विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

फिरफिरे घुमाउनको लागि

“बुबा, मैले बनाएको फिरफिरे हेर्नुहोस् ।” “वाह, राम्रो छ ! यसले कत्तिको काम गर्छ भन्ने कुरा बुझ्नका लागि एक चोटि परीक्षण गर्नुपर्ला ?” छोराको हात समाउँदै बुबा घर नजिकैको पार्कमा जानुभयो । उत्साहित छोराले हात माथि उचाल्दै फिरफिरे घुमाउन खोज्यो तर त्यो दिन हावा सुस्त थियो । “बुबा, मेरो फिरफिरे घुम्दैघुमेन ।” छोरा निरुत्साहित भयो । “यस्तो अवस्थामा यसलाई घुमाउने एउटा तरिका छ ।” तरिका के हो नि ? फिरफिरे समातेर, बुबा छिटो-छिटो दौडनुभयो । अन्ततः फिरफिरे तीव्र गतिमा घुम्न थाल्यो । बुबाले एक फन्को मारेर छोराकहाँ फर्किएर भन्नुभयो । “परिश्रमसाथ दौडनेहरूका लागि असम्भव केही छैन ।”

राजकुमारको पहिचान

छिमेकीबीच राम्रो सम्बन्ध नभएको कुनै एउटा गाउँमा राजाले भ्रमण गरेछन् । आफ्नो निरीक्षण पूरा गरेपछि, राजाले गाउँलेहरूलाई अनुरोध गरेछन् । “वास्तवमा मेरो कान्छो छोरा केही समय यही बस्ने भएकोले तिमीहरूले ऊसँग राम्रो व्यवहार गर्नू ।” तर राजाले राजकुमार को हो, र कहाँ बस्दैछन् भन्ने कुरा खुलाएनछन् । राजकुमार हो भन्ने कुरा सोच्दै गाउँलेहरूले बाटोमा भेटिने सबै बालकहरूलाई मुस्कुराउँदै अभिवादन गर्न थाले । केही समयपछि वयस्कहरूले पनि एक-अर्कालाई नम्र बोली र उज्ज्यालो मुहारद्वारा अभिवादन गर्न थाले । केही महिनापछि, राजा गाउँमा फर्किए । त्यसबेलासम्म पनि राजकुमार को हो भन्ने कुरा गाउँलेहरूले थाहा पाएका थिएनन् । “राजा, हजूर राजकुमार लिन आउनुभएको हो ? तर राजकुमार को हुन् ?” राजाले मुस्कुराउँदै भनेछन् । “मैले यहाँ छोडेको राजकुमारको नाम ‘प्रेम’ हो । राम्ररी हुर्किएर…

सुरुको अवस्था निम्न देखिए पनि

एक-एक थोपा पानीद्वारा नदी बन्छ । आकाशबाट झर्ने पानी र जङ्गलबाट रसाउने स-साना पानीका थोपाहरू जम्मा भई एउटा खोल्सा बन्छ, र जब चारै दिशाबाट बग्ने खोल्साहरू सँगै मिसिन्छन्, तब त्यसले नदीको रूप लिन्छ । दर्जनौं र सयौं सहायक खोलाहरू मूल नदीमा मिसिएपछि त्यो झन् फराकिलो र गहिरो हुन्छ । नदीमा जम्मा भएको पानीले न झगडा गर्छ न त गनगन नै गर्छ तर निरन्तर आफ्नो गन्तव्य, समुद्रतिर बगिरहन्छ । नदीले बग्ने क्रममा धेरै कुरा हासिल गर्दछ जुन कुरा एक थोपा पानीको रूपमा सोच्न पनि सकिँदैन । बलियो पानीको छालले चट्टानलाई फुटाउँछ, र सबै जीवित प्राणीहरू बस्ने न्यानो घर बन्छ । तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ । अय्यूब ८:७ सानो पानीको थोपा सुरुमा निम्न देखिए पनि…

