विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

आमाको मन

मेरी दिदी मभन्दा १ वर्ष जेठी हुनुहुन्छ । उमेरमा झण्डै उस्तै भएकाले हामी प्रायः साथीजसरी झगडा गर्थ्यौं । त्यसो हुँदैपिच्छे बुबा-आमाचाहिँ खालि मलाई नै गाली गर्नुहुन्थ्यो । म त्यसलाई अन्यायको रूपमा लिन्थें, र त्यस उप्रान्त बुबा-आमाले मसित राम्रो व्यवहार गर्नुभए तापनि मैले उहाँहरूको मनलाई स्वीकार्न सकिनँ । जागिरे जीवन सुरु गरेदेखि म बुबा-आमाबाट टाढिएर एकलै बस्न थालें । म हप्तामा एक चोटि चाहिँ घर जान्थें । लामो समयपछि कुनै दिन आमा, दिदी र म डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न गयौं । यताउता हेर्दैगर्दा आमाले दिदीको पुरानो जुत्ता देख्नुभयो, अनि एक जोर जुत्ता किन्न जुत्ता पसलमा जानुभयो । उहाँले मलाई पनि जुत्ता किनिदिनुहुन्छ कि जस्तो लागेको थियो । तर दिदीलाई जुत्ता किनिदिएर उहाँ तरकारी किन्नतिर लाग्नुभयो । तरकारी किनेर जब उहाँ जुत्ता…

छोइ उन ह्ये / इन्छन, कोरिया

परमेश्वरको साँचो अभिप्राय

“मिन, केही दिनको लागि तिमी घरमा आएर बसिदिन सक्छौ ?” आमाले गम्भीर आवाजमा मलाई सोध्नुभयो । दाइ र मलाई चिन्ता लाग्ने कुरा आमाले विरलै भन्ने गर्नुहुन्छ । त्यसैले आमाले त्यसरी एक्कासि फोन गर्नुहुँदा पक्कै केही गम्भीर घटना घटेको छ भन्ने कुरा प्रष्ट थियो । नभन्दै, आमाको कम्मरको डिस्कमा खराबी देखिएकोले उहाँलाई आकस्मिक कक्षमा लगिएको रहेछ, अनि कुनै सुधार नआएकोले आमा केही समयसम्म अस्पतालमै भर्ना हुनुपर्ने भएको रहेछ । त्यसैले म तुरुन्तै कामबाट बिदा लिएर सीधै बुबा-आमाकहाँ गएँ । अस्पतालको ओछ्यानमा पल्टिरहनुभएकी मेरी आमाको अवस्था सोचेको भन्दा निकै खराब थियो । बस्न र उठ्न नसकेर आमा पल्टिरहनुभएको थियो । अरूको सहयोगविना आमा न खाना खान, नता शौचालय जान नै सक्नुहुन्थ्यो । थोरै मात्र हलचल गऱ्यो कि असह्य पीडा सहनुपर्ने आमालाई देखेर…

बाग दोङ मिन / आन्याङ, कोरिया

टिफिन बक्समा प्रेम राखेर

म एक युवक हुँ– ऊर्जाले भरिएको प्रभातको शीतजस्तो युवा । तर कहिलेकहीँ यो कुराले मलाई लज्जित तुल्याउँछ, र म मेरो वरपरका मानिसहरूप्रति क्षमाप्रार्थी हुन्छु । किनकि घरमा आमाले खाना बनाइहाल्नुहुन्छ, अनि सियोनमा मभन्दा अग्रज सन्तहरूले मेरो हेरविचार गर्नुहुन्छ । माताले प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष् हुन्छ भन्नुभएको छ । तर फर्किहेर्दा ममा चाहिँ प्रेम लिने बानी बसेकोले म लज्जित भएँ । जहिलेसुकै होस्, मचाहिँ आफूले पोखिने गरी पाएको प्रेम धेरै मानिसहरूलाई बाँड्न चाहन्थें । गत मार्चमा अन्ततः मैले त्यो मौका पाएँ । हाम्रो सियोनका युवाहरूले ‘वाउ मम(Wow Mom)’ स्वयंसेवा टोली गठन गरेर १८ जना एकल बुज्रुगहरूका लागि टिफिन बक्स तयार गरेर वितरण गर्ने योजना बनायौं । सर्वप्रथम हामीले के परिकार बनाउने भनेर निर्णय गर्नुपर्ने भयो । हामीले एकसाथ…

