विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

परिवारमा मिल्ने पक्ष खोज्ने

ऐनामा हेर्दाखेरि तपाईंलाई आफ्नो अनुहार बुबा-आमासँग मिल्छ जस्तो लाग्छ ? तपाईंको बच्चाले, तपाईंले जस्तै गरेर बोलेको र काम गरेको देखेर छक्क पर्नुभएको छ ? दाजुभाइ-दिदीबहिनीसँगै बाहिर जाँदा आफूले नभने पनि अन्य मानिसहरूले तपाईंलाई एउटै परिवारको रूपमा हेरेको त्यस्तो अवस्था छ कि ? वरिपरिका मानिसहरूले तपाईंको स्वरूप तपाईंको पति वा पत्नीजस्तै छ भनेको कहिल्यै सुन्नुभएको छ ? परिवारका सदस्यहरूको शारीरिक स्वरूप मात्र नभएर आनीबानी, स्वाद, रुचि, सोर र भावनात्मक अभिव्यक्तिसमेत मिल्दोजुल्दो हुन्छ । कोषिकाको भूमिका पनि एकदमै महत्त्वपूर्ण त हुन्छ, तर मानिसहरूमा वरिपरिको वातावरणले बढी प्रभाव पार्ने भएकोले एउटै वातावरणमा जीवन बिताइरहेका परिवारका सदस्यहरूबीच मिल्दोजुल्दो पक्ष हुनु स्वाभाविक हो । अरूभन्दा पनि आफूले एकदमै प्रेम गरेको व्यक्तिले जे गऱ्यो त्यसैलाई पछ्याउन मन लाग्छ, अनि उक्त व्यक्तिलाई पछ्याउँदा अन्त्यमा आफू पनि त्यो…

जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?

न्यू योर्क टाइम्सका स्तम्भ लेखक, डेभिड ब्रुक्सले आफ्नो पुस्तकमा आफू राम्ररी जिइरहेको छु कि छैनँ भनेर जाँच्नको निम्ति आफूले आफूलाई निम्न उल्लेखित ४ वटा प्रश्नहरू सोध्नुपर्छ भनेका छन् । पहिलो, के मैले आफ्नो प्रतिभालाई विकास गर्दै महत्वपूर्ण कुरामा समय खर्चंदैछु ? दोस्रो, के मैले भावी पुस्ताका लागि प्रेरणामूलक छाप छोड्दैछु ? तेस्रो, के मैले भौतिक संसारमाथि विजय गरेको छु ? चौथो, के मैले प्रेम गरेको छु ? के यहाँहरू आफ्नो जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?

मेरो इनाम मसित छ

कोठा सफा गर्ने क्रममा मैले विगतमा आफूले प्राप्त गरेका केही पुरस्कार र प्रमाण-पत्रहरू भेट्टाएँ । ती प्रमाण-पत्रका पानाहरू पुरानो भए पनि त्यसमा भएका स्मृतिहरू अझै पनि स्पष्ट र ताजा छन् । प्राथमिक विद्यालयमा छँदा, म प्रायः सबै प्रतियोगितामा सक्रिय रूपमा भाग लिने गर्थें । किनभने मलाई पुरस्कार जित्न, बुबा-आमालाई खुशी बनाउन र साथीहरूबाट प्रशंसा पाउन मन लाग्थ्यो । बुबा-आमाले प्रशंसाको एउटा शब्द भन्नुहुँदा कार्यक्रमअघिको घबराहट र घण्टौँसम्म तयारी गर्दाको थकान क्षणभरमै हराएजस्तो हुन्थ्यो । विगतका ती पलहरू सम्झँदा मैले आफैलाई एउटा प्रश्न गर्न पुगें, “के मैले अहिले पनि बाल्यकालमा जस्तै शुद्ध मनले स्वर्गीय पिता-माताको सेवा गरिरहेको छु त ?” “हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ ।” प्रकाश २२:१२ परमेश्वरले आफ्ना सन्तानहरूका लागि तयार…

