विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
भ्रममा परेको इन्द्रिय
ⓒ Edward H.Adelson / http://web.mit.edu/persci/people/adelson/checkershadow_illusion.html / Copyrighted free use “चित्रमा खण्ड A र खण्ड B कुन रङको देखिन्छ ?” “खण्ड A खैरो र खण्ड B सेतो रङको देखिन्छ ।” प्रायः सबैले यसै गरी उत्तर दिन्छन् । तर के यो उत्तर वास्तवमै सही छ ? यसको सही उत्तरचाहिँ “खण्ड A र खण्ड B उस्तै रङका छन् ।” विश्वास गर्न गाह्रो भएमा वरपरका कुराहरूलाई छोपेर ती दुई वटा खण्डलाई मात्र हेर्नुहोस् । मानव शरीरका इन्द्रियहरूमध्ये मानव-सूचना सबैभन्दा धेरै प्राप्त गर्ने इन्द्रिय भनेको दृष्टि हो । तर दृष्टिको इन्द्रिय समेत कहिलेकहीँ भ्रममा पर्न सक्छ, जसलाई दृष्टि-भ्रम भनिन्छ । दृष्टिभ्रम गराउने एउटा कारणचाहिँ मस्तिष्कले संज्ञानात्मक प्रक्रियाभित्र रेटिनामा प्रवाह भएको सूचनालाई जस्ताको तस्तै स्वीकार नगरी वरपरको स्थिति वा पहिलाको ज्ञानद्वारा अनुमान लगाउन खोजेकोले गर्दा हो…
साधारण हिरोहरू
केही महिनाअघि कुनै चौबाटोमा घटेको घटना हो । अबेर रातमा, शपिङ मल अगाडिको ओरालो सडकमा पार्क गरिएको एउटा मालवाहक ट्रक एक्कासि गुड्न थाल्यो । चालकले पार्किङ ब्रेक राम्ररी लगाएका रहेनछन् । बिस्तारै तलतिर गुड्न थालेको त्यो ट्रकको गति बढ्दैगएर एक जना ४० वर्षीया अधबैंसे महिलालाई ठक्कर हानेर पसलमा पुगेपछि बल्ल त्यो ट्रक रोकियो । छोरासँगै किम्बाब(कोरियाली परिकार) किन्न आएकी ती महिला भाग्नै नपाईकन एक्कासि ट्रकमुनि परिन् । त्यो दुर्घटनाका प्रत्यक्षदर्शीहरू गाडी भएनेर हतारका साथ दौडेर गए । अनि तिनीहरूले भएभरको बल लगाएर ट्रकलाई उठाई ती महिलाको उद्धार गरे । त्यसरी उद्धार गर्न जम्मा ५५ सेकेण्ड लाग्यो । उद्धार गर्नमा सहभागी भएका ती २० जना नागरिकहरू, घाइते महिलालाई एम्बुलेन्समा पठाएपछि, बदलामा केहीको पनि अपेक्षा नगरी आ-आफ्नो बाटो लागे । ट्रक उचालेका…
अगमवाणी पूरा भएको भूमि, बेटन रूजमा
अहिले हामीहरू रहेको ठाउँचाहिँ संयुक्त राज्य अमेरिकाको लुइजियाना क्षेत्रको बेटन रूज हो । हामीहरू यो ठाउँमा आएको पनि १ वर्ष भइसक्यो । सुसमाचार खासै प्रचार नभएको, आत्मिक रूपमा सुख्खा र उजाड यो भूमिमा आउन डर लागेको थिएन भन्नुचाहिँ झूट बोल्नुसरह हो । तर सदाजस्तै यो ठाउँमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो । छोटो समयमै जीवनको पानीले पुनर्जीवित हुनुभएका सन्तहरूलाई देखेर मैले फेरि पनि परमेश्वरको शक्ति महसुस गर्न सकें । हामी यहाँ आउनुअघि एक जना कोरियाली सिस्टरले ५ वर्षको लामो समयदेखि एकलै सुसमाचार प्रचार गर्दैहुनुहुन्थ्यो । ग्याँस स्टेशन व्यवस्थापनमा व्यस्त हुनुभए तापनि उहाँले आफ्नो कार्यक्षेत्रलाई सुसमाचारको मैदान ठान्दै ग्राहकहरूलाई लगनशीलताका साथ वचन प्रचार गर्नुहुन्थ्यो । सत्यताका वचन मन नपराएर फेरि फर्केर नआउने ग्राहकहरू पनि हुन्थे, तापनि ‘मरिरहेका आत्माहरूलाई बचाउनैपर्छ’ भन्ने व्यग्रताले…
