विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

समय सुनौलो हुन्छ, विशेष गरी परिवारसँग समय बिताउँदा समय सुनौलो हुन्छ

५३ वर्षीया एक महिला आफ्नो स्वास्थ्य जाँचको नतिजा हेर्न अस्पताल पुग्छिन् । तब डाक्टरले उनीसँग बाँच्नका लागि केवल ९ महिना मात्र रहेको कुरा बताउँछन् । त्यस्तो अप्रत्याशित नतिजा सुनेर ती महिला अवाक हुन्छिन् । यो एउटा भाइरल भिडियोको दृश्य हो (इन्टरनेट प्रयोगकर्ताहरूले कुनै विशेष कम्पनी वा उत्पादनको प्रचारका लागि ब्लग वा सामाजिक सञ्जालमार्फत स्वेच्छाले बनाएको भिडियो) । वास्तवमा उनलाई भनिएको त्यो ९ महिनाचाहिँ उनी बाँच्न सक्ने समय होइन, तर उनले आफ्नो परिवारसँग बिताउने समय हो । मानव आयुलाई ८५ वर्ष मान्ने हो भने, ५३ वर्षीया ती गृहिणिको बाँकी समय ३२ वर्ष हुन्छ । यदि यो ३२ वर्षको समयबाट काम गर्ने, सुत्ने, टिभी हेर्ने, स्मार्टफोन प्रयोग गर्ने, र एक्लै बिताउने समय घटाउने हो भने, परिवारसँग बिताउने समय केवल ९ महिना मात्र…

सहचालक र यात्रु

यात्रुहरूको टिकेट जाँच गर्ने क्रममा रेलका सहचालकले एक जना यात्रुलाई भनेछन् । “तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।” ती सहचालकले अर्को यात्रुलाई पनि त्यसै भनेछन् । “तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । कृपया अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।” तर टिकेट जति जाँच गऱ्यो त्यति नै गलत रेलमा चढेका यात्रुहरूको संख्या बढ्दैगयो । सबै यात्रुहरू गलत रेलमा चढेको कुरा थाहा हुँदा एक जना यात्रुले विनम्रतापूर्वक सहचालकलाई सोधेछन् । “माफ गर्नुहोस्, कतै तपाईं नै गलत रेलमा चढ्नुभएन ?” बुझिहेर्दा, ती सहचालक नै गलत रेलमा चढेका रहेछन् ।

हँसिलो अनुहार, खुशी परिवार

मानव अनुहारले ७,००० भन्दा बढी भाव व्यक्त गर्न सक्छ । ती धेरै भावहरूमध्ये हामीलाई जवान र सबैभन्दा सुन्दर देखाउने, अनि अरू मानिसहरूलाई समेत खुशी बनाउने भावचाहिँ हँसिलो अनुहार हो । रिसाउँदा निधार खुम्चिन्छ, आँखा र मुखको कुना तलतिर तानिन्छ, निधार र आँखीभौं बीचको ठाउँ साँघुरो हुन्छ, र हामी सुन्दर देखिँदैनौं । तर जब हामी मुस्कुराउँछौं, हाम्रो आँखा, मुखको कुनाहरू र गालाको मांसपेसीहरू उचालिन्छन् । हाम्रो आँखीभौंको किनार र निधार फराकिलो हुन्छ, जसले गर्दा हाम्रो अनुहार उज्ज्यालो देखिन्छ । मुस्कुराउँदा र रिसाउँदा हाम्रो अनुहारको मांसपेशीहरू विपरीत दिशामा फर्किन्छन् । एउटा कोरियाली उखान छ, “मुस्कुराएको अनुहारमा थुक्न सकिँदैन ।” त्यसै गरी एउटा चिनियाँ उखान पनि छ, “मुस्कुराउन आउँदैन भने पसल नखोले हुन्छ ।” यसबाहेक विभिन्न भनाइहरू छन्, मुस्कुराउनु भनेको दुई व्यक्तिबीचको दूरी…