गिम यु बिन, गोयाङ, कोरिया

आशिषित मिसन, प्रेमको जिम्मेवारी

म सानो छँदा पल्लो घरमा एउटा सानो मण्डलीका पास्टर दम्पती बस्थे । मेरी आमा उनीहरूको नजिकको साथी हुनुभएकोले र जन्मैदेखि नै म ख्रीष्टियान भएकीले स्वाभाविक रूपले उनीहरूकै मण्डली जाने गर्थें । आइतबारचाहिँ मेरो लागि हप्ताको सबैभन्दा व्यस्त दिन थियो । मण्डलीभित्र युवा समूहकी अध्यक्ष, आम मामिला प्रबन्धक, सचिव इत्यादि विभिन्न कार्यको जिम्मा पाएकीले म बिहान सबेरै मण्डली जाने गर्थें, अनि दिनभरिको कामले थकित भएर म मध्यराततिर घर फर्कन्थें । तरै पनि मलाई मण्डलीमा कार्य गर्न मन लाग्थ्यो । जीवनभर परमेश्वरलाई प्रेम गर्दै परमेश्वरको कार्य गर्नु नै मेरो एकमात्र चाहना थियो । मण्डलीमा प्रायः समस्या सृजना हुन्थ्यो । मण्डलीका सन्तहरूबीच धेरै विवाद हुन्थ्यो, अनि म विश्वविद्यालय तहकी विद्यार्थी हुँदा उनीहरूबीचको विवाद झन्-झन् चर्किएर अन्ततः उनीहरू दुई समूहमा विभाजन भए । प्रेम…

छा यङ ये / गिम्हे, कोरिया

प्रतिभाशाली बन्ने रहस्य

प्रसिद्ध फ्रान्सेली भायोलिन वादक पाब्लो दे सरसते १० वर्षको छँदादेखि नै यति प्रतिभाशाली थिए, कि उनले महारानीको सामु भायोलिन बजाउने अवसर प्राप्त गरे । उनले परिष्कृत भाइब्रेटो र अद्वितीय लयबद्ध भायोलिन वादनको निम्ति प्रशंसा बटुले । त्यसको साथै क्यामिल सेन्ट-सेन्स, एडवर्ड लालो, म्याक्स ब्रुच जस्ता समकालीन सङ्गीत रचनाकारहरूले उनको समर्पणमा केही सङ्गीतहरू रचे । उनी फ्रान्स, संयुक्त अधिराज्य जस्ता युरोपेली मुलुकहरूको साथै अमेरिकामा पनि अनवरत कन्सर्ट भ्रमणका लागि गएर आफ्ना दर्शकहरूको मन जित्न सफल भए । सङ्गीत रचनामा पनि उत्कृष्ट रहेका सरसतेले जिग्वेनरवेइजिन, कार्मन फ्यान्टसी र स्पेनी नृत्य सङ्गीत बजाएर प्रसिद्धि कमाए । विशेषत: जिग्वेनरवेइजिन सङ्गीत बजाउन समकालीन भायोलिन वादकहरूलाई समेत गाह्रो पर्थ्यो, तर सरसतेले स्वच्छन्द तवरले त्यो बजाएर विश्वलाई नै चकित पारे । मानिसहरूले उनलाई जन्मिएदेखिका प्रतिभाशाली भनेर बोलाउने…

कसैको चित्त नदुखाउने र आफ्नो पनि दुख्न नदिने

घाउ भनेको चोटपटक लागेको वा क्षति भएको शरीरको भाग हो । शरीर मात्र नभएर मनमा पनि चोट लाग्छ । शरीरका चोटहरू देखिन्छन्, तर मनका चोटहरू अदृश्य हुन्छन् । त्यसैले तिनीहरूलाई प्रायः बेवास्ता गरिन्छ । देखिने चोटलाई उपचार गरी निको पार्न सकिन्छ तर मनमा लागेको चोटलाई निको पार्न गाह्रो हुन्छ । “चोट नपाएको कुनै आत्मा हुन्छ र ?” भन्ने एउटा कविको भनाइझैँ, सबैले आफ्नो जीवनमा कम्तीमा एक चोटि चोट पाएकै हुन्छन् । अनि, हरेक मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा अरूलाई चोट पुऱ्याएकै हुन्छन् । त्यसैले जीवन भनेकै निरन्तर चोट पुऱ्याउने, पाउने र अरूसँगको सम्बन्ध सुधार्ने प्रक्रिया हो भन्दा अतिशयोक्ति हुँदैन । चोट पुर्‍याउन सजिलो छ, तर त्यसबाट निको हुन समय र प्रयास दुवै चाहिन्छ । चोटको गहिराइअनुसार त्यो चोट…

