-
bible-word-nefaith-life-ne
- सबै
- पारिवारिक प्रेम र सञ्चार
- पारिवारिक प्रेमको लेख
- खुशी परिवारको मिसन
- मिसनको कहानी
- सियोनको सुगन्ध
- महसुस
- माताको शिक्षा
- स्वयंसेवा गतिविधि
- मन गोडमेल गर्दै
विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
आमाको तस्वीर हेर्दा मात्र पनि
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयले ७~१२ वर्षका बच्चाहरूमा एउटा परीक्षण गऱ्यो । उनीहरूलाई अपरिचित मानिसहरूका अगाडि गणितीय हिसाबहरू हल गर्न लगाइँदा उनीहरूले अत्तालिएर राम्ररी हल गर्न सकेनन् । त्यसपछि बच्चाहरूलाई ३ समूहमा विभाजन गरियो । पहिलो समूहलाई आफ्नी आमासँग…
लुटेराको मन परिवर्तन गरिदिएको उदारता
संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा घटेको घटना हो । एक जना जवान समाजसेवी कामपछि घर फर्कंदैथिए । तब कुनै सुनसान ठाउँमा पुगेपछि तिनी एक्कासि लुटेराको फेला परे । हातमा चक्कु लिएको त्यो लुटेराचाहिँ १०-२० वर्षजतिको ठिटो थियो । तिनी एकछिन…
अनुनादक(प्रतिध्वनि बक्स)
सुन्दर धून सृजना गर्ने वाद्य यन्त्रहरू ! त्यसका पाटपुर्जा, आकार र प्रयोग गर्ने तरिका फरक भए तापनि ती सबैमा एउटा कुराको समानता छ : ती सबै यन्त्रहरूको भित्री भागचाहिँ खाली हुन्छ । त्यही खाली भागलाई अनुनादक भनिन्छ, जसले वाद्य यन्त्रहरूलाई…
उपभोग गर्ने खुशी, स्मरण गर्ने खुशी
विद्यालयका दिनहरूमा साथी, करियर र भविष्यको बारेमा धेरै चिन्ता हुन्छ । तर त्यो समय पार गरिसकेका वयस्कहरूले चाहिँ अहिलेका विद्यार्थीहरूलाई यसो भन्ने गर्छन्, “तिमीहरूको लागि सबैभन्दा उत्तम समय भनेको अहिले हो ।” बच्चा जन्माएपछि तिनलाई हुर्काउनमा व्यस्त रहने आमाहरूलाई आफू…
अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’
प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको…
एक छात्रालाई रुवाएका न्यायाधीश
“बसेको ठाउँबाट उठ ।” चोरीको आरोपमा साथीहरूसँगै अदालत पुऱ्याइएकी एक छात्रालाई न्यायाधीशले नम्र आवाजमा भने । ती छात्रा अलि हिचकिचाउँदै उठेपछि न्यायाधीशले फेरि भने, “मैले बोलेको कुरालाई ठूलो सोरमा दोहोऱ्याउनू ।” “म संसारको सबैभन्दा उत्तम मानिस हुँ ।” “म जे…
परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने
परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन ।…
परिवारको प्रबल पक्ष बढाउने !
कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन ।…
परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !
खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ…
सँगै खेलौं, ‘खुशीको खेल’
सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो…
हाम्रो प्यारो घर ‘Sweet Home’
प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’…
म मेरो परिवारको समर्थक हुँ !
खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल…
राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !
‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी…
परिवारको निम्ति टाइम क्याप्सूल [Time Capsule]बनाउने
गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ । यो वर्षमा आफ्ना…
पारिवारिक अवार्ड समारोह
प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ…
परिवारको थकाइ दूर गर्ने
स्कूलको पढाइ, जागिर, घरायसी काम इत्यादिका कारण हाम्रो शरीर थाक्ने गर्छ । त्यो थकाइ लामो समयसम्म रहिरह्यो भने त्यसले शरीर र मन दुवैलाई नकारात्मक असर गर्न सक्छ । यसकारण त्यसलाई समयमै दूर गरिहाल्नुपर्छ । थकाइ दूर गर्ने विभिन्न माध्यमहरू त…
सुरुको मन
कुनै पनि कामको थालनी गर्दा सुरुमा लिइने मन हुन्छ, शुद्ध र नम्र मन अनि व्यग्रता । यसैलाई ‘सुरुको मन’ भनिन्छ । कुनै एउटा अनलाइन रोजगार बजार खबर साइटले, कार्यक्षेत्रमा कर्मचारीले कति समयसम्म सुरुको मन लिएर काम गर्दारहेछन् भन्नेबारे जान्न ९६०…
सानो हेरचाहद्वारा बनेको खुशी परिवार
निर्माणस्थलमा काम गर्नुहुने मेरा पति, प्रयोगशालामा अध्ययन गर्ने मेरी छोरी र म गरेर हामी ३ जनाको परिवार छ । मेरा पति र मेरी छोरी एकदमै व्यस्त हुने भएकोले हामीलाई एकै ठाउँमा भेला हुन गाह्रो छ । तर खुशी परिवार पुस्तकमा…
गिम उन सुक / सउल, कोरिया
सुभोशित औँलाको टुप्पा
एक दिन अचानक मलाई मेरो बाल्यकाल याद आयो । त्यो समयमा म करीब १० वर्षकी थिएँ । म विद्यालय जाने बाटोमा एउटा कस्मेटिक पसल थियो र पसल बाहिर नङ पालिशहरू राखिएको एउटा टोकरी थियो । एक दिन म र मभन्दा…
गिम दो यङ / ब्यूनस आयर्स, अर्जेन्टिना
कठिनाइलाई जित्ने मेलमिलाप
पूरै विश्वलाई नै हल्लाएको ‘कोभिड-१९’को महामारीले हाम्रो दैनिक जीवनमा पनि धेरै परिवर्तन ल्यायो । प्रत्येक दिन टिभी समाचार, पत्र-पत्रिका, प्रकोप चेतावनी सन्देशहरू इत्यादिमार्फत हामीले व्यक्तिगत सरसफाइबारे मात्र नभएर ‘सामाजिक दूरी’ कायम गर्नेबारे पनि सिकेकाले घरमा बस्ने समय स्वाभाविक रूपमा लम्बिरहेको…
ग्वन मि सुग / सउल, कोरिया