जङ मिन ग्यङ / ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका
सबैभन्दा मूल्यवान् कार्य, सबैभन्दा विशेष आशिष्
अधिकांश कोरियाली बुबाहरूको जस्तै मेरो जीवनयापन पनि, झिसमिसे प्रभातमा ताराहरूलाई हेर्दै काममा जाने र अबेर रातमा त्यही ताराहरूलाई फेरि हेर्दै घर फर्किने दिनहरूको श्रृङ्खला थियो । त्यस बेला, टाढाका ती ताराहरूको संसार कस्तो होला, ती ताराहरू कसको निम्ति चम्किरहेका होलान् भन्ने कुरा मलाई थाहै थिएन । मेरो एकमात्र लक्ष्य भनेकै परिवारको प्रमुख भएअनुरूप कसैसँग सहयोगको हात नफैलाई आफ्नो परिवारलाई आरामले पाल्नु थियो । यस्तो लक्ष्य लिएर मैले एक दिन पनि बिदा नलिईकन वर्षैभरि परिश्रमसाथ काम गरें । पत्नीबाट सत्यताको वचन सुनेपछि मेरो मनमा, सायद यो जीवन नै सबै थोक होइन होला भन्ने सोचाइ आयो । म ३० वर्षभन्दा लामो समयसम्म क्याथोलिक मण्डली धाएको भए पनि त्यहाँ मेरो विश्वास त्यति दह्रो थिएन । त्यसमाथि आफूले अघि कहिल्यै नसुनेको कुरा भएर होला…
छ्वे सु ह्यन / अस्टिन टाउन, भारत
आमाको तस्वीर हेर्दा मात्र पनि
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयले ७~१२ वर्षका बच्चाहरूमा एउटा परीक्षण गऱ्यो । उनीहरूलाई अपरिचित मानिसहरूका अगाडि गणितीय हिसाबहरू हल गर्न लगाइँदा उनीहरूले अत्तालिएर राम्ररी हल गर्न सकेनन् । त्यसपछि बच्चाहरूलाई ३ समूहमा विभाजन गरियो । पहिलो समूहलाई आफ्नी आमासँग फोनमा कुराकानी गर्न दिइयो, दोस्रो समूहलाई आफ्नी आमाको तस्वीर हेर्न दिइयो र तेस्रो समूहलाई चाहिँ आफ्नी आमासँगै बस्न दिइयो । त्यसपछि गणितीय हिसाबहरू हल गर्न दिइँदा तीनै वटा समूहका बच्चाहरूमा अक्सिटोसिनको मात्रा ह्वात्तै वृद्धि भएको पाइयो । अक्सिटोसिनचाहिँ घनिष्ठता, स्थिरता र खुशीको भाव जगाउन मद्दत गर्ने एक किसिमको हर्मोन हो । आमाको तस्वीर हेर्दा मात्र पनि बच्चाहरूले आफ्नी आमासँगै भएजस्तो महसुस गरी हिसाबलाई सजिलै हल गर्न सके । तर बच्चाहरूले मात्र आफ्नी आमालाई विशेष व्यक्ति ठान्नेचाहिँ होइन । क्यानाडाको टोरन्टो…
प्रेमद्वारा एक गिलास पानी दिने
पानीको प्रभाव स्वास्थ्यमा यति धेरै हुन्छ, कि मानिसहरू “यदि तिमीले पर्याप्त पानी पियौ भने स्वस्थ र दीर्घायु हुनेछौ” समेत भन्ने गर्छन् । पानीले शरीरबाट विषाक्त पदार्थ निकाल्ने, रक्त सञ्चारमा सहयोग गर्ने र चयापचय(metabolism, मेटाबलिजम, जीवन कायम राख्नको निम्ति जीवित प्राणीभित्र हुने रासायनिक प्रक्रिया) पनि बढाउने गर्छ । त्यसमाथि पानीले रोग प्रतिरोधक क्षमता बढाउने र छालाको अवस्था सुधार्ने जस्ता विभिन्न भूमिकाहरू निर्वाह गर्दछ । अमेरिकाको क्यान्सर अनुसन्धान संस्थाका अनुसार प्रत्येक दिन चार गिलासभन्दा बढी पानी पिउने मानिसलाई दुई गिलासभन्दा कम पानी पिउनेलाई भन्दा कोलोरेक्टल क्यान्सर(colorectal cancer) र सिस्टाइसस्(cystitis, पिसाब पोल्ने रोग) लाग्ने सम्भावना ५०% वा सोभन्दा कम हुन्छ । यदि पर्याप्त मात्रामा पानी पिएन भने कोषिकाहरूमा फोहोर सञ्चय हुन्छ, अनि शरीर चाँडै थाक्ने गर्छ । यो महिनामा सहृदयले आफ्नो परिवारलाई एक…