जित्न सकिने सोचाइ र मनस्थिति

मानिसहरू बिरामी परेको बेला प्रायः कुक्रुक्क पर्ने गर्छन् । तर एउटा अनुसन्धानका अनुसार बिरामी हुँदा, दुखाइलाई जित्न शरीरलाई कुक्रुक्क पार्नुभन्दा शरीरलाई तन्काउनु एकदमै प्रभावकारी हुन्छ । छाती फुलाएर आत्मविश्वासका साथ सीधा भएर बस्दा टेस्टोस्टेरोन(testosterone) भन्ने पुरुष हर्मन अझ धेरै उत्पन्न हुन्छ । यो टेस्टोस्टेरोनले दुखाइ सहन मद्दत गर्दछ । यसमा मनोवैज्ञानिक कारण छ । कुक्रुक्क परेर बस्दा शरीरले ‘अहिले सामना गरिरहेको दुखाइ सहन गाह्रो छ’ भन्ने कुरा महसुस गर्दछ । त्यसको ठीक विपरीत, शरीर तन्काउँदा शरीरले स्वतः दुखाइ सहने आत्मविश्वास प्राप्त गर्दछ । मानसिक पीडाको सन्दर्भमा पनि उस्तै सिद्धान्त लागू हुन्छ । मनमा पीडा हुँदा शिर झुकाउनुभन्दा साहसका साथ शिर उठाउँदा त्यो पीडालाई सजिलै पार गर्न सकिन्छ । शरीर र मन जति धेरै दुख्छ, त्यति नै ‘जित्न सक्छु’ भन्ने सकारात्मक…

पूर्ण विश्वास र माताको प्रेमद्वारा

उहिलेदेखि परमेश्वरको सन्तान हुने इच्छा भएकोले म रोमन क्याथोलिक, प्रोटेस्टेन्ट लगायतका विभिन्न ख्रीष्टियान सम्प्रदायहरूमा गएँ । तर ती सत्य मण्डली हुन् जस्तो नलागेर म मण्डली जान हिचकिचाएँ । केही वर्षअघि म जागिरको लागि संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सी.मा बसेकी थिएँ । एक दिन किनमेल गर्ने क्रममा एक जना साथीले मलाई फोन गरिन् । “के तिमी पनि, माता परमेश्वर वास गर्नुहुने मण्डलीमा मसँगै जाने हो ?” म एकदम छक्क परें । साथीले माता परमेश्वर वास गर्नुहुने मण्डलीमा अनन्त जीवन पाउन सकिन्छ भनिन् । कस्तो मण्डली रहेछ भन्ने सोच्दै म उत्सुक भएँ । मण्डली गएर बाइबल अध्ययन गरेपछि त्यहाँ सत्यता छ भन्ने कुरामा म विश्वस्त भएँ । त्यसको भोलिपल्ट शबाथ-दिनमा म फेरि मण्डली गएँ, र मैले नयाँ जीवनको प्रतिज्ञा प्राप्त गरें ।…

सुरीमन जिन्डाप्रापापर्न / बैङ्कक, थाइल्यान्ड

म बूढी हुन चाहन्छु

समयको बहावलाई कसैले रोक्न नसकेजस्तै बुढेस्काललाई पनि कसैले रोक्न सक्दैन । बुढेस्कालका चिन्हहरू लुकाउन मानिसहरू कपालमा रङ लगाउने वा फेसियल बोटक्स सुई लगाउने गर्छन् । आफ्नो बुढेस्काललाई खुशीसाथ स्वीकार्ने मानिस सायद एक जना पनि छैन होला । तर बूढी हुन इच्छा गरेकी एक जना स्त्री थिइन् । बेलायतकी एक जना साधारण गृहिणी, दुई सन्तानकी आमा स्यार्लट किट्लीलाई चौथो स्तरको पेट क्यान्सर निदान भयो । त्यस बेलादेखि उनले हरेक बिहान आफ्ना बच्चाहरूलाई उठाउँदै अँगालेर चुम्बन गर्न पाउनु कति धन्यवादको कुरा हो भनी गहिरो गरी महसुस गरिन् । उनले गर्ने कामहरू धेरै थिए : हरेक बिहान पतिले बनाएको कफी पिउने, छोरीको कपाल बाटिदिने र छोराको हराएको खेलौना खोजिदिने आदि । तर उनको जीवनमा समय यति थोरै थियो, कि त्यस सीमित जीवनप्रति उनी…