स्वर्ग र पृथ्वीको सृष्टि, उत्कृष्ट कारिगरी

माइकलएन्जेलोको उत्कृष्ट कृतिचाहिँ ‘द क्रिएशन अफ एडम’ हो । उनले यो कृति लगभग ४ वर्षमा पूरा गरे । सिलिङमा रङ लगाउनुपर्ने भएकोले दिनभरि टाउको र पाखुरा माथि उठाएर काम गर्नुपर्थ्यो जुनचाहिँ एकदमै कष्टकर थियो, तर उनले त्यो पीडा सहेर सम्पूर्ण तनमनद्वारा त्यो कृति पूरा गरे । कृति पूरा भएपछि उनले त्यो भित्तेचित्रमा खुशीसाथ आफ्नो नाम लेखे, र मण्डलीबाट निस्किए । चम्किलो सूर्य, नीलो आकाश र चराहरू उडिरहेका थिए ... प्रकृतिको अद्भुत सौन्दर्य देखेर माइकलएन्जेलो मन्त्रमुग्ध भए । त्यो समयमा उनले यसरी सोचे । “परमेश्वरले यस्तो सुन्दर प्रकृति सृष्टि गर्नुभए तापनि आफ्नो कारिगरी देखाउने कुनै सङ्केत छोड्नुभएन तर मैलेचाहिँ सानो भित्तेचित्र बनाएको कुरामा पनि गर्व गर्न चाहें ।” फेरि मण्डलीमा गएर उनले आफ्नो नाम मेटाइदिए । त्यसपछि उनले कुनै पनि कृतिमा…

नव वर्षमा पारिवारिक आदत परिवर्तन गरौं !

“हामीहरू जे बारम्बार गर्छौं त्यसैका परिणाम हौं । तब त उत्कृष्टता, कार्य नभएर आदत हो” भनेर कुनै एक दर्शनशास्त्रीले भनेका थिए । आदतचाहिँ हामीले बनाउने कुरा हो, तर पछि गएर आदतले नै हामीलाई बनाउँछ । असल आदतले हामीलाई सही मार्गमा डोऱ्याएर एक उत्कृष्ट मानिस बनाउँछ भने खराब आदत हाम्रो बाटोको बाधक बन्न पुग्छ । त्यति मात्र नभएर एउटा सामान्य आदतले हाम्रो नजिक रहने परिवारका सदस्यहरूबीच कलह उत्पन्न गराउन सक्छ । नव वर्षको सुरुवातसँगै सबैले नयाँ आदत लिने योजना गरेका हुन्छन् । यहाँहरूले पनि सुधार्न चाहनुभएको आफ्नो पुरानो आदत वा लिन चाहेको नयाँ आदत निर्धारण गरेर परिवारसँगै बाँड्दा कसो होला ? अनि एक-अर्कालाई सफलता मिल्न सक्ने गरी प्रोत्साहन पनि दिनुहोला । के थाहा, सानो परिवर्तनले अझ ठूलो परिवर्तन पनि ल्याउन सक्छ…

