निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

गेहेन्ना

१. ठाउँको नाउँ हिब्रू भाषामा ‘गे-हिन्नोम’ (हिन्नोमको बेँसी) र ग्रीक भाषामा ‘गेहेन्ना’ भनिने शब्द प्राचीन यरूशलेमको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो बेँसीको नाउँ हो । यो ठाउँचाहिँ इस्राएलका राजाहरूको समयमा, प्रजाहरूले साना बालबालिकाहरूलाई आगोमा बलि गरेर आफ्नो देवतालाई अर्पण गर्ने कुख्यात…

शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?

परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ । शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको…

“मलाई आदर गर्नेलाई म आदर गर्नेछु”

इस्राएलमा राजा खडा हुनअघि, प्रधान पूजाहारीको रूपमा समस्त इस्राएलीहरूलाई अगुवाइ गर्ने एलीका दुई छोराहरू थिए- होप्नी र पीनहास । यी दुई छोराहरूले पनि आफ्ना बुबाको कार्यलाई पछ्याउँदै पूजाहारीको पद लिएका थिए । तर यिनीहरूले परमेश्वरलाई बलिदान चढाउनुअगावै आफूले खानको लागि…

भाग्य

“भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा ।” यो नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो । कुनै…

मेटाडोर

रातो कपडा हल्लाउने बुलफाइटरको दक्ष हातमा परेको साँढे उत्तेजित हुन्छ । हडबडाएको साँढेको पछाडि धेरै भालाहरू अड्किएको हुन्छ । अन्ततः धारिलो छुरीले साँढेको खोपडी छेड्दा त्यो ठाउँको ठाउँ ढल्छ । साँढेको खोपडीमा छुरी प्रहार गर्ने बुलफाइटरलाई नै स्पेनी भाषामा ‘मेटाडोर’…

निम्न सुरुवात र महान् अन्त

हाम्रो सुरुको अवस्था निम्न देखिए तापनि हाम्रो अन्तचाहिँ परमेश्वरको अनुग्रहद्वारा महान् हुनेछ भन्ने आशामा हामीहरू जिइरहेका छौं । हामीहरू प्रतिज्ञाका सन्तानहरू हौं । त्यसैले परमेश्वरको प्रतिज्ञा संसारका अरू मानिसहरूलाई होइन, तर हामीहरूलाई दिइएको छ । तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्,…

त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू

दाऊदका छोरा अब्शालोमले विद्रोह गरेर ‘दाऊदको सहर’ लिइहाल्यो, र आफ्ना बाबुलाई मार्ने योजना बनायो । यसैबीच दाऊदले देशमा सुव्यवस्थित क्रम बसाल्नको निम्ति अब्शालोमकहाँ सेनाहरू पठाए । सेनाहरू पङ्क्तिबद्ध भएर अगि बढ्दाखेरि मूल ढोकाको छेउमा उभिरहेका दाऊदले आफ्ना सेनापतिहरूलाई यस्तो आदेश…

पवित्र आत्माले डोऱ्याउनुभएबमोजिम

प्रचार यात्राको क्रममा पावल र तिनका सहकर्मीहरू, एसियामा वचन प्रचार गर्नलाई पवित्र आत्माबाट मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातिया(वर्तमानमा मध्य-टर्की)का इलाकाहरू भएर माइसियाको साँधमा आइपुगे । तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे । तर त्यो ठाउँमा जाने अनुमति नपाएकाले तिनीहरू पश्चिमतिर…

विपत्ति पार हुने कारण, निस्तार-चाड

परमेश्वरले दियाबलसको शक्तिलाई नष्ट गर्न र आफ्ना सन्तानहरूलाई अनन्त जीवन दिन निस्तार-चाड स्थापना गर्नुभयो । हुन त हाम्रा सियोनका परिवारहरूलाई निस्तार-चाडको महत्त्व राम्ररी थाहा छ, तापनि निस्तार-चाडद्वारा विपत्ति पार हुने कारण के हो भन्नेबारे हामीले अझ ध्यानपूर्वक अध्ययन गर्न आवश्यक…