परिवर्तनको सुरुवात, आदत

हामी बिहान उठेदेखि राती सुत्ने समयसम्म अनगिन्ती काम गर्छौं । तर कसरी नुहाउने, लुगा लगाउने र खाना खाँदा चम्चा प्रयोग गर्ने भन्नेबारे हामी चिन्तित हुँदैनौं । यस्ता कार्यहरू नियमित रूपमा गर्ने आदत भएकोले हाम्रो मस्तिष्कभन्दा शरीर नै पहिला सक्रिय हुन्छ । आदत भनेको कुनै कार्य लामो समयसम्म दोहोऱ्याउने प्रक्रियामा स्वतः निर्माण हुने व्यावहारिक ढाँचा हो । हाम्रो दैनिक जीवनचाहिँ सुत्ने, खाने, व्यायाम गर्ने, बोल्ने, गाडी चलाउने जस्ता विभिन्न आदतहरूले भरिएकोले गर्दा हाम्रो जीवन आदतहरूको श्रृंखला हो भन्दा फरक पर्दैन । भनिन्छ, “हामीले लगातार गर्ने कार्यले हामी को हौं भन्ने कुरा झल्काउँछ । त्यसैले महत्त्वपूर्ण कुरा कार्य होइन, आदत हो ।” बिहान उठ्ने समयमा आँखा आफै खोलिन्छ, तर उठ्नेबित्तिकै लगातार खुट्टा हल्लाउन थाल्यो भने पछि गएर त्यो एउटा आदत बन्छ ।…

साँचो विचारशीलता

एक दिन, गान्धी व्यावसायिक यात्राका लागि निस्किए । रेल स्टेशनमा आइपुग्दा, उनी गुड्न लागेको रेलमा हतारिँदै चढे । ठीक त्यही समयमा, उनको एउटा जुत्ता रेलवे स्टेशनकै प्लाटफर्ममा खस्यो । रेल गुँड्न थालेकोले गान्धीले जुत्ता टिप्न सकेनन् । केही बेर सोचेपछि गान्धीले आफूसँग भएको अर्को जुत्ता खोलेर खसेको जुत्तातिर फुत्त फ्याँकिदिए । रेलमा सँगै चढेका अरू मानिसहरू छक्क परे । “गुरुज्यू, तपाईंले किन अर्को जुत्ता पनि फ्याँक्नुभएको ?” गान्धीले मुस्कुराउँदै जवाफ दिए, “जोडिविहिन जुत्ता अर्थहीन हुन्छ । तर जुत्ताको जोडि भएमा उठाउने व्यक्तिले त्यो लगाउन सक्छ नि, होइन र ?”

मनको ऋण तिरौं

ऋण भनेको अर्को व्यक्तिलाई तिर्नुपर्ने कुरा हो । ऋण जति छिटो तिऱ्यो, उति नै मन ढुक्क हुन्छ । ऋण तिरेमा लामो समयसम्म सुमधुर सम्बन्ध कायम राख्न सकिन्छ । मनको ऋणको सवलमा पनि उस्तै होइन र ? वास्तवमा हामीहरू सधैँ परिवारसँग मनको ऋण लिँदै जिउँछौं भन्दा अतिशयोक्ति नहोला । हामीले कुनै शर्तविना प्रेम पाउँछौं, अनि अजानमा परिवारको मनमा चोट पुऱ्याउनुको साथै परिवारलाई चिन्तित तुल्याएका हुन्छौं । तैपनि ‘आ, परिवार त हो’ भन्ने सोच्दै स्वाभाविक ठानेर त्यसलाई त्यतिकै बेवास्ता गर्ने गर्छौं । यो वर्षान्तमा, वर्षभरि परिवारसँग लिएको मनको ऋण सबै तिर्दा कसो होला ? एक-अर्काप्रति धन्यवाद व्यक्त गर्दै, पीडालाई कम गर्दै न्यानो र शान्तिपूर्ण तवरले यो एक वर्षलाई बिदाइ गरौं । सुझाव परिवारलाई चोट दिएको छ भने माफी माग्ने परिवारलाई धन्यवाद व्यक्त…