ढोकामा ताला लगाउनुजत्तिकै महत्त्वपूर्ण रहेको सामाजिक सञ्जालको सुरक्षा

सामाजिक सञ्जाल सेवा(Social Network Service, SNS)चाहिँ मानिसहरूबीच सूचनाहरू साझा गर्न मद्दत पुऱ्याउने र निःशुल्क सञ्चारमार्फत अरू मानिसहरूसँग सामाजिक सम्बन्ध निर्माण गर्न प्रयोग गर्ने अनलाइन मञ्च हो । फेसबुक, ट्विटर, काकाओ स्टोरी, इन्स्टाग्राम, ब्यान्ड, यूट्यूब जस्ता विभिन्न किसिमका सामाजिक सञ्जालहरू छन् । स्मार्टफोनको बढ्दो प्रयोगसँगै समय र ठाउँको परवाह नगरी सामाजिक सञ्जाल सबै ठाउँमा उपलब्ध भएको छ, त्यसैले यो अहिले आधुनिक मानिसहरूको दैनिक जीवनबाट अलग गर्नै नसकिने हिस्सा बनेको छ । एउटा कोरियाली पोर्टल साइटले ६९३ सदस्यहरूलाई लक्षित गर्दै ‘सामाजिक सञ्जाल प्रयोगको ढाँचा र त्यसको प्रयोग स्थिति’बारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणका अनुसार ९१.३% उत्तरदाताहरूले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र त्यसको उद्देश्य नै अरूसँग कुराकानी गर्न(६३.२%) विविध जानकारी र प्रवृत्तिको खोजी गर्न(६०.७%), अल्छीपना कम गराउन(४६.९%), आफ्नो दैनिक जीवन रेकर्ड गरेर…

शुभ बिहानी !

“बिहानी भन्नेबित्तिकै तपाईंको दिमागमा के आउँछ ?” यो प्रश्नको उत्तरमा कसै-कसैले घामको प्रकाश, शीत, व्यायाम, स्फूर्ति, मौका भन्ने गर्छन्, तर कसै-कसैले चाहिँ हतार, अबेरसम्म सुत्ने, ढिलो हुने, व्यस्तता, र थकान भन्ने गर्छन् । बिहानीसँग सम्बन्धित मनमा आउने शब्दहरूको आधारमा, मानिसहरूले आफ्नो बिहानी कसरी बिताउँछन् भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । प्रत्येक नयाँ वर्षको दिनमा, देशभरका सूर्योदय हेर्ने स्थलहरूमा उदाउँदो सूर्यलाई हेरेर वर्षको सुरुवात गर्नेहरूको भीड ठूलो हुन्छ । वर्षको सुरुवात नयाँ वर्षको पहिलो दिन हो भने, दिनको सुरुवातचाहिँ बिहानी हो । शुभ बिहानी नै शुभ दिनको आधार हो । किनभने बिहान खुशी भएमा दिनभरि नै खुशी रहन सकिन्छ । बिहानीचाहिँ हाम्रो सम्पूर्ण जीवनलाई नै असर गर्ने सुनौलो समय हो भन्दा फरक पर्दैन, किनभने बिहानीले दिनलाई असर गर्छ र त्यो…

परिवारले एक-अर्कामा भरोसा गर्छन्

हिजोआज कसैलाई पेय पदार्थ पिलाएर बेहोस गराउनु वा सार्वजनिक संस्थाको नाउँमा कसैलाई फोन गरेर ठूलो रकम ठग्नु कुनै नौलो खबर होइन । यस्तो ठगीको युगमा यस्ता घटना सामान्य भइसकेका छन् । त्यसैले छल कपट व्याप्त भएको हाम्रो समाजमा ‘राम्रो छिमेकी’ भन्ने अभिव्यक्ति लागमर्दो बनेको छ । मानिसहरूले आफ्ना छिमेकीहरूलाई समेत विश्वास गर्दैनन्, पल्लो छेऊमा को बस्छ भन्ने कुराको समेत पर्वाह नगरी झ्याल, ढोका बन्द गरेर बस्छन् । एक-अर्कालाई विश्वास गर्न नसक्ने भएकोले सानोतिनो सहयोगप्रति पनि शंका गर्छन् र सुरुदेखि नै सत्रक भएर हुन्छन् । तसर्थ अहिले हरेक ठाउँमा २४ घण्टा चल्ने CCTV जताततै जडान गरिएको छ । मानिसहरूले एक-अर्कालाई भरोसा गर्दैनन्, उनीहरूले आफ्नै परिवारलाई समेत भरोसा गर्दैनन् । उदाहरणको लागि, केही मानिसहरूले आफ्ना पति/पत्नीका गाडिहरूमा GPS ट्र्याकिङ उपकरणहरू राख्छन्, अझ…