निकेयाको सम्मेलन र एरियसवाद

ई.सं. ३२५मा विशेष गरी एरियसवाद साथै निस्तार-चाडको विषयमा उठेको विवाद साम्य पार्नको निम्ति निकेया सम्मेलन गठन गरिएको थियो । उक्त विवादले रक्तपातसमेत निम्त्यायो, जुनचाहिँ इतिहासमा अन्धकारको अध्याय रू​पमा रहेको छ । एरियसको जिद्दी एरियसचाहिँ मिश्रको अलेक्जेन्ड्रिया मण्डलीका धर्मगुरुको रूपमा विशिष्ट…

शरीरको तापक्रमलाई कायम राख्दै

सन् १९९७मा ब्लकबस्टर बनेको चलचित्र ‘टाइटानिक’ । गहिरो आन्ध्र महासागरमा टाइटानिक डुबिरहँदा चलचित्रका मुख्य पात्र ज्याकले हड्डीसमेत ठिहिऱ्याउने चिसो पानीबाट रोजलाई उचालेर, तैरिरहेको जहाजको टुक्रामाथि राखे । अन्तमा ज्याक आफूचाहिँ बरफजस्तै चिसो भएर समुद्रमा डुबे । धेरै मानिसहरूलाई भावविह्वल बनाएको…

पहिले गएर आफ्नो भाइसँग मिलाप गर

येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ । “तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो…

आत्मिक संसारलाई हेरौं

हामीहरू स्वर्गीय घरको आशा गर्दै यो पृथ्वीमा प्रवासी जीवन बिताइरहेका छौं । यो दृश्य र सीमित संसारमा शरीरको लुगा लगाएकोले हाम्रो मन सांसारिक थोकहरूमा सजिलैसित आकर्षित हुन जान्छ । त्यसैले हामीहरू आत्मिक संसारलाई हेर्न सक्दैनौं । सांसारिक थोकहरूमा अल्झिँदा हामीले…

प्रचारको युग

परमेश्वरले हामीलाई कुनै कुराको अनुरोध गर्नुहुँदा निश्चय नै त्यो कार्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा लुकेको हुन्छ । यो समयका हामीहरूलाई सुसमाचार प्रचार गर्ने जिम्मा दिइएको छ । योचाहिँ वास्तवमा अरूको मुक्तिको निम्ति मात्रै नभएर हाम्रो आफ्नै आत्माको मुक्तिको निम्ति…

गलत अभियोग

१. कल्दीहरूले दानिएलका ३ साथीहरूलाई अभियोग लगाएका बेबिलोनका राजा नबूकदनेसरले सुनको मूर्तिको सामु घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फ्याँकिने घोषणा गरे । तापनि दानिएलका तीन साथीहरू– शद्रक, मेशक र अबेद्नगोले सुनको मूर्तिलाई दण्डवत् गरेनन् ।…

सुसमाचारको ज्योति र बिजुली

『येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु ।”』 मत्ती १३:३४-३५ येशूज्यूले आफ्ना मायालु सन्तानहरूका…

बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय

सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो…

हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण

हामीले किन परमेश्वरको वचन अध्ययन गर्नुपर्छ होला ? यसको कारण हामी बाइबलद्वारा पत्ता लगाऔं । १. हाम्रो आत्माको जीवनको निम्ति परमेश्वरको वचन जीवनको भोजन हो । येशूज्यूले मानिस परमेश्वरको वचनले जीवित रहँदछ भन्नुभएको छ । तर येशूले जवाफ दिनुभयो, “लेखिएको…

सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण

परमेश्वरले “सेवा गर्ने होओ” भन्नुभएको छ । स्वर्गीय सन्तान हामीहरू परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्दै परमेश्वरले खुशी मान्नुहुने स्वर्गीय सन्तानहरू बन्नुपर्छ । सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो, बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । पहिलो, ख्रीष्ट स्वयम्‌ले सेवाको उदाहरण…

हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ होला ?

सन्तानहरू एकतामा रहँदा परमेश्वर खुशी हुनुहुन्छ (भज १३३:१; फिलि २:१-२) । तर यदि हामीहरू एक-अर्कासँग रुखो व्यवहार गर्दै विचारशील हुँदैनौं भने एकतामा रहन कठिन हुन्छ । यसकारण हामीहरू प्रेमको मनद्वारा एक-अर्काप्रति नम्र र विचारशील हुँदै परमेश्वर खुशी हुनुहुने एकतामा रहनुपर्छ…