर सारा हृदयले…
परमेश्वरको आज्ञा पालन गर्नुपर्ने कारण
यदि हामी परमेश्वरका प्रजा हौं भने, हामीले उहाँले स्थापना गर्नुभएका आज्ञाहरू पालन गर्नुपर्छ । परमेश्वरको आज्ञा पालन गर्न किन महत्वपूर्ण छ भन्ने कुरा बाइबलद्वारा अध्ययन गरौं । १. परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन् मानिसहरू आफूले मन पराएको व्यक्तिलाई भेटेको बेलामा हरेक उपाय र तरिकाद्वारा त्यो व्यक्तिप्रतिको आफ्नो प्रेम दर्शाउन प्रयत्न गर्छन् । कहिले पत्रहरू मार्फत, कहिले गुलाबको फूल मार्फत, कहिले विभिन्न उपहारहरू मार्फत आफ्नो प्रेम व्यक्त गर्ने प्रयास गर्छन् । त्यसोभए हामीले परमेश्वरप्रतिको हाम्रो प्रेम कसरी व्यक्त गर्नुपर्छ ? परमेश्वरले हामीले उहाँप्रतिको हाम्रो प्रेमलाई पत्रहरू, गुलाबहरू वा उपहारहरूद्वारा व्यक्त गरेको चाहनुहुन्न, बरु उहाँ हामीले 'परमेश्वरका आज्ञाहरू पालन गरेर' उहाँको प्रेम व्यक्त गरेको चाहनुहुन्छ । “ “मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ…
निस्तार-चाड र परमेश्वरको छाप
अहिले संसारमा चारैतिर असंख्य विपत्तिहरू झरिरहेका छन् : राष्ट्र-राष्ट्रबीचको युद्ध, जातीय युद्ध, आतङ्क, अनिकाल, भूकम्प र मौसम परिवर्तनले ल्याएको खतरनाक ठण्डी, गर्मी अनि बाढी । जब यस्ता विपत्तिहरू आइलाग्छन्, तब कसलाई पुकार्ने अथवा कसो गर्ने भन्ने कुरा थाहा नपाएर मानिसहरू डरले थरथर काँप्न थाल्छन् । भविष्यमा झर्ने विपत्ति अनि विपत्ति झर्दा मानिसहरूले अपनाउने उपायको विषयमा बाइबलमा पहिल्यै अगमवाणी गरिएको थियो । “तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ । तिनीहरू माथि स्वर्गमा उक्ले तापनि, ... तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि, ... तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि ...” आमो ९:२-९ माथिको अगमवाणीमा उल्लेख गरिएजस्तै, मानव-जातिले सहनै नसक्ने यस्ता भयानक विपत्तिहरू पृथ्वीमा झर्ने भएकोले तिनीहरूले लुक्नको निम्ति ठाउँ खोजिरहेका छन् । माथिको अगमवाणीचाहिँ २,८०० वर्षअघिका आमोस…
हामी आफ्ना आँखा परमेश्वरतिर उठाउँछौं
मोआबी, अम्मोनी र केही सेनानीहरू यहूदाको विरुद्धमा युद्ध गर्न आइरहेका छन् भन्ने खबर सुनेपछि, राजा यहोशापातले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे । यहूदाका मानिसहरू परमेश्वरको मन्दिरमा भेला भए, र यहोशापात चाहिँ मन्दिरको नयाँ चोकको अगि खडा भएर प्रार्थना गरे । “हे परमेश्वर, तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि हामीलाई धपाउन अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरू आइरहेछन् । उनीहरूको सामना गर्न हाम्रो केही शक्ति छैन । हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं ।” तब परमेश्वरको आत्मा एक जना लेवी यहासेलमाथि उत्रनुभयो । “हे सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमेश्वर तपाईंहरूलाई यही भन्नुहुन्छ : ‘नडराओ, यस ठूलो सैन्य-दलदेखि नआत्तिओ । किनभने लडाइँ परमेश्वरको…
तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँड्दैनन्
इस्राएलीहरूका सारा समुदाय मिश्रबाट निस्केपछि, खानेकुरा छैन भन्दै मोशा र हारूनको विरुद्धमा गनगनाउन थाले । “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो । तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड–स्थानमा ल्याउनुभएको छ ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून् । यसरी तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँडदैनन् सो म जाँच गर्न सकूँला ।” तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो । जब त्यो शीत सुक्यो तब जमिनमा परेको तुसारोझैँ स-साना डल्ला उजाड-स्थानभरि रहेछन् । इस्राएलीहरूले त्यस रोटीको नाउँ ‘मन्न’ राखे । “परमप्रभुले यो आज्ञा…
कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?