घर चम्किलो भयो भने मन पनि चम्किलो हुनेछ

“घरका कामहरूमध्ये सबैभन्दा झन्झटिलो काम कुन हो ?”, “अनि शारीरिक रूपमा सबैभन्दा गाह्रो काम कुन हो ?” ग्यरब कोरियाले, कोरियाली गृहिणीहरूलाई घरेलु कामको बारेमा यी प्रश्नहरू गरेको थियो र माथिका दुवै प्रश्नहरूको उत्तरमा सरसफाइ पहिलो स्थानमा रहेको पाइयो । छोटकरीमा भन्नुपर्दा, घरको सरसफाइलाई एक थकानपूर्ण र झन्झटिलो कामको रूपमा लिइन्छ । त्यसैले कामबाट थकित भएर घर फर्किंदा, कसैले घर सफा गरिदिएर दराजका कुना काप्चामा भएका धुलोहरू पुसी, भुँइ बढालेर घर चिटिक्क पारिदिएको त्यो दृश्य हामीले कम्तीमा एक चोटि कल्पना गरेका हुन्छौं । थोरै रगड्दा सबै दाग जाने डिटर्जेन्ट, घर सफा गर्न प्रयोग गरिने टालो, स-साना धुलो समेत तान्ने भ्याकुम क्लिनर, र एउटा बटन थिच्दा घरको वरिपरि घुमेर सबै कोठाहरू सफा गरिदिने रोबोट क्लिनरजस्ता बजारमा निस्किएका सरसफाइका सामग्रीहरूले सरसफाइको कामलाई सरल…

“त्यस्तै हुन्छ भन्ने मलाई थाहा थियो !”

कुनै घटना हुनुअगावै त्यस विषयमा पहिल्यै देख्ने क्षमतालाई दूरदर्शिता भनिन्छ । यसको ठीक विपरीत, ‘पश्चदृष्टि प्रभाव(hindsight effect)’ भन्ने एउटा मनोवैज्ञानिक अवस्था पनि छ । योचाहिँ घटेको कुनै घटनाको विषयमा पहिल्यै थाहा भएझैँ गरी देखाउने प्रवृत्ति हो । पहिलो चोटि गएको रेस्टुरेण्टको खाना आफ्नो स्वादअनुसार भएन भने, “मीठो हुन्न भन्ने मलाई पहिल्यै थाहा थियो” भन्ने गर्छौं, अनि कसैले गल्ती गऱ्यो भने, “त्यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो” भन्ने गर्छौं । कुनै ठूलो दूर्घटना हुँदाखेरि, त्यो कसैले जानीबुझीकन गरेको षड्यन्त्र थियो भन्ने प्रेसको रिर्पोटजस्ता कुराहरूलाई पश्चदृष्टि प्रभाव भन्न सकिन्छ । अझ रोचक कुराचाहिँ, मानिसहरू आफूले त्यो हुन्छ भनेर पहिल्यै अनुमान नलगाएको वा त्यो हुनुभन्दाअघि विपरीत अनुमान लगाएको भए पनि उही कुरा भन्ने गर्छन् । तिनीहरूले प्रायः यस्तै मनोवृत्ति लिइरहे भने तिनीहरूले…

