विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
परमेश्वरको इच्छाअनुसार
क्याथोलिक मण्डलीकी कट्टर विश्वासी, मेरी हजुरआमाको कारणले मैले अन्य धर्मको बारेमा कहिल्यै पनि सोच्न पाइनँ । परमेश्वरको मण्डली धाउनुहुने मेरा दिदी-भिनाजुले मलाई सत्यता जानकारी दिनुहुँदा म ‘बाइबलमा यस्तो वचन रहेछ’ भन्दै उत्सुक त हुन्थें, तर त्योभन्दा बढी बुझ्न मन गर्दिनथें…
सेलेन्ने क्रिस्टिन सान्चेज / लस एन्जलस, संयुक्त राज्य अमेरिका
भाइले बनाएको अण्डाको परिकार
मेरो भाइ सानो छँदा उसलाई अण्डाका परिकारहरू बनाउन सिक्ने इच्छा थियो । त्यसैले आमाले हामीलाई भेला गर्नुभएर “भाइले पकाएको परिकार नमीठो भयो भने पनि खाइदिनू ल” भन्नुहुन्थ्यो । पहिलो पल्टमा अण्डा अलि पाकेको थिएन । कसैले पनि त्यो खान नचाहिरहेका…
बिआङ्का पापापिएट्रो / जर्जिया, एटलान्टा, संयुक्त राज्य अमेरिका
मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’
‘हिजोआज आमाको व्यवहार अनौठो छ । उहाँले प्रायः झर्को लाग्छ, भावनात्मक रूपमा अस्थिरता छाउँछ, अनि सबै कुरा कष्टप्रद लाग्छ भन्नुहुन्छ । उहाँ एकदमै रिसाउने गर्नुहुन्छ, तर ओछ्यानमा पल्टिँदाखेरि अलि सुस्त बन्नुहुन्छ । उहाँलाई के भएको होला ?’ आमाको अनौठो व्यवहारले…
“मेरो परिवार उत्तम छ !” भन्दै बूढी औँला उठाउने
भनिन्छ, प्रशंसाले ह्वेल माछालाई समेत नचाइदिन्छ । प्रशंसाले सुन्ने मानिसलाई खुशी दिलाउँछ, अनि समस्यामा परेका मानिसहरूलाई शक्ति प्रदान गर्छ । प्रशंसाचाहिँ मानिसहरूले खाने अर्को भोजन हो भन्न सकिन्छ । “राम्रो !” “उत्तम !” “तपाईं उत्कृष्ट हुनुहुन्छ !” बूढी औँला उठाउँदै…
आमा र स्ट्रबेरी
म सानो छँदा हाम्रो परिवार एकदम गरीब थियो । एउटा कोठामा परिवारका ६ जना सदस्यहरू पल्टिँदा त यताउता हलचल गर्ने ठाउँ पनि हुँदैनथ्यो । बुबा-आमाले ४ जना सन्तानहरूलाई हुर्काउन अरूको खेत ठेक्कामा लिएर खेतीपाती गर्नुहुन्थ्यो । एक दिन म साह्रै…
बाग उन जा / गुमी, कोरिया
बच्चाहरूसँग गरिने ‘भावनात्मक कुराकानी’
बच्चाहरू भएको घर कुनै दिन पनि शान्त हुँदैन । बच्चाले, भनेको कुरा बुझ्ने भएर आफ्ना विचारहरू राख्न थालेसँगै बच्चा र बुबा-आमाबीच व्यापक द्वन्द्व सृजना हुन थाल्छ । एकदमै सुन्दर र प्यारो बच्चा नै भए पनि जिद्दी व्यवहार र झर्कोफर्को गर्दाखेरि…
सबै जना मालिक भएको हाम्रो परिवार !
यदि एक जना व्यक्तिको डोरी तान्ने शक्ति १०० हो भने सिद्धान्तको हिसाबले दुई जनाको २०० हुन्छ, अनि ३ जनाको ३०० हुन्छ । तर tug of war(डोरी तान्ने खेल)द्वारा परीक्षण गरिहेर्दा दुई जना व्यक्तिले एकसाथ डोरी तान्दा प्रत्येकले ९३% शक्ति लगाएका,…
चक्लेट मिल्क
मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो ।…
होङ सन ओग / सउल, कोरिया
“हाम्रो घरमा पनि पारिवारिक भेला गरौं !”
विद्यालयमा कक्षा बैठक भन्ने हुन्छ, अनि कम्पनीहरूमा टोली बैठक र कार्यकारी सम्मेलन जस्ता विभिन्न किसिमका भेलाहरू आयोजना गर्ने गरिन्छ । कुनै सङ्गठन सञ्चालनको निम्ति भेलाचाहिँ स्वाभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा सङ्गठन हो, जसमा समझदारी…
हर्षपूर्ण हाइ फाइब !
