निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

राहाब र अजिङ्गर

... के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो ? के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो ? यशै ५१:९ परमेश्वरले प्राचीन समयमा वारपार छेड्नुभएको र अन्तिम समयमा पनि वारपार छेड्नुहुने राहाब र अजिङ्गरको विषयमा अध्ययन गरौं । उहिले यरीहो सहरको भेद लिन गएका दुई जना जासूसहरूलाई आफ्नो घरमा लुकाएकी ‘राहाब(רחב)’ नाउँ गरेकी एक वेश्या थिइन् । तर यशैया ५१:९मा भनिएको राहाबचाहिँ, ती राहाब होइनन् । ‘राहाब(רהב)’ भनेको प्राचीन किम्वदन्तीअनुसार समुद्री दैत्यको हिब्रू नाउँ हो, अनि यो राहाबले देवताहरूको अगाडि आत्मसमर्पण गर्छ भन्ने गरिन्थ्यो । राहाब(רהב)को अर्थ हिब्रू भाषामा ‘हिंस्रक, आँधी र अहङ्कार’ हो । परमेश्वरका प्रजा इस्राएलीहरूलाई दासत्वमा राखेको…

शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?

परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ । शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको अघिल्लो दिनमै सिद्ध्याउँदा राम्रो हुन्छ, किनभने शारीरिक कामकाजले हामीलाई शबाथ-दिनमा आत्मा र सत्यतामा आराधना गर्न बाधा पुऱ्याउन सक्छ । “परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” यूह ४:२४ दोस्रो, आराधनाप्रति हामीहरू समयनिष्ठ हुनुपर्छ । शबाथ-दिनको आराधना समयचाहिँ सारा ब्रह्माण्डमाथि शासन गर्नुहुने परमेश्वरलाई भेट्ने समय हो । यदि यो संसारमा कुनै देशका राष्ट्रपतिलाई भेट्ने अवसर मिल्यो भने मानिसहरू प्रतिज्ञा गरिएको समयभन्दा १ घण्टा अथवा कम्तीमा पनि २०-३० मिनेटअघि नै तोकिएको ठाउँमा पुगेर प्रतीक्षा गर्ने गर्छन् भने…

हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण

हामीले किन परमेश्वरको वचन अध्ययन गर्नुपर्छ होला ? यसको कारण हामी बाइबलद्वारा पत्ता लगाऔं । १. हाम्रो आत्माको जीवनको निम्ति परमेश्वरको वचन जीवनको भोजन हो । येशूज्यूले मानिस परमेश्वरको वचनले जीवित रहँदछ भन्नुभएको छ । तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’ ।” मत्ती ४:४ के मानिस नखाईकन बाँच्न सक्छ ? सक्दैन । हामीले खाना खाएनौं भने हामीहरू बिस्तारै कमजोर हुँदैजान्छौं, अनि अन्त्यमा जीवन नै गुमाउन पुग्छौं । हाम्रो आत्मा पनि उस्तै हो । हामीले वचनको भोजन खाएनौं भने आत्मिक शक्ति नभएर हामीहरू आत्मिक रूपमा कमजोर हुन्छौं, अनि अन्ततः आत्मिक जीवन नै गुमाउन पुग्छौं । यसकारण हामीले जीवनको भोजन रहेको परमेश्वरको वचन सधैँ अध्ययन गर्नुपर्छ । २. विश्वासमा हुर्किएर…

सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण

परमेश्वरले “सेवा गर्ने होओ” भन्नुभएको छ । स्वर्गीय सन्तान हामीहरू परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्दै परमेश्वरले खुशी मान्नुहुने स्वर्गीय सन्तानहरू बन्नुपर्छ । सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो, बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । पहिलो, ख्रीष्ट स्वयम्‌ले सेवाको उदाहरण देखाइदिनुभएकोले “... तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२६-२८ परमेश्वर सारा ब्रह्माण्डमा सर्वोच्च र महापवित्र व्यक्ति हुनुभए तापनि उहाँ स्वयम् यस पृथ्वीमा मानिसको स्वरूपमा आउनुभयो, अनि उहाँले हाम्रो निम्ति मृत्युसम्म बलिदान हुनुभएर हाम्रो सेवा गर्नुभयो । योचाहिँ उहाँले हाम्रो निम्ति देखाइदिनुभएको सेवाको उदाहरण…

हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ होला ?

