विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

गिमबाब बनाउँदै

मलाई सानो छँदा गिमबाब खान मन पर्थ्यो । पिकनिक वा खेलकुदको दिनमा आमाले सधैँ मेरो लागि गिमबाब बनाइदिने गर्नुहुन्थ्यो । त्यसैले विशेष दिनमा गिमबाब खानुपर्छ भन्ने कुरा मेरो लागि सामान्यजस्तै बनेको थियो । समय बित्दैगयो, अनि म पनि आमा भएँ । आमाले जस्तै गरी मलाई पनि आफ्नो बच्चाको पिकनिकको लागि गिमबाब बनाइदिन मन लाग्यो । तर गिमबाब बनाउन त्यति सजिलो रहेनछ भन्ने कुरा पहिलो पल्ट महसुस भयो । अघिल्लो दिनमा मैले सबै तरकारीहरू किनेर काटकुट गरें । भात पकाउन, हाम(सुँगुरको फल मासु), फिस केक, गाँजर र अण्डा फ्राइ गर्नको लागि पिकनिकको दिनमा म बिहान सबेरै उठें । सबै सामग्रीहरू तयार गरेपछि अन्ततः गिमबाब बनाउने चुनौती मेरो अगि थियो । मैले गिम(समुद्री लेउको परिकार)माथि पातलो गरी भात छरें, अनि तयार गरिएका…

गिम यु रा / सुवन, कोरिया

सकारात्मक बोलीको बीउ

खुशी परिवार आराधनापछि हामीले पारिवारिक प्रेम र सञ्चारभित्रको ‘खुशी डिजाइन गर्ने सकारात्मक बोली’ भन्ने शीर्षकको एउटा लेख पढ्यौं । बोलीको शक्तिबारे बोध गराउने त्यो लेख प्रेरणादायक थियो । सन् २०१६को रियो दे जेनेइरो ओलम्पिकमा “म गर्न सक्छु, म गर्न सक्छु” भन्दै एक जना कोरियाली तरवारबाजले आफ्नो विपक्षीलाई तरवारबाजीमा पराजित गरेका थिए । तिनी हार्न लागिसकेका थिए । जित्ने सम्भावना एकदमै कम थियो, तर अन्त्यमा तिनले बाजी पल्टाएर तरवारबाजमा जित हासिल गरेका थिए । त्यतिखेर मेरो ७ वर्षीय छोरालाई गणितको हिसाब गर्न एकदम गाह्रो भइरहेको थियो । यसकारण म र मेरा पतिले उसको शिक्षकसँग अक्सर कुराकानी गरिरहन्थ्यौं । छोराले त्यो समयमा सिकिरहेको गणित एकदमै महत्वपूर्ण छ भनेर शिक्षकले भन्नुभयो । शिक्षकको सल्लाहलाई गम्भीर रूपमा लिएर हामीले हरेक दिन उसलाई विद्यालयबाट आएपछि…

रोक्सान के. मिलर / न्यू विन्डसर, न्यूयोर्क, संयुक्त राज्य अमेरिका

माताको पहिलो शिक्षा

“परमेश्वरले सदा प्रेम दिनुभएजस्तै लिने प्रेममा भन्दा दिने प्रेममा अझ बढी आशिष् हुन्छ ।”

परमेश्वरले हामीलाई प्रेम नगर्नुभएको एक क्षण पनि छैन । हामी स्वर्ग-राज्यमा स्वर्गदूत छँदा पनि परमेश्वरले सधैँ हामीलाई प्रेम गर्नुभयो, हामीहरू स्वर्ग-राज्यमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइका भए पनि त्यो पाप क्षमा गरिदिनको निम्ति परमेश्वरले हाम्रो सट्टामा क्रूसमा टाँगिनुभएर त्यो प्रेम प्रमाणित गर्नुभयो । यसरी हामीलाई सधैँ प्रेम दिनुहुने परमेश्वरले “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” (यूह १३:३४) भन्नुभएको छ । हामीले परमेश्वरबाट प्रेम पाएजस्तै हामीले पनि अरूहरूलाई प्रेम दिएको परमेश्वर चाहनुहुन्छ । अनि लिनुभन्दा दिनु अझ धन्य हो भन्ने वचन दिनुभएको छ । “मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कडा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ । प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि…

माताको दोस्रो शिक्षा

“परमेश्वरलाई महिमा दिएमा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ ।”