खुशी अभिव्यक्त गर्नको निम्ति दुई जना व्यक्तिले हात उठाएर एक-अर्काको हत्केला पड्काउने प्रवृत्तिलाई हाइ फाइब(High Five) भनिन्छ । खेलकुदको दौरान खेलाडीहरूले टिम वर्क बनाउनको निम्ति प्राय: एक-अर्कालाई हाइ फाइब गर्ने गर्छन् । असल परिणाम ल्याएको टोलीले प्राय: हाइ फाइब गर्ने,…
लोभ हटाएमा खुशी भरिन्छ !
नव वर्षको पहिलो दिन, सबै मानिसहरूको नव वर्षको शुभकामना सन्देश फरक-फरक हुने गर्छ, तर खासमा उनीहरूको कामना भने एउटै हुन्छ । त्यो नै ‘जीवन सुखी बनोस्’ भन्ने हो । खुशीको मापदण्डचाहिँ प्रत्येकको विचारअनुसार फरक हुन्छ । कसैले आफूसँग धेरै पैसा…
जीवन्त वार्तालापको निम्ति उत्साहजनक प्रतिक्रिया दिने !
परिवारसँग वार्तालाप गर्दाखेरि यहाँहरू कस्तो प्रतिक्रिया दिने गर्नुहुन्छ ? ध्यानै नदिईकन सुनेजस्तो मात्र गर्ने अथवा व्यस्तताको बहाना बनाउँदै तर्किने गरिरहनुभएको त छैन ? परिवारका सदस्यहरूले एक-अर्कालाई बुझ्नको निम्ति वार्तालाप महत्त्वपूर्ण हुन्छ । सद्भावपूर्ण परिवारको निम्ति यो एउटा आधार पनि हो…
बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान
मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म…
हा जङ ओ / जिन्जु, कोरिया
घरायसी काम बाँडफाँडमा अचम्मको शक्ति छ ।
खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने, सामान मिलाउने, फोहोर व्यवस्थापन गर्ने, किनमेल गर्ने ... घरको काम दिनहुँ दोहोरिरहन्छ । गर्छौं तापनि त्यो देखिँदैन, तर गर्दैनौं त तुरुन्त प्रकट भइहाल्छ । घरको काम सरल र नगण्य देखिए तापनि यसको…
परिवारलाई चियाले सत्कार गर्ने !
चियाचाहिँ पूर्व-पश्चिम दुवैतिर लोकप्रिय बनेको पेय पदार्थ हो । चियाको गाढा स्वादको मज्जा लिनु छ भने चियाको लागि पानी बसाल्नेदेखि लिएर त्यसलाई कपमा राख्नेसम्मका प्रत्येक चरणहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चिया बनाउन जति समय र परिश्रम लागेको हुन्छ, चियाको…
साँच्चै राम्रो गऱ्यौ !
एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो ।…
छोइ सग हुइ / सङनाम, कोरिया
छोरा-छोरीहरू किशोरावस्थामा छन् भने
बच्चाहरू आमाबाट एकछिन मात्र छुट्टिनुपऱ्यो भने आकाशै खसेझैँ गरेर डाँको छोडेर रुने गर्छन् भने आमालाई देख्यो भने तुरुन्त मुस्काउँछन् । आमाले जे भने पनि उनीहरू सजिलै विश्वास गर्छन् । तर बच्चा हुर्किएर विद्यालय जान थालेपछि उसलाई आफ्नी आमासँग भन्दा साथीहरूसँग…
के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?
बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो । पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको…
प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा
मैले भाँडा माझिरहेको बेला मोबाइलमा घण्टी बज्यो । ‘आमा’ हेरेर मात्र पनि मैले यसो अनुमान लगाएँ । आमाले घरमा बनेका केही परिकारहरू लिन बोलाउन फोन गर्नुभएको हो जस्तो लाग्यो । ‘मैले पहिला फोन गर्नुपर्ने’ भनेर म क्षमाप्रार्थी भएँ । मेरा…
इ सु जा / गुमी, कोरिया
हराएको जुत्ता फिर्ता
मेरी हजुरआमा सधैँ मलाई थप केही दिन चाहनुहुन्छ । म प्राथमिक तहमा छँदा मैले परिश्रमसाथ पढाइ गरोस् भनेर उहाँले मलाई टेबिल किनिदिनुभयो, अनि माध्यमिक र उच्च माध्यमिक तहको लागि मलाई पोशाक किनिदिनुभयो । म कलेज विद्यार्थी भएर एकलै बस्दाखेरि उहाँले…
ओ जिन ह्वी / आन्याङ, कोरिया