इ सि वन / सउल, कोरिया

पाना पल्टाइदिने व्यक्ति

सदन अर्केस्ट्रामा होस् अथवा पियानो वादनमा, प्रस्तुति अवधिभर मञ्चमै उपस्थित भए पनि दर्शक वृन्दमाझ आफूलाई प्रकट नगर्ने एक जना व्यक्ति हुन्छन्, जसलाई “पाना पल्टाइदिने व्यक्ति(page-turner)” भनिन्छ । शाब्दिक अर्थजस्तै, पियानोवादक एकलैले पाना पल्टाउन नसक्ने हुँदा सङ्गीतका पानाहरू पल्टाइदिनेलाई नै पाना पल्टाइदिने व्यक्ति भनिन्छ । हेर्दाखेरि सामान्य कामजस्तो देखिए तापनि जोसुकैले पाना पल्टाइदिने व्यक्तिको भूमिका निर्वाह गर्न सक्दैन । किनभने पाना पल्टाइदिने व्यक्तिलाई पियानोवादकको सङ्केत थाहा हुनुपर्छ । यसको साथै ठीक-ठीक समयमा तुरुन्त पाना पल्टाइदिनको निम्ति सङ्गीतको धुनलाई सँगसँगै पछ्याउन पनि जान्नुपर्छ । ‘मञ्चका गुप्त वादक’ भनेर परिचित पाना पल्टाइदिने व्यक्तिले कार्यक्रम राम्ररी सञ्चालन हुनमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्, तर तिनले आफूलाई प्रकट गर्नुचाहिँ हुँदैन । त्यसैले तिनी पियानोवादकको पछाडि लुकेर बसेका हुन्छन्, र पियानोवादकलाई आवश्यक परेको बेलामा उठेर कसैले…

६ जना सन्तानकी आमा

मेरी आमा निकै दयालु र शान्त स्वभावकी हुनुहुन्थ्यो । कोमल सोरमा मेरो निम्ति पुस्तक पढिदिनुहुने मेरी आमाको स्वरूप मलाई धेरै मन पर्थ्यो । म ५ वर्षकी हुँदासम्म उहाँले मलाई राजकुमारीलाई जसरी हुर्काउनुभयो, र त्यही वर्ष मेरी बहिनीको जन्म भयो । शिरमा थोरै केश र पुक्क परेका राता गाला भएकोले उनी केटाजस्तै देखिन्थिन् । मेरो हजुरबुबा र हजुरआमालाई नाति हेर्ने ठूलो धोको थियो, तर नातिनी जन्मेकीले उहाँहरू निराश हुनुभयो । मेरी बहिनीको पहिलो जन्मदिनपछि मेरी आमाको पेट फेरि फुल्न थाल्यो । बाहिर निस्केको पेट र सुन्निएको अनुहार लिएर मेरी आमा मेरो किन्डरगार्टनको कार्यक्रममा आउनुहुँदा मलाई अलि लाज लागेको थियो । “अरूका आमाहरू चिटिक्क सजिएर आउँछन् ...” आमाको पेट धेरै ठूलो हुनुको कारणचाहिँ उहाँको गर्भमा जुम्ल्याहा सन्तान भएकाले थियो । ती दुवै…

जो उन जिन / छाङवन, कोरिया

पारिवारिक संस्कार भएको बैठक कोठा

सामान्यतया एउटा घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र शौचालय जस्ता कोठाहरू हुन्छन् । प्रत्येक कोठा फरक-फरक उद्देश्यका लागि प्रयोग गरिन्छ । सामान्यतया सुत्न र कपडा राख्नका लागि सुत्ने कोठा प्रयोग गरिन्छ, लुगा धुन र नुहाउनका लागि शौचालय प्रयोग गरिन्छ र भान्सा कोठाचाहिँ खाना पकाउनका लागि प्रयोग गरिन्छ । त्यसोभए बैठक कोठा केका लागि प्रयोग गरिन्छ होला ? घरको केन्द्रमा रहेको बैठक कोठालाई विभिन्न तरिकाले प्रयोग गरिन्छ, यसलाई पाहुनाहरूले मनोरञ्जन गर्ने ठाउँ, सबै परिवार सँगै समय बिताउने ठाउँ, र सम्पूर्ण परिवार भेला हुने ठाउँको रूपमा प्रयोग गर्छन् । स्वाभाविक रूपमा मानिसहरू आफ्नोपनको भावना महसुस गर्न चाहन्छन्, र त्यो इच्छा पूरा गर्नको निम्ति उनीहरूलाई एकसाथ भेला हुने ठाउँको आवश्यकता पर्दछ । बैठक कोठाले सबै जना भेला हुने ठाउँको भूमिका निर्वाह गर्दछ…