सुसमाचारको असिस्ट

ब्राजिलको आलागोवस राज्यको एउटा सानो सहर हो, पेनेदु । ७० हजारभन्दा कम जनसङ्ख्या भएको पेनेदुमा जागिर पाउन मुश्किल हुने भएकोले यहाँका धेरै मानिसहरू घरमै समय बिताउने गर्छन् । हामीले परमेश्वरको वचन सुनाउँदैछौं भन्यौं भने सायद फुर्सद भएर होला, उनीहरू स्वेच्छाले सुन्न त सन्छन्, तर सजिलै स्वीकार गर्दैनन् । सत्यता होस् या नहोस्, उनीहरू लामो समयदेखि धाउँदैगरेको आफ्नो मण्डली परिवर्तन गर्ने कुरालाई बोझको रूपमा लिन्छन् । केही महिनासम्म एक आत्मा पनि सियोनमा नडोरिएकोले हामी थकित हुनैलाग्दा, नयाँ यरूशलेम प्रचार उत्सवको बारेमा हामीले सुन्यौं । हुन त म र पति मात्र थियौं, तैपनि हामीले उत्सवको आनन्द उपभोग गर्ने निर्णय गर्दै नयाँ सङ्कल्पसाथ प्रचार सुरु गऱ्यौं । एक दिन हामीले मण्डली नै मन नपराउने एक जना व्यक्तिलाई भेट्यौं । उहाँले आफूमा भएका सबै…

इ ह्ये जिन / पेनेदु, ब्राजिल

शानदार चुनौती

हिउँदे ओलम्पिक खेल भनिने बोबस्लेय[Bobsleigh] एउटा यस्तो खेल हो, जसमा २ वा ४ जना खेलाडीहरूले जमेको साँघुरो, घुमाउरो र ओरालो बाटोमा गुरुत्वाकर्षण-सञ्चालित[gravity-powered] स्लेड तीव्र गतिमा चलाउँछन् । स्लेड मात्र बनाउन पनि धेरै खर्च लाग्ने भएकोले बोबस्लेयलाई सुरु-सुरुमा धनीमानीको खेल भन्ने गरिन्थ्यो । छोटकरीमा भन्नुपर्दा, योचाहिँ चिसो मौसममा मनग्गे पैसा खर्च गरेर खेलिने खेल हो । तर सन् १९८८मा क्याल्गरी हिउँदे ओलम्पिक चलिरहँदा बोबस्लेय रङ्गशालामा एउटा अचम्मको कुरा भयो । त्यहाँ जमैकाका खेलाडीहरू देखा परे । जमैकाचाहिँ क्यारेबियन समुद्रको उत्तरी भागमा अवस्थित टापू हो, जहाँ उष्णकटिबन्धीय समुद्री जलवायुका कारण वर्षैभरि प्रचण्ड गर्मी हुने गर्छ । हिउँ नपर्ने वा बोबस्लेयको निम्ति बिलकुल अनुपयोगी रहेको देशका खेलाडीहरू मैदानमा उत्रिएका कुरा आफैमा एउटा चर्चाको विषय बन्यो । खेल सुरु भयो । अति कठिन वातावरणमा…