देखेर सुरु हुने प्रेम

इन्द्रेणी गोलाकार हुन्छ ? अविश्वसनीय लागे तापनि यो कुरा सत्य हो । पहाड वा जमिनले गर्दा अस्पष्ट देखिने भएकोले भूमिको सतहबाट हेर्दा इन्द्रेणीको आधा भाग मात्र देखिन्छ तर हवाइजहाजबाट हेर्दा गोलाकार देखिन्छ । भोजनमा रुचि नदिने वा डराउने एनोरेक्सिया भएका मानिसहरूले आफूलाई वास्तविकताभन्दा मोटो ठान्छन् । लन्डनको एक अस्पतालका डाक्टरले युवा एनोरेक्सिया रोगीहरूको मस्तिष्क स्क्यान गरेर दृष्टि नियन्त्रण गर्ने मस्तिष्कको भागमा रगत प्रवाह कमजोर भएको कुरा पत्ता लगाए । देखिने कुरालाई मात्र विश्वास गर्दा हतारमा निर्णय लिन पुगिन्छ । केवल केही भाग मात्र हेरेर त्यसलाई सम्पूर्ण कुरा हो भनी सोच्नु वा गलत दृष्टिकोणबाट हेरेर अवास्तविकतालाई वास्तविकता भनी विश्वास गर्नु वा वास्तविकतालाई अवास्तविकता भनेर सोच्नुचाहिँ गलत हो । “सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।” घृणा…

झारलाई हटाउने उत्तम तरिका

एक जना शिक्षकले सेमेस्टरको अन्तमा आफ्ना विद्यार्थीहरूलाई झारले भरिएको खेतमा लगेछन् । वास्तवमा ती शिक्षकले विद्यार्थीहरूलाई एउटा अन्तिम शिक्षा दिन चाहन्थे । खेततिर देखाउँदै शिक्षकले सोधेछन्, “यी झारहरूलाई कसरी हटाउन सकिन्छ होला ?” अन्तिम कक्षा भएकोले विद्यार्थीहरूले महत्त्वपूर्ण शिक्षाको आशा गरेका थिए तर प्रश्न एकदमै सामान्य भएकोले तिनीहरूले जथाभावी उत्तर दिए, “साबेल र कोदालोले जोत्दा हुन्छ ।” “त्यसलाई जलाउँदा ठीक हुन्छ ।” “त्यसलाई उखेल्यो भने हुन्छ ।” टाउको हल्लाउँदै शिक्षकले जवाफ दिएछन् । “मानिसको हृदयमा लोभ, स्वार्थीपन र घृणा जस्ता झारहरू उम्रिन सक्छन् । अन्तिम कक्षाको असाइनमेन्ट भनेको तिमीहरूले सुझाएको तरिका प्रयोग गरेर आफ्नो हृदयभित्र रहेका झारहरू हटाउन प्रयत्न गर्नु हो । अर्को वर्ष हामी फेरि यही ठाउँमा भेट्नेछौं ।” एक वर्ष पछि, मनमा उम्रिएको झारको समस्या लिएर विद्यार्थीहरू फेरी…

सानो कार्यद्वारा थुपार्न सकिने आत्मिक आशिष्‌

सानो कुरामा समेत विश्वासी हुनुचाहिँ आत्मिक आशिष् थुपार्न सकिने एक सर्वोत्तम तरिका हो । आत्मिक आशिष्‌ कसरी थुपार्न सकिन्छ भन्ने कुराको असल उदाहरण मत्ती अध्याय २५ मा देख्न सकिन्छ । “किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई ... तिनले हरेकलाई तिनीहरूका आ–आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, एउटालाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले । तब पाँच सुनको सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो । त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो । तर एक सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो । धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे । तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई…