निर्बल पक्षलाई सबल पक्षमा परिवर्तन गराउँदै

समुद्रको शीर्ष शिकारी, सार्क माछामा एउटा प्राणघातक निर्बल पक्ष हुन्छ । त्यो के हो त भन्दा सार्कको शरीरमा, पानीमा तैरने शक्ति र श्वासेन्द्रिय मांसपेशीलाई नियन्त्रण गर्ने वायु-थैली नै हुँदैन । सार्कको शरीरमा वायु-थैलीको सट्टामा शरीरको एक चौथाइ भाग ठूलो कलेजोले ओगटेको हुन्छ । अनि कलेजोचाहिँ पानीभन्दा हलुका तेलले भरिएको हुँदा यसले सार्कलाई पानीमा तैरन मद्दत गर्छ । तर कलेजोको प्रभावशीलता सीमित भएको हुँदा पानीमा नडुब्नको निम्ति सार्क लगातार पौडिरहनुपर्छ । यसको अतिरिक्त सार्कको शरीरमा श्वास-प्रश्वासको निम्ति अत्यावश्यक श्वासेन्द्रिय मांसपेशी पनि नहुने भएकोले अक्सिजन निरन्तर लिइरहनको निम्ति यसले पौडने कार्य एकछिन पनि रोक्नुहुँदैन । सार्कले समुद्रभित्र जहाँ पनि तीव्र गतिमा पौडिन र वायु-थैली एवम् श्वासेन्द्रिय मांसपेशीको कमीको बाबजुद आफ्नो शिकारलाई आक्रमण गर्न सक्छ । त्यसको कारणचाहिँ सार्कले तैरिन र सास फेरिरहनको…

बुबा-आमाको चिन्ता

म घरदेखि टाढा रुसमा बस्ने भएकीले मेरो हालखबर थाहा दिनको निम्ति बुबा-आमालाई आफ्ना तस्वीरहरू पठाउने गर्छु । गत हिउँदमा पहिलो पटक असिना पर्दाको कुरा हो । असिनाको झरी अत्यन्त सुन्दर देखिएको थियो । असिना थापिरहेको मेरो हातको तस्वीर खिचेर मैले बुबा-आमालाई पठाएँ । त्यो तस्वीर देखेर बुबा-आमाले असिनाको बारेमा कुरा गर्नुभयो, र कतै मलाई धेरै जाडो लागिरहेको छ कि भनेर सोध्नुभयो । मैले म ठीक छु, स्वस्थ छु भनेर उत्तर दिएँ । सदाझैँ हामीले हालखबर आदानप्रदान गर्दै साधारण कुराकानी गऱ्यौं । तर केही दिनपछि आमाले मलाई फोन गर्नुभएर न्यानो पञ्जा पठाइदिन्छु भन्नुभयो । उहाँले चिसो मौसमको कारण त्यसो भन्नुभएको होला भन्ठानेकी थिएँ, तर कारण त्यो थिएन । मैले असिना थापिरहेको हातमा लगाएको पञ्जा तस्वीरमा निकै पुरानो देखिएकोले उहाँलाई चिन्ता लागेको…