सन्तानहरू एकतामा रहँदा परमेश्वर खुशी हुनुहुन्छ (भज १३३:१; फिलि २:१-२) । तर यदि हामीहरू एक-अर्कासँग रुखो व्यवहार गर्दै विचारशील हुँदैनौं भने एकतामा रहन कठिन हुन्छ । यसकारण हामीहरू प्रेमको मनद्वारा एक-अर्काप्रति नम्र र विचारशील हुँदै परमेश्वर खुशी हुनुहुने एकतामा रहनुपर्छ । अब, हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले शिष्टतापूर्वक एक-अर्कालाई प्रेम गर्नुपर्छ । “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूह १३:३४ परमेश्वरले हामीलाई प्रेम गर्नुभएजस्तै हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्नुभएको छ । नयाँ करारद्वारा परमेश्वरको देह र रगत प्राप्त गरेका हामीहरू परमेश्वरसँग मात्र एउटै शरीर भएका होइनौं, तर दाजुभाइ-दिदीबहिनीसँग पनि एउटै शरीर भएका छौं । यसकारण…

धैर्य धारण गर्नुपर्ने कारण

विश्वासको जीवनमा हामीले धैर्य धारण गर्नुपर्ने कारण के होला ? बाइबलमार्फत यसको कारण पत्ता लगाऔं । १. उद्धार पाउन “भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्‌नेछन् र तिनीहरूलाई मार्न लाउनेछन् । मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ ।” मत्ती १०:२१-२२ अन्त्यसम्म स्थिर रहनेको उद्धार हुनेछ भनेर बाइबलमा सिकाइएको छ । यसकारण हामीले उद्धार पाउनलाई धैर्य धारण गर्नुपर्छ । अहिलेसम्म जतिसुकै ठूलो विश्वास लिएको भए पनि अन्त्यसम्म धैर्य धारण गर्न सकिएन भने त्यो विश्वासको के अर्थ रहन्छ र ? हामीले धैर्यताद्वारा विभिन्न कठिनाइहरूलाई जित्दै मुक्तिको आशिष् पाउनुपर्छ । तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ । लूक २१:१९ यो वचनमा पनि, हामीले धैर्यताद्वारा आत्माको मुक्ति…

धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरू

बाइबलमा, धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरूका कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यद्वारा, यो युगमा हामीले लिनुपर्ने धैर्यताको मनस्थितिबारे अध्ययन गर्नेछौं । १. अय्यूबको धैर्यता परमेश्वरले हेर्नुहुँदा अय्यूब धर्मी र निर्दोष मानिस थिए । छोरा-छोरीहरू पनि धेरै भएका तिनी समृद्ध थिए, अनि तिनलाई कुनै कुराको कमी थिएन । अय्यूबको डाह गरेको शैतानले अय्यूबलाई सहनै गाह्रो हुने परीक्षा गऱ्यो । अय्यूबले आफ्नो सम्पत्ति र सन्तानहरूसमेत गुमाए । यद्यपि ती सबै परीक्षाहरूको बाबजुद अय्यूबले गनगन नगरी केवल परमेश्वरलाई प्रशंसा गरे । ... भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस् ।” यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन् । अयू १:२१-२२ शैतानले…

परमेश्वरको वचन पूर्ण छ

परमेश्वरको वचन पूर्ण छ र यसमा कुनै अपवाद छैन । परमेश्वरले उहाँको वचन पूर्ण रूपमा पालन गर्ने मानिसहरूलाई मात्र आशिष् दिनुहुने भएकोले परमेश्वरको वचनलाई पूर्ण रूपमा पालन गर्नु नै आशिष् र मुक्तिको एकमात्र बाटो हो । १. नोआको जहाज पानी नै नपरेको त्यो समयमा परमेश्वरले नोआलाई ठूलो जहाज बनाउन आदेश गर्नुभयो । परमेश्वरले आदेश गर्नुभएको जहाजको लमाइ १४० मिटर, चौडाइ २३ मिटर र उचाइ १४ मिटरको थियो । ती दिनहरूमा अहिलेको जस्तो आधुनिक प्रविधि नभएकोले परमेश्वरले आदेश गर्नुभएको जहाज बनाउन लगभग असम्भव थियो । अझ त्यसमाथि त्यो जहाज बनाउन नोआलाई धेरै जनशक्ति र उपकरण आवश्यक पर्नुको साथै लगानी पनि धेरै चाहिएको हुनुपर्छ । विद्हरूको अनुमानमा त्यो जहाज बनाउन कम्तीमा पनि ४०देखि १२० वर्ष लागेको हुनुपर्छ । यस्तो विशाल जहाज बनाउन…

