विश्वास र जीवन

खुशी परिवारको मिसन

परिवारसँग एक कदम अझ नजिक रहनको निम्ति सबै परिवारजनले सानो कुरालाई व्यवहारमा लागू गर्न एकसाथ प्रयत्न गर्नुहोस् ।

सबै जना मालिक भएको हाम्रो परिवार !

यदि एक जना व्यक्तिको डोरी तान्ने शक्ति १०० हो भने सिद्धान्तको हिसाबले दुई जनाको २०० हुन्छ, अनि ३ जनाको ३०० हुन्छ । तर tug of war(डोरी तान्ने खेल)द्वारा परीक्षण गरिहेर्दा दुई जना व्यक्तिले एकसाथ डोरी तान्दा प्रत्येकले ९३% शक्ति लगाएका, ३ जनाले एकसाथ डोरी तान्दा प्रत्येकले ८५% शक्ति लगाएका अनि ८ जनाले एकसाथ डोरी तान्दाचाहिँ प्रत्येकले ४९% शक्ति मात्र लगाएका देखियो । सङ्ख्या वृद्धि भएसँगै प्रत्येक व्यक्तिले पुऱ्याउनुपर्ने योगदान पनि घट्ने गर्छ । यसलाई Ringelmann Effect[रिङ्गलम्यान प्रभाव] भनिन्छ । योचाहिँ ‘मैले नगरे पनि अरूले गरिहाल्छ नि’ भन्ने सोचाइबाट आउने प्रभाव हो । परिवारको सन्दर्भमा पनि उस्तै हो । घरचाहिँ सबै परिवार एकसाथ बस्ने ठाउँ हो, तर कहिलेकहीँ आफूले गर्नुपर्ने घरको काम एक-अर्कामाथि सार्ने गरिन्छ । आफूले गर्नुपर्ने काम अर्को व्यक्तिमा…

हर्षपूर्ण हाइ फाइब !

खुशी अभिव्यक्त गर्नको निम्ति दुई जना व्यक्तिले हात उठाएर एक-अर्काको हत्केला पड्काउने प्रवृत्तिलाई हाइ फाइब(High Five) भनिन्छ । खेलकुदको दौरान खेलाडीहरूले टिम वर्क बनाउनको निम्ति प्राय: एक-अर्कालाई हाइ फाइब गर्ने गर्छन् । असल परिणाम ल्याएको टोलीले प्राय: हाइ फाइब गर्ने, हात मिलाउने र अँगालो हाल्ने जस्ता गतिविधिहरू गर्ने गरेको कुरा एउटा अध्ययनले देखाएको छ । शिक्षकले विद्यार्थीहरूको पिठ्यूँ वा काँध थपथपाउनुको कारणचाहिँ कक्षाका गतिविधिहरूमा उनीहरूलाई संलग्न गराउनमा हौसला दिनको निम्ति हो भन्ने कुरा अर्को अध्ययनले देखाएको छ । कुनै खुशीको कुरा हुँदाखेरि आफैले पनि थाहा नपाई ताली बजाउने गरिन्छ, ताली बजाउँदाखेरि सकारात्मक महसुस प्राप्त हुनुको साथै स्फूर्ति, खुशी र आत्मविश्वासको अनुभूति हुन्छ । ताली बजाउनु स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ । सुझाव निम्न उल्लेखित अवस्थाहरूमा हाइ फाइब गर्नुहोस् : बिहान…

जीवन्त वार्तालापको निम्ति उत्साहजनक प्रतिक्रिया दिने !

परिवारसँग वार्तालाप गर्दाखेरि यहाँहरू कस्तो प्रतिक्रिया दिने गर्नुहुन्छ ? ध्यानै नदिईकन सुनेजस्तो मात्र गर्ने अथवा व्यस्तताको बहाना बनाउँदै तर्किने गरिरहनुभएको त छैन ? परिवारका सदस्यहरूले एक-अर्कालाई बुझ्नको निम्ति वार्तालाप महत्त्वपूर्ण हुन्छ । सद्भावपूर्ण परिवारको निम्ति यो एउटा आधार पनि हो । उत्साहजनक प्रतिक्रिया दिँदै एक-अर्कासँग वार्तालाप गऱ्यो भने वार्तालाप अझ रोचक बन्न पुग्छ । किनभने चासो र आदरको अभिव्यक्ति दिँदाखेरि सुन्ने व्यक्तिलाई राम्रो लाग्छ । बोल्ने व्यक्तिलाई सुन्ने व्यक्तिले आफूलाई बुझिदिएको छ भन्ने लाग्नेछ, त्यसो हुँदा उसले खुलेर कुराकानी गर्नेछ । वार्तालापद्वारा प्रेम पनि निश्चय बढ्नेछ । यो महिनामा आफ्नो परिवारको कुरा सुनेर सक्रियतापूर्वक प्रतिक्रिया जनाउनुहोस् ! सुझाव कसैले बोलिरहेको छ भने ध्यान दिएर सुनिदिने बोल्ने व्यक्तिको भावलाई “ए,” “त्यै त,” अथवा “ठीक हो” भन्दै बुझिदिन कोसिस गर्ने “हो र…