एक दिनको आयु भए पनि

माछालाई पौडिन सिकाउन नपरेजस्तै मेफ्लाइ(Mayfly)को अगाडि छोटो जीवनको बारेमा कुरा गरिरहन आवश्यक छैन । वयस्क मेफ्लाइको आयु एकदमै छोटो हुन्छ । प्रजातिअनुसार आयुमा थोरै फरक पर्न सक्ला, तर तिनीहरूको आयु बढीमा २ हप्ता हो । तिनीहरूले यो संसारमा आउनलाई कति समय पर्खन्छन् भन्ने कुरा के तपाईंलाई थाहा छ ? १,००० दिन पर्खन्छन् । निम्फको रूपमा पानीमा रहेर अलि वयस्क नहोउञ्जेल तिनीहरूले २० पटकभन्दा बढी छाला फेर्छन् । जतिसुकै छोटो आयु भएको जीव नै भए पनि यो संसारमा आउनलाई सजिलो छैन भन्ने कुरा देखाउन खोजेझैँ गरेर, तिनीहरूले लामो समयसम्म लगातार छाला फेर्छन् । अनि त्यसपछि वंश विस्तार गर्ने मिसन पूरा गर्न हतारमा यताउता उडिरहन्छन् । तिनीहरूले न अल्छी गर्छन्, न त भोलिको लागि कुनै काम साँचेर राख्छन् । तिनीहरू आफ्नो समयलाई…

बुबाको घर

म सानो छँदा, बुबाले आफ्नो मासिक तलब बचत गरेर ईंटा, सिमेन्ट, फलामको डण्डी र साबेल जस्ता सामग्रीहरू किनेर ल्याउनुभयो, अनि ती सबैलाई आँगनमा जम्मा गरेर एकलैले घर बनाउनुभयो । पूरै धूलाम्मे भएर निधारबाट पसीनाका थोपाहरू चुहाउँदै खाल्डो खन्नुभएका बुबाको स्वरूप मलाई अहिले पनि याद छ । त्यस बेला म सानै थिएँ, र मेरो नजरमा घर बनाउने काम कहिल्यै सिद्धिँदैन जस्तो देखिएको थियो । बुबाले घर बनाउनको निम्ति किन यति धेरै परिश्रम गर्नुभएको होला भनेर मैले बुझ्नै सकेकी थिइनँ । जब म जवान भएँ तब, बुबाले वर्षौं लगाएर बनाउनुभएको घर अन्ततः सम्पन्न भयो । छिमेकका घरहरूमध्ये सबैभन्दा सुन्दर दुई तलाको घर थियो । राम्रो रङ लगाइएका बाहिरी भित्ताहरू, आमाको लागि बगैँचा र न्यायोपना महसुस हुने भित्री भाग ... घरका प्रत्येक कुना…

म्याड्रिड, स्पेन

प्रकृतिको नियमअनुसार

अफ्रिकाको सेरेङ्गेटी घाँसे मैदानमा सबै जनावरहरू प्रकृतिको नियमअनुसार जिउँछन् । शाकाहारी जनावरहरूले आफ्नो उत्कृष्ट दृष्टि र तेज दौडने क्षमताको प्रयोगद्वारा शत्रुहरूको आक्रमणबाट आफूलाई बचाउँछन् भने मांसाहारी जनावरहरूले चाहिँ तीखो दाँत र बहादुरीद्वारा शिकार गर्छन् । यसो भन्दैमा शाकाहारी जनावरचाहिँ राम्रो अनि मांसाहारी जनावरचाहिँ नराम्रो भन्ने कुरा होइन । ती दुवैले वनको नियम पालना गरेका मात्र हुन् । शिकारी जनावरहरूले आफ्नो शिकार-कला देखाउन खोज्दैनन् । साथै यिनीहरूमा एकै चोटि धेरै शिकार गर्ने लोभ पनि हुँदैन । शिकार-कला जतिसुकै उत्कृष्ट भए पनि यिनीहरू भोकाउँदा मात्र शिकारमा निस्कन्छन् र अघाउञ्जेल खाएपछि शिकारलाई त्यतै छोडेर यिनीहरू आफ्नो बाटो लाग्छन् । त्यसपछि बाँकी मासुचाहिँ ‘अफ्रिकी च्यामे’ भनिने हुँडार, गिद्ध र कागका लागि छोडिदिन्छन् । शाकाहारी जनावरहरू पनि धेरै उपभोग गर्न चाहँदैनन् । शत्रु र खोलानालाको…