आफ्ना ईर्ष्यालु दाजुहरूद्वारा दासको रूपमा बेचिएका योसेफले मिश्रका कप्तान पोतीफरको घरमा सेवा-शुश्रूषा गर्न थाले । परमेश्वर सबै कुरामा योसेफको साथमा हुनुभएकोले तिनी सफल भएका देखेर पोतीफरले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याए र आफ्नो घरबार र आफूसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए । योसेफको खातिर परमेश्वरले पोतीफरको घरमा आशिष् दिनुभयो । मालिकको घरबारलाई ईमानदारिताका साथ रेखदेख गरिरहेका योसेफमाथि सङ्कट आइपर्छ । पोतीफरकी पत्नीले योसेफमाथि नजर लगाएर तिनलाई प्रलोभनमा पार्ने कुराहरू बोलिरहन्छिन् । तर योसेफले “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?” भन्दै अस्वीकार गर्छन् । त्यसरी अस्वीकार गर्दा रीसले चूर भएकी पोतीफरकी पत्नीले मानिसहरू बोलाएर योसेफमाथि अभियोग लगाउँछिन् । विश्वास र शुद्ध विवेकलाई कायम राख्दाखेरि योसेफलाई झ्यालखानमा हालिन्छ । झ्यालखानमा समेत परमेश्वर योसेफको साथमा…
मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ?
सिस्टर, धेरै आशिष् पाउनुहोस् । म पास्टर सुबोध हुँ । भेटेर खुशी लाग्यो । हजुर, मलाई पनि खुशी लाग्यो । पास्टर, म परमेश्वरको मण्डलीमा जान थालेको भर्खर मात्र हो । त्यसैले ममा धेरै प्रश्नहरू छन् । हाम्रो मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ? आखिरमा परमेश्वरलाई विश्वास गर्ने सबै मण्डलीहरू परमेश्वरको मण्डली नै होइनन् र ? यसरी सोच्ने मानिसहरू धेरै छन् । सिस्टर, तपाईंको छिमेकमा मात्र पनि थुप्रै मण्डलीहरू होलान् । तीमध्ये परमेश्वरले स्थापना गर्नुभएका मण्डलीहरू पनि छन् भने परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् । परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् अरे ? यदि त्यसो हो भने मण्डली जानुअघि, मैले कुन मण्डली परमेश्वरले स्थापना गर्नुभएको मण्डली हो भन्ने कुरा जान्नुपर्छ । हो नि ! त परमेश्वरले स्थापना गर्नुभएको…
48,847 भ्यु
परमेश्वरको मण्डलीमा किन क्रूस छैन ?
आज कार्यक्षेत्रमा साथीसँग कुराकानी हुँदा उनलाई ठीकसँग बुझाउन नसक्दा मलाई अलि दु:ख लागेको छ । के कुरा ? मेरी साथी पनि मण्डली जाने गर्छिन्, र मैले उनलाई क्रूसचाहिँ मूर्ति हो, राख्नुहुँदैन भनी बताएँ । तब उनले मलाई, “हैन क्रूस त मण्डलीको चिन्ह हो । कसरी मूर्ति हुन सक्छ र ?” भनिन् । म उनलाई विस्तृत रूपमा बुझाउन चाहन्थें, तर पदहरू राम्ररी याद आएन । क्रूस कसरी मूर्ति हो भन्ने कुरा तपाईंले मलाई पुनः एक चोटि सिकाइदिनुहुन्छ कि ? हुन्छ नि । पहिला दश आज्ञाको बारेमा हेरौं । “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू ...” प्रस्थान २०:४-५ के परमेश्वरले…
69,256 भ्यु
सत्यताको युगमा झूटलाई विश्वास गर्ने मानिसहरू
‘स्पागेटी फल्ने रूख छ र ?’ सन् १९५७ अप्रिल १ तारिखमा, बेलायतको BBCबाट ‘अप्रिल फुल्स डे(मूर्ख दिवस)’मा गलत समाचार प्रसारण गरिएको थियो । योजस्तै रमाइलोको लागि प्रसारित गलत समाचारले समाजमा खैलाबैला मच्चाउँछ । गलत जानकारीलाई कुनै लेखको ढाँचामा अनलाइनमा राखिएका गलत समाचारहरूले धेरै मानिसहरूलाई झुक्याइरहेको छ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिरहेको गत ग्रीष्ममा, इन्टरनेटमा केही उम्मेदवारलाई चाहिँ अनुकूल हुने तर विपक्षी उम्मेदवारलाई चाहिँ हानि पुग्ने गलत समाचारहरू धेरै थिए । शंकास्पद लागेर, सञ्चार माध्यमहरूले ती लेखलाई पत्ता लगाए र ती गलत लेखहरूका अधिकांश स्रोतचाहिँ दक्षिण-पूर्व यूरोपको देश, माकेडोनियाको ‘भेलेस’ नाम गरेको सानो गाउँ रहेको पाइयो । केही किशोरहरूले यसलाई ‘डिजिटल गोल्ड रश’को रूपमा सङ्केत गर्दै गलत समाचारहरू बनाइरहेका थिए । वास्तवमा गलत समाचारले अमेरिकी राष्ट्रपतीय चुनावमा समेत असर…
परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा किन शिरमा घुम्टो हाल्छन् ?