हाम्रो कन्सर्ट

अहिले मात्र होइन विगतको समयमा पनि पाइप-अर्गनबाट आवाज निकाल्नका लागि एक जना व्यक्तिले पछाडिबाट पाइपमा लगातार हावा फुक्नुपर्थ्यो । एक दिन एक जना प्रसिद्ध अर्गन वादकले संगीत कार्यक्रमको आयोजना गरे । त्यो दिन, दर्शकहरूले ठूलो ताली बजाएर तिनले गरेको भव्य र मनोरम प्रस्तुतिको प्रशंसा गरे । प्रस्तुतिको बीचमा ब्रेक हुँदा अर्गन वादक पर्दा पछाडि गए । ठीक त्यही समयमा अर्गनको पछाडि रहेर हावा फुक्ने एक जना वृद्ध मानिसले मुस्कुराउँदै अर्गन वादकलाई यसो भनेछन्, “गुरुज्यू, आजको हाम्रो कन्सर्ट एकदमै सफल भयो ।” ती अर्गन वादकले रिसाउँदै भनेछन्, “ ‘हाम्रो ?’ तपाईंले अर्गन बजाउनुभएकै छैन, कसरी यो हाम्रो कन्सर्ट हुन सक्छ र ?” “गुरुज्यू, मैले पनि यो प्रस्तुतिको लागि धेरै परिश्रम गरेको छु नि होइन र ?” तर त्यो कुरा त्यति महत्त्वपूर्ण…

एकदमै ढीलो समय भन्ने हुँदैन

रुसी भाषा सिकाउने संस्थामा नयाँ भर्ना खुलेको समयतिर एक जना वृद्ध मानिस गएछन् । “छोराको भर्ना गर्न आउनुभएको ?” कर्मचारीले नम्रतापूर्वक सोधेछन् । “होइन, म आफ्नै भर्ना गर्न आएको हुँ ।” तब कर्मचारी छक्क परेको देखेर उक्त वृद्ध मानिस अलि हिचकिचाएछन्, र अवस्था वर्णन गरिदिएछन्: “मेरी बुहारी रुसी भएकीले कुरा गर्न एकदमै असहज हुन्छ । उनीसँग कम्तिमा सामान्य कुरा गर्न सकें भने राम्रो हुनेथियो ।” “ए, अनि बुबाको उमेरचाहिँ कति पुग्यो नि ?” “७७ वर्ष पुग्यो ।” “रूसीमा कुराकानी गर्न सक्षम हुन, एक वृद्ध व्यक्तिले कम्तिमा तीन वर्ष सिक्नुपर्छ। त्यतिबेला तपाईं अस्सी वर्ष पुग्नुहुनेछ ।” तब उक्त वृद्धले मुसुक्क हाँस्दै यस्तो जवाफ दिएछन्, “यदि मैले अहिले सिकिनँ भने, ८० वर्ष पुग्दा पनि म उस्तै हुनेछु । अनि सायद ७७ वर्षको…

भारी

भारी बोकिरहेका एक जना मानिसले परमेश्वरसँग गनगन गरे । “अरूलाई सानो र हलुका भारी दिनुभएर मलाई चाहिँ किन यस्तो ठूलो र गरुङ्गो भारी दिनुभएको ?” परमेश्वरले त्यसलाई एउटा ठाउँमा लिएर जानुभएछ । त्यहाँ सबै प्रकारका सामानहरू थुप्रिएका थिए । “यदि तिम्रो सामान भारी छ भने म त्यसलाई परिवर्तन गरिदिनेछु । यहाँ भएका सामानमध्ये कुनै एउटा छान ।” त्यो मानिस यति खुशी भयो कि उसले के गर्ने भनेर सोच्नै सकेन । अन्ततः उसले सानो र हलुका सामान खोज्न थाल्यो । तर उसले चाहेको जस्तो सामान पाउन त्यति सजिलो थिएन । केही समयपछि उसले आफूले चाहेजस्तो सामान भेट्टायो । “यो सामान ठीक छ ।” त्यो मानिस सन्तुष्ट देखिन्थ्यो । परमेश्वरले उसलाई हेर्नुभयो र भन्नुभयो, “यसलाई ध्यान दिएर हेर त । यो सामानचाहिँ…