परिवारलाई चियाले सत्कार गर्ने !

चियाचाहिँ पूर्व-पश्चिम दुवैतिर लोकप्रिय बनेको पेय पदार्थ हो । चियाको गाढा स्वादको मज्जा लिनु छ भने चियाको लागि पानी बसाल्नेदेखि लिएर त्यसलाई कपमा राख्नेसम्मका प्रत्येक चरणहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चिया बनाउन जति समय र परिश्रम लागेको हुन्छ, चियाको स्वाद लिँदै बिस्तारै सुरुप-सुरुप पिएमा उति नै त्यसको मज्जा लिन सकिन्छ । चियाचाहिँ मानिसहरूबीच बातचीतको एउटा माध्यम पनि हो, किनकि सँगै बसेर एक कप चिया पिउँदा त्यहाँ स्वतः बातचीत गर्ने माहोल सिर्जना हुन्छ, अनि बातचीत गर्दैजाँदा एक-अर्कालाई अझ राम्ररी जान्न पुगिन्छ । यो महिनामा आफ्ना मायालु परिवारसँगै एक कप मीठो चिया पिउने समय लिनुहोस् । परिवारजनलाई विशेष अतिथि ठानेर हृदयदेखि चियाले सत्कार गर्दै रमाइलो कुराकानी गरिहेर्नुहोस् । साँच्चै हृदयभित्र पनि मीठो सुगन्ध प्रवाह हुनेछ । सुझाव परिवारजनको रुचिअनुसारको चिया, कफि…

परिवारमा मिल्ने पक्ष खोज्ने

ऐनामा हेर्दाखेरि तपाईंलाई आफ्नो अनुहार बुबा-आमासँग मिल्छ जस्तो लाग्छ ? तपाईंको बच्चाले, तपाईंले जस्तै गरेर बोलेको र काम गरेको देखेर छक्क पर्नुभएको छ ? दाजुभाइ-दिदीबहिनीसँगै बाहिर जाँदा आफूले नभने पनि अन्य मानिसहरूले तपाईंलाई एउटै परिवारको रूपमा हेरेको त्यस्तो अवस्था छ कि ? वरिपरिका मानिसहरूले तपाईंको स्वरूप तपाईंको पति वा पत्नीजस्तै छ भनेको कहिल्यै सुन्नुभएको छ ? परिवारका सदस्यहरूको शारीरिक स्वरूप मात्र नभएर आनीबानी, स्वाद, रुचि, सोर र भावनात्मक अभिव्यक्तिसमेत मिल्दोजुल्दो हुन्छ । कोषिकाको भूमिका पनि एकदमै महत्त्वपूर्ण त हुन्छ, तर मानिसहरूमा वरिपरिको वातावरणले बढी प्रभाव पार्ने भएकोले एउटै वातावरणमा जीवन बिताइरहेका परिवारका सदस्यहरूबीच मिल्दोजुल्दो पक्ष हुनु स्वाभाविक हो । अरूभन्दा पनि आफूले एकदमै प्रेम गरेको व्यक्तिले जे गऱ्यो त्यसैलाई पछ्याउन मन लाग्छ, अनि उक्त व्यक्तिलाई पछ्याउँदा अन्त्यमा आफू पनि त्यो…

नव वर्षमा पारिवारिक आदत परिवर्तन गरौं !