विश्वभरिका परमेश्वरको मण्डलीका तस्वीर अथवा भिडियोहरू हेर्दा अनौठो लाग्ने एउटा कुरा छ । देशैपिच्छे आराधना गरिने स्वरूप कसरी एउटै हुन सकेको होला ? स्त्री सन्तहरू सबैले शिरमा घुम्टो हाल्छन् भने पुरुष सन्तहरूचाहिँ शिर ढाक्दैनन् । परमेश्वरले सन्तहरूलाई, आराधना गर्दा पालन गर्नुपर्ने नियमहरू दिनुभएको छ । तीमध्येको एक नै घुम्टोको नियम हो । घुम्टोले शिर ढाक्नु पनि के परमेश्वरको नियम हो ? हो नि ! किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, ... १ कोरिन्थी ११:७ आराधना गर्दा अथवा प्रार्थना गर्दा पुरुषले शिर ढाक्नुहुँदैन । यो बाइबलको शिक्षा हो । यदि यो नियम पालन नगरी परमेश्वरलाई आराधना गरिन्छ भने त्योचाहिँ उल्टै परमेश्वरलाई अपमान गर्ने कार्य हुन्छ । हो त है ! स्त्रीको सन्दर्भमा पनि हेर्ने कि…
97,097 भ्यु
विश्वभरिका मानव-जातिलाई आशा प्रदान गर्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
येशूज्यू पुनरुत्थान हुनुभएको दिन
पुनर्स्थापित “अन्तिम भोज” अनि निस्तार-चाड
लोप भएको निस्तार-चाड
अन्तिम भोज, अन्तिम अनुरोध
परमेश्वरले हेर्नुभयो, त्यो असल थियो
हामीहरू अनन्त स्वर्ग–राज्यमा प्रवेश गर्ने लक्ष्य लिएर विश्वासको मार्गमा हिँडिरहेका छौं । विश्वासको उजाड–स्थानमा मानिसहरूलाई खुशी दिलाउने हेतूले विश्वासको मार्गमा हिँड्नेहरू पनि हुन्छन् भने परमेश्वरले हेर्नुहुँदा असल धार्मिक जीवन जिउने मानिसहरू पनि हुन्छन् । सुरुको मण्डलीको इतिहासलाई हेर्ने हो भने, प्रेरितहरू र सन्तहरूले “के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको ?” भन्दै परमेश्वरलाई खुशी दिलाउने दिशातर्फ विश्वासको मार्गमा हिँड्न हरप्रयत्न गरेका कुरा देख्न सकिन्छ (गला १:१०) । यो युगका हामीहरू पनि उस्तै नै हौं । हामीहरू ईश्वरीय स्वभाव धारण गर्न कोसिस गर्दै, माताको शिक्षाअनुसार सधैँ हाँस्दै जिउन खोज्नुको कारण पनि, त्यो नै परमेश्वरले हेर्नुहुँदा असल भएकोले गर्दा हो । परमेश्वरले हेर्नुहुँदा हामीले परमेश्वरलाई खुशी दिलाउने जीवनलाई रोज्नुपर्छ, तर हामीहरू कहिलेकहीँ आफ्नै नजरमा र अन्य मानिसहरूको नजरमा खुशी देखिने जीवनलाई रोज्न…
परमेश्वरबाट बोलावट पाएकाहरू
सर्वशक्तिमान् परमेश्वरले आफ्ना सन्तानहरूलाई बोलाउनुभएर तिनीहरूद्वारा आफ्ना महान् कार्यहरू पूरा गर्नुभएको छ भन्ने कुरा बाइबलको इतिहासद्वारा बुझ्न सकिन्छ । सम्पूर्ण थोकको सृष्टिकर्ता परमेश्वरले प्रत्येक युगमा यहोशू, शमूएल, दाऊद, पत्रुस र यूहन्नाजस्ता विश्वासका पुर्खाहरूलाई बोलाउनुभएर परमेश्वरको वचनको ज्योति ननिभोस् तर निरन्तर चम्किरहोस् भनी तिनीहरूलाई नियुक्त गर्नुभएको छ । यो अन्तिम युगमा, परमेश्वरले