लुटेराको मन परिवर्तन गरिदिएको उदारता
संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा घटेको घटना हो । एक जना जवान समाजसेवी कामपछि घर फर्कंदैथिए । तब कुनै सुनसान ठाउँमा पुगेपछि तिनी एक्कासि लुटेराको फेला परे । हातमा चक्कु लिएको त्यो लुटेराचाहिँ १०-२० वर्षजतिको ठिटो थियो । तिनी एकछिन त अलमल्ल परे, र तुरुन्त आफ्नो गोजीबाट पर्स झिकेर त्यस लुटेरालाई थम्याइदिए । पर्स खोसेर त्यो लुटेरा छिटो-छिटो भाग्न थाल्यो । तब भागिरहेको लुटेराको पछि-पछि दौडिँदै ती समाजसेवीले यसो भन्दै कराए, “ए भाइ, एकैछिन पर्ख त ! तिम्रो केही छुटेको छ ।” तब छक्क पर्दै टक्क अडिएर लुटेराले पछाडि फर्केर हेऱ्यो । तब ती समाजसेवीले त्यसलाई यसो भने, “रातभर यसरी काम गर्दा तिमीलाई चिसो लाग्न सक्छ । त्यसैले यो मेरो कोट लिएर जाऊ । म अब साँझको खाना खान जान…
उडाउ पुत्रको आँसु
उच्च माध्यमिक तहमा प्रवेश गर्नुअघि मेरी दिदी(काकाकी छोरी)बाट डोरिँदै म परमेश्वरको मण्डलीमा आएँ । बुबा-आमाले मलाई विरोध गर्नुभए तापनि परमेश्वरको वचनभित्र त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुन्दर एकता देखेर मलाई सियोन मन पर्थ्यो । विश्वविद्यालयमा प्रवेश गरेपछि मेरा बुबा-आमाले मेरो धार्मिक जीवनलाई स्वीकार्नुभयो, तर उतिखेरै मेरो मन परिवर्तन भयो । सुरुको मण्डलीका सन्तहरूले गाह्रो अवस्था आइपर्दा परमेश्वरमा पूर्ण भरोसा गर्दै आफ्नो विश्वासलाई दह्रिलो गरी जोगाएका भए पनि अनुकूल अवस्थामा चाहिँ सत्यतालाई बेवास्ता गर्न पुगेका थिए । त्योजस्तै, एक ताका सियोनतर्फ गएको मेरो मन पनि बिस्तारै संसारतर्फ जान थाल्यो, अनि म विश्वासको जीवनमा अल्छी भएँ । जागिर गर्न थालेपछि मैले विभिन्न ठाउँको यात्रा गर्दै आफूले गर्न चाहेका सबै कुरा गरें । मैले साँचो स्वतन्त्रता र खुशी नै त्यही हो भन्ठाने । यो संसार…
इम हि जङ / नाम्याङजु, कोरिया
अनुनादक(प्रतिध्वनि बक्स)
सुन्दर धून सृजना गर्ने वाद्य यन्त्रहरू ! त्यसका पाटपुर्जा, आकार र प्रयोग गर्ने तरिका फरक भए तापनि ती सबैमा एउटा कुराको समानता छ : ती सबै यन्त्रहरूको भित्री भागचाहिँ खाली हुन्छ । त्यही खाली भागलाई अनुनादक भनिन्छ, जसले वाद्य यन्त्रहरूलाई ठूलो र स्पष्ट धून निकाल्न मद्दत गर्छ । यदि अनुनादकमा केही अवरुद्ध भयो अथवा त्यो अन्य चीजहरूले भरियो भने वाद्य यन्त्रबाट कुनै धून निस्कँदैन, र त्यो बेकामको चीज बन्न पुग्छ । मानिसभित्र पनि अनुनादक हुन्छ । सुन्दर आवाज निकाल्ने मानिसको अनुनादकचाहिँ के होला ? त्यो नै ‘मन’ हो । अडिग धारणा, हठीपना र जिद्दीपनाले भरिएको मनले कदापि सुन्दर आवाज निकाल्न सक्दैन । मन खाली भएको बेलामा भित्री र बाहिरी आवाजले तालमेल मिलाएर गहिरो अनुनाद(प्रतिध्वनि) निकाल्न सक्छ । प्रचण्ड हुरीलाई थेगेर…