हामीले प्रायः प्रशस्त फल फलेको रूखलाई हेर्दाखेरि आँखामा देखिने दृश्य फल र हाँगाहरूलाई मात्र हेर्ने गर्छौं, तर अदृश्य जरालाई भने बेवास्ता गर्न पुग्छौं । तर एकदमै रहरलाग्दो फल फल्नेसम्म पानी र अन्य पोषक तत्त्वहरू प्रदान गर्ने जराको भूमिका भने एकदमै महत्त्वपूर्ण हुन्छ । जराको कुनै अस्तित्व रहेन भने रूख पनि अस्तित्वमा रहन सक्दैन । हाँगाहरू जति मोटो र दह्रो भए पनि जराले राम्ररी काम गरेन भने त्यो रूख आफै बाँच्न अथवा फल फलाउन सक्दैन । त्यसै गरी हामी आफैले गरे जस्तो लाग्ने सबै कार्यहरू पनि हाम्रो शक्ति र बुद्धिद्वारा पूरा भएको होइनकि जराजस्तै अदृश्य ठाउँमा रहेर कार्य गर्नुहुने परमेश्वरको शक्तिद्वारा पूरा भएको हो भन्ने यथार्थतालाई हामीले कहिल्यै बिर्सिनुहुँदैन । ‘मैले गरेको हो’ भनेर सोच्नुचाहिँ एकदमै मूर्ख र डरलाग्दो सोचाइ हो…

माताको तेस्रो शिक्षा

“सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।”

यो पृथ्वीमा पापको खोल ओढेर जिइरहेका मानिस कोही पनि पूर्ण छैन । सबैमा गुण र अवगुण हुन्छ । जतिसुकै चरित्रवान्‌जस्तो देखिने मानिस भए पनि कहीँ-कतै कमजोर पक्ष हुन्छ, र जतिसुकै कमजोर चरित्र भएको मानिस भए पनि त्यो व्यक्तिमा कहीँ-कतै राम्रो पक्ष पनि हुन्छ । यदि हाम्रो मन घृणाले भरिएको छ भने अरूको गल्तीलाई मात्र औँल्याउन पुग्छौं, तर यदि सुन्दर मनद्वारा हेऱ्यौं भने अनुग्रहात्मक र राम्रा पक्षहरू मात्र देख्नेछौं । हरेक परिस्थितिमा सुन्दर मन लिन कदापि सजिलो छैन, तर परमेश्वरको वचनमा भरोसा गरेर दाजुभाइ-दिदीबहिनीलाई सुन्दर मनले हेर्न प्रयत्न गऱ्यौं भने माताको शिक्षाको वचनजस्तै हामीले घृणा नभएर पूर्ण प्रेम प्राप्त गर्न सक्नुको साथै परमेश्वरलाई खुशी तुल्याउन सक्नेछौं । अनि हाम्रा परमेश्वरले हाम्रो आत्मालाई प्रेम गर्नुभएजस्तै उहाँले हाम्रा दाजुभाइ-दिदीबहिनीको आत्मालाई पनि उत्तिकै प्रेम…

माताको चौथो शिक्षा

“अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ-दिदीबहिनीको निम्ति असल चीज त्याग गऱ्यौं भने अझ उत्तम आशिष् पाउनेछौं ।”

अब्राहामले परमेश्वरको बोलावट पाएर आफ्ना भतिजा लोतसँगै कनानको भूमिमा जाँदाखेरिको कुरा हो । जब तिनीहरूको बगाल र परिवारको सङ्ख्या बढ्दैगयो तब त्यो भूमि तिनीहरू दुवैका लागि साँघुरो भयो, अनि तिनीहरूका बगालका गोठालाहरूबीच झगडासमेत हुन थाल्यो । तब बगालका गोठालाहरू आपसमा झगडा नगरून् भनेर अब्राहामले भतिजा लोतलाई अलग्ग बाटो लाग्न सुझाव दिए । हुन त अब्राहामले पहिला रोजेर राम्रो भूमि आफूले लिन पनि सक्थे, तर तिनले लोतलाई पहिला भूमि रोज्न दिएर आफूले चाहिँ लोतले नरोजेको भूमि लिए । अब्राहाम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगडा पनि भयो । त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे । यसैकारण अब्राहामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचम झगडा नहोस्, किनकि हामी त नातेदार हौं । सारा…