आफ्नो महान् कार्यमा हामीलाई बोलाउनुभएको छ । परमेश्वरको बोलावटप्रति योग्य हुन हामीहरूको मन कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलको इतिहासद्वारा पत्ता लगाऔं । सम्पूर्ण शक्ति परमेश्वरसँग छ परमेश्वरले आफ्ना कामदारहरूलाई बोलाउनुहुँदा, उहाँले तिनीहरूको बाहिरी स्वरूप र क्षमता हेर्नुहुन्न । परमेश्वरलाई आफ्ना कामदारहरूबाट केही आवश्यक परेकोले तिनीहरूलाई बोलाउनुहुने हो र ? अवश्य होइन । सर्वशक्तिमान् परमेश्वरले एक थोपा पानी नभएको मरुभूमिमा चट्टानबाट प्रशस्त पानी निकालिदिनुभएको थियो र उहाँले आफ्ना प्यारा मानिसहरूलाई…
स्वर्गको ढोकालाई उघार्ने निस्तार-चाड
हिजोआज परमेश्वरलाई विश्वास गर्छौं भन्ने मण्डलीहरू संसारमा असंख्य छन् । तर मुक्तिको प्रतिज्ञा समाविष्ट परमेश्वरको चाड, नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो । “मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्” (होशे ४:६) भन्ने वचनजस्तै, अधिकांश मानिसहरूले बाइबललाई सही तरिकाले बुझेका छैनन् । तिनीहरू “निस्तार-चाड नमाने पनि हुन्छ । परमेश्वरलाई विश्वास मात्र गऱ्यो भने अवश्य स्वर्ग-राज्य प्रवेश गर्न सकिन्छ” भन्ने गलत सोचाइमा फसेका छन् । त्यसैले आज बाइबलको वचनद्वारा, हामीले मान्ने गरेको निस्तार-चाडको अर्थलाई पुन: स्मरण गर्दै सत्य र झूटलाई छुट्ट्याउने समय लिऔं । स्वर्ग-राज्यको ढोका बन्द गर्नेहरू २,००० वर्षअघि येशूज्यू यो पृथ्वीमा आउनुहुँदा, त्यो समयका धार्मिक नेताहरूले परमेश्वरको शिक्षालाई पछ्याउनुको सट्टा उल्टै धेरै मानिसहरूलाई गलत बाटोतर्फ डोऱ्याइरहेका थिए । “धिक्कार, तिमीहरूलाई शास्त्री र फरिसी हो, ढोंगीहरू…
विपत्ति र निस्तार-चाड
हामीहरू दैनिक जसो विपत्ति र दुर्घटनाका खबरहरू सुनिरहेका हुन्छौं । विभिन्न किसिमका विपत्तिहरूमध्ये सबैभन्दा ठूलो विपत्ति के होला ? हामीलाई कुनै भयानक विपत्तिबाट बचाउन परमेश्वरले निस्तार-चाड भन्ने औषधी बनाउनुभयो । त्यसोभए त्यो भयानक विपत्ति के होला ? मानिस मरेपछि, उसलाई यो संसारको कुनै पनि विपत्तिले केही असर गर्न सक्दैन । तर बाइबलमा हेर्ने हो भने सदासर्वदा भोगिने त्यस्तो विपत्ति पनि छ । त्यस्तो विपत्तिको चरम पीडाबाट छुटकारा पाउन अथवा मर्न खोजे तापनि त्यो असम्भव छ । हामीलाई यस्तो भयानक विपत्तिबाट बचाउन चाहनुभएर नै परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाड दिनुभएको हो । सदासर्वदा भोगिने विपत्ति अप्रत्याशित दुर्घटना र प्राकृतिक प्रकोपले ग्रस्त मानिसहरू संसारमा धेरै छन् । अनि रोग र आर्थिक सङ्कटको मारमा परेका मानिसहरू पनि धेरै छन् । यो संसारमा विपत्तिले…
अन्तिम भोज, निस्तार-चाड