विलासी गाडीभन्दा अझ राम्रो कुरा

सउलको कुनै बजारनेर एक जना सानो केटोले हजुरआमाको ठेलागाडा सट्टामा तानिरहेको थियो । तब ठेलागाडाले, त्यहाँ पार्क गरेर राखिएको एउटा महँगो कारलाई कोताऱ्यो । अब के गर्ने होला भनेर आत्तिनुभएकी हजुरआमालाई देखेर नाति रुन थाल्यो । त्यो देखेर बटुवाहरूलाई पनि उनीहरूप्रति दुःख लाग्यो । त्यो कार उच्चस्तरीय ब्रान्डको भएकोले मर्मत गर्न धेरै पैसा लाग्ने जस्तो देखिन्थ्यो । कारका मालिकले यो कुरा थाहा पाए भने तिनी रीसले चूर हुने कुरा पक्का थियो । यसैबीच एक जना प्रत्यक्षदर्शीले कारका मालिकलाई बोलाए, र घटेको घटनाबारे विस्तृत रूपमा वर्णन गरिदिए । तब अधबैँसे एक दम्पती त्यहाँ आइपुगे । आफूले कारलाई पार्किङ स्थलमा पार्क नगरी सडक छेउमा त्यत्तिकै राखेको कुराप्रति उनीहरूले शिर झुकाएर ती हजुरआमासँग माफी मागे । कारलाई गलत ठाउँमा पार्क गरेकोले सबैलाई असुविधा…

खड्कुलोको आँसु

विगतका दिनहरूमा कोरियाली आमाहरूले चुलोमा आगो फुकेर खड्कुलोमा खाना पकाउँथे । जसरी घर बनाउन, कपडा सिलाउन, वा लेख लेख्न धेरै परिश्रम आवश्यक पर्छ, त्यसरी नै खड्कुलोमा खाना पकाउनका लागि पनि धेरै परिश्रम गर्नुपर्छ । खड्कुलोमा खाना पकाउनुचाहिँ हिजोआजको जस्तो विद्युतीय राइस कुकर अथवा ग्याँस स्टोभमा जस्तो सजिलो हुँदैन । चामल पखालेर भिजाउने, पानीको मात्रा मिलाउने र दाउराले आगो बाल्ने जस्ता प्रक्रियाहरूमा उचित सीपको आवश्यकता पर्दछ । चामल हालेको खड्कुलोबाट बाफ आउन थालेपछि, खड्कुलोको ढकनलाई चिसो कपडाले पुछिरहनुपर्छ । त्यसो गर्दा ढकनभित्रको बाफ पानी बन्छ र खड्कुलो र ढकनबीचको खाली भागलाई बन्द गर्दै तल बग्छ । खड्कुलोको बाहिर बग्ने पानीलाई ‘खड्कुलोको आँसु’ भनिन्छ । यो नामले, आफ्नो परिवारको निम्ति हरेक दिन खाना पकाउनुपर्ने र सासु-ससुरा भएको नयाँ घरमा आँसु लुकाएर कठिन…

मैले तिम्रो निम्ति प्रार्थना गरें

म क्याम्पस विद्यार्थी हुँदा, मैले विभिन्न किसिमका सुसमाचार गतिविधिहरूमा भाग लिएँ । तीमध्ये कक्षा कोठामा बसेर सियोनका सदस्यहरूसँग प्रार्थना भेलामा सहभागी भएको क्षण सबैभन्दा अविस्मरणीय क्षण थियो । हामी सबै जना बिहान ८ बजे कक्षा सुरु हुनुभन्दा अघि भेट्ने गर्थ्यौं । क्याम्पसदेखि मेरो घरसम्मको दूरी टाढा भएकोले बिहान ६ बजेको रेल चढेर प्रार्थना भेलामा सहभागी हुनुपर्थ्यो । यसबाहेक रिपोर्टहरू तयार पार्न र परीक्षाको लागि अध्ययन गर्न म प्रायः बिहान नहोउञ्जेल जागै बस्थें । तर अनौठो कुरा, शरीर थाके पनि म एकदमै खुशी थिएँ । भेला हुँदैपिच्छे अध्ययन गरेका बाइबलका पदहरू अझै पनि मलाई याद छ । “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ…