गाङ यो ना / चेल्याबिन्स्क, रुस

मलाई उत्तर दिनुहोस्

कोमल र नम्र स्वभावकी एक जना स्त्री मेरो छिमेकमा बस्नुहुन्थ्यो । आमासँग मिल्ने उहाँकी सानी छोरीको शील-स्वभाव पनि राम्रो थियो । अपरिचित मानिसहरूसँग नडराउने ती नानी निकै ज्ञानी भएकीले मैले “वाह् साह्रै ज्ञानी । कति मायालु !” भनेर उनको प्रशंसा गरें । उनी शान्त स्वभावकी भएकीले मैले जिस्किँदै, यी नानी त मसित पनि मान्छिन् होला भन्दाखेरि उनकी आमाले हात हल्लाउँदै यसो भन्नुभयो, “यसलाई स्याहार्न कति गाह्रो छ भन्ने कुरा एकैछिन हेरेर थाहा हुँदैन । यो कति रिसाहा छे, त्यो त दिनभरि योसँगै हुने मलाई मात्र थाहा छ ।” एक दिन म अलिबेरसम्म उहाँको घरमा बसें, र ती नानी आफूले चाहेजस्तो नहुँदा आमालाई पिरोल्दै रोइरहिन् । हैरान भएर आमाले उनको इच्छा पूरा गरिदिँदैहुनुहुन्थ्यो, तर ती नानी लगातार रोइरहेकीले धैर्यताको बाँध फुटेर…

इम जि मिन / गुन्फो, कोरिया

हाँसोले भरिएको खुशी परिवार

आयरल्याण्डको डब्लिनस्थित एउटा अन्त्येष्टि गृहमा शोकको गम्भीर वातावरणको बीचमा, शोक गर्ने मानिसहरू अचानक हाँस्न थाले । त्योचाहिँ मृतकको अनुरोधअनुसार उनकी छोरीले शोक गरिरहेकाहरूलाई हँसाउन पहिल्यै रेकर्ड गरिएको हास्यास्पद अडियो बजाइदिएकीले गर्दा थियो । दीर्घकालीन रोगसँग जुधिरहेको अवस्थामा पनि सधैँ मुस्कुराउने उक्त मृतकले आफ्नो अन्त्येष्टिमा समेत वरपरका मानिसहरूलाई हँसाए । चार्ल्स डिकेन्सका अनुसार “रोग र दुःखको यस संसारमा हामीलाई बलियो बनाउने एक मात्र चीज नै हाँसो हो ।” जीवन जति चुनौतीपूर्ण हुन्छ, त्यति नै हाँसोको मूल्य बुझिन्छ । अहिले २१औँ शताब्दीमा हास्यव्यंग्य सफलताको मुख्य कारक बनेको छ । हास्यास्पद कुरा समावेश भएको विज्ञापनहरूले बिक्री दर बढाउँछ र कम्पनीहरूले पनि हँसिला मानिसहरूलाई बढी रुचाउँछन् । त्यसैले माथि उल्लेखित ‘अन्त्येष्टिमा हाँसो’ भन्ने लेखलाई एक प्रभावशाली कथाको रूपमा साझा गरिएको हो । घरमा पनि…

चिसो तापमान

तापमान जान्न सकिने तरिका दुई किसिमका छन् । एउटा थर्मोमीटरद्वारा मापन गरिने वास्तविक तापमान हो भने अर्कोचाहिँ मानिसको शरीरले आभास गर्ने चिसो तापमान हो । चिसो तापमानचाहिँ तेज हावा, आर्दता र सौऱ्य ताप लगायत हावाको तापक्रम इत्यादि विभिन्न कारणले उत्पन्न हुन्छ । शारीरिक भिन्नताको आधारमा कुनै पनि व्यक्तिको शरीरले तातो वा चिसो अनुभूत गर्छ । जाडो मौसमप्रति संवेदनशील हुने मानिसहरू न्यानो मौसमको बाबजुद चिसोले थर-थर काँप्न सक्छन् र गर्मी मौसमप्रति संवेदनशील हुने मनिसहरूचाहिँ जाडो मौसममा अरूले जत्तिकै चिसो महसुस नगर्न पनि सक्छन् । साथै मनले महसुस गर्ने तापमान पनि छ । उस्तै अवस्था भए पनि प्रत्येक मानिसको महसुस फरक हुन सक्छ । कसैको लागि एकदमै न्यानो लाग्ने वसन्त केही मानिसहरूका लागि चिसो हिउँद हुन सक्छ । अनि कसैलाई चिसो लाग्ने…