“हामीहरू जे बारम्बार गर्छौं त्यसैका परिणाम हौं । तब त उत्कृष्टता, कार्य नभएर आदत हो” भनेर कुनै एक दर्शनशास्त्रीले भनेका थिए । आदतचाहिँ हामीले बनाउने कुरा हो, तर पछि गएर आदतले नै हामीलाई बनाउँछ । असल आदतले हामीलाई सही मार्गमा डोऱ्याएर एक उत्कृष्ट मानिस बनाउँछ भने खराब आदत हाम्रो बाटोको बाधक बन्न पुग्छ । त्यति मात्र नभएर एउटा सामान्य आदतले हाम्रो नजिक रहने परिवारका सदस्यहरूबीच कलह उत्पन्न गराउन सक्छ । नव वर्षको सुरुवातसँगै सबैले नयाँ आदत लिने योजना गरेका हुन्छन् । यहाँहरूले पनि सुधार्न चाहनुभएको आफ्नो पुरानो आदत वा लिन चाहेको नयाँ आदत निर्धारण गरेर परिवारसँगै बाँड्दा कसो होला ? अनि एक-अर्कालाई सफलता मिल्न सक्ने गरी प्रोत्साहन पनि दिनुहोला । के थाहा, सानो परिवर्तनले अझ ठूलो परिवर्तन पनि ल्याउन सक्छ…

मनको ऋण तिरौं

ऋण भनेको अर्को व्यक्तिलाई तिर्नुपर्ने कुरा हो । ऋण जति छिटो तिऱ्यो, उति नै मन ढुक्क हुन्छ । ऋण तिरेमा लामो समयसम्म सुमधुर सम्बन्ध कायम राख्न सकिन्छ । मनको ऋणको सवलमा पनि उस्तै होइन र ? वास्तवमा हामीहरू सधैँ परिवारसँग मनको ऋण लिँदै जिउँछौं भन्दा अतिशयोक्ति नहोला । हामीले कुनै शर्तविना प्रेम पाउँछौं, अनि अजानमा परिवारको मनमा चोट पुऱ्याउनुको साथै परिवारलाई चिन्तित तुल्याएका हुन्छौं । तैपनि ‘आ, परिवार त हो’ भन्ने सोच्दै स्वाभाविक ठानेर त्यसलाई त्यतिकै बेवास्ता गर्ने गर्छौं । यो वर्षान्तमा, वर्षभरि परिवारसँग लिएको मनको ऋण सबै तिर्दा कसो होला ? एक-अर्काप्रति धन्यवाद व्यक्त गर्दै, पीडालाई कम गर्दै न्यानो र शान्तिपूर्ण तवरले यो एक वर्षलाई बिदाइ गरौं । सुझाव परिवारलाई चोट दिएको छ भने माफी माग्ने परिवारलाई धन्यवाद व्यक्त…

पान आकार बनाएर इसारा गर्ने

तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ । पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा छ होला भनेर सोच्न पुगिन्छ अथवा प्रेमजस्तो सकारात्मक भावना पनि नकारात्मक अभिव्यक्तिद्वारा व्यक्त गर्न पुगिन्छ । परिवारका सदस्यहरूले स्वभावत: एक-अर्कालाई प्रेम गर्छन्, तर सीधै प्रकट गर्दा अझ सार्थक हुन्छ नि, होइन र ? कृपया यो महिना आफ्नो परिवारलाई हातले पान आकार बनाएर प्रेम व्यक्त गर्नुहोस् । तपाईंलाई अलि लाज लागे तापनि आफ्नो प्रेम प्रकट गर्दा खुशी महसुस भएर नयाँ शक्ति प्राप्त हुनेछ । सुझाव १. पान आकार यसरी बनाउने दुई हात उठाएर टाउकोमाथि ठूलो पान आकार बनाउने दुवै बूढी औँला…

प्रेमद्वारा एक गिलास पानी दिने

पानीको प्रभाव स्वास्थ्यमा यति धेरै हुन्छ, कि मानिसहरू “यदि तिमीले पर्याप्त पानी पियौ भने स्वस्थ र दीर्घायु हुनेछौ” समेत भन्ने गर्छन् । पानीले शरीरबाट विषाक्त पदार्थ निकाल्ने, रक्त सञ्चारमा सहयोग गर्ने र चयापचय(metabolism, मेटाबलिजम, जीवन कायम राख्नको निम्ति जीवित प्राणीभित्र हुने रासायनिक प्रक्रिया) पनि बढाउने गर्छ । त्यसमाथि पानीले रोग प्रतिरोधक क्षमता बढाउने र छालाको अवस्था सुधार्ने जस्ता विभिन्न भूमिकाहरू निर्वाह गर्दछ । अमेरिकाको क्यान्सर अनुसन्धान संस्थाका अनुसार प्रत्येक दिन चार गिलासभन्दा बढी पानी पिउने मानिसलाई दुई गिलासभन्दा कम पानी पिउनेलाई भन्दा कोलोरेक्टल क्यान्सर(colorectal cancer) र सिस्टाइसस्(cystitis, पिसाब पोल्ने रोग) लाग्ने सम्भावना ५०% वा सोभन्दा कम हुन्छ । यदि पर्याप्त मात्रामा पानी पिएन भने कोषिकाहरूमा फोहोर सञ्चय हुन्छ, अनि शरीर चाँडै थाक्ने गर्छ । यो महिनामा सहृदयले आफ्नो परिवारलाई एक…