हामीले हेर्ने र सुन्नेबारे

कुनै एक जना आमाले आफ्नो बच्चाले शवयात्र बोकेर विलाप गरिरहेको व्यक्तिको नक्कल गरिरहेको देखिन् । उक्त दृश्य देखेर ती आमा डराइन् र चिहान नजिकैको घरबाट बजारतिर सरिन् । तर त्यो बच्चाले व्यापारीको नक्कल गर्न थाल्यो । आमाले फेरि आफ्नो सामान प्याक गरिन् र स्कूल नजिकै सरिन् । त्यसपछि त्यो बच्चाले किताब पढेको नक्कल गर्न थाल्यो, जुन कुरा देखेर आमा खुशी भइन् । यसरी “मिन्सियसकी आमाको तीन वटा चाल” भन्ने चिनियाँ उखानको उत्पत्ति भयो । यो उखानले मिन्सियसकी आमा आफ्नो छोराको शिक्षाको लागि तीन पटक सरेको कुरा बताउँछ र मानिसहरू आफूले देखेका र सुनेका कुराबाट धेरै प्रभावित हुन्छन् भन्ने कुरा पनि देखाउँछ । पहिला डरलाग्दो चलचित्र हेर्न र चर्को संगीत सुन्न मन पराउने महिलाहरूले आफू गर्भवती भएपछि चाहिँ हृदयस्पर्शी र भावनात्मक…

म आमाजस्तै बन्न चाहन्छु

हरेक मानिसको जीवनमा एक आदर्श व्यक्ति हुन्छ, र ऊ त्यो आदर्श व्यक्तिजस्तै बन्न चाहन्छ । मेरो जीवनको आदर्श व्यक्तिचाहिँ मेरी आमा हुनुहुन्छ, र म उहाँजस्तै बन्न चाहन्छु । परिवारमा उहाँ नै सबैभन्दा मायालु र विचारशील व्यक्ति हुनुहुन्छ । त्यसैले म उहाँले गर्नुभएको सबै कुरा सिक्न चाहन्छु । बाह्र वर्षको उमेरदेखि मैले घरका सबै काम सिकें, र आमालाई भान्सामा सहयोग गर्न थालें । तर पछि पढाइको कारणले गर्दा म उहाँबाट टाढा बस्नुपर्ने भयो । आमाबाट टाढा बस्न थालेपछि, आमाजस्तै बन्नको लागि कति बलिदान गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो । परिवारका सबै सदस्यहरूको हेरचाह गर्दै उनीहरूको इच्छा पूरा गर्न उहाँको लागि सजिलो थिएन, तर पनि उहाँले अझै कडा परिश्रम गर्दैहुनुहुन्छ । एक दिन, बिदाको समयमा घर फर्किंदा मैले घरको सबै काम…

बिनी एलेक्जेन्ड्रा चेतियार, भारत

आलु खन्ने

मे २५ तारिख आइतबार, आलु उखेल्ने समय भएकोले जनशक्ति सहयोग गर्न हामीहरू आलु बारीतिर लाग्यौं । कोरियाभरिको साझा समस्या– व्यस्त मौसममा किसानलाई कामदारको अभाव । त्यसकारण हामीले यो स्वर्ण अवसर गुमाउन चाहेनौं । स्त्रीहरू लगायत आइतबार बिदाको दिन समय निकालेका पुरुष लगायत विद्यार्थीहरूसमेत गरेर करीब ३० जना बिहानै सियोनमा भेला भयौं । त्यसपछि हामीहरू दोसान-म्यनको बब्सोङ-रीमा भएको एउटा आलु बारीतिर लाग्यौं । मौसम धुम्मिएको थियो, तर हामी भने वनभोज जान लागेजत्तिकै ज्यादै उत्साहित थियौं । आलु बारी पहाडको फेदमा थियो । हामीले समाचारमा दिउँसोतिर पानी पर्ने खबर सुनेकाले काम सक्दो चाँडो समाप्त गर्ने निर्णय गऱ्यौं, र गाडीबाट ओर्लनासाथ बारीतिर लम्कियौं । उकालो लाग्दा मेरो सास बढ्यो, र काम सुरु गर्नुअघि नै सन्तहरू थकित हुनुहुने पो हो कि भनेर चिन्ता लाग्यो…