ती मानिसजस्तै

अँध्यारो समुद्रमा यात्रा गर्ने जहाजलाई मार्गनिर्देशन गर्ने दीपगृहझैँ जीवनको यात्रामा तपाईंलाई सही बाटोमा डोऱ्याउने एक जना मार्गनिर्देशकको आवश्यकता पर्छ । यस्तो मार्गनिर्देशकलाई प्रायः ‘रोल मोडेल’ भनिन्छ । रोल मोडेल छ भने लक्ष्य अझ स्पष्ट हुन्छ, अनि तपाईं अझ प्रेरित हुनुहुनेछ । तर आफ्नो निम्ति कोही रोल मोडेल हुँदैमा सपना साकार हुने होइन । महत्त्वपूर्ण भनेको कार्य गर्नु हो । आफूले चाहेजस्तो व्यक्ति बन्ने सबैभन्दा निश्चित तरिका भनेको रोल मोडेलको नकल गर्नु हो । तिनको मनोवृत्ति, बोलीवचन र जीवनयापनको स्वरूप हेरेपछि तिनले जसरी बोल्न, तिनले जसरी सोच्न र तिनले जसरी व्यवहार गर्न सकिन्छ । निर्णय लिन गाह्रो हुने अवस्था आइपर्दा तपाईंले “यो अवस्थामा रोल मोडेल भएका भए तिनले कसो गर्नेथिए होलान् ?” भनेर आफैलाई सोध्न सक्नुहुन्छ । तब सजिलै उत्तर पाउनुहुनेछ…

सबै किसिमका खराबीबाट अलग बस

म केही महिनासम्म बिरामी भएँ । फार्मेसीबाट अनेक थरीका औषधीहरू किनें, अनि घरेलु उपचारदेखि लिएर सबै किसिमका उपचारहरू गरें, तर कुनै सुधार आएन । जागिर छोड्नुपर्ने जस्तो अवस्थामा पुग्दा, पहिला कामको सिलसिलामा चिनजान भएको एक जना डाक्टरलाई भेट्न म गएँ । डाक्टरले मलाई एक हप्ताको लागि औषधी लेखिदिनुभयो, र औषधी सेवनको अवधिमा चिनी सख्त बार्न सल्लाह दिनुभयो । चिनीले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइदिएर बिमार ढीलो निको हुने गराउँदोरहेछ । तर आफ्नो दैनिक भोजनबाट चिनीलाई अलग गर्नुचाहिँ सोचेको भन्दा गाह्रो कुरा थियो । दैनिक खाइने भोजन प्राय: गुलियो हुन्थ्यो, अनि फलफूल र जुस पनि अपवादमा पर्दैनथे । सुरुको ३ दिनचाहिँ एकदम गाह्रो भयो । खाना खाएपछि अन्तमा केही गुलियो चीज खान मन लाग्थ्यो । स्न्याक्सहरू बार्न पनि बडो सकस पऱ्यो…

गोइट्सिओन थमाइ / केप टाउन, गणतन्त्र दक्षिण अफ्रिका

बज्रपात

सर्ने योजना भएकोले केही बेर घर मिलाउने क्रममा, म अबेर रातसम्म भान्सा मिलाउनमा व्यस्त भएँ । अन्तिममा फ्रिज सफा गरिरहँदा त्यतिकै राखिएको प्लास्टिकको बोतलमा के रहेछ भनेर निश्चित गर्न त्यसलाई खोलेर हेरें । त्यही बेला अचानक बोतलमा भएको कुरा ‘भ्वाट्ट’ पड्किएर छताछुल्ल भयो । अमिलिएको ऐंसेलुको झोल लामो समय नचलाएर गुम्सिएकोले पड्कियो । भान्साचाहिँ छतदेखि भुइँसम्मै ऐंसेलुको झोलले राताम्मे भएर फोहोर भयो । यो ‘बज्रपात’जस्तै थियो । त्यस्तो अनपेक्षित अवस्थाप्रति म यति छक्क परें, कि के गर्ने भन्ने पत्तो नपाएर केवल थरथर काँपिरहें । बैठक कोठामा टिभी हेर्दाहेर्दै दौडिएर आउनुभएका मेरा पति पनि छक्क पर्नुभयो । त्यो अवस्थालाई ठम्याएर उहाँले तुरुन्तै टालो ल्याई दाग सफा गर्न थाल्नुभयो । बच्चाहरू ब्यूँझेलान् भनेर उहाँले आफ्ना पाइलाहरू बिस्तारै सार्नुभयो, तर बोतलको आवाज यति…