आफ्नो परिवारलाई मायालु सोरले बोलाउने

तपाईं दिनमा कति पटक आफ्नो परिवारलाई बोलाउनुहुन्छ ? आफूले बोलाउने कोही हुनु अथवा आफूलाई बोलाउने कोही हुनु भनेको मनोहर कुरा हो । बोलाउनु भनेको खोज्नु हो । हामी एकलै छैनौं, तर अरूसँग सम्बन्धमा छौं भन्ने अर्थ हो । कुनै एक जना कविले यसो भनेका थिए, “मैले उसको नाम बोलाउँदा ऊ मकहाँ आयो, र एउटा फूल बन्यो ।” तर कुनै मानिस सुन्दर फूल अथवा ओइलाएको फूल बन्ने कुराचाहिँ त्यो मानिसलाई कसरी बोलाइएको छ भन्ने कुरामा निर्भर हुन्छ । कसैले हँसिलो सोरले बोलायो भने प्रतिक्रिया दिन पनि सजिलो हुन्छ, तर छुच्चो र दिक्कलाग्दो सोरले बोलायो भने गाह्रो हुन्छ । मानिसको मन उसको सोरमा समेटिएको हुन्छ । कृपया आफ्नो अनमोल परिवारका सदस्यहरूलाई प्रेमको मनले बोलाउनुहोस् । तब उनीहरू सुगन्धित बास्ना फैलाउने सुन्दर फूलहरू…

परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने

परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन । हामीले पनि थोरै मात्र कोसिस गऱ्यौं भने आफ्ना अमूल्य परिवारको इच्छा सजिलैसँग पूरा गरिदिन सक्छौं । त्यसो हुँदा, यहाँहरूको परिवारले परीकथामा अलौकिक शक्ति भएको पात्रको ईर्ष्या गर्नेछैनन् । यहाँहरूले विचारशील भएर साँचो हृदयले एक-अर्काको इच्छा पूरा गरिदिनुभयो भने परिवारका सबै सदस्यहरू स्वतः खुशी हुनेछन् । यो महिनामा, स्वेच्छाले आफ्ना मायालु परिवारको ‘सानो इच्छा’ पूरा गरिदिनुहोला । परीकथाजस्तै सुन्दर कहानी यहाँहरूको सामु प्रकट हुन पनि सक्छ । सुझाव परिवारको इच्छा बुलेटिन बोर्ड तयार गर्ने उदाहरण : “(       )ले मेरो…

​परिवारको प्रबल पक्ष बढाउने !

कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन । प्रेमको बीउलाई उम्रिएर, फूल फुलेर फल फल्ने गराउनको निम्ति त्यसको हेरचाह गर्नुपर्छ । तरिकाहरूमध्येको एउटा नै परिवारका प्रबल पक्षहरूमा नजर लगाउनु हो । प्रबल पक्षहरू पत्ता लगाउनको निम्ति परिवारमा रुचि राख्ने क्रममा आपसी समझदारी प्रगाढ बनेर प्रेम बढ्दैजान्छ । प्रबल पक्षहरू पत्ता लाग्यो भने त्यसलाई आफूभित्र मात्र सीमित नराखीकन बोलीद्वारा अभिव्यक्त गरिहेर्नुहोस् । त्यसरी अभिव्यक्त गऱ्यो भने उनीहरूमा आत्मविश्वास पलाएर उनीहरूको प्रबल पक्ष अझ चम्कनेछ । यो महिनामा परिवारभित्र एक-अर्काका प्रबल पक्षहरूलाई अभिव्यक्त गर्दै प्रेमको फूल फुलाउनुहोस् ! सुझाव परिवारको…

परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !

खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ । नम्र हुनु यतिसम्म प्रभावकारी हुन्छ भने यो महिना आफ्नो परिवारलाई आफ्नो ग्राहक ठानेर उनीहरूसँग नम्र व्यवहार गर्दा कसो होला ? वास्तवमा परिवारसँग सधैँ नम्र व्यवहार गर्न सजिलो त हुँदैन । कहिलेकहीँ निराश हुँदा, बिरामी हुँदा अथवा अरू कुराको बढी वास्ता गर्दाखेरि रुखो बोली र व्यवहार गर्ने अवस्थाहरू धेरै हुन्छ । यसैकारण एक-अर्कालाई चोट पुऱ्याएको वा आपसमा असमझदारी सृजना भएको कुराप्रति पछुतो पनि लाग्न सक्छ । कुनै अपरिचित व्यक्तिसँग त मन्द मुस्काउँदै व्यवहार गरिन्छ भने आफ्नो परिवारसँग त्यसरी व्यवहार गर्न…

सँगै खेलौं, ‘खुशीको खेल’

सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो छ” भन्दै ज्यादै हर्षित भइन् । खाना खाने समयमा अबेर भएर पाउरोटी र दूध मात्र खानुपर्दा उनले “मलाई पाउरोटी र दूध मन पर्छ” भनिन् । ‘खुशीको खेल’ भनिने उनको सकारात्मक सोच्ने तरिका सहरभरि फैलियो, जसले निन्याउरो मुहार बनाएको मानिसलाई समेत उज्यालो गरी मुस्कुराउने गरायो । विशेष गरी कुनै राम्रो कुरा हुँदा मात्र हामीहरू खुशी र हर्षित हुनेचाहिँ होइन । खुशी हुने र नहुने कुराचाहिँ दिइएको अवस्थालाई हामीले कसरी लिन्छौं भन्ने कुरामा निर्भर हुन्छ । यो महिना, आफ्नो परिवारसँगै पोलियानाको ‘खुशीको…

हाम्रो प्यारो घर ‘Sweet Home’

प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’ भनेको धेरै भाषाहरूमा राम्रो भन्ने अर्थ हो । पर्याप्त चिनीले तपाईंको मनलाई शान्त बनाउनुको साथै तपाईंलाई राम्रो महसुस गराउँछ । किनकि चिनीले उत्सर्जन गराउने सेरोटोनिन(मस्तिष्कमा हुने एक किसिमको रसायन) नै हामीले खुशी महसुस गर्दा उत्सर्जन हुने हर्मोन हो । यो महिनामा, विभिन्न तरिकाले आफ्नो परिवारलाई मिठास प्रदान गरिदिनुहोला । तपाईंको घर ‘Sweet Home’ बन्नेछ । सुझाव मीठो र नरम आवाजमा बोल्ने एक-अर्कालाई प्रेमले भरिएको नजरले हेर्ने सुन्दा मात्र पनि राम्रो लाग्ने कुरा भन्ने (उदाहरण : ‘माया गर्छु,’ ‘धन्यवाद,’ ‘राम्रो काम…

म मेरो परिवारको समर्थक हुँ !

खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल र आत्मविश्वास प्रदान गरी खेललाई जिततर्फ डोऱ्याउने प्रेरक शक्ति बन्दछ । खेल सकाएका खेलाडीहरूले “दर्शकहरूको समर्थनले मलाई शक्ति मिल्यो” भन्ने कुरा एकदम सही हो । प्रोत्साहन र समर्थन खेलाडीहरूलाई मात्र नभएर सबैलाई आवश्यक पर्छ । किनकि आफूलाई दिइएको मिसन अथवा सपनाको निम्ति जिउने दैनिक जीवनचाहिँ कहिलेकहीँ एउटा उग्र प्रतिस्पर्धाजस्तै हुन्छ । यो महिना परिवारको भरपर्दो समर्थक बन्नुहोस् । परिवारको प्रोत्साहन र समर्थनभन्दा अझ शक्तिशाली अरू केही हुन सक्दैन ! सुझाव ईमानदारितापूर्वक सकारात्मक बोली बोल्ने समर्थन र प्रोत्साहनले भरिपूर्ण मोबाइल सन्देश…

राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !

‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी तुल्याउनेछ । यसकारण राम्ररी अभिवादन गऱ्यो भने काम पनि राम्रो हुनेछ । खुशी परिवार बनाउनमा पनि अभिवादनले ठूलो भूमिका निर्वाह गर्दछ । समयअनुसार राम्ररी अभिवादन गर्ने परिवारहरूको घर जीवन्त बन्छ । परिवारमा राम्ररी अभिवादन गर्नाले एक-अर्कालाई आदर गर्दै विचारशील हुने मन आउनुको साथै आपसी सञ्चार पनि स्वभावतः बढ्छ । अभिवादनचाहिँ छोरा-छोरीहरूका निम्ति एक घरेलु शिक्षा पनि हो । यो महिना, मौका मिल्नेबित्तिकै परिवारका सदस्यहरूलाई राम्ररी अभिवादन गर्नुहोस् । अभिवादन गर्नुभएन भने क्षमाप्रार्थी हुनुहुनेछ, अनि धेरै गर्नुभयो भने पनि त्यो बढीचाहिँ…

परिवारको निम्ति टाइम क्याप्सूल [Time Capsule]बनाउने

गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ । यो वर्षमा आफ्ना उद्देश्य र सङ्कल्पलाई लेखेर टाइम क्याप्सूल(भविष्यमा कसैलाई केही थाहा दिन वा कसैसँग केही आदानप्रदान गर्ने हेतुले समय र मितिसहित कुनै महत्त्वपूर्ण सन्देश वा जानकारीहरू राख्नलाई प्रयोग गरिने बाकस, सन्दूक इत्यादि)मा राख्दा कसो होला ? चिट्ठी, अर्थपूर्ण सामग्रीहरू, तस्वीरहरू इत्यादिलाई पनि त्यससँगै राख्न सकिन्छ । त्यसलाई एक वर्षभरि सील गरी राखेर वर्षको अन्तमा परिवारसँगै खोल्नुहोस् । एक वर्षपछिको आफ्नो परिवर्तित स्वरूपबारे कल्पना गर्दै लेखेको कुरा, परिवारलाई प्रेम गर्ने मन समावेश गरेर लेखेका कुराहरूलाई टाइम क्याप्सूलबाट निकाल्दा रमाइलो र अर्थपूर्ण समय बन्नेछ…

पारिवारिक अवार्ड समारोह

प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ कुनै एक जना व्यक्तिद्वारा मात्र हासिल भएको हुँदैन । सबै जनाले एक-अर्कालाई सहयोग गर्दै आ-आफ्नो ठाउँबाट सक्दो गरेकाले त्यो सम्भव भएको हुन्छ । परिवारको सन्दर्भमा पनि उस्तै हो । परिवारमा एक वर्षभरि खुशी पोखिनुचाहिँ कुनै एक जना सदस्यको प्रयत्नद्वारा मात्र सम्भव हुने कार्य होइन । त्योचाहिँ प्रत्येक सदस्यले आ-आफ्नो कर्तव्य राम्ररी निभाउँदै बलिदान, प्रेम र विचारशीलतालाई व्यवहारमा लागू गरेको परिणाम हुन सक्छ । त्यो उपलब्धि प्रशंसा गरिन लायकको हुन्छ । यो महिनामा पारिवारिक अर्वाड समारोह राखेर, सदस्यहरूले एक वर्षभरि परिवारको…

परिवारको थकाइ दूर गर्ने

स्कूलको पढाइ, जागिर, घरायसी काम इत्यादिका कारण हाम्रो शरीर थाक्ने गर्छ । त्यो थकाइ लामो समयसम्म रहिरह्यो भने त्यसले शरीर र मन दुवैलाई नकारात्मक असर गर्न सक्छ । यसकारण त्यसलाई समयमै दूर गरिहाल्नुपर्छ । थकाइ दूर गर्ने विभिन्न माध्यमहरू त छन्, तर तीमध्येको सबैभन्दा शक्तिशाली एउटा माध्यम नै पारिवारिक प्रेम हो । दिनभरिको गाह्रो कामबाट घर फर्किएको भए पनि परिवारसँग पर्याप्त कुराकानी र हाँसखेल गऱ्यो भने थकाइ दूर हुनेछ । यो महिनामा पारिवारिक प्रेमलाई व्यवहारमा लागू गरेर परिवारको थकाइ दूर गर्नुहोस् ! मायालु परिवारलाई हौसला दिन प्रयत्न गर्ने क्रममा आफ्नै थकाइ पनि स्वतः दूर हुनेछ । सुझाव शारीरिक थकाइ दूर गर्ने हलुकासँग मालिश गरिदिने छोटो समय परिवारसँगै हलुका व्यायाम गर्ने कसैले आराम नगरी काम गरिरहेको छ भने थोरै भए पनि…