गिम मिन जि, पूर्व बिरार, MH भारत

दाजुभाइ-दिदीबहिनीलाई आफैलाई जस्तै प्रेम गर्नू

मेरो घरमा सधैँ कोलाहल र होहल्ला हुन्छ । त्यसरी कोलाहल मच्चाउनेहरूचाहिँ एक वर्षको भिन्नता भएका मेरा छोरा-छोरी हुन् । उनीहरू दुवै जना सँगै खेल्छन्, तर प्रायः झगडा गरिरहन्छन् । त्यसैले कहिलेकहीँ म उनीहरूलाई १ मिटर टाढा बस्नका लागि भन्छु । तर मैले खाना बनाउँदा वा सरसफाइ गर्दा उनीहरू फेरि सँगै खेल्न थाल्छन् । उनीहरूलाई देखेर मेरा छिमेकीहरूले “यी बच्चाहरू राम्ररी मिलेर बसेको देख्दा र एक-अर्काको राम्रो हेरचाह गरेको देख्दा एकदमै खुशी लाग्छ” भन्दै मेरो ईर्ष्या गर्छन् । यस्ता कुराहरू सुन्दा मन खुशी हुन्छ, तर उनीहरू लगातार झगडा गर्दा मेरो मन दुख्छ । एक दिन हाम्रो परिवारलाई मण्डलीको पारिवारिक निमन्त्रणा कार्यक्रममा पारिवारिक पत्र र पोस्टकार्ड बनाउने जिम्मेवारी दिइयो । त्यो पत्र बनाउनका लागि तस्बिरहरू चाहिने भएकोले बच्चाहरू भएको तस्बिरको एल्बम लिनका…

पार्क जङ आ, गिमछन, दक्षिण कोरिया

घरबाट सुरु हुने भाषा शिष्टाचार

एउटा भनाइ छ, यदि कसैले कठोर स्वरूप र रुखो बोलीद्वारा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म खराब केटा हुँ’ हुन जान्छ । अनि कसैले मुस्कुराउँदै नम्र स्वरमा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म असल केटा हुँ’ हुन जान्छ । उही शब्द भए पनि, त्यो पूर्ण रूपमा फरक सुनिनुको कारणचाहिँ शब्दहरू भएको भाँडा फरक भएकोले हो । पाहुनाको लागि खाना बनाउँदा त्यसको स्वाद एकदमै महत्त्वपूर्ण हुन्छ, तर खाना राखिने प्लेट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्लेटको आकार, बनावट र रङ्ग खानेकुरासँग मिल्दोजुल्दो देखिएमा, बल्ल त्यो खानेकुरा अझ स्वादिष्ट देखिन्छ । तर प्लेटहरू फोहोर, फुटेको वा अनुपयुक्त छ भने खाना जतिसुकै स्वादिष्ट भए पनि पाहुनाहरूले त्यो खान चाहँदैनन् । भनिन्छ, शब्दहरूचाहिँ विचार राख्ने भाँडो हो । अर्को व्यक्तिको…

दृढता

मेक्सिकोको ताराहुमारा(Tarahumara) जाति दौड्ने क्षमताका लागि चर्चित छन् । आफूलाई ‘रारामुरी Rarámuri’ (धावक) भनेर बोलाउने तिनीहरूका लागि एकै दिनमा पूरा म्याराथन दौड्नु चुनौतिको कुरा होइन । ताराहुमारा जातिले मृगको शिकार गर्दा जोशका साथ खेद्ने गर्छन् । दौड्ने क्षमताको कुरा गर्नुपर्दा मृग एकदमै छिटो दौड्ने जनावर हो, तर लामो दुरी दौड्ने सन्दर्भमा चाहिँ कुरा फरक छ । शिकार गरिरहेको मृग छिटो दौडिएर आँखा अगाडि विलिन भए तापनि ताराहुमाराहरू चिन्तित हुँदैनन् । किनभने तिनीहरूले मृगको खुट्टाको छाप र स्राव हेरेर त्यसलाई पछ्याउँछन् । यसरी लामो समय दौडिएर लखतरान भएको मृर्गलाई तिनीहरूले दिनभरि पछ्याएर समात्छन् । तसर्थ अन्तसम्म हार नमान्ने दृढता र लगनशीलतामा ठूलो शक्ति हुन्छ ।