सउल, कोरिया

आफूमा निर्भर हुने कुरा

उही लेख भए पनि त्यो पढ्ने प्रत्येक मानिसले पाउने महसुस फरक हुन्छ । कसैले सरसरती हेरेको शब्द, अरू कसैको निम्तिचाहिँ अमूल्य महसुस दिलाउने आधार पनि बन्न सक्छ । कहिलेकहीँ परिस्थिति पनि बद्लिन सक्छ । विगतमा खासै प्रेरणादायी नलागेको लेखले पछि निकै प्रभावित तुल्याउन सक्छ, अनि विगतमा हृदयलाई प्रभावित तुल्याएको वाक्य अहिलेचाहिँ सामान्य लाग्न पनि सक्छ । लेख उही हो । बद्लिनेचाहिँ पाठक वृन्दको मन हो । इस्राएलीहरूले उजाड-स्थानमा खाएका, महमा बनेको बाबर स्वादको मन्न, परमेश्वरले स्वर्गबाट पहिलो चोटि झारिदिनुहुँदाको समयमा होस् अथवा लामो समयपछि होस्, त्यसको स्वाद उही थियो । तर उजाड-स्थानको यात्रामा थकित भएका इस्राएलीहरूको गनगनयुक्त मनले, महमा बनेको रोटीको स्वादलाई तुच्छ खानेकुरामा परिवर्तन गरिदियो (गन्ती २१:५) । पहिला जति पटक हेरे पनि, जति पटक सुने पनि एकदमै आश्चर्यजनक…

गरिहेरेमा थाहा हुने कुरा

म सानो छँदै बुबा-आमा बित्नुभएकोले मैले जीविका चलाउन पैसा कमाउनुपर्ने भयो । यसैले मेरो जीवन युद्धजस्तै र संसार युद्धभूमिजस्तै थियो । कसैले मलाई जोगाउन नसक्ने यस निर्दयी संसारमा पछि नपर्नको निम्ति मैले पसीना बगाएर काम गरें । ढिलो उमेरमा परिवार पनि बन्यो तैपनि मेरो जीवन भने जस्ताको तस्तै थियो । बजारमा सामान आपूर्तिको काम गर्ने क्रममा, मैले रातमा काम, दिनमा आराम गर्दै १० वर्ष बिताएँ । व्यस्त दैनिक जीवनले गर्दा आफ्ना बालबच्चासँग भेट्न पनि गाह्रो थियो । त्यसैले मेरो मन भुलाउने कुरा भनेको बजारका मानिसहरूसँगै भट्टीमा पसेर मद्यपान गर्नु थियो । सायद जीवन कठिन भएरै होला, हामी सबै जना गरम मिजासका थियौं । हाम्रो बोली र कार्य पनि रुखो थियो । तैपनि हामीहरू परिवारजत्तिकै नजिक थियौं । रातभरि काम गरेपछि…

आन ब्यङ छान / सउल, कोरिया

राम्रो मौसम

घाम तातो भयो, बतास जोडले चल्यो अथवा वर्षा भयो भनेर के कहिलेकहीँ तपाईंलाई मूड खराब हुने या त दिक्क लाग्ने गर्छ ? घामको किरणले मानव-शरीरमा भिटामिन डि उत्पन्न गर्छ, र यसले बोटबिरुवामा प्रकाश संश्लेषणको स्रोतको भूमिका खेल्छ । वर्षाले हावामा मिसिएको धूलोलाई पखाल्छ, र जीवित प्राणीहरूमा पानी आपूर्ति गर्छ । बतासले बिरुवालाई फैलन मद्दत गर्छ, र हावा प्रसार गर्छ । चट्याङले बिरुवालाई पौष्टिक तत्व सोस्न मद्दत गर्छ, र आँधीले पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्छ । घाम, वर्षा, बतास, चट्याङ, आँधी ... यीमध्ये पृथ्वीलाई अनावश्यक पर्ने चीज कुनै पनि छैन । हामीले कुनै मौसमको अवस्थाप्रति गुनासो गर्न त सकौंला, तर त्यसलाई बदल्न भने सक्दैनौं । कहिलेकहीँ खराब मौसमका कारण असहज लागे तापनि खासमा प्रकृतिसँग कसरी घुलमिल हुने भन्ने कुरा सिक्न तपाईंलाई बुद्धिको…

झगडा, सबै जना विजेता बन्ने अवसर !