माताको पाँचौँ शिक्षा

“अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो ।”

आफूलाई गरिएको व्यवहार, पाएको सेवा-सत्कारचाहिँ आफूले सोचेजस्तो नहुँदा मानिस निराश हुने गर्छ । यस्तो किसिमको निराशाचाहिँ अरूले आफूलाई बुझिदेऊन् अथवा सेवा गरून् भन्ने मनबाट आउँछ, जसलाई अहङ्कारी मन भनिन्छ । हामीहरू स्वर्गमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं । त्यसैले हामीले कदापि अहङ्कारी मन लिनुहुँदैन, किनभने सेवा-सत्कार अथवा स्वीकार पाउने अधिकार पापीलाई हुँदैन । यस संसारको नियमलाई हेर्दा पनि, ठूलो अपराध गरेको अपराधीलाई झ्यालखानमा थुनिएर उसका सबै अधिकार र स्वतन्त्रता खोसिन्छ । तर आफू आत्मिक पापी हुँ भन्ने कुरा कहिलेकहीँ हामीहरू बिर्सने गर्छौं, र सेवा पाउन चाहने अहङ्कारी मन लिन पुग्छौं । अरूले आफूलाई नबुझिदिँदा अथवा सेवा नगर्दा हामीहरू निराश महसुस गर्दै गनगन र गुनासो गर्न पुग्छौं । यदि लगातार यसो भयो भने हामीले धन्यवादी मन गुमाउन पुग्छौं,…

उत्साहजनक ‘पारिवारिक गीत’ रचना गर्ने !

गीतमा मानिसहरूलाई एकीकृत गर्ने शक्ति रहेको हुन्छ । धुन र ताल मिलाएर सबैले सँगै गीत गाएमा एक-अर्कामा आत्मीयता बढ्छ । खेलकुद समर्थकहरू तथा परेड गर्ने सेनाहरू एकसाथ गीत गाउँदै एकै मनका हुन्छन् । खेलकुद रङ्गशालामा हौसलाको गीत हुन्छ, अनि सैन्य क्षेत्रमा सेनाहरूको गीत हुन्छ । योजस्तै, परिवारमा पनि ‘पारिवारिक गीत’ बनाउँदा कसो होला ? सुख-दुःखमा यहाँहरूको अमूल्य परिवार सधैँ साथमा रहन्छ । पारिवारिक गीत त्यति सिद्ध नभए तापनि त्यसमा ठूलो शक्ति रहेको हुन्छ । त्यसमा समाविष्ट प्रेम र विचारशीलताले एक-अर्काको निम्ति असीम ऊर्जा प्रवाह गर्छ । यो महिनामा आफ्नो परिवारसँगै पारिवारिक गीत रचना गरिहेर्नुहोस् । गीतको धुनसँगै यहाँहरूको परिवारमा खुशी पोखिनेछ । सुझाव पारिवारिक गीत यसरी रचना गर्ने : परिवारको परिचय दिने विषयहरू समावेश गरेर गीतको बोल तयार गर्ने गीतमा…

माताको छैटौँ शिक्षा

“अरूहरूले काम गरेनन् भनेर गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदार भएर गरौं । मालिकको मन लिएर काम गर्दा गाह्रो लाग्दैन र आनन्दित मनले काम गर्न सकिन्छ ।”

अरूहरूले काम नगरिरहेका बेला आफू एकलैले काम गर्नुपर्ने अवस्थाको पक्कै पनि सामना गरिन्छ । त्यस्तो अवस्थामा कहिलेकहीँ हामीहरू ‘उहाँले चाहिँ किन काम गर्नुहुन्न ?’ अथवा ‘किन मैले मात्र काम गर्नुपर्ने ?’ भनेर सोच्न सक्छौं, तर परमेश्वरले जस्तोसुकै अवस्थामा पनि मालिकको जस्तो मन लिएर काम गर्दा आनन्दित मनले काम गर्न सकिन्छ भन्नुभएको छ । खेतको मालिक र नोकरलाई एक पटक सोचौं । नोकरलाई फसल कटनीप्रति ठूलो चासो हुँदैन, र उसले न्यून प्रयत्न गर्छ । मालिकले हेरिरहेका छन् भने मात्र उसले कडा परिश्रम गरेको स्वाँग पार्छ । त्योचाहिँ उसले कति समय काम गऱ्यो भन्ने कुराको आधारमा ज्याला पाउने भएकोले हो । तर मालिकचाहिँ फरक हुन्छन् । तिनी सधैँ खेतको फसलप्रति चिन्तित हुन्छन्, बालीलाई सपार्ने उत्तम तरिकाको खोजीमा जुट्छन् । अरूले काम गरेन…