उपभोग गर्ने खुशी, स्मरण गर्ने खुशी
विद्यालयका दिनहरूमा साथी, करियर र भविष्यको बारेमा धेरै चिन्ता हुन्छ । तर त्यो समय पार गरिसकेका वयस्कहरूले चाहिँ अहिलेका विद्यार्थीहरूलाई यसो भन्ने गर्छन्, “तिमीहरूको लागि सबैभन्दा उत्तम समय भनेको अहिले हो ।” बच्चा जन्माएपछि तिनलाई हुर्काउनमा व्यस्त रहने आमाहरूलाई आफू कठिन समयबीच गुज्रिरहेको छु जस्तो आभास हुन्छ । तर सबै बुबा-आमाहरूले आफ्नो लागि सबैभन्दा ठूलो खुशी नै सन्तान हो भन्ने गर्छन् । सैनिकहरूलाई सैन्य जीवनको समय रमाइलो छ कि छैन भनेर सोध्यो भने एकदम थोरैले मात्र रमाइलो छ भन्छन् । तर सैन्य सेवा सम्पन्न गरेका मानिसहरूचाहिँ बडो फुर्तिका साथ आफ्नो सैन्य जीवनको अनुभव सुनाउँछन् । कुनै हर्षपूर्ण स्मृतिलाई ताजा गरेजस्तै गरी उनीहरूको गाथा समाप्त नै हुँदैन । कठिन संसारमा जिइरहेका जवान मानिसहरूको निम्ति जीवन भारपूर्ण छ जस्तो देखिए पनि, वयस्कहरूले…
सिक्ने र भर्ने समय
युवा समूहमा पुगेपछि मैले, अग्रज सिस्टरहरूको प्रेमभित्र रहेर भेलामा सहभागी हुँदै सियोनको न्यानोपना जान्न सकें । एक दिन, हामीले भिडियो हेरेर सन्तहरूसँग सियोनको सुगन्ध बाँड्यौं । तब एक जना सिस्टरले हाम्रो निम्ति बलिदान गर्नुहुने माताप्रति अत्यन्तै धन्यवादी र क्षमाप्रार्थी हुँदै आँसु बगाउनुभयो । किन त्यसो भयो भन्ने थाहा नभए तापनि म, साँचो पश्चात्ताप गर्नुहुने सिस्टरको स्वरूपबाट एकदम प्रभावित भएँ, तर आराधनापिच्छे परमेश्वरको अमूल्य वचनमा ध्यान नदिएकोमा म आफैप्रति लज्जित पनि भएँ । त्यसपछि मैले परिवर्तन भएर नयाँ गरी जन्मन प्रयत्न गरें । कसैसँग पनि कुरा नगरीकन आराधना सकिनेबित्तिकै घरतिर लाग्ने विद्यार्थी छँदाका समयहरूभन्दा ठीक विपरीत म लगनशीलताका साथ भेलामा सहभागी भएर वचन अध्ययन गर्दै आशिष् पाउने कार्यमा अग्रसर भएँ । तब मलाई विदेश मिसनप्रति रुचि लाग्न थाल्यो । सुरुमा मैले…
सिन नु रि / बुछन, कोरिया
एक छात्रालाई रुवाएका न्यायाधीश
“बसेको ठाउँबाट उठ ।” चोरीको आरोपमा साथीहरूसँगै अदालत पुऱ्याइएकी एक छात्रालाई न्यायाधीशले नम्र आवाजमा भने । ती छात्रा अलि हिचकिचाउँदै उठेपछि न्यायाधीशले फेरि भने, “मैले बोलेको कुरालाई ठूलो सोरमा दोहोऱ्याउनू ।” “म संसारको सबैभन्दा उत्तम मानिस हुँ ।” “म जे पनि गर्न सक्छु ।” “मलाई यो संसारमा कसैको पनि डर लाग्दैन ।” “यो संसारमा म एकलै छुइनँ ।” न्यायाधीशले बोलेको कुरालाई ठूलो आवाजमा दोहोऱ्याइरहेकी ती छात्रा अन्त्यमा भक्कानिँदै रोइन् । वास्तवमा गत वर्षको सुरुवातसम्म मात्र पनि तिनी एक जेहेन्दार विद्यार्थी थिइन् । तिनले विद्यालयमा राम्रो अङ्क ल्याउने गर्थिन्, अनि नर्स बन्ने तिनको सपना थियो । तर अन्य विद्यार्थी समूहको कुटाइमा परेदेखि तिनी बरालिन थालेर आपराधिक गतिविधिहरूमा सहभागी हुन पुगेकी रहिछन् । ती छात्राको अवस्था बुझिदिएका न्यायाधीशले तिनीमाथि कडा कारवाही गर्नुको…
“म आमा बनेकोमा खुशी छु !”