बीउको एकरुपता

के गुलियो हलुवाबेतको बीउ रोप्यो भने उस्तै गुलियो हलुवाबेत नै फल्छ होला ? वास्तवमा गुलियो हलुवाबेतको बीउ रोप्यो भने जङ्गली हलुवाबेत फल्छ । स्याउको बीउ रोप्यो भने सानो स्याउ फल्छ; नासपातीको बीउ रोप्यो भने जङ्गली नासपाती फल्छ । हामीले खाने धेरैजसो फलहरू कलमी गरिएका र सपारिएका प्रजातिहरू हुन् । कलमी गर्दा जराको निम्ति चयन गरिने विरुवालाई स्टक अथवा रूटस्टक भनिन्छ । जङ्गली प्रजाति रहेको रूटस्टकमा बलियो जीवन शक्ति हुन्छ तर त्यसको फल सानो र बेस्वादको हुन्छ । त्यसकारण सपारिएका प्रजातिहरूलाई स्टक विरुवामा कलमी गरिन्छ । त्यसोभए सपारिएका प्रजातिहरूको बीउबाट किन जङ्गली प्रजाति उम्रेको होला ? हामीले खाने फलफूलको गुदीचाहिँ अण्डाशय अथवा फूलको अन्य भागहरूको विकास हो । सपारिएका प्रजातिहरूको विशेषताअनुसार अण्डाशय परिवर्तन हुँदा अण्डाशयभित्रको ओभ्युलले रूटस्टकको विशिषट गुण हस्तान्तरण प्रसारण…

दयालु जीवनको चमत्कार

मट्टितेलका राजा भनेर बोलाइने विश्वविख्यात व्यापारी जोन रकफेलरले एक दिन जोडको झट्का दिने खबर सुने । त्यो नै उनी एक वर्षभन्दा बढी बाँच्न नसक्ने खबर थियो । रेकफेलरले अस्पतालमा अब आफ्नो बाँकी जीवन कसरी सफलतापूर्वक जिउने होला भनेर सोचिरहँदा अस्पतालको कुनाबाट गाइँगुइँ गरेको आवाज सुने । त्यो गाइँगुइँ अस्पतालको अधिकारी र एक जना आमाबीच भएको बहस थियो । अधिकारीले उक्त महिलालाई शुल्क नतिरीकन कसैलाई भर्ना गर्न नमिल्ने कुरा जानकारी दिइरहेका थिए भने उक्त महिलाले चाहिँ केही बेरमै रकम तयार गर्ने कुरा बताउँदै उसको बच्चालाई भर्ना गरिदिन कर गरिन् । उनीहरूको छेउमा बिरामी बच्चा आँसु बरर झार्दै रोएर बसिरहेको थियो । रकफेलरले तुरुन्तै आफ्नो सचिवलाई बोलाएर त्यो बच्चाको भर्ना शुल्क तिर्न लगाए । केही समयपछि रकफेलरले त्यो बच्चा अस्पतालमा राम्ररी निको…

आमाको साहस

साहित्य विधाका नोबेल पुरस्कार विजेता पर्ल एस. बकले आफ्नो बाल्यकाल मिशनरी हुनुभएका बुबासँग चीनमा बिताइन् । कुनै एक वर्ष भयानक खडेरी लागेको बेला थियो । उनका बुबा लामो यात्रामा जाँदाखेरि “श्वेत जाती पर्ल एस. बककी आमाले देवताहरूलाई रीस उठाएकीले खडेरी लागेको हो” भन्ने हल्ला फैलियो । समय बित्दैजाँदा मानिसहरू रीसले चूर भए र एक दिन पर्लकी आमालाई हानि गर्न पर्लको घरमा जम्मा भए । हल्ला सुनेर डराएकी पर्लकी आमाले साहस बटुलिन् र केक, फलफूल र चिया लिएर आइन् । त्यसपछि उनले त्यस दिनको प्रतीक्षा गरिरहेझैं गरेर घरका सबै ढोकाहरू खोलिन् । उनले सानी पर्ललाई खेलौना दिएर खेल्न लगाइन् र आफूचाहिँ सिलाइको काम गर्न थालिन् । केही बेरपछि मानिसहरू ठूलो स्वरले चिच्याउँदै पाइप लिएर उनको घरभित्र पसे । घरका ढोकाहरू खुल्लै…