माताको सातौँ शिक्षा

“गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।”

गुनासोचाहिँ सन्तुष्ट हुन नसक्दा उत्पन्न हुने मन हो । सन्तुष्ट हुन नजान्ने मानिसले सधैँ गुनासो गर्छ । परमेश्वरले जतिसुकै अनुकूल अवस्थामा राखिदिनुभए पनि उनीहरू धन्यवाद दिने कुराभन्दा पहिला नकारात्मक कुरा नै देख्छन् । तर माताले “गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ” भन्नुभएको छ । ‘त्यसो गर्नुहुँदैन,’ ‘मेरो तरिका अझ उत्तम छ’ अथवा ‘उसले मसित यस्तो व्यवहार नगर्नुपर्ने’ इत्यादि कुराहरू सोच्दा गुनासो गर्न पुगिन्छ । यस्ता गुनासोबाट हाम्रो मनमा अहङ्कार उत्पन्न हुन्छ, र अन्तिममा हामीले ‘सबैभन्दा राम्रो त म नै हुँ । मजत्तिको राम्रो त कोही छैनँ’ भनेर सोच्न पुग्छौं । अहङ्कारले हाम्रो आत्मालाई विनाशतर्फ डोऱ्याउने भएकोले हामीले जस्तोसुकै अवस्थामा पनि गुनासो नगर्न हरप्रयत्न गर्नुपर्छ । त्यसोभए गुनासो नगर्नको निम्ति हामीले कसो गर्नुपर्छ होला ? सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गर्नुपर्छ…

सञ्चारद्वारा पारिवारिक अर्थव्यवस्था मिलाउने !

अहिलेचाहिँ उपभोगको युग हो । मानिसहरू विश्वव्यापी मन्दीको बारेमा कुरा त गर्छन्, तर बिदामा विदेश घुम्न जाने मानिसहरूले बिमानस्थल खचाखच भरिएको हुन्छ । मलहरूमा वस्तुहरूको मूल्य जति धेरै भयो, बिक्री पनि त्यति नै धेरै हुन्छ । होम सपिङमा चाहिँ “लगभग बिक्री भइसक्यो,” “सीमित अफर” आदि पर्चाहरूले मानिसहरूमा उपभोगको इच्छा जगाइदिन्छ । एउटा क्लिक मात्र गऱ्यो भने घरैमा सामान आइपुग्छ । मानिसहरू खानाभन्दा थोरै महँगो एक कप कफी बाहिर गएर पिउनु आवश्यक छ भन्ने गर्छन् । जहाँ गए पनि उपभोगको प्रलोभनमा पार्ने यस्ता धेरै कुराहरू भएकोले पैसा खर्च गर्नुबाहेक मानिसहरूसित अर्को विकल्प रहँदैन । तर हामी आफूले लिन चाहेका कुराहरू सबै लिन अथवा खान चाहेका कुराहरू सबै खान सक्दैनौं । आफूले चाह गरेको कुरा उपभोग गरेर पूर्ण सन्तुष्टि पाए तापनि त्यसले…

कलमद्वारा आफ्नो मन अभिव्यक्त गर्नुहोस् !

कम्प्यूटर र स्मार्टफोनको लोकप्रियता बढेसँगै हस्तलिखित अक्षरको परम्परा लोप हुँदैगएको छ । किबोर्ड वा टच स्क्रिनद्वारा सजिलै सन्देश र चिट्ठीहरू पठाउन सकिने भएकोले हिजोआज मानिसहरूले कलम वा पेन्सिल खासै प्रयोग गर्दैनन् । तर औँलाले थिचेर टाइप गरिने सुविधाजनक डिजिटल अक्षरहरूभन्दा हस्तलिखित अक्षरहरूले अर्को व्यक्तिलाई अझ धेरै प्रभावित तुल्याउँछ । हस्तलिखित चिट्ठीले त्यो पाउने व्यक्तिमा मात्र नभएर लेख्ने व्यक्तिमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ, अनि लगातार हातले चिट्ठी लेख्ने व्यक्तिमा अरूप्रतिको प्रेम अझ धेरै हुन्छ भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ । यो महिनामा आफ्ना अमूल्य परिवारको निम्ति कलम उठाइहेर्नुहोस् । चिट्ठी, कार्ड, नोट, पोस्टकार्ड, सुलेख इत्यादि जे भए पनि हुन्छ । एक-एक शब्द लेख्दैपिच्छे यहाँहरूले आनन्द महसुस गर्नुहुनेछ, अनि अर्को व्यक्तिप्रतिको यहाँहरूको प्रेम अझ गाढा हुँदैजानेछ । सुझाव परिवारका सदस्यहरूको…