हिजोआज प्रायः परिवारमा विभिन्न आपराधिक घटनाहरू हुने गरेको छ । वार्तालापको कमी भयो भने सबैभन्दा प्रेम गर्नुपर्ने र सुरक्षा दिनुपर्ने सदस्यहरूसमेत अपराधको शिकार बन्न पुग्छन् । विशेष गरी लामो समयसम्मको मनमुटावचाहिँ गहिरो भावनात्मक टक्कर र एक आक्रामक व्यवहार उत्पन्न गराउने कारक बन्न सक्छ । “घर सम्हाल्नु भनेको बगैँचाको काम गर्नुजस्तै हो” भन्ने कसैको भनाइ पनि छ । जतिसुकै सुन्दर बगैँचा भए पनि यदि उचित समयमा त्यहाँबाट सामाहरू हटाएन भने आखिरमा त्यसले पूरै खेत भरिदिन्छ । परिवार भन्ने बगैँचाभित्रको सामा नै झगडा हो । एउटा खुशी र आदर्शपूर्ण परिवारभित्र पनि झगडाचाहिँ हुन्छ । झगडा, उनीहरू जीवित छन् र एक-अर्कालाई प्रेम गर्छन् भन्ने कुराको एउटा प्रमाण पनि हो । झगडा भयो भन्दैमा उनीहरूले एक-अर्कालाई प्रेम गर्दैनन् भन्ने कुरा होइन, अनि उनीहरूले एक-अर्कालाई…

बिरुवाहरूमा हुने एलिलोप्याथी

बतास चल्दा वा हावाले जडिबुटीलाई हल्लाउँदा, त्यसले मानिसहरूले मन पराउने कडा सुगन्ध फाल्छ । तर वास्तवमा तिनीहरूले त्यो सुगन्ध फाल्नुको कारणचाहिँ आफूलाई बाह्य आक्रमणबाट बचाउनको निम्ति हो । झुसिलकीराहरूले सल्लाको पात खान्छन् र बन्दामा लाग्ने कीराहरूले बन्दाको पात खान्छन् । तर ती कीराहरूले बिरुवालाई सजिलै खान सक्दैनन् । बिरुवाहरूलाई झुसिल्किराले आक्रमण गर्दा चोट लागेको ठाउँबाट एउटा रासायनिक पदार्थ निस्किन्छ । त्यो सुगन्धलाई सुँघ्दा बारुलाहरू झुसिल्किरालाई सिकार गर्न तीरजस्तै उडेर आउँछन् । आलुको टुसोमा हुने विषालु पदार्थ एलिसिन, लसुनमा हुने मसालेदार गन्ध पनि तिनीहरूलाई सुरक्षा प्रदान गर्ने रासायनिक पदार्थ हुन् । कीराहरूले बोटबिरुवाहरूलाई आक्रमण गर्दा रासायनिक स्रावद्वारा आफूलाई बचाउँछन् तर तिनीहरूले मानव र जनावरहरूले जस्तै आफ्नो सुरक्षा गर्न सक्दैनन् । बोटबिरुवाहरूले आफ्नो सुरक्षाका लागि जरा वा पातहरूबाट रासायनिक पदार्थ निकाल्ने गर्छन्…

खजाना बाँड्दा

जब थोमस एडिसनले फोनोग्राफको आविष्कार गरे, उनले वैज्ञानिक जर्नल र पत्रपत्रिकाहरूमा आफ्नो आविष्कारबारे सक्रिय रूपमा प्रचार गरे । पछि उनले बिजुली बत्ती (Incandescent light bulb)आविष्कार गर्नका लागि अनुसन्धान सुरु गरे जुन कुरा पत्रपत्रिकाहरूमा पनि छापियो, र मानिसहरूको अपेक्षा बढ्दैजाँदा ठूला लगानीकर्ताहरूले आर्थिक रूपमा सहयोग गरे । एडिसनका आविष्कारहरू अझ प्रख्यात भए, किनभने उनले ती आविष्कारहरू आफूमा मात्र सीमित राखेनन्, तर अरू मानिसहरूले पनि व्यापक रूपमा त्यसको प्रयोग गर्न सकून् भनेर सबैलाई आफ्नो आविष्कारबारे जानकारी गराए । जब हामी कुनै पनि फाइदाजनक कुरा आफूमा मात्र सीमित नराखी अरूसँग सक्रिय रूपमा बाँड्छौं तब त्यो कुरा अझ उपयोगी खजाना बन्नेछ ।