विश्वविद्यालयको स्नातक समारोह हुनअघि मैले त्यसको लागि आवश्यक पर्ने कुराहरूको जानकारी लिन थालें । समारोह कहाँ हुन्छ होला, कति बजेसम्म पुग्नुपर्छ होला इत्यादि ... धन्न आमाले समयमै स्नातक क्यापको विषयमा सोध्नुभयो । समारोहमा उपस्थित भएँ भने स्वभावतः क्याप पाइहालिन्छ भन्ने लागेको थियो, तर त्यसो होइन रहेछ । “सामान विभागले स्नातक क्यापहरू उपलब्ध गराउँछ” भनेर आमाले भन्नुभयो । विद्यालयको वेबसाइटमा गएर यताउता खोज्दा आमाले भन्नुभएको कुरा ठीक पाएँ । आमाले त्यस विषयमा सुझाव नदिनुभएको भए स्नातक समारोहको दिनमा म अलमल्ल पर्नेथिएँ । स्नातक समारोहको दिन, सामान विभागबाट उपलब्ध गराइएको स्नातक क्याप लगाएर मैले साथीहरूसँग तस्वीर खिचिरहेको बेला मेरो तस्वीर खिचिरहनुभएकी आमालाई देखें । मैले आफ्नो क्याप र गाउन फुकालेर आमालाई लगाइदिएँ । उहाँले राम्ररी मिलाएर लगाउनुभएको देखेर मैले उहाँको विद्यालयका दिनहरूको…
गिम साङ ह्यो / सउल, कोरिया
परमेश्वर मेरा साक्षी हुनुहुन्छ
“किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु ।” फिलि १:८ सुसमाचारको कार्य गर्दा सन्तहरूलाई प्रेम गर्ने कार्यमा कत्ति पनि नहिचकिचाएका प्रेरित पावलले, आफ्ना दाजुभाइलाई प्रेम गरेको प्रमाण अर्थात् त्यसको साक्षी नै स्वयम् परमेश्वर हुनुहुन्छ भनेका छन् । योद्वारा, आफ्ना दाजुभाइलाई सारा मन र हृदयले प्रेम गरेका पावलको ईमानदारितालाई हामी हृदयदेखि महसुस गर्न सक्छौं । हामीले दाजुभाइ-दिदीबहिनीको निम्ति आँसु बगाउँदै जति परिश्रम गरे तापनि त्योचाहिँ कसैले जान्न सक्दैन । तर त्यसले केही फरक पर्दैन । “किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ” भन्ने वचनजस्तै हाम्रो अदृश्य परिश्रम, उत्साह र दाजुभाइ-दिदीबहिनीप्रतिको हाम्रो प्रेमको मन जान्नुहुने नै स्वयम् परमेश्वर हुनुहुन्छ । हामीले गर्ने सबै कार्यको साक्षी हुनुभएका परमेश्वरलाई धन्यवाद चढाउँदै जुनसुकै समय र परिस्थितिमा पनि अझ…
सिन यु दोङ / सउल, कोरिया
आफ्नो परिवारलाई मायालु सोरले बोलाउने
तपाईं दिनमा कति पटक आफ्नो परिवारलाई बोलाउनुहुन्छ ? आफूले बोलाउने कोही हुनु अथवा आफूलाई बोलाउने कोही हुनु भनेको मनोहर कुरा हो । बोलाउनु भनेको खोज्नु हो । हामी एकलै छैनौं, तर अरूसँग सम्बन्धमा छौं भन्ने अर्थ हो । कुनै एक जना कविले यसो भनेका थिए, “मैले उसको नाम बोलाउँदा ऊ मकहाँ आयो, र एउटा फूल बन्यो ।” तर कुनै मानिस सुन्दर फूल अथवा ओइलाएको फूल बन्ने कुराचाहिँ त्यो मानिसलाई कसरी बोलाइएको छ भन्ने कुरामा निर्भर हुन्छ । कसैले हँसिलो सोरले बोलायो भने प्रतिक्रिया दिन पनि सजिलो हुन्छ, तर छुच्चो र दिक्कलाग्दो सोरले बोलायो भने गाह्रो हुन्छ । मानिसको मन उसको सोरमा समेटिएको हुन्छ । कृपया आफ्नो अनमोल परिवारका सदस्यहरूलाई प्रेमको मनले बोलाउनुहोस् । तब उनीहरू सुगन्धित बास्ना फैलाउने सुन्दर फूलहरू…
स्वर्गको शास्त्री
येशूज्यूले “तिमी मलाई प्रेम गर्छौ भने मेरा भेडाहरूलाई खुवाऊ” भन्नुभयो । भेडाहरूलाई खुवाउने वचनको भोजन त अनेक थरीका छन् तर कसो गरेमा प्रत्येक भेडालाई मिल्ने उचित भोजन खुवाउन सकिन्छ होला भनेर म सधैँ चिन्तन गर्थें । अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ ।” मत्ती १३:५२ यो वचनले मेरो चिन्तालाई एकै क्षणमा हल गरिदियो । स्वर्गको शास्त्रीले पुराना तथा नयाँ, अर्थात् पुरानो करार र नयाँ करार दुवैबाट आवश्यक वचन लिएर जुनसुकै आत्मालाई भेटे पनि समयोचित आत्मिक भोजन खुवाउन सक्नुपर्छ । त्योचाहिँ घरको मालिकलाई घरका सामानहरू राखिएको ठाउँ राम्ररी थाहा भएकोले उसले आवश्यकताअनुसार सामानलाई प्रयोग गरेजस्तै हो । म, शबाथ-दिनको मूल्य नजानेका…
यु यङ मी / आन्सान, कोरिया
भेडा गोठालोको महसुस
हिउँदमा तापक्रम –४० डिग्री सेल्सियससम्म झर्ने संयुक्त राज्य अमेरिकाको उग्र ठन्डी उत्तरी प्रदेशमा मेरो जन्म भयो, र त्यहीँ नै मेरो बाल्यकाल बित्यो । अनि ग्रीष्ममा चाहिँ त्यहाँ करीब ३८ डिग्री सेल्सियससम्मको प्रचण्ड गर्मी हुन्थ्यो । सबैभन्दा नजिकको छिमेकी १.६ किलोमिटर जतिको दूरीमा रहनुहुन्थ्यो र उहाँहरूसित चिनजान गर्ने समय कहिल्यै मिलेन । उत्तरी डाकोटामा, मेरा बुबाले धानको बाली लगाउनुका साथै त्यहाँ सुँगुर, गाईवस्तु, घोडा, कुखुरा र टर्की इत्यादि पालन गर्नुहुन्थ्यो । कुनै बेला मैले बुबालाई “बुबा, फराकिलो चरन र हिउँदका लागि प्रशस्त परालहरू भए तापनि तपाईंले किन भेडा-पालन नगर्नुभएको ?” भनेर सोधें । तब बुबाले “भेडा-पालन गर्न खासै रमाइलो छैन” भन्नुभयो । भेडा-पालनमा खासै अनुभव नभएर हो कि, मलाई भेडा-पालन सजिलो कार्यजस्तो लाग्थ्यो, र पछि गएर म एक असल गोठालो बन्न…
आलान सेयलर / ह्युस्टन टेक्सस, संयुक्त राज्य अमेरिका
सुरुको मन