गिम दोङ हो / थोङयङ, कोरिया

जिउनुपर्ने कारण

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे । त्यसलाई निशाना बनाएर त्यसको पछिपछि दौडिने क्रममा दुर्भाग्यवश तिनको दाहिने खुट्टा भाँचियो । तिनी हलचलै गर्न सकेनन् । तीमाथि मोबाइल नेटवर्क पनि नदेखाएको हुनाले तिनले उद्धार टोलीलाई गुहार्न पनि सम्भव भएन । पीडा झन्-झन् बढ्दैगएर जिउने आशा पटक्कै नहुँदा तिनले आफ्नी प्रिय पत्नी र दुई सन्तानलाई बिदाइको पत्र लेख्न थाले । यसरी जीवनप्रति हरेस खानैलाग्दा एउटा कुराले तिनलाई धैर्य गर्न उत्प्रेरित गरायो । त्यो नै, ‘म मेरो परिवारलाई कहिल्यै त्याग्न सक्दिनँ । जतिसुकै पीडा भए तापनि म जीवितै मेरो परिवारलाई भेट्नेछु’ भन्ने तिनको सोच थियो । तिनले आफ्नो लुगा च्याते, अनि हाँगाहरूलाई…

हाँसोलाई आशिष्‌ले पछ्याउँछ !

​हाँसोचाहिँ सञ्चारको अर्को नाउँ हो । सञ्चार भनेको एक-अर्काको मन र इच्छा बाँड्नु हो, त्यसैले आफ्नो मन र इच्छालाई बाँडेन भने हाँसो पनि आउन सक्दैन । हाँसोले केही नभने तापनि एक-अर्कालाई बुझ्ने गराउँछ, यसकारण हाँसोचाहिँ सञ्चारको उत्तम माध्यम हो भन्न सकिन्छ । वार्तालाप सुरु गर्नुअघि मुस्कायो भने सुन्ने मानिसले पहिल्यै मन खोल्ने तयारी गरिसकेको हुनेछ । अन्य ठाउँभन्दा धेरै हाँसो पोखिनुपर्ने ठाउँचाहिँ घर हो । अनि अरू कसैलाई भन्दा धेरै हँसाउन प्रयत्न गर्नुपर्ने व्यक्ति नै परिवारका सदस्यहरू हुन् । परिवारमा खोज्न नसकेको हाँसो बाहिर कसरी खोज्न सकिन्छ र ? आफ्नै परिवारका सदस्यहरूलाई खुशी पार्न सकेको छैन भने अरूलाई कसरी खुशी पार्न सकिन्छ र ? हामीले परिवारसँग हाँसो बाँड्यौं भने त्यो जति सानो भए पनि कठिनाइसँग जुध्नको निम्ति त्यसले ठूलो शक्ति…

पानी पर्ने दिनमा

मलाई वर्षायाम खासै मन पर्दैन । उदास मौसमले निराश महसुस गराउनुका साथै लुगा र जुत्ता पनि भिजाइदिन्छ । स्नायु रोगबाट पीडित भएकोले मौसम केन्द्रले भन्दा पनि पहिला मेरो जोर्नीहरूले वर्षायाम आएको कुरा थाहा पाउँछ । त्यसैले योचाहिँ मलाई वर्षायाम मन नपर्नुको दोस्रो कारण हो । तर कहिलेकहीँ म पानीमा हिँड्दा मुस्कुराउने गर्छु । प्राथमिक विद्यालयको पहिलो दुई वर्ष मैले एउटा सानो सहरको विद्यालयमा अध्ययन गरें । मेरो घर सहरको केन्द्रमा थियो । नजिकै घर भएकोले विद्यालयको खेल मैदानबाट आमाले छतमा कपडा सुकाएको दृश्य स्पष्ट देखिन्थ्यो । त्यो समयमा विद्यार्थीहरूका लागि घरदेखि विद्यालयसम्म ३० मिनेट वा एक घण्टाभन्दा बढी बाटो हिँड्नु सामान्य कुरा थियो । तर उनीहरूको तुलनामा मेरो अवस्था एकदमै राम्रो थियो । एक दिन, विद्यालयको खेल मैदान हुँदै घरतिर…