ठूलो रूख ढल्नुको कारण

अमेरिकाको कोलोराडो राज्यको एउटा पहाडमा ४०० वर्षभन्दा बढी समयसम्म दह्रो गरी खडा रहेको एउटा ठूलो रूख एक दिन गर्लम्मै ढल्यो । त्यस रूखले सयौँ वर्षसम्म ठूलो आँधी-बेहरीलाई पनि जित्दैआएको थियो । करीब १४ पटकसम्म चट्याङ लागे पनि त्यो रूख ढलेको थिएन । दर्जनौँ पटक प्रचण्ड आँधी सहँदै भूकम्पमा पनि स्थिर रहन सकेको त्यो रूख एकदमै मजबूत थियो । यस्तो मजबूत रूख ढल्नुको कारण के थियो होला ? अचम्मको कुरा, त्यो रूख ढल्नुको कारण नै केही साना खपटे कीराहरूले गर्दा रहेछ । रूखको बोक्राभित्र पसेका खपटे कीराहरूले अलिअलि गर्दै लगातार रूखको डाँठ खाएकाले जङ्गलको सबैभन्दा बलियो रूख अन्ततः ढल्न पुग्यो ।

समय सुनौलो हुन्छ, विशेष गरी परिवारसँग समय बिताउँदा समय सुनौलो हुन्छ

५३ वर्षीया एक महिला आफ्नो स्वास्थ्य जाँचको नतिजा हेर्न अस्पताल पुग्छिन् । तब डाक्टरले उनीसँग बाँच्नका लागि केवल ९ महिना मात्र रहेको कुरा बताउँछन् । त्यस्तो अप्रत्याशित नतिजा सुनेर ती महिला अवाक हुन्छिन् । यो एउटा भाइरल भिडियोको दृश्य हो (इन्टरनेट प्रयोगकर्ताहरूले कुनै विशेष कम्पनी वा उत्पादनको प्रचारका लागि ब्लग वा सामाजिक सञ्जालमार्फत स्वेच्छाले बनाएको भिडियो) । वास्तवमा उनलाई भनिएको त्यो ९ महिनाचाहिँ उनी बाँच्न सक्ने समय होइन, तर उनले आफ्नो परिवारसँग बिताउने समय हो । मानव आयुलाई ८५ वर्ष मान्ने हो भने, ५३ वर्षीया ती गृहिणिको बाँकी समय ३२ वर्ष हुन्छ । यदि यो ३२ वर्षको समयबाट काम गर्ने, सुत्ने, टिभी हेर्ने, स्मार्टफोन प्रयोग गर्ने, र एक्लै बिताउने समय घटाउने हो भने, परिवारसँग बिताउने समय केवल ९ महिना मात्र…

सहचालक र यात्रु

यात्रुहरूको टिकेट जाँच गर्ने क्रममा रेलका सहचालकले एक जना यात्रुलाई भनेछन् । “तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।” ती सहचालकले अर्को यात्रुलाई पनि त्यसै भनेछन् । “तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । कृपया अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।” तर टिकेट जति जाँच गऱ्यो त्यति नै गलत रेलमा चढेका यात्रुहरूको संख्या बढ्दैगयो । सबै यात्रुहरू गलत रेलमा चढेको कुरा थाहा हुँदा एक जना यात्रुले विनम्रतापूर्वक सहचालकलाई सोधेछन् । “माफ गर्नुहोस्, कतै तपाईं नै गलत रेलमा चढ्नुभएन ?” बुझिहेर्दा, ती सहचालक नै गलत रेलमा चढेका रहेछन् ।