कुनै पनि कामको थालनी गर्दा सुरुमा लिइने मन हुन्छ, शुद्ध र नम्र मन अनि व्यग्रता । यसैलाई ‘सुरुको मन’ भनिन्छ । कुनै एउटा अनलाइन रोजगार बजार खबर साइटले, कार्यक्षेत्रमा कर्मचारीले कति समयसम्म सुरुको मन लिएर काम गर्दारहेछन् भन्नेबारे जान्न ९६० जना कर्मचारीहरूमा सर्वेक्षण गऱ्यो । औसतमा त्यो एक वर्षभन्दा पनि कम हुने गरेको पत्ता लाग्यो । सुरुमा रोजगार पाउँदा मानिसमा सारा जगत् पाएसरहको खुशी, कडा परिश्रम गर्ने सङ्कल्प र काममा हिँडेको पहिलो पाइलाले मुटु जोडसँग ढुकढुक हुनेसम्मको उत्साह जाग्छ । यो सुरुको मनलाई गुमाइएन भने हत्तपत्त मनमा चोट लाग्दैन, कमजोर भइँदैन । त्यसोभए कसो गरेमा सुरुको मनलाई कायम राख्न सकिन्छ होला ? सुरुको मन स्मरण गराउने कुनै सामान छ भने त्यसलाई देखिने ठाउँमा राख्नु अथवा कुनै आदर्श वाक्य या त…
गलत र फरक
‘8’ यो के हो ? ट्राफिक अधिकारीहरूका लागि यो ड्राइभिङ कोर्स हो । उपकरणसँग कार्य गर्ने मानिसहरूका लागि यो एउटा कोड हो । अनि गणितज्ञहरूका लागि यो एउटा सङ्ख्या वा असीमितताको (infinity) प्रतीक हो । सबैको दृष्टिकोण सही छ । यहाँ कोही पनि गलत छैन । उत्तरचाहिँ दृष्टिकोणका आधारमा फरक हुन सक्छ । संसारमा ७ अरब मानिसहरू छन्, तर तिनीहरू कोही पनि उस्तै देखिँदैनन् । यहाँसम्म कि, जुम्ल्याहा बच्चाहरू पनि थोरै फरक हुन्छन् । योचाहिँ रूपको कुरा मात्र होइन । उस्तै देखिने भए पनि, प्रत्येक व्यक्तिको विचार, बोली र व्यवहार भिन्ना-भिन्नै हुन्छ । कुनै कुरा फरक हुँदैमा त्यो गलत हुनेचाहिँ होइन । मानिसहरू तपाईंसँग असहमत हुन सक्छन् । तिनीहरूको बोली रूखो र व्यवहारले रिस उठाउन सक्छ तर तिनीहरू गलत होइनन्,…
शुद्ध सुनभन्दा अझ अमूल्य आत्मा खोज्न
परमेश्वरको अनुग्रहद्वारा हाम्रो कोता किनाबालु सियोनलाई सन् २०१७को पहिलो अल्पकालीन मिसनको आशिष् मिल्यो । पहिलो यात्रा फेब्रुअरीमा पापारान्डमा र दोस्रो यात्रा मार्चमा टुवारानमा थियो । पापारान्डचाहिँ साबामा रहेको एउटा जिल्ला हो । पापारान्ड मेरो गृहनगर पनि भएकोले केही वर्षअघि सत्यता प्राप्त गरेको समयदेखि नै त्यो ठाउँमा प्रचार गर्न जाने मेरो ठूलो धोको थियो । “राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ” (मत्ती २४:१४) भनिएको बाइबलको अगमवाणी पूरा भइरहेको यस वर्तमान समयमा, अल्पकालीन मिसनमा आफू छनोटमा परेको यो कुरा नै मेरो निम्ति सबैभन्दा ठूलो प्रेरणा थियो । “यहाँहरू जाने ठाँवैपिच्छे सियोन स्थापना हुनेछ ।” स्वर्गीय माताको वचनद्वारा हामीले ठूलो जोश प्राप्त गऱ्यौं, अनि हामीहरू पवित्र आत्माको शक्तिले भरियौं । सन्तानहरूले माताको वचनलाई मनमा खोपेर एकतामा रही…
स्टेफी एक्वीलाइन एडल्बर्ट / कोता किनाबालु, मलेसिया