माताको आठौँ शिक्षा

“दाजुभाइ-दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफूमा नै फर्कन्छ ।”

भनिन्छ, “मीठो बोली पठाएमा मीठै बोली फर्कन्छ ।” यो भनाइले बोलीको विशेषतालाई दर्शाउँछ । वास्तवमा बोली भनेको प्रतिध्वनिजस्तै हो । हामीले अरूप्रति जस्तो बोली बोल्छौं, उताबाट पनि त्यस्तै बोली पाउँछौं । यदि अरूप्रति प्रशंसाको बोली बोल्छौं भने प्रशंसाकै बोली फर्कन्छ, र अरूलाई दोषारोपणको बोली बोल्छौं भने उताबाट पनि दोषारोपणकै बोली पाउँछौं । त्यसैले स्वर्गीय माताले हामीलाई “दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा गरेमा प्रशंसा आफैमा फर्कन्छ” भन्ने शिक्षा दिनुभयो । हामीले यो शिक्षालाई याद गरेर सानो कुरामा पनि दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा र प्रोत्साहन दिन्छौं भने त्यो प्रशंसा अन्ततः हामीमा नै फर्कनेछ । यसबाहेक यदि दाजुभाइ, दिदीबहिनीको मुखबाट प्रशंसा फर्किएन भने पनि हाम्रा सबै कार्य याद गर्नुभएका परमेश्वरबाट हामीले प्रशंसा र आशिष् पाउनेछौं । मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि…

माताको नवौँ शिक्षा

“समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ-दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।”

स्वर्गीय माताले समुद्रजस्तै फराकिलो मन नै सुन्दर मन हो भन्नुभएको छ । समुद्रजस्तै फराकिलो मन भन्नाले दाजुभाइ, दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गरिदिएर उल्टै अरूको मनलाई शुद्ध गराउने मन हो । अनि योचाहिँ सजिलै रिसाउने, क्रोधित हुने मन होइनकि नम्रता र दयापूर्वक अरूलाई बुझिदिने, सहिदिने मन हो । स्वर्गीय माताले हेर्नुहुँदा यस्तो मन नै सुन्दर मन हो । त्यसोभए समुद्रजस्तै फराकिलो मन लिन हामीले कसो गर्नुपर्छ होला ? हाम्रो ठूलो पापसमेत क्षमा गरिदिनुभएका परमेश्वरलाई सोच्यौं भने हुन्छ । हामीहरू स्वर्गमा अक्षम्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं । तर परमेश्वर स्वयम् हाम्रो पापको निम्ति प्रायश्चितको बलि हुनुभयो । त्योद्वारा उहाँले हाम्रो पापको ज्याला सट्टामा तिरिदिनुभयो, र हाम्रा सबै पाप क्षमा गरिदिनुभयो । जब हामीले परमेश्वरको यस्तो अनुग्रह र प्रेमलाई सोच्दछौं…

खरबूजा प्रेमी बहिनी

‘खरबूजा सौखिन’ र ‘खरबूजा प्रेमी’ यीचाहिँ मैले मेरी बहिनीलाई दिएका उपनामहरू हुन् । उनलाई खरबूजा एकदमै मन पर्छ, तर मलाई चाहिँ त्यो खाँदाखेरि बीच-बीचमा बीउहरू आइरहने भएकोले अलि झन्झटिलो लाग्छ । बहिनी कामबाट घर आएपछि आमाले काटेर फ्रिजमा राखिदिनुभएको खरबूजा लिएर आफ्नो कोठामा जान्छिन् । अनि उत्साहित हुँदै सबै खरबूजा धमाधम खान्छिन् । उनले गर्मीयाममा त्यसो गरेको प्रायः म दिनहुँ देख्दछु । मैले आमालाई खरबूजा कहिले-कहिले किनेर ल्याउने गर्नुहुन्छ भनेर सोध्दाखेरि उहाँले एक हप्तामा एक चोटि किन्ने गरेको कुरा बताउनुभयो । मेरी बहिनी एकलैले एक महिनामा लगभग ५ वटा खरबूजा खाने गर्दिरहेछिन् । खरबूजा खाँदा-खाँदा कस्तो अमन नभएको होला भनेर म छक्क पर्थें । उनले जाडोयाममा समेत “खरबूजा खान मन लाग्यो” भन्ने गर्छिन् । कस्तो अचम्म ! पक्कै पनि आमाले…

होङ जङ उन / सउल, कोरिया

परिवारको ‘गोप्य सहयोगी’ बनिदिने !

कसैले यहाँहरूको हेरचाह गरिदियो, यहाँहरूलाई खुशी तुल्यायो, र गाह्रो अवस्थामा खुशीसाथ सहयोग गर्न खोज्यो भने कस्तो लाग्छ त ? खुशी र हौसला मिल्नुको साथै मनोबल पनि बढ्छ नि ? यहाँहरूसँग त्यसो गरिदिने व्यक्तिहरू त पहिल्यैदेखि नै छन् । ती हुन् परिवार ! तर हामीहरू यो यथार्थतालाई प्रायः बिर्सने गर्छौं । परिवारबाट प्रेम पाइरहेको भए पनि धन्यवाद नदिईकन उल्टै उनीहरूप्रति गनगन र गुनासो गरेका अवस्थाहरू पनि हुन सक्छ । यो महिनाचाहिँ आफ्नो परिवारबाट कुनै कुराको अपेक्षा नगरी गोप्य रूपमा परिवारको निम्ति कुनै असल काम गरिदिएर ‘परिवारको गोप्य सहयोगी’ बनिदिँदा कसो होला ? प्रेम लिँदाको खुशीभन्दा प्रेम दिँदाको खुशी अझ ठूलो छ भन्ने कुरा जान्न सकिनेछ । सुझाव मिसनको अवधि निर्धारण गर्ने कागजको टुक्रामा परिवारका सबै सदस्यहरूको नाम लेखेर प्रत्येकले एउटा-एउटा छान्ने…

माताको दशौँ शिक्षा

“थुमाद्वारा डोऱ्याइन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।”

स्वर्गीय माताले, थुमाद्वारा डोरिन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ भन्नुभएको छ, किनभने यदि हामीहरू थुमाभन्दा अझ सानो थुमा भएनौं भने हामीले कदापि थुमालाई पछ्याउन सक्नेछैनौं । थुमाभन्दा ठूलो बन्न खोजियो भने थुमाको नेतृत्वसँग हाम्रो सोचाइ मिलेको अवस्थामा हामी उहाँलाई एकैछिन त पछ्याउछौं, तर उहाँको नेतृत्वसँग हाम्रो सोचाइ नमिलेको अवस्थामा चाहिँ हामी आफ्नो इच्छाअनुसार गर्न थाल्छौं । हामीले आफ्नो सोचाइलाई फालेर थुमालाई पछ्याउनको निम्ति हामीहरू थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ । थुमा हुनुभएका परमेश्वरद्वारा डोरिन र स्वर्गीय राज्य प्रवेश गर्न हामी परमेश्वरभन्दा अझ सानो बन्नुपर्छ अर्थात् हामीले आफ्नो सोचाइलाई फालेर परमेश्वरको वचनलाई पूर्ण ठान्दै आज्ञाकारी हुनुपर्छ । विश्वासको जीवन जिउने क्रममा, परमेश्वरले सजिलो बाटोको सट्टामा किन हामीलाई कठिन बाटोमा डोऱ्याउनुहुन्छ भन्ने कुरा हामीहरू बुझ्दैनौं । अनि कहिलेकहीँ परमेश्वरको वचन…

माताको एघारौँ शिक्षा

“ठूलो भाँडा बन्ने प्रक्रियामा बलिदानको आवश्यकता पर्दछ ।”