बोलीद्वारा पाइने आशिष् र श्राप

बाइबलमा बोलीद्वारा आशिष् पाएका मानिसहरू र श्राप पाएका मानिसहरूको इतिहास अभिलेख गरिएको छ । उनीहरूको इतिहासमार्फत हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे विचार गरिहेरौं । १. स्वर्गको राज्यका साँचाहरू पाएका पत्रुस येशू ... “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ ... म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।” मत्ती १६:१३-१९ येशूज्यूले “तिमीहरू के भन्छौ, म को हुँ ?” भनेर सोध्नुहुँदा, पत्रुसले “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र” भनेर विनाहिचकिचाहट जवाफ दिए । विश्वासपूर्ण बोलीको परिणामस्वरूप पत्रुसले येशूज्यूबाट स्वर्गको राज्यका साँचाहरू प्राप्त गर्ने ठूलो आशिष् पाउन…

बोलीको महत्त्व

‘एउटा बोलीले भारी ऋणसमेत चुक्ता गर्छ’ भन्ने भनाइ छ । एउटा बोलीको प्रभाव साँच्चै ठूलो छ भन्ने अर्थ हो । परमेश्वरले पनि बाइबलका थुप्रै वचनहरूद्वारा बोलीको महत्त्वबारे शिक्षा दिनुभएको छ । बाइबलमार्फत बोलीको महत्त्वको विषयमा अध्ययन गरौं । १. बोली हाम्रो हृदयमा भएको कुरालाई प्रतिबिम्ब गर्ने ऐनाजस्तै हो । “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ । कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ । किनभने फलबाट नै रूख चिनिन्छ । ए सर्पका बच्चा हो ! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ ।”…

परीक्षालाई जितेका विश्वासका पुर्खाहरू

शैतानले संसार सृष्टि भएको समयदेखि नै परमेश्वरका सन्तानहरूलाई परीक्षामा पार्न विभिन्न धूर्त चाल चल्दैआएको छ । हामीले परमेश्वरको आशिष् पाएर अनन्त स्वर्गमा प्रवेश गर्नको निम्ति शैतानका यस्ता परीक्षाहरूलाई जित्नैपर्छ । बाइबलमा शैतानको परीक्षालाई जितेर आशिष् पाएका विश्वासका पुर्खाहरूको कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यबारे अध्ययन गरेर हामीहरू परीक्षालाई जित्नको निम्ति लिनुपर्ने विश्वासबारे जान्ने समय लिऔं । १. येशूज्यू ४० दिनसम्म उपवासको प्रार्थना गर्नुभएपछि येशूज्यूलाई शैतानले ३ किसिमले परीक्षा गऱ्यो । येशूज्यूले त्योद्वारा, हामीले उहाँलाई विश्वास गरेर पछ्याउँदा आइपर्ने परीक्षाको विषयमा पहिल्यै जानकारी दिनुभयो । पहिलो, मानिसको सबैभन्दा कमजोर पक्ष रहेको भोजनको परीक्षा आइपर्दा येशूज्यूले “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ” भन्ने वचनद्वारा परीक्षालाई जित्नुभयो । दोस्रो, दियाबलसले परमेश्वरको शक्तिको परीक्षा गर्दा येशूज्यूले “तैंले…

शैतानको परीक्षा र विजय

शैतानले सधैँ मान-सम्मान, स्वार्थीपना, झैँझगडा, घृणा, अधिकार, पैसा, माया-मोह, ईर्ष्या, लोभ, प्रतिष्ठा, गौरव जस्ता सांसारिक कुराहरूको प्रलोभन देखाएर हाम्रो मनलाई अन्यत्र भुलाउन खोज्छ । त्यसो गर्दै हाम्रो विश्वासलाई कमजोर पारेर त्यसले हामीलाई स्वर्ग-राज्य जानबाट वञ्चित गराउन खोज्छ । शैतानका यी सम्पूर्ण परीक्षाहरूमा विजयी भएर स्वर्ग प्रवेश गर्ने दिनसम्म हामीले आफ्नो विश्वास जोगाउनुपर्छ । १. शैतानले हामीलाई कस्तो तरिकाले परीक्षा गर्छ ? १. हामीलाई खाँचो परेको बेला भौतिक चीजद्वारा परीक्षा गर्छ । २. परमेश्वरको प्रबन्धप्रति शङ्का उत्पन्न गराएर परीक्षा गर्छ । ३. संसारको विभिन्न महिमा देखाउँदै, परमेश्वरलाई विश्वास गर्नुभन्दा संसारको महिमा पाउनु नै उत्तम ठान्ने सोचाइ हालिदिएर परीक्षा गर्छ । ४. मूर्तिपूजाद्वारा परीक्षा गर्छ । ५. वरिपरिका मानिसहरूलाई उक्साएर विरोध गर्न लगाई परीक्षा गर्छ । ६. सम्पत्ति धेरै बढाइदिँदै धनको पछि…

सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण

छोरा-छोरीहरू एकसाथ भेला हुँदा बुबा-आमा खुशी हुनुभएजस्तै, परमेश्वर पनि उहाँका सन्तहरू एकसाथ भेला भएको चाहनुहुन्छ, र त्यसरी भेला भएको ठाउँमा आशिष् दिनुहुन्छ । “फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु ।” मत्ती १८ː१९-२० “जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूको माझमा हुनेछु” भन्ने यो वचनचाहिँ एकलै गर्ने प्रार्थना सुनिदिनेछैनँ भन्ने वचन होइनकि, हामी एकसाथ भेला हुनु त्यति महत्त्वपूर्ण छ भन्ने अर्थ हो । प्रेरितहरूले पनि सन्तहरूलाई अक्सर भेला हुन आग्रह गर्थे । कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं ।…

प्रार्थनाको विषय के हुनुपर्छ होला ?

परमेश्वरको सहयोगविना हामीले आफ्नो शक्तिद्वारा केही पनि गर्न सक्दैनौं । त्यसैले हामीले परमेश्वरसित सहयोग मागेको परमेश्वर चाहनुहुन्छ (मत्ती ७:७-८), र अदृश्य संसारबाट हाम्रो प्रार्थनामा कान लगाउनुहुँदै सधैँ हामीलाई सहयोग गर्नुहुन्छ । यसकारण हामीले सधैँ लगनशीलताका साथ प्रार्थना गर्न प्रयत्न गर्नुपर्छ (१ थेस ५:१७) । त्यसोभए हामीले कुन-कुन विषयमा प्रार्थना गर्नुपर्छ होला ? बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । १. पहिला उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर भन्नुभएको छ (मत्ती ६:२५-३४) । २. बुद्धिको अभाव छ भने बुद्धि माग भन्नुभएको छ (याक १:५) । ३. परीक्षामा नपर्नलाई प्रार्थना गर भन्नुभएको छ (लूक २२:४०) । ४. पवित्र आत्मा माग भन्नुभएको छ (लूक ११:१३) । ५. प्रचारको ढोका खोलिदिन प्रार्थना गर भन्नुभएको छ (कल ४:२-६) । ६. निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न…

प्रार्थना कहिले गर्नुपर्छ ?

बाइबलमा हेर्ने हो भने असङ्ख्य विश्वासका पुर्खाहरूले प्रार्थनाद्वारा कठिनाइहरूलाई जितेपछि परमेश्वरबाट आशिष् पाएको यथार्थता जान्न सकिन्छ । मुक्तिदाताको रूपमा यो पृथ्वीमा आउनुभएका येशूज्यूले पनि प्रार्थनाद्वारा सुसमाचारको कार्य पूरा गर्नुभयो । यसरी प्रार्थनाचाहिँ ख्रीष्टियानहरूबाट अलग गर्नै नमिल्ने विश्वासको एक हिस्सा हो । प्रार्थनाले परमेश्वर र हामीबीच सम्बन्ध गाँस्ने कार्य गर्दछ । तसर्थ हाम्रो चाहना परमेश्वरसमक्ष व्यक्त गर्नको निम्ति प्रार्थना अपरिहार्य छ । त्यसोभए हामीले प्रार्थना कहिले गर्नुपर्छ होला ? १) हरसमय प्रार्थना गर्नुपर्छ हामीले आफ्नो दैनिक जीवनमा कुनै पनि कार्य गर्दा प्रार्थनाद्वारा आरम्भ गरेर प्रार्थनाद्वारा नै अगाडि बढाउँदै प्रार्थनाद्वारा नै समाप्त गर्नुपर्छ । त्योचाहिँ “निरन्तर प्रार्थना गरिरहो (१ थेस ५:१७)” भन्नुभएको वचनलाई कार्यान्वयन गर्नको निम्ति हो । २) दैनिक जीवनमा प्रार्थना गर्नुपर्ने अवस्थाहरू बिहान उठ्नेबित्तिकै प्रार्थना गर्नुपर्छ । खाना खानुअघि प्रार्थना…