छोइ जे जङ / दक्षिण कोरिया, गुनफो

बहुमुखी आमा

“आमा, म ठूली भएपछि आमा बन्नेछु ।” “किन ?” “किनभने आमाले एउटा हातले ट्वालेट पेपर र अर्को हातले मेरो हात समाउन सक्नुहुन्छ ।” मलाई यो कुरा याद त छैन, तर म ४ वर्षकी हुँदा मैले यसो भनेकी थिएँ भनेर आमाले बताउनुहुन्छ । बजारबाट घर फर्कंदा, मेरी आमाले एउटा हातमा ट्वाइलेट पेपरको प्याकेट र अर्को हातमा मेरो हात समाउनुहुन्थ्यो । सोचिहेर्दा, त्यसबेला आमाको त्यो स्वरूप मेरो लागि प्रभावशाली थियो । त्यो समयमा मेरो उचाइ ट्वाइलेट पेपरको ब्यागजत्रै भएकोले त्यो कुरा अर्थपूर्ण लाग्छ । अहिले म आमाभन्दा अग्ली भइसकें । तर अझै पनि मलाई मेरी आमा उत्कृष्ट लाग्छ । किनभने मैले वयस्क भएर पनि गर्न नसक्ने कामहरू आमाले सजिलै गर्नुहुन्छ । उहाँले गर्न नसक्ने काम केही छैन । वालपेपर टाँस्ने, फर्निचर सार्ने,…

इ जङ यन / बुछन, दक्षिण कोरिया

बिबिम्बाब

म विद्यालयबाट घर फर्किंदाखेरि मेरी आमाले कलिलो मूलाको किम्ची, उसिनेको जौ, एक चम्चा रातो खुर्सानीको पेस्ट र सिलामको तेल मिसाएर बिबिम्बाब बनाइदिने गर्नुहुन्थ्यो । यो मलाई सबैभन्दा मन पर्ने परिकार हो । तर विगत १० वर्षदेखि मैले मूलाको बिबिम्बाब खाएकी छैनँ । त्यसलाई हेर्दा मात्र पनि गला अवरुद्ध भएर मेरो गह भरिन्छ, र त्यो म खानै सक्दिनँ । १० वर्षअघिको कुरा हो । मेरो भाइले आमाको आयु अब १ हप्ता मात्र रहेको कुरा बतायो । आमा क्यान्सर रोगले ग्रस्त हुनुभएको भए पनि उहाँलाई जिउन कुनै समस्या परेको थिएन । उहाँसँग फोनमा कुरा गर्दैपिच्छे उहाँको आवाज, ममा उहाँले आफ्नो रोगलाई सजिलै जित्न सक्नुहुन्छ भन्ने सोचाइ आउनेसम्म सकारात्मक सुनिन्थ्यो । यसकारण भाइले भनेको कुरा मैले पत्याउनै सकिनँ । भित्रभित्रै मैले यसरी सोचें,…

स ह्यन जु / इन्छन, कोरिया

पान आकार बनाएर इसारा गर्ने

तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ । पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा छ होला भनेर सोच्न पुगिन्छ अथवा प्रेमजस्तो सकारात्मक भावना पनि नकारात्मक अभिव्यक्तिद्वारा व्यक्त गर्न पुगिन्छ । परिवारका सदस्यहरूले स्वभावत: एक-अर्कालाई प्रेम गर्छन्, तर सीधै प्रकट गर्दा अझ सार्थक हुन्छ नि, होइन र ? कृपया यो महिना आफ्नो परिवारलाई हातले पान आकार बनाएर प्रेम व्यक्त गर्नुहोस् । तपाईंलाई अलि लाज लागे तापनि आफ्नो प्रेम प्रकट गर्दा खुशी महसुस भएर नयाँ शक्ति प्राप्त हुनेछ । सुझाव १. पान आकार यसरी बनाउने दुई हात उठाएर टाउकोमाथि ठूलो पान आकार बनाउने दुवै बूढी औँला…