परमेश्वरले हामीलाई भाँडासँग दृष्टान्त गर्नुभएको छ । सानो टोकरीमा धेरै फलफूल राख्न नसकिएजस्तै, हामीले जतिसुकै धेरै आशिष् पाउन र ठूलो कामदारको रूपमा प्रयोग हुन चाहे तापनि यदि हाम्रो मनको भाँडा सानो छ भने हामीले त्यो आशिष् कदापि प्राप्त गर्न सक्नेछैनौं । हामीसित धेरै आत्माहरूलाई समेट्न सक्ने ठूलो मनको भाँडा छ भने मात्र हामीले पवित्र आत्माको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं । तर भाँडा फराकिलो र गहिरो बनाउनको निम्ति कष्ट र खारिने प्रक्रियाबीच गुज्रिनुपर्ने हुन्छ । सियोनमा धेरै आत्माहरूलाई अँगाल्नको निम्ति बलिदानको आवश्यकता पर्छ । विश्वासको जीवन भर्खर सुरु गरेकोले हामीले एकदेखि दशसम्म विचारशील भइदिनुपर्ने त्यस्ता आत्माहरू पनि हुन्छन् भने रुखो र कठोर स्वभाव लिएका आत्माहरू पनि हुन्छन् । यी सबै आत्माहरूलाई हामीले प्रेमद्वारा अँगाल्नुपर्छ, र उनीहरूलाई विश्वासको सही मार्गमा डोऱ्याउनको…

प्रेमबाट सुरु हुने सन्तानोचित कर्तव्य

बुबा-आमाप्रति सन्तानोचित कर्तव्य निभाउनुपर्छ भन्ने कुरा साना बालबालिकाहरूलाई पनि थाहा छ । तर बालबालिकाहरूलाई यसबारे शिक्षा दिने स्थानमा रहेका वयस्कहरूलाई पनि सन्तानोचित कर्तव्य शत प्रतिशत निभाउन भने गाह्रै पर्छ । भनिन्छ, आफ्नो सन्तान जन्मिएपछि बल्ल बुबा-आमाले मेरो लागि कति परिश्रम गर्नुभयो, मलाई कति प्रेम गर्नुभयो भन्ने कुरा बुझ्न सकिन्छ, तर कुनै कुरालाई बुझ्नु र त्यसलाई व्यवहारमा उतार्नुबीच ठूलो भिन्नता हुन्छ । प्रायः मानिसहरूले बुबा-आमाको हेरचाहभन्दा आफ्नै बालबच्चाको रेखदेख गर्नुपर्ने अथवा आफू काममा व्यस्त भएको, बसाइँ टाढा भएको वा आफ्ना अन्य दाजुभाइहरूले बुबा-आमाको राम्ररी हेरचाह गरिहाल्छन् भन्ने निहुँमा आफू सन्तानोचित कर्तव्यबाट पञ्छिन खोज्छन् । तर बुबा-आमाको लागि आफ्नो सन्तान नै सर्वस्व हुन्छ । बुबा-आमाको प्रेम निशर्त हुन्छ । बुबा-आमाले आफ्ना सन्तानहरूबाट केही लिन चाहनुहुन्न उल्टै आफ्ना सन्तानहरूलाई धेरै दिन चाहनुहुन्छ, अनि…

माताको बाह्रौँ शिक्षा

“परमेश्वरसमेत सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवा पाउने अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।”

हामीले कसो गर्नुपर्छ भन्ने कुरा परमेश्वर स्वयम्‌ले गर्नुभएर विश्वासको उदाहरण देखाउनुभयो । तीमध्ये एउटाचाहिँ ‘सेवाको उदाहरण’ हो । परमेश्वरचाहिँ सारा ब्रह्माण्डमा सबैभन्दा उच्च र आदरयोग्य हुनुहुन्छ, अनि सम्पूर्ण सृष्टिका थोकहरूबाट सेवा पाउनुपर्ने अस्तित्व हुनुहुन्छ । तर उहाँले उल्टै हाम्रो सेवा गर्नुभयो । परमेश्वरको यस्तो उदाहरणलाई पछ्याउँदै हामीले हाम्रा दाजुभाइ, दिदीबहिनीको सेवा गर्नुपर्छ । अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो । उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन् । तर तिमीहरूचाहिँ यस्तो नहोओ । तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस् । किनभने ठूलो को हो ? भोजन खान बस्ने कि सेवा गर्ने ? के भोजन खान बस्ने होइन ? तर…