आराधकको मनस्थिति र व्यवहार

आराधकमा परमेश्वरलाई आदर गर्ने मनस्थिति हुनुपर्छ । जस्तै, यदि हामी राजालाई भेट्न लाग्दैछौं भने त्यसको लागि पूरै तयारी गर्ने गर्छौं । त्यसोभए सारा ब्रह्माण्डको सृष्टिकर्ता हुनुभएका परमेश्वरलाई भेट्न हामीले झन् कति धेरै तयारी गर्नुपर्छ होला ? सर्वप्रथम हामीले आराधनाको महत्त्व र आशिष्‌‌लाई महसुस गर्नुपर्छ, अन्य कुनै कुरालाई भन्दा आराधनालाई पहिलो प्राथमिकता दिनुपर्छ, र धन्यवादी मनले आराधनामा सहभागी हुनुपर्छ । हामी अरूको विश्वासद्वारा होइनकि आफ्नो विश्वासद्वारा आराधना गर्न जानुपर्छ । हामीमा आराधनाको तयारी गर्ने मनस्थिति भएमा मात्र हामीले परमेश्वरलाई पवित्र र अनुग्रहात्मक रूपले आराधना चढाउन सक्नेछौं । हामीले आराधनाको समयअघि तयारी गर्नुपर्ने कुराहरू के-के हुन्, अध्ययन गरौं । हामीहरू तोकिएको समयभन्दा अगाडि पुगेर आराधनाको तयारी गर्नुपर्छ । हाम्रो मन र शरीर परमेश्वरको सामु भक्तिपूर्ण हुनलाई हामीले उचित पोशाक लगाउनुपर्छ । हामीले…

आराधनाको क्रम

कुनै पनि धर्मविधिको क्रम हुन्छ । हामीले परमेश्वरलाई चढाउने आराधनाको पनि क्रम छ । स्थानीय मण्डलीको विशेष अवस्थाअनुसार आराधनाको क्रम थोरै फरक हुन सक्छ । सामान्यतया आराधनाको क्रम निम्नानुसार हुन्छ : १) मौन प्रार्थना आँखा बन्द गरेर भक्तिपूर्ण मनले परमेश्वरलाई मौन प्रार्थना गरिन्छ (भज १४३:५) । २) महिमा स्तुति योचाहिँ परमेश्वरको अनुग्रहप्रति धन्यवाद र महिमा चढाउनलाई गाइने भजन हो (प्रका ५:१३) । यो क्षणमा सन्तहरूले उभिएर परमेश्वरको स्तुति गर्छन् । ३) प्रार्थना परमेश्वरलाई धन्यवाद र महिमा चढाउँदै, पाप स्वीकार गर्दै, चाहेको कुरा व्यक्त गर्दै प्रार्थना गरिन्छ । यो प्रार्थनाचाहिँ प्राय: प्रवचकले नै गर्दा उचित हुन्छ (यो क्षणमा पनि उभिएर प्रार्थना गरिन्छ) । प्रार्थनापछि यथास्थानमा बसिन्छ । ४) स्तुति शबाथको आराधनामा शबाथको विषय, चाडको आराधनामा चाडको विषय र अन्य विशेष आराधनामा…

आराधनाको बारेमा

आराधना भनेको मरणशील हामी मानव-जातिलाई अनन्त जीवन, आशिष् र मुक्ति दिनुभएर हाम्रो पाप सित्तैँमा क्षमा गरिदिनुभई स्वर्गमा डोऱ्याउनुहुने परमेश्वरको उदात्त प्रेमप्रति धन्यवाद चढाउँदै प्रार्थना र स्तुतिद्वारा परमेश्वरको महिमा गर्ने अनि आफूलाई विनम्र तुल्याएर परमेश्वरलाई आदर गर्ने धर्मविधि हो । त्यसोभए हामीले आराधना कहिले गर्नुपर्छ होला ? परमेश्वरलाई आराधना गरिने दिनहरू यस प्रकार छन् : पहिलो, शबाथ-दिनमा आराधना गर्नुपर्छ । शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झने दिन हो । शबाथ-दिन मानेमा हामीहरू परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको यथार्थतालाई पुनः निश्चित गर्न सक्छौं, र उहाँको उदेकको शक्तिलाई बुझ्न सक्छौं । हामीले परमेश्वरलाई पवित्र रूपले आराधना गर्दा शबाथको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं । यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए । आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो । र…