१०१औँ प्रहार

वैज्ञानिक, राजनितिज्ञ र कूटनीतिज्ञको रूपमा चिरपरिचित बेन्जामिन फ्रेङ्कलिनलाई कुनै एक पत्रकारले सोधेछन् । “तपाईंले असंख्य कठिनाइको बाबजुद पनि कसरी हार नमानीकन आफ्नो लक्ष्य पूरा गर्न सक्नुभयो ?” तब फ्रेङ्कलिनले जवाफ दिएछन् । के तपाईंले कहिल्यै कालिगढले काम गर्नुभएको देख्नुभएको छ ? उसले ढुङ्गामा चिरा नपरुञ्जेल सयौं पटक एउटै ठाउँमा हतौडाले हान्छ । तर १०१औं पटक हान्दा त्यो चट्टानमा चिरा देखिन थाल्छ । त्यो चट्टानमा चिरा पर्नुको कारणचाहिँ १०१औं पटक बेस्सरी हानेकोले गर्दा होइन तर पहिला नै १००ंऔं पटक हानिसकेकोले गर्दा हो । आफूले चाहेको परिणाम प्राप्त गर्नको निम्ति हामीलाई धैर्यता आवश्यक पर्दछ । सुसमाचार प्रचार गर्दा पनि उस्तै नै हो । कहिलेकहीँ केही कुराहरू आफूले चाहेअनुसार नहुँदा गाह्रो लाग्ने र निराश हुने समय पनि हुन्छ, तर त्यस्ता कठिनाइचाहिँ सुन्दर सुसमाचारको…

अभावको त्रुटि

‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको अभाव हुन लाग्दाखेरि त्यो सामान खरीद गर्ने सीमित समय हुन्छ, अनि मानिसहरू प्राय: नपाइने कुराहरूलाई नै एकदमै विशेष ठान्ने गर्छन् । यदि यो अभाव भन्ने कुरालाई व्यापारको साधन बनायो भने त्रुटि देखा पर्न सक्छ । पसलमा लुगा छान्न अलि हिचकिचाइरहेको कुनै ग्राहकलाई पसलेले “भर्खरै एक जना ग्राहकले यो एकदमै राम्रो लागेर किन्न लाग्नुभएको थियो । हजूरलाई चाहिँ कस्तो लाग्यो ?” भनिदियो भने उक्त ग्राहकले त्यो लुगा किन्ने सम्भावना बढी हुन्छ । तर वास्तवमा त्यो लुगाको मूल्य र त्यसलाई हेरेर गएका पहिलो ग्राहकबीच कुनै सम्बन्ध हुँदैन । ‘स्पष्टसँग सोच्ने कला’ नामक पुस्तकका लेखक…

प्रतिस्पर्धामा भाग लिनुको कारण

वृद्ध साइकलबाजको आदर्श पात्रको रूपमा परिचित रोबर्ट मार्चन्ड, सन् १९११मा फ्रान्समा जन्मिएका थिए र उनले दुई वटा विश्वयुद्ध पार गरे । उनले आफ्नो जीविकोपार्जनका लागि अग्निनियन्त्रक, ट्रक चालक, दाउरे इत्यादि थुप्रै कामहरू गरेका थिए । ६८ वर्षको उमेरदेखि उनले साइकलबाज बन्ने सपना बुन्न थाले । मार्चन्डले आफ्नो लक्ष्य हासिल गर्न फलफूल र सागसब्जी खानुका साथै हरेक दिन १ घण्टा अभ्यास गर्थे । अनि उनले राती ९ बजे सुतेर बिहान सबेरै ६ बजे उठ्ने समय तालिकाअनुसार सुव्यवस्थित जीवन बिताउने निधोसमेत गरे । सन् २०१७मा उनले १०५ वर्षको उमेरमा साइकल प्रतिस्पर्धामा भाग लिए र आफ्नो उमेर समूहमा एउटा नयाँ विश्व कीर्तिमान राखे । एक जना पत्रकारले उनलाई प्रतिस्पर्धामा भाग लिएर कस्तो महसुस भयो भनी सोध्दा उनले यस्तो जवाफ दिए । “म यहाँ…